ब्रह्मज्ञान पढेर ब्रह्मज्ञानीहरूले गरेका अनुभवहरू ब्रह्मज्ञानीहरूकै तर्फ बाट व्यक्त गरिएका लेखहरू

काम गाह्राे छ

काम गाह्राे छ । क्लासमा उल्टाे पाल्टाे कुरागरेर बस्नु पर्ने परिस्थिती अाइपर्छ । भर्खरै नयाँ अाएकाहरूले के साेच्लान् भन्ने डर लाग्छ । तरवारकाे धारमा हिडे जस्ताे छ । नबुझिकन बिराेध गर्नेहरूले कुनै कसुर बाँकी राख्दैनन् । हाम्रा बारेका भन्नु सम्म भनिसके । कसै ले त पुलिस पठाउन पनि भ्याए । ब्रह्मज्ञान एकातिर छ भने क्लासमा घरव्यवहार कुरा सुनेर बस्नु पर्छ । घर व्यवहार कुरा नसुन्ने हाे भने ब्रह्मज्ञान सिक्न काेहि अाउने वाला छैनन् र व्यवहार नमिले कसैले ब्रह्मज्ञान बुझ्ने सम्भव छैन । क्लासमा समय हुँदैन । तर पनि यस्तै जानी नजानी गरेका कामले पनि रिजल्ट दिएकाे हुन्छ । ति रिजल्टले खुसि लाग्छ र अझै अगाडि बढ्न हाैसला मिल्दछ । नत्र भने हैट यस्ताे कुरा सुन्ने काम गरेर बस्नु हुँदैन भन्ने लाग्छ कहिले कहिले । अाफुले गरेका कामहरू सफल भएकाे देखेर खुसि लाग्छ र सबै दुःखहरू बिर्सन मन लाग्छ । Continue reading “काम गाह्राे छ”

दशैँको शुभकामना

लेखक: डा. कमल मान श्रेष्ठ, पोखरा

October 7 2016 (दशैँको अवसरमा ) कविता

 

खैला बैला भइराखेछ तेस्रो नेत्र खोल्नको ।

पछि नपरम् है पछि पछि लाग्ने हो ।। Continue reading “दशैँको शुभकामना”

मनकामना माताको प्रत्यक्ष दर्शन

मंसिर ६, पोखरा                                            लेखक: डा. कमल मान श्रेष्ठ,  पोखरा

अस्ति २०७३ मंसिर ४ (19 November 2016 ) गते शनिबारको दिन मनकामना माताको दर्शन गर्न भनेर पोखराबाट करीब १०६ जना ब्रह्मज्ञानीहरुको टोली बिहान सबेरै ६ बजे दुईवटा ठूला पर्यटकीय बस र अरु निजी कार र जीपहरु लिएर मन्दिर तर्फ प्रस्थान गर्यौं । जाँदाजाँदै तनहुँको कमलबारी भन्ने ठाउँमा (घांसीकुवा नजीक) केही बेर रोकेर आराम गरेर खाना खाइयो । सबेरै विहानको ९:०० मात्र बजेको थियो र खाना खाने बेला अलि नभएको भए पनि, त्यहाँ खाना खाने प्रबन्ध राम्रो, अलि फराकिलो र आफैले झिकेर खाने तरिका भएको भएर त्यहाँ खाना खाइयो । Continue reading “मनकामना माताको प्रत्यक्ष दर्शन”

ढुङ्गो खोज्दा देउता मिल्यो

९ मंग्सिर २०७३ (24 November 2016),                   लेखक: कमल मान श्रेष्ठ , पोखरा

आज बिहान करिब ११.३० बजे अचानक गेटको घन्टी बज्यो । बार्दलीबाट बाहिर निस्केर गेट तिर हेरेर को हो भन्दा शर्मिला राना मगर आफ्नो १ बर्ष अलि पुरा नभएको बच्चा काँधमा च्यापेर गेट बाहिरबाट म तिर हेर्दैरहिछे । मैले चिनिहालें र म तल आउँछु भन्ने संकेत माथी बार्दलीबाट गरेर म तल गएँ । उसलाई लिएर भित्र अफिसमा लगें । सायद घरमा झगडा भएर घर छोडेर हिडेकी होली भन्ने त लागिसकेको थियो । मैले गेट खोल्ने बित्तिकै बच्चा काँधमा च्यापेर भित्र आफिस तिर आइ । अफिसमा लगेर सोधें किन अायाै भनेर । उनी केहि बोलिनन् । एक छिन् पछि बलिन्द्र धारा आँसु चुहाउदै राेइन् र राेइरहिन् । Continue reading “ढुङ्गो खोज्दा देउता मिल्यो”

आज हाम्रो आँखामा आँसुको थोपा

सबै ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यबाद । आज ब्रह्मज्ञानीहरुको देउसी भैलो कार्यक्रम भाग लिने सुनौलो अवसर पाइयो र ब्रह्मज्ञानको शिक्षा र भाव अनुसार अनुसार सबै ब्रह्मज्ञानीहरुको प्रस्तुति हेर्ने र सहभागी हुने मौका पाइयो । देउसी भौलो कार्यक्रम पूर्ण रुपमा पौराणिक कालको उल्लेख र आजको आधुनिक युगको सम्रिसन सहितको प्रस्तुति थियो । ब्रह्मज्ञानीको देउसी भैलोको प्रमुख उद्देस्य ब्रह्मज्ञानको चर्चा गर्ने कार्यमा सबै जना उतिर्ण भएका थिए । मेरो र माइजुको सोच अनुसारको काम पुर्ण सफल भयो । कार्यक्रममा हामी खुसि हुँदै गरि घरि हर्षका आँसुका थोप्लाहरु पुछ्न बाध्य भै रहेका थियौं । Continue reading “आज हाम्रो आँखामा आँसुको थोपा”

ब्रह्मज्ञानीको तिहार

लेखक : डा. कमल मान श्रेष्ठ , पाेखरा २०७३

तिहार एक पौराणिक कथामा आधारित र पौराणिक काल देखि चल्दै आएको चलन र संस्कार हो । त्यही अवसरमा दिदी बहिनीहरु दाजुभाइसंग भेटघाट गर्ने अवसर हो । बडा दशैँको केही हप्ता पछि सुरु हुने यस पर्बले लामो समय सम्म चाड पर्बको रौनकलाई ताजा गराई दिएको हुन्छ । तिहारको शुभ अवसर पारेर विभिन्न अन्य पर्ब, परम्परा, चलनहरु जोडिएका छन् । कसैले यस अबसरलाई ब्यापारिक शुभ अवसरको रुपमा पर्खेर बसेका हुन्छन्, कसै कसैको लागी मिठो खाने राम्रो लाउने, रमाइलो मनोरंजन गर्ने, पिंग खेल्ने, जुवा तास खेल्ने, जित्ने मौका र हार्ने दुर्घटनाको अवसर हो । देउसी खेल्ने, पैसा उठाएर मनोरंजन गर्ने वा सामुहिक हितका कामहरुका लागि पैसा उठाउने नयाँ संस्कार आजकाल थपिएर चलेको छ । Continue reading “ब्रह्मज्ञानीको तिहार”

मन्दिर सरसफाई

 

आजकल मन्दिर सरसफाई कार्य भैरहेको छ । ब्रह्मज्ञानी साथीहरु फुर्सद मिलाएर साथीहरु एकजुट भएर पोखराको विभिन्न मन्दिरहरुमा सरसफाईकार्य गरिरहनु भएको छ । श्रीकृष्ण जन्माष्टमीको बेलामा कुन्डहरको राधाकृष्ण मन्दिरको सरसफाई गर्नु भएको थियो । आजकाल नजिकिदै आएको दशैँ पर्बमा पोखरामा अवस्थित माताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लाग्ने र पर्वको मर्यादा अझै बढोस् र भक्तजनहरुको मनोकामना पुरा हुन् पाओस् भन्ने उद्धेश्यले पोखराका भद्रकाली मन्दिर, तालबाराही मन्दिर,बिन्ध्यबासिनी मन्दिर र शितलादेवी मन्दिरमा ब्रह्मज्ञानीहरुद्वारा सरसफाई कार्य सम्पन्न भएको थियो । सर सफाई कार्यमा मन्दिरका पुजारी र कार्यसमितीहरुको अनुमती र सहभागिता मिलेको थियो । Continue reading “मन्दिर सरसफाई”