शिवजी र अजा को भलाकुसारी

शिवजीलाई मेरो ढोग छ,अजालाई नमस्कार!अजीलाई नमस्कार!!सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!! यो कविता अजा र शिवजीको भलाकुसारी मैलै तेस्रोनेत्र मार्फत प्रत्यक्ष  देखेकी हु।जुन बेलामा शिवजीले मलाई झिल्केको र मेरो चिया गफ हो भन्नु भएको थियो ।

झिल्केले हरेश खाएको र, मैले गार्हो मानेको भए |

पक्कै पनि यो दिन आउने दिन थिएन होला, दुख पीडा नसहेको भए ||

 

अकाल मृत्युको मुख मा छु भन्ने कुरा, कहिले थाहा भएन |

कति गार्हो थियो झिल्के तिम्लाई, नदुखेको ठाउँ थिएन ||

 

 

अजा :

बिहान उठदा रौ रौ दुखथ्यो, शरीर सबै कुजिएझै लाग्थ्यो |

पक्कै पनि यो कुरा को निचोडमा पुग्छु, भन्ने  कुरा मनमा जाग्थ्यो ||

 

आफ्नो कुरा एकातिर, संसार हेर्छु आर्को तिर |

कोहि आई बोलाएजस्तो, लाग्थ्यो पछिल्तिर ||

शिवजी:

गार्हो मानेछौ र झिल्के, की शरीरमा सन्चो छैन |

ब्रह्मज्ञान सिक भनि, कोइ कसैलाई करकाप छैन् ||

 

दिन भनेनौ झिल्के तिम्ले, रात भनेनौ कहिल्य पनि |

३० वर्ष नै लाग्यो तिम्लाई, ब्रह्मज्ञान नै सिक्छु भनि ||

अजा :

हजुरले साथ नदिने र, मैले गार्हो मान्ने भए |

ब्रह्मज्ञानीका थपिन्थे, बिना कपिको  कलम भए ||

 

थियो मलाई गार्हो साह्रो, साथ हजुरले दिनुभयो |

अरु पनि व्यक्ति थिए, किन मलाई रोज्नुभयो ||

 

शिवजी :

तिम्ले खोज्या मलाई थियौ, मैले खोज्या तिम्लाई |

के गर्ने त आखिर झिल्के तिम्रो, आयो माया पलाई ||

 

कति दिन पीडा खपेउ, कति दिन त खाना खाएनौ

इन्दु बाहेक यो संसारमा, कोइ कसैको साथ पाएनौ ||

This post is also available in: Nepali

Leave a Reply