ब्रम्हज्ञानिहरुको सस्कार

सरस्वती माताको कबिता

ब्रम्हज्ञानिहरु को सस्कार

अनावश्यक सबै छोडि ,गरयौ राम्रो राम्रो
शिवजी लाई पाउने माध्यम, सस्कार बन्यो हाम्रो

भगवान लाई सोधी सोधी, गर्यौ सबैकुरा
चाहिने अनि नचाहिने के, भन्दिनु भो पूरा

पुरानो सस्कार येहा ,परिमार्जन भाको
देखासिकी सबै त्यागी ,सत्यतामा आको

गर्या रहेछौ धेरैकुरा,देखासिकी गर्दै
बेदको अर्थ सहि नबुझी ,गलत सस्कार भर्दै

साक्षात्कार भगवान ,देख्न मिल्ने रैछ
ब्रम्हग्यानी हरुको मनमा, हर्ष उल्लास छाइछ

ब्रम्हग्यानी जिन्दगी, रमाइलो छ सार्है
जीवन सुखी मिर्त्युपछी ,लाग्न सक्छौ पारै

ज्ञानी अनि अज्ञानिलाइ, चिन्न सक्ने बन्न
तेस्रो नेत्र खोल्नुपर्छ ,अनुभव गर्न

ब्रम्हज्ञानि देबदेबतालाइ , रिझाउन भनी
मन्दिर गइ सफा गर्छौ ,सेवा गर्छौ अनि

भगवान को चाहना नि ,हामिलाइ देखुन भन्ने
ब्रम्हग्यानी आउन मन्दिर, फोहोर भाको छ भन्ने

भगवानसग कुरा गर्दै ,मन्दिर सफा गर्छौ
माताको बणन गर्न ,ज्ञानको आखाले हेर्छौ

ब्रम्हज्ञानी मन्दिर जादा ,माता रमाउने
मेरा ज्ञानी आय भन्दै ,गेटमै लिन आउने

मनकामना माताले नि, निम्तो पठाउने
ब्रम्हग्यानी आउ है भन्दै ,दिनै खटाउने

सन्सारमा येति राम्रा ,कोहि हुदैनन अरु
सधै सोर्ह बर्शे माता, लौन कसो गरु

जुन रुपमा नि आउन सक्ने ,अपरम्पार शक्ति
त्यो रुप देख्न ब्रम्हग्यानमा, हुनुपर्छ भक्ति

स्वछ तेस्रो नेत्र खोली ,भगवानलाइ देख्न
भगवान को रुपको बणन, भित्रि मनमा लेख्न

शिवजी को चाहनानी, बुझाउने ब्रम्हग्यान
अन्त तेति मतलब छैन, ब्रम्हग्यानमै छ ध्यान

ब्रम्हग्यानी विद्यार्थीझै ,पढ्छन ब्रम्हग्यान
आफ्नो काम गर्दै पनि ,येसैमा छ ध्यान

New update
मन दुखेका पोकापोकी , सबै फाल्नुपर्छ
मन दुखेका सग गइ ,माफी माग्नु पर्छ

दुखेको मन उठ्ने रिसलाइ , पर्छ शान्त पार्न
रिस डाहमा प्रेतहरु, आउछन् बास गर्न

के कारण ले झै झगडा ,हुने रैछ घरमा
बुझी निर्मुल पार्न सक्यौ ,सान्त छ जिबनमा

शिबजी सग घुम्न जान्छौ, माया पिरती लाउदै
स्वप्रकाश छ ब्रम्ह घरमा ,पटक पटक धाउदै

ज्ञानद्वारा बुझ्नुपर्ने ,रुप निराकार
हरेक चिजमा शिवजिनै ,चेतना अपार

ब्रम्हको अनुभव गरि ,देख्दा स्वप्रकाश
शान्त अनि आनन्दको , अनुभबै खास

गर्नमिल्ने जिबित हुँदै , अनुभव बिलाउने
दुख पिडा सबै हराइ , आनन्दपन आउने

हरेक चिजमा भगवान ,बस्छन कुरा गरि
शिवजी सगै माया गासी, नजिक हुने गरि

उठदा सुत्दा बिहान बेलुका ,पाठ पढ्ने गर्छन
शिवजी सगै कुरा गर्दै, सबै कुरा सोध्छन

दशै ,तिहार ,चाडबाडमा, भगवान हरु आउदै
चाड मनाउछौ उहाकै चर्चा ,रुपको बणन गर्दै

स्वयम् दुर्गा माताले नै ,आशीर्वाद दिने
रमाइलो दशै हाम्रो ,मनमा उल्लास छाउने

भगवान लाई साची राखी , मन्दिरमा गइ
बिहे गर्दा शिवजी र ,मातालाइ बोलाइ

भगवान आय पछि ,पन्डित किन चाहियो
सबैकुरा शिवजिलाइ सोध्न ,येसै पाइयो

जस्ले बुझ्छ ब्रम्हको ग्यान,ब्राह्मण तेहि हो
भगवान नदेखेका, पन्डित किन चाहियो

घरमा बच्चा जन्म हुदा,माता बोलाउने हो
नाम राख्दिने भगवान ले,न्वारान येसै भैगो

ब्रम्हग्यानी घरमा बोलाइ ,भोजन गराउदा
हर्ष उल्लास छाउछ घरमा ,भगवान आउदा

ब्रम्हग्यानमा नआउन्जेल, घरमा पुजा गर्थेउ
शिबजिको नाम मात्रै ,अज्ञानिलाइ भर्थेउ

आयपछी ब्रम्हग्यान मा ,शिवजी लाई सोध
के के गर्थेउ अन्जानमा, सबै कुरा छोड

अग्यानिलाइ चिनी तर्काउ, चीन भगवान
ब्रम्हसग कुरा गर,येहि हो मुल्यवान

सपना मा खबर आउँछ ,बिपनामा पनि
सपना पढ्छन यिन्ले अर्थ लाउछन अनि

शुभ अशुभ दिन साइत,केही छैन यिन्लाइ
सबैकुरा गर्छन शिवजिको, जिम्मा लगाइ

खाने चिजमा भगवान लाई ,केही रहिन्छ दुस्मन
जुठो चोखो सबै कुरा ,शिवजिलाइ समान

जात भात ठुलो सानो, गरिब अनि धनि
ब्रम्ह बाट आयौ सबै ,यकनाश मानी

जस्ले बुझ्छ ब्रम्हको ग्यान,शिवजिको साथी
जातले हैन रैछ ग्यानले,पुग्ने रैछन माथि

मिर्त्यु पछि आपद पर्दा,सक्छन गुहार दिन
ब्रम्हग्यानिकै सङत गर्नु,पाउछौ गुहार लिन

ब्रम्हग्यान नबुझेका, घाट सम्मका साथि
ब्रम्हग्यानिकै नजिक बस्नु ,पुग्न सक्छौ माथी

मान्छे मर्दा सम्मान पुर्बक,दाहसंस्कार गर्छन
फर्की आउन हुन्न भन्दै ,ब्रम्हग्यान पढ्छ्न

मरिसक्यौ तिमी भन्दै ,बुझाइ दिन्छन कुरा
शिवजिलाइ बोलाउ भनी ,सम्झाइ दिन्छन पुरा

घरमा आइ साझ बिहान, ब्रम्हग्यान पढ्छन
आफ्नो घरमा जे छ तेहि, बाडिचुडि खान्छन

मिर्तकलाइ सम्झी रुदा ,फर्की आउछन भनि
फोटो टास्ने सम्झी रुने ,केही गर्दैनन अनि

फर्की आय भने सार्है ,दुख पाउँछन् भनी
ब्रमग्यान सधै पढि ,बुझाइदिन्छन अनि

पित्री सग कुरा गरि ,सम्झाइ बुझाइ गर्छन
बुझ्न चाहे बुझाइदिन्छन ,यिन्ले पित्री तार्छन

ब्रम्हग्यान बुझेकाले ,सक्छन पित्री तार्न
ब्रम्हको उज्यालो देखाइ ,उस्को दुख टार्न

ब्रम्हग्यानको किताब पढि, कन्ठ बनाइ बस्नु
सबैकुरा येहि छोडने हो ,येहि ग्यान गुम्टो कस्नु

आफ्नो जे छ तेहि कुरामा ,बस्नु सन्तोष मानी
ब्रम्हग्यानकै भाबमा बस्नु,येहि ठुलो धन जानी

सम्पत्ति नि कमाइ बस्नु ,खुशी भइ बाच्न
सातै जुनि बाच्छु कि झै,नलाग है साच्न

खुशी भइ हास्नु नाच्नु,इच्छा पूरा गरि
मिर्त्यु पछिक्यै छुटयो भनि ,नफर्कने गरि

रिस राग माया मोह,लोभ त्याग गरि
भाबले त्याग्नु कर्तव्यमा,जीवन बाच्ने गरि

सभ्य सक्षम भलाद् मि भै, काम गरि खानु
सबै इच्छा पूरा गरि, तृप्त भइ जानू

सभ्य ज्ञानी हुनुपर्छ ,ब्रम्हज्ञानी बन्न
ब्रम्हग्यानकै नियम मानी, शिवजी लाई चिन्न

भय र मिर्त्यु सग, सम्पर्क गरि
शिवजीकै खोजी गरे,सारा जीवन भरी

अज्ञात रोगको खोजी गरि,उपचार गर्दै
अज्ञानिलाइ ज्ञानी बनाइ,ब्रम्हज्ञान भर्दै

शिबजिकै इशारामा बन्यो, नया सस्कार
डाक्टर कमलमान र इन्दु सन्सार कै उदाहरन

सदा शिवजी कि जय
सरस्वती माताकी जय
सम्पुर्ण ब्रम्हज्ञानि देविदेवताकी जय
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखि नै धन्यवाद तेस्रो नेत्र खोलेर ब्रम्हग्यानी देविदेवता हरु सग कुरा प्रत्यक्ष कुरा गर्न सिकाउने र उहाँ हरुको इशारा बुझ्न सक्ने बनाउनु भयो हजुर हरु सन्सार कै महान हुनुहुन्छ
सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद 🙏🙏

Leave a Reply