लेखकः जया श्रेष्ठ, पाेखरा २६ फागुण २०७३ बिहिबार
मेराे स्वस्थ तेस्राे नेत्र खुलेकाे छ र म स्वस्थ तेस्राे नेत्र मार्फत शिवजी लगाएत अन्य ब्रह्मज्ञानी देवी देवताहरूसँग कुराकानी गर्ने, अाफ्नाे दुःख सुखका कुराकानी गर्ने गर्दछु । आज २०७३/११/२६ गतेको दिन मलाई एकदमै टेन्सन भएर म घरमा बसेको बेलामा शिवजीलाई मैले भनेँ शिवजी मलाई शिक्षा हुने खालको कविता दिनुस् भनेर अनुरोध गरेँ । शिवजीले पख भन्नु भयो र केहि बेरपछी मलाई शिवजीले भन्नु भएको कविता ।।
कति गर्नु शिवजी अर्काको काम ।
मलाई पनि दिनुस हजुरको माम ।।
आत्ती सकेको छु शिवजी यो जीवन देखि ।
डराउने छैन शिवजी मरेपछिको जीवन देखि ।।
यहि संसारमा देखेँ लोभलाभ पनि ।
यहि संसारमा पाएँ सबै दुःख पनि ।।
गर्ने छैन शिवजी कसैको भरपनी ।
शिवजी पाई भवसागर तर्ने भनि ।।
जीवन के हो मृत्यु के हो थाहा थिएन मलाई ।
यहि ब्रम्हज्ञानले सबै कुरा सिकाई ।।
मृत्युको रहस्य बुझेँ बल्ल ।
यो ज्ञान फैलिने छ अब ।।
शिवजीको गुणगान गर्दै सबै ब्रम्हज्ञानी ।
तेहि गुणगानमा रमाउदै हामी सबै नानी ।।
मृत्युपछिको जीवन बुझ्ने हाम्रो यो लक्ष्य ।
ब्रम्हज्ञान फैलाउने हामी सबैको हो कर्तव्य ।।
यहि ब्रम्हज्ञानमा पाएँ सारा संसारको खुशी ।
यहि शिवजीको साथ पाई सबै दु:ख भुली ।।
झिल्के र झिल्किनिले दिए ब्रम्हज्ञानको भण्डार ।
यहि ब्रम्हज्ञानको भण्डार बुझ्ने तिर लाग ।।
शिवजी कि जय, सदाशिवकी जय।।
मामा डा. कमल मान श्रेष्ठ ज्यु, माईजु डा. ईन्दु श्रेष्ठ ज्युलार्इ ब्रह्मज्ञान सिकाइदिनु भएकाेमा धन्यवाद ।
This post is also available in: English