मैले मेरो जिबनमा अन्जानमा गरेको प्रश्नको खोजाइ,सम्पर्क,भोगाइ,अनी अन्योलता र ब्रम्हज्ञान पाइसकेपछी जिबन को रहस्यको स्पस्टता

म सानो छदा मैले आफै सँग प्रश्न गर्ने गर्थे । मलाई थाहा छैन त्यो प्रश्न किन गर्थे भनेर मैले आफै सँग गरेको प्रश्न अनि त्यो अदृस्यले दिने त्यो बुज्न नसकिने जवाफ । प्रश्न धेरै राख्ने भएर मैले आफ्नो नाम नै “प्रश्ना” राखेको मलाई याद छ सायद मेरो परिवार लाई पनि याद छ होला । पटक पटक मैले आफै सँग प्रश्न गरे “यो आकश नभएको भए, यो जमिन नभएकोभए, यो जङ्गल, खोला, नाला, पानी, खानी कुरा नभएको भए, यो सुर्य उज्यालो नभयकोभए, मेरो मम्मी बाबा नभएको भए के हुन्थ्यो होला ? म काहा हुन्थिए होला ? म यस धर्ती मा आउनु भन्दा आगडी कहाँ थिए होला र मरे पछी कहाँ जान्छु होला भनेर आफै सँग पटक पटक सोधिरहन्थे । जब म यो प्रश्नहरु सोध्थे तब बिस्तारै म त्यो सुन्यतामा पुगेको हुन्थे ।जहाँ म भन्ने भाब नै हुँदैन्थ्यो म तेतिबेला होसमा नभए को अनुभब गर्थे । र म एक्कासी निस्शासिन थाल्थे त्यहाँ समाउने हागो पनि थियन र टेक्ने जमिन पनि थिएन र म एकाएक कुनै उचाइबाट खसेको अनुभब गरेको हुन्थे छ्ट्पटाउदै म होसमा आउँदा पसिनै पसिना भएर बिस्तारामा हुन्थे । यस्तो अनुभब मैले लगभग २ ,३ पटक गरे होला । त्यसपछी डराएर मैले यो प्रश्न गर्न छोडे किनकी मलाई त्यो शुन्यतामा पुग्न डर लाग्न थाल्यो ।


तर मलाई के थाहा यो म आफै सँग सोधेको प्रश्नले त्यो अदृस्य चिजसँग सम्पार्क भैसकेको रहेछ भन्ने कुरा । त्यो सुन्यतामा पुर्याउने त्यो अदृस्य रहेछ भन्ने कुरा । मैले नजानेर ति अदृस्यसँग सम्पर्क गरेको रहेछु ।मैले अन्जान मै यो आकशसँग कुरा गर्थे अनि भन्थे म जहाँ जहाँ जान्छु यो आकास पनि किन त्यही त्यही जान्छ होला अनि जब म रोकिन्छु यो आकाश किन रोकिन्छ होला कतै यो आकाशले मलाई जिस्काएको त होइन ? भन्ने जिज्ञासा जाग्थ्यो मेरो मनमा तर जवाफ आउदैन थियो। यसरि मैले अन्जानमा यो पर्श्न गर्दा त्यो अदृस्यले जवाफ दिन आउदो रहेछ भन्ने कुरा बुज्न सकिन र मैले गरेको प्रश्न होला र मैले आफै उत्तर दिएको होला भन्ने सोचे । यही क्रममा त्यो अदृस्यले मलाई चिनेको रहेछ मलाई थाहै थिएन अदृस्य चिज हुन्छ भनेर र उसैले उत्तर दिएको हो भनेर ।
जब मैले ब्रम्ह्ज्ञान बुझ्ने मौका पाए तब थाहा पाएकी यो संसारमा देखिने मात्र नभएर नदेखिने (अदृस्य) जिब पनि हुन्छ भनेर, हुनत यहाँ सबैले ति देवीदेवता जुन अदृस्य छन तीनलाई आश्था वा बिस्वाशको रुपमा मात्र मनिरहेका छन । मैले पनि आफ्ना बाबु आमा समाज ले जे सस्कार सिकाउनु भयो त्यही मानिरहे कहिले रमाइलोको रुपमा माने, कहिले देखासिकी बाध्यतामा माने, कहिले सामाजिक हुन माने कहिले बिस्वास नलागे पनि अनुसशान र सत्कार को रुपमा माने, किनकी म यि कुरालाई मान मर्यादाको रुपमा लिन्थे तर मलाई थाहा थिएन यो अन्जानको मान मर्यदा ले मलाई रोगी बनाइरहेको रहेछ ।

बास्तबमा जिबन अर्कै रहेछ तर मैले नबुजी बिना प्रमाण बिना अर्थको अज्ञानतामा बास्तबिक जिबनलाई नबुझ्दा अन्योलतामा छट्पटाइ रहेको रहेछु  । मलाई त्यतिबेला थाहा थिएन मैलेके खोजिरहेको थिए, मलाई मेरो परिवार अनि हरेक त्यो ब्यक्तिले माया गर्नु हुन्थ्यो जो सँग मेरो सम्पर्क हुन्थ्यो, मैले हरेक त्यो सुबिधा र सुख पाएकी थिए तर पनि म खुशी र सफल हुन सकिन । यो सबै त्यो अन्जानमा त्यो अदृस्य सँगको सम्पर्कले गर्दा भएको रहेछ । मलाई अनौठो एक्लोपन अनि अन्योलताले सताइरहन्थ्यो कसैसँग यो कुरा भन्न सकिन । म आफुलाई भिन्नै पाउथेँ । म सबैको साथमा रहेर पनि टाढा थिए  र यो अन्योलताको जिबनमा सही जवाफ पाउन नसक्दा जिबन देखी हरेश खाइसकेको थिए ।
आज बल्ल बुज्न मौका पाए यो डर्,  त्रास, कमजाेरी, अभाब,अन्योलता र ब्यबाहारिक अस्तब्यस्तताको कारण ।
सुरु सुरूमा विश्वास नलागे पनि आफैले अनुभब गरेर प्रतक्ष्य रुपमा तेस्राेनेत्र खुलेर कष्ट बेहाेर्न थाले पछि विश्वास नगरेर सुखै भएन । विस्तारै विस्तारै मेरो तेस्रो नेत्र स्वस्थ हुन थाल्यो र मैले त्यस स्वस्थ तेस्रोनेत्र मार्फत ब्रम्हज्ञानी देवी देवतालाई देखेँ र बोल्ने गर्न थालेँ | सबै ब्रम्हज्ञानी देवी देवताहरुसंग कुरा गर्न थालेको धेरै महिना हुन थालेको थियो | हरेक दिन उहाँसंग कुरा गर्ने र मन्दिरहरु जा़ँदा पनि उहाँसंग कुरा गर्न गरेको थिए | त्यसैले आज मैले त्यो दुख दिने अदृस्य लाई चिन्न सक्ने भएको छु । यो भावनात्मकको सन्सार रहेछ र यो भावनात्मक सन्सारलाई बौदिक तर्कले मनन गर्न सक्ने भएको छु । यो सृस्टि, जिबन्, मृत्युको रहस्य बुज्न सक्ने सक्षम भएको छु र तेस्रोनेत्र द्वारा देवीदेवता सँग कुरा गर्न सक्ने भएको छु ।
धन्यबाद डाक्टर सर कमल मान श्रेष्ठ  अनि डाक्टर म्याम इन्दु श्रेष्ठ जि हजुरहरुलाई । हजुरहरुले गर्दा आज म यो जिबनलाई बुझ्ने मौका पाए हजुरहरु नभएको भए म आज पनि त्यो अन्योलतामा छट्पटाइ बस्नु पर्थ्यो । कोटी कोटी धन्यबाद शिव जि मलाई ब्रम्हज्ञानको बाटोमा डोर्याइदिनु भएको मा ।
सद शिव जि कि जय !
सम्पुर्ण ब्रम्ह्ज्ञानी देवीदेवता कि जय !!

Leave a Reply