शिवजीसंग मेरो अनुरोध

लेखकः जया श्रेष्ठ, पाेखरा                 २६ फागुण २०७३ बिहिबार

 

मेराे स्वस्थ तेस्राे नेत्र खुलेकाे छ र म स्वस्थ तेस्राे नेत्र मार्फत शिवजी लगाएत अन्य ब्रह्मज्ञानी देवी देवताहरूसँग कुराकानी गर्ने, अाफ्नाे दुःख सुखका कुराकानी गर्ने गर्दछु । आज २०७३/११/२६ गतेको दिन मलाई एकदमै टेन्सन भएर म घरमा बसेको बेलामा शिवजीलाई मैले भनेँ शिवजी मलाई शिक्षा हुने खालको कविता दिनुस् भनेर अनुरोध गरेँ । शिवजीले पख भन्नु भयो र केहि बेरपछी मलाई शिवजीले भन्नु भएको कविता ।।

 

कति गर्नु शिवजी अर्काको काम ।

मलाई पनि दिनुस हजुरको माम ।।

आत्ती सकेको छु शिवजी यो जीवन देखि ।

डराउने छैन शिवजी मरेपछिको जीवन देखि ।।

यहि संसारमा देखेँ लोभलाभ पनि ।

यहि संसारमा पाएँ सबै दुःख पनि ।।

गर्ने छैन शिवजी कसैको भरपनी ।

शिवजी पाई भवसागर तर्ने भनि ।।

जीवन के हो मृत्यु के हो थाहा थिएन मलाई ।

यहि ब्रम्हज्ञानले सबै कुरा सिकाई ।।

मृत्युको रहस्य बुझेँ बल्ल ।

यो ज्ञान फैलिने छ अब ।।

 

शिवजीको गुणगान गर्दै सबै ब्रम्हज्ञानी ।

तेहि गुणगानमा रमाउदै हामी सबै नानी ।।

मृत्युपछिको जीवन बुझ्ने हाम्रो यो लक्ष्य ।

ब्रम्हज्ञान फैलाउने हामी सबैको हो कर्तव्य ।।

यहि ब्रम्हज्ञानमा पाएँ सारा संसारको खुशी ।

यहि शिवजीको साथ पाई सबै दु:ख भुली ।।

झिल्के र झिल्किनिले दिए ब्रम्हज्ञानको भण्डार ।

यहि ब्रम्हज्ञानको भण्डार बुझ्ने तिर लाग ।।

 

शिवजी कि जय, सदाशिवकी जय।।

 

मामा डा. कमल मान श्रेष्ठ ज्यु,  माईजु डा. ईन्दु श्रेष्ठ ज्युलार्इ ब्रह्मज्ञान सिकाइदिनु भएकाेमा धन्यवाद ।

This post is also available in: Nepali

Leave a Reply