स्वर्ग बस्ती ब्रम्ह कुटि

शिबजिले दिनुभयको कविता स्वर्ग बस्ती ब्रम्ह कुटि

जुगौ देखिको सपना पुरा हुने भयो
बल्ल मेरो मनमा पनि हर्ष उल्लास छायो

झिल्केको सपनाले पुर्ण रुप पाउनेछ
झिल्के झिल्किनिको मनमा पनि हर्ष उल्लास छाउने छ

कति शुन्दर बन्ने होला हाम्रो स्वर्ग बस्ती
येस्लाइ साकार पार्ने झिल्के झिल्किनी नै महान हस्ती

शान्त र आनन्दले भरिभराउ कुटि
येस्लाइ पुर्ण रुप दिनु ब्रम्हज्ञानि जुटि

हातमाथी हात राख्नु बुझ्ने ब्रम्हग्यानी
मेरो पनि साथ र सहयोग येसैमा छ जानी

झिल्केलाइ चिन्नेछन डाक्टर कमलेश्वर भनी
झिल्किनिलाइ भुल्ने छैनन
ब्रम्हज्ञानको जरो भनी

येस्तो बनोस स्वर्ग बस्ती इमान्दरिको बास
बुझेकाले बेइमान गर्ने छैनन भन्ने लागेको छ आश

सबै मेरा ब्रम्हज्ञानि झिल्केको इशारा मान्नु
जाल झेल ईष्र्या त्यहा चल्ने छैन सबजनालाइ भन्नु

गलत फाइदा उठाउनेलाइ चलाख हुनु चिन्नलाइ
खराब मान्छे आउन सक्छन पर्ने छ है छान्नलाइ

सबैलाई समान ब्यहबार गर्नु family ब्रम्हग्यानी
ब्रम्हग्यानको नियम मान्नु अनुशासन जानी

जिम्मेवार लिनु सबैले
भाग लगाउनु काम
बिश्वभरी फैलाउनुछ ब्रम्हग्यानिको नाम

कोसिस गर्नु सबै ज्ञानी
बन्न झिल्के जस्तै
धैर्यता र सहनशीलता
हुनुपर्छ तेस्तै

शिबभक्त येस्ता हुनुपर्छ भनी
उदाहरणिय बन्नु छ
शिवजिलाइ देख्न अनि
बोल्न सकिन्छ है भन्नू छ

सबैजना छक्पर्नेछन देख्दा ब्रम्हग्यानी
शिवजी लाई देख्छन रे भन्दै अचम्म मानि

मुक्ति को पाठ सिकाउने ब्रम्हकुटि बन्दै
मान्छेहरु भिड लाग्नेछन
स्वर्गै छ रे भन्दै

अज्ञानिले बिरोध गर्छन्
पागल हुन नि भनी
भाग्यमानी बुझ्न आउछन
अमृत होनि भनी

पोखरीमा रंगीचंगी माछा पौडी खेल्दै
स्विमिङ पुलमा ब्रम्हग्यानी अचम्म मान्दै

येकातिर ध्यान बसेका
बोलाउनलाइ माता
मातालाइ हतार हुने स्विमिङ खेल्न उता

ब्रम्हज्ञानि भगवान घुम्दै मख्ख परि
ब्रम्हज्ञानि सग कुरा गर्न आउदै घरीघरी

(ब्रम्हज्ञानिहरु) चारैतिर दौडियका जागरिला अति
साग, सब्जी ,फलफूल, बगैंचा कति हो कति

माछा मासु बगैंचा भरिभराउ कुटि
अति खुशी समान बिचार
बस्ने छन जुटि

शृस्टि जीवन मुर्त्यु केहो
सबै बुझेका छन
मानव जिबनमा गर्नुपर्ने सबै गरेका छन

ब्रम्ह अनि सदाशिव गुन्जन चारैतिर
जिन्दगीका दुखका दिन
भुल्छन येहानेर

फलोस फुलोस ब्रम्हज्ञान
टिकोस सधैंभरी शिवजी लाई यो सन्सारको राजा मान्ने गरि

शिवजिलाइ धेरै धेरै धन्यवाद डाक्टर मामा माइजु लाई हृदय देखि धन्यवाद सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद

Leave a Reply