शिवजी सग मेरो गुनासो

शिबजी सग मेरो गुनासो

कति रुनु शिवजी म दिन गनि गनि
ब्रम्हको अनुभव गराइदिनुस भनी

भक्कानो छुटि छुटि आउँछ मलाई रुन
हजुरको चर्चा अनि गाउछु गुन गान

म हजुरमा हजुर म मा हुनुहुन्छ थाहा छ
अझै धेरै अनुभव गर्न मन ला छ

थाहा मात्र भयर भयन नि मलाई
अनुभबै गराइदिनुस पुर्ण हुन कोलाइ

मतलब छैन शिवजी मलाई कसैको नि
मेरो मन त येकोहोरो हजुर सगै भोनी

हजुर मै समर्पित बन्न मलाई मन छ
यो मनले शिवजी लाई भन भन भन्छ

येस्तो अनुभव गर्न मनछ हेरोस सन्सारले
ब्रम्हग्यान बुझ्ने मौका पाओस तेहि अन्सारले

अझै म त अधुरै छु खोलो तर्न बाकी
चर्चा गर्नेछु हजुरको कहिल्यै नि नथाकी

मामा माइजू शिवजी माफ गर्दिनुस मलाई
लौन पार गराइदिनुस ठुलै डोरि लगाइ

हुनुहुन्छ बिराजमान आत्मामा कसरी
देखाइदिनुस फेरि मलाई बसेछु येसरी

अनुभव त पहिल्यै पनि गरेकै हो तनि
अहिले जस्तो गहिरिएर बुझ्यारहेछु अनि

हतार थियो बिदेश आउन सम्पत्ति कमाउन
बुडो अनि छोराहरु यिनैमा रमाउन

अहिले जस्तो बुद्दी भय बुझ्थे होला कति
छेक्ने मान्छे टाढा थिय पुग्थे माथी माथी

मुक्तिबिना कति जनम तडपियकी रैछु
यो जनममा हजुरसग गुहार माग्ने भैछु

पटकपटक देख्न पाय स्वप्रकाश मैले
पोको पारी मनमा राखी जतन गर्थे जहिले

म दुखिको बिलौना सुन्दिनुसन प्रभु
हजुरमै बिलाइदिनुस हे मेरा शम्भु

कहानेर चुकेको छु भन्दिनुस्न प्यारा
आउनुस अनि म प्यासिलाइ दिनुस्न सहारा

मामालाइ भन्दिनुस्न मेरो पालो आको
चौबिस घन्टा ब्रम्हग्यान क्यारी पागल भाको

अनुभव गर्न पनि मेरो घर छैन
बनबासी ब्रम्हग्यानी सम्हालिने भैन

जे गर्न नि सक्नुहुन्छ हजुरले चाहे
मलाई अनुभव गराउने मन भय

मेरो गुनासो सुनिसकेपछी शिबजिले दिनुभयको answer

ब्रम्हग्यानी कवि तिमी लेखी बस सधै
पख न आउँछ पालो रुनुहुन्न हदै

कविता लेख्छौ अनि कहिले रुदै बस्छेउ
ब्रम्हग्यान बुझ्न भनी सार्है कम्मर कस्छेउ

म त सधै तिमिसग बसेको छु हेरि
भाब इशारा सामायकी छौ किन रुन्छेउ फेरि

सधै तिमिलाइ डोहोर्यायको छु बनाउनलाइ जान्ने
ब्रम्हग्यानको चर्चा अनि कबिता लेख्ने भन्ने

तन मन लगाइ बस नछोड है भाब
सबजनालाइ भन्नेबेला आयको छ अब

सबैका अगाडि गै बन बोल्न सक्ने
ब्रम्हग्यानी driver बनी ब्रम्हग्यान हाक्ने

बेक्तिपिच्छे फरक फरक अनुभव गराउदै
क्षमता अनुशार सबैमा भराउदै

बास्तबमा निराकार होनि मेरो रुप
त्यही रुपलाइ बुझ्नेगरी बन जागरुक

शिवजिलाइ धेरै धेरै धन्यवाद डाक्टर मामा माइजुलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद हजुर हरुको कारण बाट आज ब्रम्हग्यानी भगवान हरु चिनेर उहाहरुको इशारा बुझ्न सक्ने बनाइदिनु भयो हजुर हरु साच्चै नै महान हुनुहुन्छ ???