सुझाब र सचेतना

दुर्गा माताले दिनुभयको कबिता
सुझाब र सचेतना
सम्पुर्ण मानबजातिको लागि

नेता ,शिक्षक डाक्टर अनि, बैज्ञानिक बनी
बिज्ञान हेर्छौ धार्मिकमा केही, आधार छैन भनी

जिबनभरी भौतिकबादी ,हिंड्छौ नास्तिक बनी
बुढेसकालमा धाउछौ , मन्दिर ,चर्च र गुम्बा अनि

तिम्रा कुरा अपुण छन् , येहि प्रमाणित भयो
बुढेसकालमा आइ भगवान त ,छन् कि जस्तै लाग्यो

मिर्त्यु पछी पिन्ड खाने ,प्रबन्ध मिलाउछौ
दिमाख लगाउ त्यो पिन्डले , के तिमी अघाउछौ

मिर्त्यु पछि पिन्ड खान, आउनै पर्ने भयो
किन भन्छौ मिर्त्यु पछि , अस्तित्व सकियो

अस्तित्व सकियो भने ,किन खान दिन्छौ
यो कुरालाइ गहिरो रुपमा , कहिले मनमा लिन्छौ

जिबनभरी नास्तिक बनी , झुटो अडान लियौ
बुढेसकालमा किन तनि, दिमाख बदल्दियौ

खानै आउन पर्ने भय , पिन्ड अनि पानी
त्यो पिन्डले साच्चै तिमी , शन्तोस हुन्छौ तनि

ज्ञान दिनलाइ गुरु अनि, बस्यौ शिस्य बनी
अपुण ज्ञान दिलाइ बस्यौ , पार लाउनेछौ भनी

गुरुलाइ नै थाहा छैन , कसरी पार लाउने
शिस्यहरु भर परि, गुरुकै पछि लाउने

तिम्रा गुरु मिर्त्यु पछि , तरेकी तरेनन्
बुझ येता भबसागरमा , परेकी परेनन्

धार्मिक गुरु पन्डित आइ , हामिसग बोले
मिर्त्यु पछि दु:ख पाछौ , भनी पोल खोले

धर्मगुरु , बैज्ञानिक , डाक्टर अनि नेता
मिर्त्यु पछि बेजोग छ है , अर्कै जीवन त्यता

बिश्व भरिका धर्म गुरु , सुन राम्रो गरि
ढुक्क भाछौ आ- आफ्नो सस्कारको भर परि

आजसम्म मरेका कोहि , छैनन् पार् भयका
मिर्त्यु पछि पित्री अनि , प्रेत भइ जियका

बिश्व भरिका मानिसलाइ , भन्न खोजेका छौ
मिर्त्यु पछी अर्कै जीवन , छ है भनेका छौ

धन , सम्पती , मान , पदबी , जीवन सुखै होला
मिर्त्यु पछि आपदमा , रित्तै छ है झोला

तिनशरिरको मानव शरीर , हुन्छ भनेका छौ
लिङ्ग शरीरले चलायको , अनुभव गरेका छौ

अति धेरै पित्री सग, हामी बोलेका छौ
गुहार माग्ने जतिलाइ हामिले ,उद्वार गरेका छौ

राजा ,नेता सैनिकहरु, रुदै रुदै आय
हाम्रो कुरा बुझ्नेहरु , सबै पार लाय

अति दु:ख पायका रहेछन् ,गुहार माग्न आउने
यिनिहरुको सम्पर्कमा ,मानिसलाइ रोग लाउने

अदुर्स्य पित्री प्रेत, रैछन् वरिपरि
मानिसहरुको सम्पर्क मा , आउने चाहना गरि

काम्ने अनि बर्बराउने , डिप्रेसन हुने
आजिबन औषधि खानुपर्ने , स्थितिमा आउने

सम्पुर्ण मानबजाती, प्रभाबित भयका छन्
केयौ मानिस अकालमा , मरि गयका छन्

भगवान हुनुहुन्छ ,भेट्यौ भनेका छौ
आकाशको नि चेतना छ , हामी बोलेका छौ

ब्रम्हग्यानी भगवानसग ,कुरा गरेका छौ
उहाहरुको सगुन रुपको , बणन गरेका छौ

केही रिसिबी छैन हामिलाइ , कोहि को धर्ममाथी
भगवान हुनुहुन्छ सबैको धर्म ,सस्कार भन्दा माथि

जोसुकै ले जे भनेर, पुकार गरेपनी
शृश्टि चलेको त्यही ब्रम्हको , चेतनाले होनि

शान्त अनि आनन्द को , अनुभव गरेका छौ
हजार सुर्य स्वप्रकाश देखि , अचम्म परेकाछौ

शुन्यताको चेतना छ , ब्रम्ह चिनेका छौ
ब्रम्हको गुण गहिरिएर , बुझ्न हिडेका छौ

ढुङ्गामा नि चेतना छ ,बोल्छ फुल पनि
सजिब निर्जीव सारा चिजमा, चेतना छ अनि

कोहिमा धेरै कोहिमा थोरै , चेतना सबैको
शृस्टि रहेछ सबैकुरा , महत नै महतको

हामिपनी महत रहेछौ , ब्रम्हबाट आयका
त्यही ब्रम्हको चेतनाले ,पुर्ण भइ चलेका

नाता सम्पत्ति भौतिक चिजमा , उता सुख पाइयो
उतै भुल्दा चेतनामा , यता बिर्को लाइयो

रिस ,झगडा , ईर्ष्या ,मोह, सबै त्यागेका छौ
मिर्त्यु पछि मोक्ष हुने , अभ्यास गरेका छौ

धार्मिक सघ सस्थाहरु , सबैको सम्मान गर्छौ
यथार्थ बुझी सचेत हुन,अनुरोध गर्छौ

पहिला हाम्रो किताब पढ, एक एक लाइन गरि
दशौ पटक पढेपछी , बोल अघिसरी

शदा शिवजिकी जय💐
ब्रम्हग्यानी दुर्गामाताकी जय🌹🌹
बज्रङगबलि हनुमान जि कि जय🌷🌷
सम्पुर्ण ब्रम्हग्यानी देबिदेबता कि जय💐🌺🌷🌱
डाक्टर कमलमा श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏उहाहरुको 30 औ बर्शको अध्ययन र बैज्ञानिक खोजको सफलता को अमृत रस को अनुभव गर्ने मौका दिनुभयो सम्पुर्ण मानबजातिको लागि अत्यावश्यक ब्रम्हग्यान बुझ्ने मौका पाइयो
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏

शिव राज्य

शिवजिले दिनुभयको कबिता
शिवराज्य

एक कान दोकान मैदान हुँदै , पुग्छ सबैको कानमा
सत्य युगको सुरु हुन्छ ,शिवराज्यको नाममा

सबैजनाले बुझ्न पाय , शृस्टि को रहस्य
सन्सार बदलिनेछ , सत्यमा अबस्य

घरमा शान्ती हुन थाल्यो , गाउँ अनि समाज
देशमै शान्ती छाउन थाल्यो, उदाहरण विश्व माझ

हत्या हिसा आतंक सबै,हुनेछन् निर्मुल
ब्रम्हग्यानिले जानिजानी, गर्नेछैनन् केही भुल

चोर फटाहा नाम कोहि , रहनेछैनन् बलात्कारी
आफ्नो गरि खान्छन् सबैले,हुन्नन भ्रष्टाचारि

धार्मिक ,आर्थिक ,राजनीतिक,हुदैन झगडा
थाहा पाउनेछन् , शृस्टिकर्ता अगाडि नै खडा

हुनेछैन एक अर्का ,माथी अत्याचार
अन्यायमा पर्दैनन् कोहि, समाज शिस्टाचार

दुखी अनि दरिद्र कोहि , छैन हुनुपर्ने
कोहि हुदैनन् अकालमा , आत्महत्या गर्ने

आणबिक बम बन्ने छैनन् , सन्सार ध्वस्त पार्ने
मन लाग्नेछ एक अर्काको, सुरक्षा गर्न

हुनेछैनन् बाटोमा कोहि ,पागल भइ हिडेका
दिमाग घुमाउने लिङ्ग शरीर , सबैले चिनेका

काम्दै अनि बर्बराउदै, छैन हिंड्नुपर्ने
मनमा चिन्ता पिर बोकि , हरेस खानुपर्ने

परिवारमै शत्रुतता ,बदलाको भाब लिने
बिना गल्ती अन्यायमा , पारी दुख दिने

लुछाचुडि हुनेछैन , अम्शबन्डा लाउदा
सबै खुशी आफ्नो भागमा , जे छ तेहि पाउँदा

एक अर्कालाइ हेप् ने अनि ,देखाउने प्रवृत्ति
अन्त्य हुन्छ अन्धबिश्वास , सामाजिक कुरिती

धनिबनी गरिबलाइ , हेलचक्राइ गर्ने
ठुलो बनी जातभातमा ,पक्षपात गर्ने

भगवान नचिनेर ,फैलियो बिकृती
स्वार्थी भय हेप्ने बने ,फैलियो कुरिती

भगवान चिनेपछी ,सबैको बिचार समान
न फैलिन्छ बिकृती यहाँ , न हुन्छ तानातान

सबै रहेछ शिवजिको , बुझ्लान् सन्सारले
तछाड मछाड लुछाचुडि , नगर्लान् कसैले

मानिसमा भेदभाब हैन, सब्लाइ समान ठान्छन्
ब्रम्हबाट आयका सबै , महत हौ नि भन्छन्

परिवारमा माया बढ्ला , दुख साटासाट
सारा धोका पूरा गरि , जाने हो यहाँ बाट

बुडा बाबा आमा येहा , छैन रुनुपर्ने
ब्रम्हग्यानी छोराछोरी ले , अन्याय नगर्ने

हरेक बुर्द्ध आश्रममा , पढ्दै ब्रम्हग्यान
आबरण छोड्दै छोड्दै ,बिलाउनमै ध्यान

कोहिले कसैमाथी ,अन्याय गर्नेछैन
डिभोर्स भइ घरपरिवार ,छुट्टीन पर्ने छैन

सबैजना जागरिला ,आफ्नो गरिखाने
बुझी आफ्नो काम गर्नेछन् , छैन केही लाने

आफन्तले हत्या गर्ने, मार्ने आफन्तलाई
ब्रम्हग्यानमै बुझ्नेछन् अर्कैले , दिमाख चलाइ

रिस अनि क्रोधले , घटना घटाउने
बितिसक्यो बल्ल पछि , पछुतो लगाउने

स्कुलहरुमा सुरु हुन्छ , ब्रम्हग्यान पढाउन
बच्चै देखि थालिनेछ, शृस्टिको रहस्य बुझाउन

गलत बाटो लाग्नेछैनन् , बुझी ब्रम्हग्यान
हरेक कुरा भगवान लाई , सोध्नै तिर ध्यान

भौतारिन दुख पाउन, पर्ने छैन यिन्लाइ
हरेक कुरा बुझ्ने होलान् , स्वच्छ नेत्र खुलाइ

पागलखाना बन्द होलान् , कोहि छैनन् त्यहा जाने
ब्रम्हग्यानमै उपचार भो , किन त्यहा लाने

हस्पिटलमा डाक्टर सगै ,हुन्छन् ब्रम्हग्यानी
तीन शरीरमा कुन को रोग हो , छुट्याउने छन् जानी

कोहि फर्कन पर्ने छैन, उपचार नपाइ
थाक्नेछैनन् जिबनभर , दीर्घ औषधिखाइ

हेराउने र फुक्नेहरुले ,पाउनेछन् उपचार
रोग रहेछ बुझी थाहा , पाउछन् जिबनको सार

पर्नेछैन भोकै बस्न , खानेकुरा बार्न
मनलागेको खान पाउलान् , जिबन रक्षा गर्न

हरेक घरमा भगवानकै , बस्छन् चर्चा गरि
भगवान सग कुरा गर्लान् , शिव राज्य भरी

हरेक मठमन्दिरमा , पन्डित ब्रम्हग्यानी
भक्तजनलाइ भन्दिनेछन् , माताको खबर जानी

मन्दिरमा सफा सुग्घर , गर्नेहरुको घुइँचो
भगवानसगै आत्मियता बढ्यो, हरायो अदुर्स्यको सुइँको

सबै पढ्ने ब्रम्हग्यान, बस्ने मनन गरि
ढुक्क छ मन् शिवजिकै , इशारा जिबनभरी

रिस , राग , माया ,मोह , आबरण ठान्लान्
नरिसाउ है परिक्षानी , हुन सक्छ भन्लान्

हरेक धर्म समाज अनि, अन्य देशकालाइ
अधिकार छ ब्रम्हग्यान बुझ्न , चाहना भयकालाइ

अर्कै धर्म भन्ने सोच्लान् , धर्ममै पर्दैन
बिज्ञान हो यो किहि कसैको , बिरोध गर्दैन

बाध्यतानै हैन यो त , बुझ्न छ आबस्यक्
मर्नुनै छ सारा मानब् , बुझन भरसक

अप्रिय केही हुनेछैन , शिव राज्री शान्त
कोहि डराउन पर्नेछैन, अतिनै आनन्द

मानिसहरु अकालमा, छैन मर्नुपर्ने
मिर्त्यु पछि भुत प्रेतभै , छैन हिड्नुपर्ने

शिवजी र माताहरुको , आँसु गहभरी
सन्सार शिव राज्य भाकोहेर्ने , धोका पूरा गरि

झिल्के झिल्किनिनै हाम्रो , प्यारा ब्रम्हग्यानी
शिव राज्यको प्रमुख श्रेय , यिनै दुइलाइ जाने

शदा शिवजी कि जय

मलाई पनि कौतुहलता , जागेर आयो
शिवजी सग बार्तालाप , गर्न मन लाग्यो

शोभा ब्रहग्यानी -हामिले देख्न पाउलाकी नपाउला , सन्सार शिवराज्य भाको
ब्रम्हग्यानले सारा सन्सारमा , परिबर्तन आको

धेरै थोरै जे होस् शिवजी , देख्न मन छ अति
मामा माइजू हामी सबैलाइ , खुशी लाग्ला कति

शिबजी -अबश्यनै लाग्छ time ,सन्सार बदलिन
ब्रम्हग्यानलाइ सारा मानबले , सहि रुपमा लिन

शोभा -सारा मानव महतहरुमा , हुनुहुन्छ आफै
बदल्दिनुस सबैको दिमाख , हुन्छ कुरा साफै

शिवजी -पहिला आफै पुर्ण बुझ्नु , सन्सार बदल्नलाइ
तिमी जस्ता केयौ आउछन् दिमाख बदल्नलाइ

मैले मात्र गरेर हुनेभय , पहिल्यै गर्थे कति
भौतारिन पर्नेथियन ,झिल्के खोज्न अति

शदा शिवजिकी जय
दुर्गामाताकी जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवताकी जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏
सम्पुर्ण bg साथीहरू धन्यवाद 🙏🙏

तेस्रो नेत्र

शिवजिले दिनुभयको कविता
तेस्रो नेत्र

हरेक मानबले बुझ्नुपर्छ , तेस्रो नेत्र के हो
अन्जानको पर्दा हटि ,देख्छन् वास्तविक जे हो

कुनै extra आँखा हैन,यो हो ज्ञानको आँखा
खुले देख्छौ अर्कै सन्सार , अदुर्स्यको शाखा

निश्कृय ,अस्वस्थ र ,अनि स्वस्थ गरि
तीन अबस्था प्रभावित छन् , मानिस सन्सार भरी

हरेक मानिसमा ,तेस्रो नेत्र हुन्छ
कोहिको आफै खुल्छ , कोहिको निश्कृय झै हुन्छ

निश्कृय र लाटो भयको , भासा नबुझेर
नबुझेका अबश्यनै ,कठिनै भयर

तेश्रो नेत्र आफै जस्को , थियोे खुलिराको
ती मानुसलाइ अदुर्श्यले , दुख दिइराको

लुकिछिपी दु:ख कस्ट ,दिने गर्थे जहिले
देख्न थाल्दा झन् साक्षात्कार ,हुन आउछन् अहिले

पहिला आँखा बन्द थिए , झ्याप्प खुले जब
आफ्ना अगाडी जे छ तेहि ,देखियो नि तब

येथार्थमा त्यस्तै भाको , खुल्दा तेस्रो नेत्र
जताततै पित्री प्रेत , रहेछन् यत्रतत्र

अदुर्स्य सन्सारको , बाटो हो खबर आउने
येहि नबुझ्दा मानिसहरुले,धेरै दुख पाउने

काम्ने अनि बर्बराउने,भबिस्यबाणी गर्ने
अश्वस्थ तेश्रो नेत्रको , अबस्थामा पर्ने

काम्ने अनि हेराउने , भनी बसेका छन्
अस्वस्थ र खतरनाक ,अबस्था हो यो झन्

आँखा अगाडि नभयका , चित्रहरु आउने
नभयका गन्ध अनि ,कानमा आवाज आउने

अचानक डर लाग्यो , त्रास पनि आयो
जमिन भासियझै लाग्ने , उडाइ कता लग्यो

घरी जाडो भयको छ ,गर्मी हुन्छ घरी
अदुर्श्य त आउने रहेछन् , पालैपालो गरि

उतिबेलै अया आच्छु , ज्वरो आयको छ
यकैछिनमा सन्चो भाको , अनुभव भयको छ

यकैछिन् मा रिस उठ्ने , जिउ थर्थरी काम्दै
मरेका मानिसहरूको , झनै याद आउदै

जुन किसिमका लिङ्ग शरीर ,प्रबेश गर्न आय
तिनिहरुको लक्षण सबै ,मानिसमा गय

निद्रा लगाउने औषधि दिय ,उपचार भयन
धामी झाक्री सबै चारे,केही टुङ्गो लागेन

डिप्रेसन भो भन्छन् उता , औषधि जिबनभरी
पुर्ण रुपमा सन्चो कहिल्यै , भयन केही गरि

शरीरको मात्र हैन , लिङ्ग शरिरको रोग
अदुर्स्यले शरीर चलाइ , गर्नेगरेका भोग

सपना हो प्रमुख ग्रन्थी , त्यही तेस्रो नेत्रको
हरेक सपना अर्थ लगाउदा, खबर भइ आयको

ब्रम्हग्यान बुझेकाले ,सक्छन् अर्थ लाउन
सहि अर्थ लाई अदुर्स्यको, खबर थाहा पाउन

तन्द्रा रहेछ आँखा बन्दा, गर्दा आउने चित्र
केही भाब अनि कुराकानी, आउनेछन् त्यही भित्र

नजिक अनि विकसित अबस्था,तन्द्रामा आयको
येहि इशारा नबुझ्दा झन् ,अस्वस्थ भयको

सस्कारको कारणले ,आउने धेरै रोग
अदृश्यले प्रवेश गरि,गर्ने रहेछन् भोग

येहि अस्वस्थ नेत्रले नै ,अकाल मिर्त्यु ल्याउछ
यस्लाइ स्वच्छ बनाउनाले , जीवन सुखी बन्छ

ब्रम्हग्यान पढि बुझी , जान तर्काउन
खतरनाक छन् अकालमा , सक्छन् यिन्ले लान

दिब्य नेत्रको सहि ज्ञान हुनु ,स्वच्छ बनाउनलाइ
ब्रम्हग्यानको किताब पढ्नु, सहि रुपमा बुझ्नलाइ

ब्रम्हग्यान पढ्दै बुझ्दै , मनन गर्दै जाने
बुझेका सग परामर्श , बढाउदै लाने

अगाडि बढ्नुपर्ने , अज्ञानी तर्कायर
स्वच्छ बनाइ भगवान भेट्ने , अगाडि गयर

तेस्रो नेत्र हतियार हो , देख्न भगवान
दु:ख कष्ट आयपनी , येहि हो मूल्यवान

यक दुई हैन अति धेरै , रहेछन् प्रबेश गर्ने
कोहि बुझ्छन् नबुझ्ने दुख ,दिन अघि सर्ने

आफुभित्र भयका ,दुख दिनेले पनि
बुझ्दा रहेछन् आफुले, बुझ्दै जादा अनि

तेस्रो नेत्र बाट दिन ,सकिन्छ खानेकुरा
तिन्को कष्ट कम हुदा, शान्त हुन्छन् पूरा

अनुभव गर्‍यो गर्‍यो , हैन कि झै पार्छन्
छेक्नको लागि एजेन्टबनी , हरेक कुरा गर्छन

अनुभव हुन थाल्छन् , स्तर अनुशार
बटार्छन् मन कहिल्यै पनि ,मान्न हुन्न हार

अदुर्स्य आउने बाटो ,बन्द गर्दै लादा
भगवान को इशारा लाई, बुझ्दै जादा

एकान्तमा पढ्दै अनि , जानू मनन् गर्दै
स्पष्ट हुँदै जान्छन् ,अनुभव झनै

दु:ख दिनेले बुझ्न थाल्दा , कष्ट कम हुन्छ
जिबनमा सबै कुरा , मिल्दै मिल्दै जान्छ

स्वच्छ हुँदै भगवान हरु , देख्न सुरु गर्दै
दोधार पार्छन् हो कि हैन झै ,अलमल पार्दै

यिन्लाइ जिति अगाडि बढ्नु , देखेकै हो भन्दै
भगवान को इशारा लाई , गहिरो रूपमा जान्दै

रिस , राग, ईष्र्या ,माया, मोह ,आबरण मानी
भाबले त्याग्नु म बास्तबमा , महत रहेछु जानी

बुझेपछी पुर्ण रुपमा , बुझ्नु ब्रम्हग्यान
सबैभन्दा राम्रो अनि , खतरनाक छ जान

ब्रम्हग्यानी देविदेवताको , सेवा सत्कार गर्नु
उहाकै चर्चा उहाहरुको ,रुपको बणन गर्नु

ब्रम्हग्यानीकै पछि लाग्नु , बुझ्न ब्रम्हग्यान
किताब पढि मनन् गर्नु, लाउनु येस्मै ध्यान

शदा शिवजिकी जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद🙏🙏 सम्पुर्ण bg साथीहरू लाई धन्यवाद 🙏🙏

सस्कार भ्रमको

सरस्वती माताले दिनुभयको कबिता
सस्कार भ्रमको

धन्यवाद छ मठ मन्दिर, मुर्तिनी बनायौ
भगवान लाई मान्नुपर्छ ,भनेर चिनायौ

अग्रजहरुलाइ दोष हैन , धन्यवाद दिन्छौ
सहि सत्य कुरा बुझुन् , भन्ने आश लिन्छौ

बेद भनेको शास्त्र रहेछ , अध्यन गर्नुपर्ने
बुझ्नुपर्ने पुज्न थाले , उल्टो भो के गर्ने

हजुरबाले जे गर्याथे ,बाउले नि तेहि गरि
नातिलेनी गर्नथाले , उनैका भर परि

ब्रम्हको अध्यान गरेकालाइ , ब्राह्मण भनिन्छ
अध्यनका साथ अनुभव लाई , प्रमुख ठानिन्छ

सारा मानबले बुझ्नुपर्ने ,बेदको सहि अर्थ
जातभातमै सिमित हुदा, हुन गयो बेर्थ

जातभातमै कुरा अड्कियो , भगवान चिनेनन्
गरि खाने पेशा बनाय ,वास्तविक बुझेनन्

तिमिले पुज्ने देविदेवता ,छन् नि दुइथरिका
ब्रम्हग्यानी अग्यानी स्तर , भिन्नै छन् तरिका

चिन्न सक्छौ ब्रम्हग्यानमा , ज्ञानी र अज्ञानी
अज्ञानी तर्काइ ज्ञानी तिरै,ध्यान दिने हो मानि

तेतिसकोटि देविदेवतामा , रहेछन् अज्ञानी
ब्रम्हज्ञानी देविदेवता,ज्ञानी हुन् भन्ने जानी

चोखोनिस्ट ब्रतपुजा,अज्ञानिले खोज्ने
ब्रम्हज्ञानी देविदेवताले , ब्रम्हज्ञानी रोज्ने

भगवान को रुप लिइ , झुक्याउने अग्यानी
पुजाआजामा सामेल भइ , भ्रम पार्ने बानी

चौतारामा बस्ने अनि , नाग र कुल नाम भन्दै
पुज्ने गर्थ्यौ यकै ठाँउमा,बास्तबिक नजान्दै

अज्ञानी आयको ठाँउमा ,आउदैनन है ज्ञानि
पुजा गर्नु बास्तबमा , ब्रम्हग्यान जानी

सक्यौ भने यथार्थमा , दुईथरी छुट्याउन
जीवन सुखी मुर्त्यु पछि, सक्नेछौ पार लाउन

ब्रम्हको ज्ञान नभयका , छन् है खतरनाक
अकाल मिर्त्यु , जिबनमा पार्छन् यिन्ले घात

ब्रम्हको ज्ञान भयका हरु , छन् नि साक्षात्कार
ब्रम्हरुपी गुण उहाहरुको,रुप निराकार

भगवान नचिनेका ,पुजारी मन्दिरमा
दक्षिणा र प्रसादमै ध्यान, मनै छैन थिरमा

गुरु पन्डित महाराजा, भन्दै मै हु ज्ञानी
खुट्टा ढोगाइ मख्ख भाछन्,वास्तविक नजानी

ब्रम्हग्यानी शिवजिको , मानसम्मान भयन
साक्षात्कार नै हुनुहुन्थ्यो, छन् जस्तै लागेन

नाकमा बदाम ट्वाक्क राखी ,खुट्टामा धुप बाल्दै
टाउका बाट दुध खन्याइ , अबिर मुखमा दल्दै

दिनभरी भोकै बसि ,लाइन मन्दिरमा
,रिस, डाह, कुरा काट्दै,मनजती घरमा

खाटि दुधमा पानी राखी ,दुधमा पानी हाली
शिवजी को टाउकोमा लै,खन्याइदिने खालि

फुल टीका अबिरले ,मुखैमा हानेर
आटेको सबैकुरा ,पुर्याउनु भनेर

चर्को बोल्ने , मन दुखाउने ,लोभ गर्ने घरी
भित्री मनमा राम्रो छैन , मुखले ठिक्क पारी

के चिन्नु र शिवजिलाइ, आफ्नै मन कालो
ब्रम्हग्यानको भाब बुझ , आउन सक्छ पालो

माध्यम थिए पुजापाठ , भगवान मान्ने
निराकार शिवजिलाइ ,ब्रम्हग्यानमै चिन्ने

मिर्त्यु पछि दाहसंस्कार , गय लास लियर
बाटोमा काडो राखे , नफर्कोस भनेर

बाटोमा काडो लगाइ, उल्टो भर्र्याङ् गरि
फर्की आउदैन कि भन्दै , ढुक्क मन गरि

किरिया बस्न सुरु भयो,थाले यकछाक खान
घरबाहिर नमिठो खाइ ,पितृलाइ तर्काउन

भन्न त खोजकै हुन् , फर्की नआउ भनी
खाना चढाइ सम्झी बस्छन् , कता जाने तनि

पितृलाइ तार्न भनी , सराद्द गर्न थाल्छन्
मिठो टन्न आफू खान्छन् , पिन्ड मात्र दिन्छन्

डाडाले छेकेका र ,घामले देखेका
सबै पित्री आउ है भन्दै ,पत्रनै लेखेका

साच्चै पित्री आउछन् भनी , थाहा नपायका
खान आउ घरमा भनी , सधै झुक्यायका

पित्री आउने आश गरि , हुरुरुरु घरमा
के पाउनु र सयौ आउछन् , तेहि पिन्डको भरमा

पित्री मात्र आयत ,के हुन्थ्यो र बरु
पित्री सगै पछि लागि , आउछन् प्रेतहरु

घरमा बोलाइ झुक्याउदा, रिसाउने रैछन्
सार्है दुखी हुन्छन् घरमा , अया आछु पार्छन्

सातैदिन पुराड लगाइ , बोलाउथे खान
पितृले पाउछन् भन्दै , दिने गर्थे दान

आश देखाउने काम भयछ ,पित्री बोलाइ घरमा
तार्न खोज्थे तेहि पिन्ड र, दान दियको भरमा

दान लाने पन्डित पनि , थियनन तरेका
हजुरबाले जे गरेथे , पेशा तेहि मानेका

बर्सेनि पन्डित बोलाइ , पित्री तार्न भनी
कहाँ पुगेत पित्री भनी , भन्ने नै नजानी

पितृको नाम पारी ,पन्डितलाई दिने
पितृलेनि हात थाप्दै छ, कस्ले बुझिलिने

पन्डितको घरमा पनि , अ या आछु भाछ
के थाहा उस्लाइ पित्री रिसाइ , पछि पछि आछ

चाहेका त सबैले थिए , पित्री तार्न भनी
अपुण सस्कार भ्रम फैलियो , वास्तविक नजानी

ब्रम्हग्यान बुझ्नुपर्छ , वास्तविक थाहा पाउन
मिर्त्यु पछि पर्ने छैन , रुदै घर आउन

डाक्टर कमलमा श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धेरै धेरै धन्यवाद उहाहरुको 30 औ बर्सको बैज्ञानिक खोजको निचोड अमृत ब्रम्हग्यान बुझ्ने मौका दिनुभयो
सदा शिवजी कि जय
सरस्वती माताकी जय
दुर्गा माताकी जय
बज्रङबली हनुमान जि कि जय
लक्ष्मी नारायण भगवान कि जय
राधा कृष्ण भगवान कि जय
गणेश जिकि जय
सीता राम जि कि जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवता हरुकी जय
सदा शिवजी कि जय

शिवजी नै साथि

शिवजी 💕💕💕

रोग दु:ख सङघर्शले, ब्रम्हग्यानमा आयौ
यो दु:ख त केही रहेन्छ, बल्ल थाहा पायौ

सन्सारमा शक्तिशाली, ब्रम्हग्यानको नौका
बुझ्न सके पार लगाउछ , नगुमाउनु मौका

सारा दु:ख सङघर्शलाइ, धन्यवाद दिदै
भबसागर पार गर्दिने , नौकाको टिकट लिदै

जस्को चेतना बोकि, रैछौनी हिडेका
उसैको गुण बास्तबमा , चिन्दै नचिनेका

सन्तानले बाउ आमालाइ , नचिनेझै भयो
ब्रम्हग्यान बुझ्दै जादा, बल्ल होस आयो

न मिल्छ केही ढाट्न उस्लाइ , नमिल्छ लुकाउन
हरेक चिजमा उसैको बास,खोज्यौ उसैलाइ पाउन

हाम्रा मनका सबै कुरा, रैछ उस्लाइ थाहा
पुर्ण चेतनामा ब्यक्त , शक्ति नै अथाह

कहिले आउने निराकारमा , हास्दै खेल्दै कहिले
उस्लाइ देख्दा दुख हटि ,खुशी छाउछ जहिले

येक्लो भएको भान छैन, उहानै हो साथी
चारैतिर उस्लाइ देख्छु ,हेर्छु तलमाथी

हामिलाइ भन्दा उस्लाइ थाहा छ , हाम्रा मनका कुरा
question सोध्न नपाउदै answer दिने पूरा

सारा कुरा म आफैले, लाग्थ्यो गरेजस्तो
मैले त केही गर्यारहेन्छु, अचम्म छ येस्तो

हामिले चिन्न नखोजेत, नजिकै नआउने
भित्री मनले पुकार गरे, सधैभरी धाउने

चोखो माया उसैमा छ , आत्मियता छ अति
उस्को माया पाउँदा मनमा , खुशी कति कति

सन्सारको बुद्दिमानी ,यौटा जबाफ दिने
साहित्यिक छ भासा उस्को , क्यारी बुझिलिने

हजुरलाइ राम्रो सग, चिन्न सकु मैले
कतै बिर्सिन्छु कि भन्ने, डर लाग्छ जहिले

पछि लाग्छु हजुरकै , सारा जीवन भरी
जसै पार गर्दिनुस् है , मोक्ष हुने गरि

मिर्त्यु पछि साथ दिनुस् है ,हजुर मै छ आशा
हजुर मेरो सर्बस्व र ,जिबनको भरोसा

क्षमताले भ्याय सम्म , हजुरकै काम गर्छु
गल्ती भय माफ दिनुस् है , हजुर मै भर पर्छु

मर्ने बेला दुख आपदमा ,बिर्सियछु भनेनि
साथमा घुम्न लैजानुस है,याद गराइदिनुस् अनि

कुनैबेला अचेतनामा, मरे भने पनि
मेरो होस खुलाइदिनुस् है ,ब्रम्हग्यानी हौ भनि

सारा आकाश हजुर नै हो, भु – मण्डल र तारा
शृस्टि कर्ता हजुर नै हो , शृस्टि को सम्हारा

शृस्टि कर्ता पार लगाउनेकै , पछि लाउन पाइयो
अहोभाग्य ठानेको छु ,मुक्तिको बाटो लाइयो

धन्यवाद छ डाक्टरहरु ,ल्याउनुभो खोजी गरि
मोक्ष हुन चाहनेलाइ ,पार लगाउने गरि

सदा शिवजिकी जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद सम्पुर्ण bg साथीहरूलाई धन्यवाद

शदाशिव पछिको जिबनको यात्रा

शिवजिले दिनुभयको कविता

शदाशिव पछिको जिबनको यात्रा

ब्रम्हग्यानको उच्च शिखर, पुगि शदाशिव
जिबनभरी जोगाउनलाइ, के गर्ने त अब

पाउन जति कठिन थियो ,गाह्रो झन् जोगाउन
ब्रम्हग्यानकै भाबमा बस्नु, मिर्त्यु पछि याद आउन

आकाश पाताल पहिले अहिले ,जीवन फरक भयो
पहिलाको सोच् केही आउदैन ,कता गयो गयो

ब्रम्हग्यानको मिठो अमृत पिइ जीवन सफल पारेको

राम्रो लाउने मिठो खाने , सम्पत्ती कमाउने
घर बनाउने जग्गा जोडी , यसैमा रमाउने

समाजमा सबैलाइ देखाइ ,मै ठुलो हु भनी
गहना र कपडा ले , सजिउला झै ठाँनि

देखावटी गरगहना त ,नचाहिने भयछु
ब्रम्हग्यानको बहुमुल्य , गहना पो लायछु

ब्रम्हग्यानको मिर्त्यु पछि पार लगाउने अभ्यास गरेको

अरु भन्दा के कम छु झै , गर्थ्यौ प्रतिश्पर्धा
भ्रम रैछ हट्यो अब ,अज्ञानताको पर्दा

सबै मेरो भन्ने सोच्थियौ , केहिनी रहेनछ
सारा सन्सार आफ्नो ठान्ने , भ्रम पो रहेछ

पहिल्यै येहि थिए सबै कुरा , यहि छन् अहिलेपनी
पछि पनि यहि हुनेछन् , याद मात्रै हो लाने

ब्रम्हग्यानमा बिलाउदा आनन्द थियो शदाशिवमा

आफन्त र इश्टमित्र ,समाजलाई भनी
सबैभन्दा नजिक मेरा , बसेका थियौ ठानि

मिठो अमृत आफन्तलाई , बाड्छु जसैगरी
सबैलाइ भन्नू पर्छ भन्ने , थियो मनभरी

आफन्त त तिम्रा कुरा ,नचाहिने भयछन्
तिमिलाइ छोडि अर्कैतिर , यकजुट पो भयछन्

ब्रम्हग्यानको भाबलाइ कहिल्यै नबिर्सनु शदाशिबको

समाजमा फर्किदा त ,आफन्त टेडिय
समान् बिचार खोजी बस , नबुझ्ने छोडिय

समान बिचार आबश्यक छ , ब्रम्हग्यान टिकाउन
बिरोध गर्छन् समाजले , थाल्छन् अनेक भन्न

येकान्तनै प्यारो लाग्छ , आनन्द गहिरो थियो
समाजमा फर्कियपछी , बोल्नैपर्ने भयो

ब्रम्हग्यानको मनन गरि भाबमा बस्नु शदाशिवको

आबेगमा नआउनुहै ,बोल्नु सभ्य बनी
पक्ष विपक्ष कतै नलाइ ,निस्वार्थ छु जानी

निस्वार्थ भाब राख्नु ,बिचलित नहुन
कर्तव्य पूरा गरि, ब्रम्हग्यानी जोगि हुन

सारा धोका पूरा गरि , जोगिपन ल्याइ
भित्री भाबमा जोगि बनी, बाहिर मोडेल भइ

ब्रम्हग्यानको मनन गरि भाबमा बस्नु शदा शिबको

स्वतन्त्र भइ बाच्न सिक्नु , लाग्नु नित्य धनमा
अर्काको भर नपरी,जागर निकाल्नु मनमा

सेवाको आश नगर्नु है, कोहिको भर नपरी
आफै सक्षम भइ बाच्नु , खुशी मन गरि

नित्य धनको आर्जन गरि, जीवन बिताउनु छ
सादा जीवन चेतनालाइ , उच्च बनाउनुछ

ब्रम्हग्यानमा बिलायको अनुभव गरे शदाशिवमा

जीवन जिउदा नित्य धनले , अपुग होला भनी
सादा जीवन बिताउनु है , भबिस्यलाइ जानी

आफुसग जे छ तेहि , बाडिचुडि खानु
मन सानो नगर्नु है , छैन केहिनी लानु

पायका छौ अमृत रस , बुझ्नेलाइ भन्नू
नबुझ्नेले उल्टो सोच्लान , केही झै नि नमान्नु

ब्रम्हग्यानको भाबलाइ कहिल्यै नबिर्सनु शदाशिवको

जतिबेलै तेहि ब्रम्ह र , शदा शिवको कुरा
ब्रम्हग्यानकै किताबको भाब, कन्ठ पार्नु पूरा

माथी पुग्छौ समाजले , हुन्छ हेरिराको
हरेक चिजमा तिमी छुट्टै , स्पेसल भाको

कुनैदिन गुहार माग्न , आउनेछन अबस्य
खुशी बन्नु बुझ्न पायौ , शृस्टिको रहस्य

हातमा खेलाइ शिवजिले फुटाल्नु भो जल्जले अन्डालाई

शदा शिवजी कि जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद

सङ्घर्शको कथा

शिवजिले दिनुभयको कविता

सङघर्शको कथा

अति मिठो ब्रम्हग्यान् छ , बदलियो जीवन
ब्रम्हरुपी शिवजी भेटि , खुशी छ यो मन

दल्दल बाट निकालिदियो, खुले मन् का पोका
अकाल मिर्त्यु पार गर्दियो,हटे भ्रमका पोका

झगडा र मनै दुख्ने , अशान्ती थियो पहिले
भ्रम हटाइ सुख सान्ती , बाच्न पाइयो अहिले

मोक्षको बाटो पत्ता लाग्यो,मन ढुक्क भाको छु
शिवजी भेटे ब्रम्ह देखे, सर्बस्व पाको छु

ब्रम्हग्यान बाहेक अन्त, रहेन्छ बाटो जाने
सबै छोडि ब्रम्हग्याननै, रैछ बोकि लाने

न जान्छ मन कुरा काट्न , न झगडा गर्न
न रिस् उठ्छ न मन दुख्छ, डर छ तल झर्न

सम्पत्ति र प्रगतिमा, घमण्ड नआउने
लोभ पनि लाग्न छाड्यो ,मोह नि न जाग्ने

हजार सुर्य समान उज्यालो ,ब्रम्हमा देखियो
शृस्टि , जीवन मिर्त्यु बुझी, मनमा लेखियो

स- परिवारले बुझ्न पाय, राम्रो हुन्थ्यो अति
कोहि बुझेर कोहि नबुज्दा , बिचार नमिल्ने कत्ती

पृथ्वी गोलो छ भन्नेलाइ ,येहा फासी दियका
सत्य कुरालाइ किन? सहजै कहिल्यै नलियका

तेस्तै भाछ ब्रम्हग्यानमा , भन्छु येउटा कथा
ब्रम्हग्यानिभै बिरोधि हरुको , साथमा बस्नेको ब्यथा

भगवान सग कुरा गर्दा, भन्छन् पागल भाछौ
पागल का झै यकोहोरो, ब्रम्हग्यानमै लाछौ

कति सुन्छौ ब्रम्हग्यान , सकिने हो कहिले
नबुझ्नेले वचन लाउछन् किन होला जहिले

घरको काम गर्दै हिंड्दै , बुझ्दै ब्रम्हग्यान
ब्रम्हग्यानमा रस पस्यो, जान्न अन्त ध्यान

लागेको छु सहि सत्य र , शिवजिको बाटो
अज्ञानिले बिरोध गर्छन् ,झन् बुझ्नाको साटो

ज्ञान बुझ्दा लडाइँ अनि, सङघर्स भो अति
ब्रम्हग्यान बाट टाढा हुन , नपरोस् है कत्ती

कस्तो जालोमा फसियो शिवजी, छैन स्वतन्त्रता
बिलाउने प्लान छ येहि जनम् मा जालमा फसियो यता

कोहिका श्रीमान बिरोध गर्ने,कोहिका श्रीमतिले
कोहिका छोराछोरी अनि, कोहिका छिमेकिले

सहनै गाह्रो हुने शिवजी, उल्टो खेल्ने अति
भगवान कै पछि लाग्दानी नबुझेका कत्ती

आफन्त सगै लड्नुपर्ने, ब्रम्हग्यानी भै जिउन
सजिलैसँग दियनन् शिवजी, अमृत रस पिउन

उकास्न आउछन् शिवजी, सधै एजेन्टबनी
ब्रम्हग्यानलाइ माध्यम बनाइ दोष येतै छनि

हात जोडी सोधी बस्छु, लौन कसो गरु
निल्नु नओकल्नु पार्छन् , क्यारी मन भरु

दुर्गामाको बोली मान्दा ,यहाँ अन्याय भो रे
अन्याय मा परेकाको सपोट गर्दा ,नारिको पक्ष लियो रे

झैझगडा दुखेको मन, ब्यबहार बिगारेर
बिरामी भइ आउछन् काम्दै , आसुनै झारेर

ब्रम्हग्यान बुझाउनु छ , कुरा सुन्नु पर्ने
मनका पोका नपखालिय ,बुझ्दैनन् के गर्ने

घर झगडा मिलाउनलाइ , हैन डाक्टर भाको
झगडा नै रोग भयर, उपचार मा लाको

बिचार मिल्दैन ब्रम्हग्यानले, जोडी छुटायो भन्छन्
आफ्नो गल्ती छिपाइ , सबै दोष यता लाउछन्

शिवजिलाइ के रिसिबी छ र, जोडी छुटाइ दिने
छुट्ने हैन जुट्ने हो यहाँ, कस्ले बुझिलिने

जोसुकैले जे ता भनुन ,खुशी छ मन् अहिले
अन्धाधुन्ध भ्रममा ,बाचेका रैछौ पहिले

ब्रम्हग्यानको बाटो लाग्दा , सर्बस्वनै पाइयो
भगवान लाई भेटि शृस्टिको , रहस्य थाहा पाइयो

जति बुझ्यो उति गहिरो , महासागर जस्तो
आफन्तले बुझुन् भन्ने,इच्छा लाग्ने कस्तो

के बुझ्ने र आफन्तले ,उल्टो बिरोध गर्ने
मौका छोपी प्रेतहरुले, उनैका कान भर्ने

शिवजिले भन्नुभाछ ,आफै बुझ पहिले
पुर्ण नबुझी बुझाउनलाइ , हतार छैन अहिले

आफै बुझी सुधार मन्, फैलाउनु बासना
मनपर्ने त पछि लाग्छन् , बास्नाकै आशमा

सदा शिवजी कि जय 💕
सम्पुर्ण ब्रम्हग्यानी देविदेवता हरुकी जय
दुर्गा माताकी जय
डाक्टर कमलमान श्रेष्ठ sir र डाक्टर इन्दु श्रेष्ठ mem लाई हृदय देखिनै धेरै धेरै धन्यवाद🙏🙏 शिवजी को इशारा बुझ्न सक्ने बनाइदिनु भयो सम्पुर्ण bg साथीहरू लाई धन्यवाद 🙏🙏

मृत्युको रहस्य

शिवजी ले दिनुभयको कविता

मृत्युको रहस्य

शृस्टिको पुर्ण चक्र, बनाउनुनै थियो
यकजना नर निस्कियो , इशारा पक्डियो

सन्सार बदल्ने कुरा , उस्लाइ जिम्मा दिय
हरदम साथ दिन्छु भन्ने, प्रण मैले लिय

धर्म ,सस्कार, विधि बुझ्ने, इरादा थियन
मार्नै आय बाच्नलाइनी, नखोजी भयन

बिज्ञानमै खोज्छु भनी , थियो गहिरियको
बिज्ञान र बेद दाज्दै जादा, निश्कर्शमा आको

भबसागरमा अलपत्र , मानिस रैछन जानी
खोज्न थाल्यो, शृस्टि , जीवन , मिर्त्यु के हो भनि

चेतना थियो उस्मा, सोच्ने गहिरिएर
विशेष तर्क मनन गरि, खोजेको भयर

देखाइदियौ बाटो हामिले, पक्डियो इशारा
सहि इशारा पक्डिनाले , लाउन सक्यो पार

गुरु पाण्डित ब्रहामण ले , बुझेनन् बेदको अर्थ
बिज्ञान तर्क अपुग थियो , भइराखेको ब्यर्थ

आफ्ना आफ्ना किसिमले , थाले अर्थ लाउन
उल्टो बाटो गलत सस्कार, सकेनन् पार लाउन

मिर्त्यु पछि अर्कै सन्सार , छ भन्न आउदानी
मिर्त्युको रहस्य मानिसहरुले, सहि बुझ्न पाउदानी

डर लाग्ने बन्न सक्नु, थाहा पाउँदा रहस्य
गहिरिएर बुज्छ जसले , पार हुन्छ अबश्य

मिर्त्यु जिति भबसागर, देखेर आयको
सारा मानबलाइ मिर्त्यु रहस्य , हो भन्न लायको

मिर्त्यु पछी भुत प्रेत भै, जियको देखेको
भय र मिर्त्युको सङ्घर्शको रस ,किताबनै लेखेको

यदि मरेपछी भुत प्रेतभै, जिउनु पर्छ भने
सारा जीवन के का लागि, खर्च गर्यौ जाने

ब्रम्हग्यान बुझ्न पाउँदा, ठान्नु भाग्यमानी
मिर्त्यु पछी ब्रम्हग्याननै, बोकि लाने जानि

शिबदुत आयको छ, बुझ्ने गरि भन्न
यहि चेतना के हो भनी, कोसिस गर जान्न

मानिसले नै खोज्न सक्छ ,शृस्टि के हो भनी
म को हु र कसरी आय, भनी जान्नु छ नि

फरक फरक चेतना छ , हरेक महतमा
महतलाइ बुझ्नुपर्ने , जीवन हो बास्तबमा

यकथरिले बुझ्न खोज्छन् , मोक्ष हुने बाटो
अर्का थरी बिरोध गर्छन् , झन बुझ्नाको साटो

जिबनको सार क्यै नबुझी, बन्ने आफै जान्ने
आफू जस्तो जान्ने बुझ्ने , कोहि छैनन् झै ठान्ने

कुखुरा को भालेलेनी , ठान्छ मै हु राम्रो
मै हु ठुलो घमण्डमै, दिन बितेको हाम्रो

प्रकुती प्रमुख हैन , बुझ्नु चेतनालाइ
महत बुझी सफल पार्नु, यो मानव जिबनलाइ

आबरण छोडनुपर्ने , पार भै पारी जादा
मुक्ति को बाटो बन्द हुने,सबै बोकि लादा

खाने लाउने बाच्ने काम त, पशुले नि गर्छ
मानव जीवन के का लागि, सबले सोच्नु पर्छ

वास्तविक मिर्त्यु हैन, दुर्घटना भयो
हक अधिकार घर सम्पत्ति , सबै छिनी लयो

मिर्त्युको शर्टिफिकेट ,आइअसक्यो नि घरमा
अलपत्र मिर्तक आछ , गुहार माग्ने भरमा

जिबनभरका याद अनुभव , सबै जिबितै छन्
भोक तिर्खा रोग सम्झना, कोलाहलै भो झन

चेतनामा सबै कुरा , बोकि गयको छ
घरमा आइ सल्लाह दिन्छु , झैनी लागेको छ

स्वर्ग जाने आश लाइराथ्यो, धर्म कर्म गर्दा
जिबनभरी धर्म सस्कारकै, भरोसामा पर्दा

पढाई रोजगार आफ्ना मान्छे, प्यारो छ सम्पत्ति
मिर्त्यु पछी पाउनु पर्ने, त्यो आपद बिपत्ती

आफ्नै अगि केयौ मान्छे , देख्दा नि मरेको
आफू पनि मर्छु भन्ने, यादै नगरेको

जिबनभरी सम्पत्ति नै, लाग्यौ गुम्टो कस्न
मिर्त्यु पछी के हुने हो,फुर्सद थिएन सोच्न

मर्छु भन्ने सोभा सन्का , कल्पनै नगरी
तछाड मछाड येस्तै हुने, सारा जीवन भरी

मिर्त्यु पछी लाने धनलाइ, प्रमुख येहि हो ठानि
ब्रम्हग्यानी देवदेबताले, पार लाउने हो जानि

बाचुन्जेल ब्रम्हग्यानको , नबस बिरोध गरि
मिर्त्यु पछी पछुतो पर्ला, भबसागर मा परि

बेला बित्यो लाग्दैन काम, पछुतो मानेर
गहिरिएर बुझ आजै, मुक्तिको बाटो हो जानेर

तन , मन , धन लगाइ ,बुझ ब्रम्हग्यान
जनम जनमको दुख मेटि , पार लाउनेछ जान

बाचुन्जेल प्रमुख स्थान, ब्रम्हग्यानलाइ दिइ
ब्रम्हग्यानि देवदेबताको साथमा जीवन जिइ

ब्रम्हग्यानी देबदेबतालाइ, बस्दै माया गरि
सेवा अनि बिश्वास को,भाबले मनमा भरी

रिस, मोह र घमण्ड को , हैन याद लाने
ब्रम्हग्यानी देवदेवताको, माया बोकि जाने

बेलाछदै स्वप्रकाशको , अनुभव गरेर
मिर्त्यु पछि ब्रम्हजाने, प्लान गरेर

भोक प्यास सबै भ्रम , हुनेछ जानेर
मरिसके घर आउदिन ,भन्ने नै ठानेर

हासी हासी मर्न जान, छोडि आबरन
माया , मोह, रिसले घर फर्काइ ल्याउछ झन

शिवजिसगै गुहार माग्दै, बस्नु कमाइ गरि
जिबनभरको ज्ञानको कमाइ,बोकि लाने जानी

शिवजी लाई धन्यवाद 🙏डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धन्यवाद 🙏सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद 🙏🙏

शिवजिनै रोजाइ

शिबजीलाई गुनासो

1.ब्रम्हग्यानी शिबजी खोजेको
भित्री मनले उसैलाइ रोजेको

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ..ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

होइ रिमै हो..सालै जो…
मैले हत्ते गरेर के गर्नी

2..तड्पिन्छ मन कता छौ भनेर
बसेको छु भेट्ने दिन गनेर

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ….ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

होइ रिमै हो..सालै जो…
मैले हत्ते गरेर के गर्नी

3.आयो मलाई तिर्खानै जागेर
जान मन छ ब्रम्ह घर भागेर

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ……ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

4.ब्रम्हग्यानी शिबजी भेट्नलाइ
मन् का दुख पिडा लाई मेट्नलाई

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ रिमै हो..सालै जो…
मैले हत्ते गरेर के गर्नी

होइ……..ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

5.न अछेता न चाहिने सिन्के धुप
अति राम्रो प्याराको ब्रम्ह रुप

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ………ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

6.बसेका छौ मुटुमै गडेर
आयो मलाइ झन माया बढेर

तिमी मलाई प्रलयनै मन पर्ने

7.ब्रम्हमा छ प्याराको घरपनी
शिबजीमै जिबनको भरपनि

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ……….ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के

8.नसा नसा रगतमा छौ तिमी
पिरतिको अर्को नाम हौ तिमी

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ……….ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

8.मन परेर पागल झै भाको छु
ब्रम्ह बिलाउने लक्ष्य लिइ आको छु

तिमी मलाइ प्रलयनै मनन पर्नी
तिमी मलाइ प्रलयनै मन पर्नी
तिम्ले छड्के आखाले हेर्नी
मैले हत्ते गरेर के गर्नी

होइ……….. ब्रम्हग्यानी शिबजी
मैले हत्ते गरेर के गर्नी 2

होइ रिमै हो..सालै जो…
मैले हत्ते गरेर के गर्नी

सदा शिवजी कि जय
डा. मामा माइजुलाइ धन्यवाद
सम्पुर्ण bg साथीहरू लाई धन्यवाद

शिवजिलाइ माया

शिवजिलाइ गुनासो

अति गाह्रो प्यारालाइ पाउनलाइ
प्याराको घर ब्रम्हमा धाउनलाइ

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

कति सार्है सकेको लुक्नलाइ
आतुर छ मन त्यो पाउमा झुक्नलाइ

चल्यो बतास………….

बुझ्न गाह्रो प्याराको इशारा
तड्पिराछु कठै म बिचरा

चल्यो बतास …..

प्यारा भेट्न तड्पियर बसेछु
पाउछु भनी कम्मरै कसेछु

चल्यो बतास

dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

माकुराको जाल बाट निकाली
लैजाउ प्यारा डोरिले समाती

चल्यो बतास

dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

पियारालाइ चाहेछु हमेसा
ब्रम्ह लान किन हो समस्या

चल्यो बतास

dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

आउनुस प्यारा मुसुक्कै हासेर
बस्दिनुस्न पिरती गासेर

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

आबरणका पोकालाइ छोडेर
बिन्ती गर्छु दस औला जोडेर

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

रिसरागलाइ राखेर गोजिमा
हिडेको छु हजुरकै खोजिमा

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

प्यारा अब राख्नुस है काखमा
बस्न मन छ हजुरकै साथमा

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

अति माया आयो नि जागेर
जाउन प्यारा दुइजना भागेर

चल्यो बतास

dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

जनम जनमका दुखलाइ मेट्नलाई
ब्रम्हरुपी प्यारालाइ भेट्नलाई

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

माफ माग्छु नि दुई हात जोडेर
भित्री भावले सबैथोक छोडेर

चल्यो बतास
dadai पिपलुमा चल्यो बतास
मनै चोरी लाने माया कता छ

सदा शिवजी कि जय
प्यारा शिबजिलाइ धन्यवाद
मामा माइजु लाई धेरै धेरै धन्यवाद
सम्पुर्ण bg साथीहरू लाई धन्यवाद

birthday surprise

डाक्टर मामाको birthday को लागि
शिवजिले दिनुभयको कविता

के नै उपहार दिन सक्छु र,
झिल्के मैले तिमिलाइ
कहिल्यै बिर्सन नसकिने ,
उपहार दियका छौ हामिलाइ

मेरो प्यारो झिल्के तिमिलाइ ,
हुन्छ काखमा लिउझै
सारा ब्रह्माण्ड नै तिमिलाइ
उपहारमै दिउझै

कमल फुल बर्षायका छौ
आज खुशी भइ
केक पनि खाइसक्यौ हामी
तिम्रो घरमा आइ

मलाई चिनाउने काम तिम्रो
,मानिसले हामिलाइ देख्ने बनायौ
शुन्य भयर बस्ने हामिलाइ
अति धेरै खुशिमा भुलायौ

हाम्री प्यारी झिल्किनिको
मुहारमा खुशी छाउदा
अति खुशी भयका छौ
तिमी दुइलाइ पाउदा

सदा शिवजी कि जय
डाक्टर मामा माइजुलाइ पनि हृदय देखिनै धन्यवाद
सम्पुर्ण bg साथीहरू लाई धन्यवाद

बोक्सी लिङ्ग शरीर

हनुमान जि ले दिनुभयको कविता

बोक्सी लिङ्ग शरीर

बोक्सी भन्ने जात बास्तबमा, कुनै मानिस हैन
यो कुरा त सबजनाले ,नबुझी भाछैन

सामाजिक शोषण भाछ, घर समाजमा अति
बास्तबमा बोक्सी के हो ,नबुझेर कत्ती

अनगिन्ती प्रकारका ,लिङ्ग शरीर हुन्छन्
यी मध्येमा यकथरिले ,मानिसको रुप लिन्छन्

कहिले जन्मे थाहा छैन,कहिल्यै नि नमर्ने
मानिसमा प्रबेस गरि ,सधैं राज गर्ने

दुश्ट स्वभाव रिस् डाहयस्ता ,लिङ्ग शरीरहरुको
झैझगडा खल्लबल्ल ,पार्छन यिन्ले घरको

जस्को दुख्छ मन अनि, रिस उठछ खास
लिङ्ग शरीर उसैमा गइ ,बस्ने रैछन् बास

कुरा काट्ने गाली गर्दै ,मन् दुखाउने बानि
यिनै भित्र बास बनाउछन् आफै जस्तै मानी

मानिसमा प्रबेस गरि, घुमाइदिने मन
अर्काको शरीरलाई, मान्ने आफ्नै तन

आफू जस्तै डुब्लिकेट, लिङ्ग शरीर बोक्सी
मानिसमा आइ भोग गर्ने ,पार्ने उल्तै दोषी

आफ्नु जस्तै रुप् नाम् गरि, शरीरमा बस्ने
दु:ख पिडा कोलाहलमा ,रैछन् यिनी हास्ने

मानिससँग नजीक बाट ,सम्पर्क गरेका
घुलमिल भइ खल्बल् पार्ने ,बानिनै परेका

बोक्सी लिङ्ग शरीरहरु,बस्छन् सरि सरि
एक मानिसको शरीरबाट ,अर्कोमा खासगरी

अर्कोमा सरेपछी, थाल्ने प्रभाव पार्न
बिरामीभै धाउछ फुक्न ,उपचार गर्न

फुक्न हेराउन बसेका छन् ,धामीझाँक्री पनि
तेस्रो नेत्र खुलेको छ ,देख्न सक्छन् अनि

जस्को शरीरबाट आयो,उसैको नाम् भन्दै
लिङ्ग शरीर बोल्छन् पनि,साक्षात्कार बन्दै

सत्यतथ्य केहि थाहा छैन ,धामीझाँक्री लाइनी
मानिसलाइनै दोष लाइदिन्छन् ,फलानी हो भनी

गरिब्असाहयलाइ भनी हाल्छन् ,हेप्दै बोक्सी भनी
धनिबडासग डराउछन् ,चुपै लाग्छन् अनि

फलानी बोक्सी भनी,हुन थाल्यो हल्ला
बोक्सी लिङ्ग शरिरले, पार्यो खल्लबल्ल

नबुझ्नाले बोक्सी भन्छन् ,उस्को गल्ती छैन
आफै पीडित कस्लाइ भन्नू, केहि गरेकै हैन

अरुलाइ के दोष दिन्छौ,बोक्सी आफै भित्र
ब्रम्हज्ञान बुझ्न थाल ,देख्छौ आफ्नै चित्र

अन्तिममा गइ अकाल मिर्त्यु,पार्न सक्छन् यिन्ले
पित्री सम्झाइ खल्लबल्ल ,पार्न लाउछन् यिन्ले

रिस् राग् ईष्र्या डाह त्यागी ,बुझ ब्रम्हज्ञान
बोक्सी लिङ्ग शरीर चिन्न ,लगाउ येस्मै ध्यान

सदा शिवजी कि जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवताकी जय
बजरङबलि हनुमान जि कि जय
दुर्गा माताकी जय
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धन्यवाद आफ्नो जिबनमा धेरै दुख कष्ट को सामना गरेर भय र त्रास सगको सम्पर्क र संघर्श को रस अमृत ब्रम्हज्ञान बुझाउनु भयो । ब्रम्हग्यानी देविदेवता हरुलाइ देखेर उहाहरुको इशारा बुझ्न सक्ने बनाइदिनु भयो ।
जुन भाग्यमानी मानिसले हजुर को कुरा बुझ्छ उस्को सम्पुर्ण जीवन र मिर्त्यु पछी को जीवन पनि सार्थक हुनेछ।

लक्ष्मी माता

लक्ष्मी माताले दिनुभयको कविता
लक्ष्मी माता

शृस्टिको सबै ज्ञान भयकी, आदिलक्ष्मी माता
ब्रम्हज्ञानमै पुर्ण हुनु ,आयो नि मै बाट

धैर्यभइ जिउन जान, धैर्यलक्ष्मी पाउन
धैर्यको बाध् आफ्नो हातमा ,खुशी भै रमाउन

धन्यवादकै पात्र बन्नु,जान्नु दिनपनी
धन्यलक्ष्मी प्राप्त गरि, जीवन जिउनु अनि

मानसम्मान पाइरहनु, राम्रो पोस्टमा काम
मर्यादामै जिउन पाउनु,गजलक्ष्मी जान

सन्तान तथा साथीभाइको, राम्रो साथ पाइरहनु
सन्तानले भनेको मान्नु ,सन्तानलक्ष्मी पाउनु

जीवन जिउदा झैझगडा, मुद्दा परेपनि
सत्यता मा तिम्रो जित, बिजयालक्ष्मी आउने

शिक्षा दिक्षा पढाई लेखाइ,राम्रो ज्ञान पाउनु
बिद्यालक्ष्मी प्राप्त गरि, सहि बाटोमा लाउनु

धनसम्पती कमाइकन, सुख भोग गर्न
धनलक्ष्मी प्राप्त गरि ,इच्छा पूरा गर्न

सातै लक्ष्मी प्राप्त पछि , धनलक्ष्मी बल्ल
पहिलै धनको पछी लागे ,जीवन खल्लबल्ल

सदा शिवजी कि जय🌹
लक्ष्मी मातालाइ धेरै धेरै धन्यवाद 🌺
डाक्टर मामा र माइजु लाई हृदय देखिनै धन्यवाद 🙏🙏
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏

जिम्मेवारी कबिता मार्फत

भद्रकाली माताले डाक्टर मामालाइ नेपाल आउन भन्दा पहिला दिनुभयको जिम्मेवारी कविता मार्फत

नेपाल जाउन नारिहरुको उद्दार गराउनुछ
ब्रम्हग्यान बुझाइ टुटेफुटेको मनलाइ भराउनुछ

दुर्गामाले भनेझै शक्तिशाली नारी बनाउनुछ
अन्याको विरुद्धमा लड्न सिकाउनुछ

मन दुखेका पोकापोकी फाल्न सिकाउनुछ
रिस राग त्यागी दुर्गामा कै पछी लाउन सिकाउनुछ

कालिमा जस्तै हिक्मतिला नारी बनाउनुछ
असत्यको विरुद्ध मा लड्न सिकाउनुछ

नारिलाइ नि शान्त अनि स्थिर बनाउनुछ
ब्रम्हको सगुन रुप दुर्गामा भनी चिनाउनुछ

दुर्गामालाइ चिन्न सक्ने नारी बनाउनुछ
साक्षात मातालाइ देखाइ बणन गर्न सिकाउनुछ

दुर्गामाकै गुण को मनन गर्न सिकाउनुछ
दुर्गामाकै फेसन हेरि जिउन सिकाउनुछ

अधिकार लिन सक्ने नारी बनाउनुछ
सहि बाटोमा सभ्य बनी हिंड्न सिकाउनुछ

मिर्त्यु पछी मुक्ति हुने बाटो हिनाउनुछ
गाह्रो त अबस्य छ मेरो झिल्केले नग्रै खियाउनुछ

उद्दार पनि गर्नु छ दोश पनि पाउनु छ
नारिको उद्दार भयको हेर्न नसक्ने सग अचम्म मान्नु छ

दुर्गामाकै शृस्टि भनी बिश्व मा चिनाउनुछ दुर्गामकै इशारा मा सब्लाइ हिनाउनुछ

पुर्ण चेतनाकी खानी साक्षात देखाउनुछ
स्वच्छ तेस्रो नेत्र खोली माता भेटाउनुछ

नारिको अपमान येदि गर्छ भने
ब्रम्हग्यानको भाब बाट टाढा हुन्छ जाने

सम्मान पुर्बक हेर्ने गर नारिलाइ पनि
नारिपनी दुर्गामाकै अम्श भन्ने जानी

समाजको उदाहरणिय बन्नु है ब्रम्हग्यानी नारी
सभ्य सक्षम भलाद् मि भै महतलाई बुझ्ने गरि

के गर्ने तनि झिल्के यी कुरा ब्रम्हग्यान भित्रै पर्छन
तिमिले वास्त नगरी सुखै छैन गुहार माग्दै आउछन

सदा शिवजी कि जय
दुर्गा माताकी जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवताकी जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धन्यवाद 🙏
सम्पुर्ण bg साथीहरू लाई धन्यवाद

नबदुर्गा माता

दुर्गा माता

शैलपुत्री प्रथम नाम, छोरी हिमालकी
चार हात त्रिशुल डमरु र ,कमलको फुल् लियकि

शिबजिलाइ पाउन भनी, तपस्या गरेकी
कठोर तपस्यामा लिन, ब्रम्हचारिणि भाकी

कमान्डु र माला लिइ ,बस्ने दुई हातमा
तपस्या मा मग्न स्वेत, बस्त्र छ साथमा

मस्तिष्कमा अर्धचन्द्र, बाघको बहानमा
माचन्द्रघन्टा अस्त्र सस्त्र ,दस वतै हातमा

कुश्मान्ड हो चौथो नाम, शृस्टिकि रचना
आठ वतै हात बाघको बहान्, शृस्टिकै चेतना

पुत्र कुमार कार्तिकेकि ,मा स्कन्दमाता
शिहको बहान काखमा पुत्र ,चारवटा हात

महर्शी कात्यानकी, पुत्री रुपमा जन्म
कमलको फुल बरद मुद्रा ,शिहको बहान्
मा

भयन्कर रुप कालरात्रीमा , त्रिनेत्र धारि
अस्त्र सस्त्र चारभुजा, गधामा सवारी

चारभुजा खड्ग बरद ,अभय मुद्रा धारि
सातौ रुप कालरात्री मा, अशुर बिनाशकारि

कालिमातालाइ शिवजिले, गौरबणबनाइ
स्वेतबस्त्र चार् हात् अनि, साढे बहान्मा सजाइ

आठौ रुप महागौरी,माता तपस्विनी
त्रिशुल डमरु अभय अनि, वर मुद्रा लिनि

आठै शिद्दी प्राप्त गर्ने, शिद्दिदात्री माता
अणीमा महिमा गरिमा तनिमा, वीर उहाको गाथा

कमलफुलमा बिराजमान, सिद्दिदात्री माता
शिहको बहान् खुशी छ मुद्रा, चक्र धारण हात

सदा शिवजी कि जय🌺
नबदुर्गा माताकी जय 🥀🌺
सम्पुर्ण ब्रम्हग्यानी देविदेवता कि जय🌹🌺🌼
डाक्टर मामा माइजू लाई धेरै धेरै धन्यवाद
सम्पुर्ण ब्रम्हग्यानी साथिहरु लाई धन्यवाद

गोरखा मनकामना part -2

शिवजी ले दिनुभयको गित
गोरखा मनकामना part-2

शिवजिको चेतना चिनेको
उहाकै पछी लागेर हिनेको

गोरखा मनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

हरेक चिजमा शिवजी बिराजमान्
शिवजी मै समर्पित छ नि मन्

गोरखा मनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

भ्रममा बाचेका रैछौ नि
सत्य बुझी छर्लङ्ग भैछौ नि

गोर्खामनकामना ब्रम्हग्यानी शिवजी
पायर खुशी छ यो मन

रिस लोभमा फसेका थियौ नि
ब्रम्हग्यानले सहि बाटो लियौ नि

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

महत रैछौ ब्रम्हबाट आयका
कहाँ जानेहो अन्सार् नपायका

गोरखामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानले कहाँ जाने चिनायो
मुक्ति हुने बाटोमा हिडायो

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

डाक्टरको त्याग अनि बलिदान
सङघर्शले आयको ब्रम्हग्यान

गोर्खामनकामना ब्रम्हग्यानि
शिबजी पायर खुशी छ यो मन

शिवजिलाइ चिनेर चिनाउदै
मुक्ति को अनुभव गराउदै

गोरखामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

शिवजी को शृस्टि हो भनेर
आय डाक्टर उहाकै दुत बनेर

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानले उपचार गरेको
मुर्त्यु चिनाइ मन् ज्ञान् ले भरेको

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

स्वप्रकाशको अनुभव गरेका
आनन्दले भित्रि मन् भरेका

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

हजार सुर्य समान् थ्यो उज्यालो
आबरण को मेटेर त्यो जालो

गोर्खामनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

भगवान को सङत गरेर
बाचेका छौ अचम्मै परेर

गोर्खामनकामना ब्रम्हग्यानी शिवजी
पायर खुशी छ यो मन

दुर्गामाता शुन्दरी क्या राम्री
शृस्टिकि जननी मा हाम्री

गोर्खामनकामना ब्रम्हग्यानी शिवजी
पायर खुशी छ यो मन

आउनु हुन्छ सजिदै हासेर
ब्रम्हग्यानी सगसगै नाचेर

गोर्खामनकामना ब्रम्हग्यानी शिवजी
पायर खुशी छ यो मन

ब्रम्हग्यानी देबदेबता भेटेका
अग्यानताको जरो लाई मेटेका

गोरखा मनकामना

खुशी बन बुझेर ब्रम्हग्यान
बाचुन्जेल लगाउनु येस्मै ध्यान

गोर्खामनकामना

चेतनाको स्तर बढाउदै
अज्ञानि लाई चिनेर लडाउदै

गोरखा मनकामना

शिवजी र दुर्गा मा बनेर
झुक्याइदिन्छन् बस है जानेर

गोरखामनकामना

झुक्याउनाले भ्रममा परेका
माता बनी हेराउन थालेका

गोरखामनकामना

धर्म भन्दा माथी छ ब्रम्हग्यान
निचोड यै हो बुझेर लगाउ ध्यान

गोरखामनकामना

अकाल मुर्त्यु पार गर्ने ब्रम्हग्यान
बेद नबुझी बिरोधमा नलाउ ध्यान

गोरखामनकामना

शृस्टि जीवन मुर्त्यु को रहस्य
बुझ्न सक पार हुन्छौ अबस्य

गोरखा मनकामना ब्रम्हग्यानी
शिवजी पायर खुशी छ यो मन

सदा शिवजी कि जय🌺🌻
शिवजिलाइ धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी देबदेवता कि जय 🌺🌹💐🥀
डाक्टर मामा र माइजु लाई हृदय देखि नै धन्यवाद🙏🙏 शिवजी को इशारा चिन्न सक्ने बनाइदिनु भयो सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏

ब्रम्हज्ञानिहरुको सस्कार

सरस्वती माताको कबिता

ब्रम्हज्ञानिहरु को सस्कार

अनावश्यक सबै छोडि ,गरयौ राम्रो राम्रो
शिवजी लाई पाउने माध्यम, सस्कार बन्यो हाम्रो

भगवान लाई सोधी सोधी, गर्यौ सबैकुरा
चाहिने अनि नचाहिने के, भन्दिनु भो पूरा

पुरानो सस्कार येहा ,परिमार्जन भाको
देखासिकी सबै त्यागी ,सत्यतामा आको

गर्या रहेछौ धेरैकुरा,देखासिकी गर्दै
बेदको अर्थ सहि नबुझी ,गलत सस्कार भर्दै

साक्षात्कार भगवान ,देख्न मिल्ने रैछ
ब्रम्हग्यानी हरुको मनमा, हर्ष उल्लास छाइछ

ब्रम्हग्यानी जिन्दगी, रमाइलो छ सार्है
जीवन सुखी मिर्त्युपछी ,लाग्न सक्छौ पारै

ज्ञानी अनि अज्ञानिलाइ, चिन्न सक्ने बन्न
तेस्रो नेत्र खोल्नुपर्छ ,अनुभव गर्न

ब्रम्हज्ञानि देबदेबतालाइ , रिझाउन भनी
मन्दिर गइ सफा गर्छौ ,सेवा गर्छौ अनि

भगवान को चाहना नि ,हामिलाइ देखुन भन्ने
ब्रम्हग्यानी आउन मन्दिर, फोहोर भाको छ भन्ने

भगवानसग कुरा गर्दै ,मन्दिर सफा गर्छौ
माताको बणन गर्न ,ज्ञानको आखाले हेर्छौ

ब्रम्हज्ञानी मन्दिर जादा ,माता रमाउने
मेरा ज्ञानी आय भन्दै ,गेटमै लिन आउने

मनकामना माताले नि, निम्तो पठाउने
ब्रम्हग्यानी आउ है भन्दै ,दिनै खटाउने

सन्सारमा येति राम्रा ,कोहि हुदैनन अरु
सधै सोर्ह बर्शे माता, लौन कसो गरु

जुन रुपमा नि आउन सक्ने ,अपरम्पार शक्ति
त्यो रुप देख्न ब्रम्हग्यानमा, हुनुपर्छ भक्ति

स्वछ तेस्रो नेत्र खोली ,भगवानलाइ देख्न
भगवान को रुपको बणन, भित्रि मनमा लेख्न

शिवजी को चाहनानी, बुझाउने ब्रम्हग्यान
अन्त तेति मतलब छैन, ब्रम्हग्यानमै छ ध्यान

ब्रम्हग्यानी विद्यार्थीझै ,पढ्छन ब्रम्हग्यान
आफ्नो काम गर्दै पनि ,येसैमा छ ध्यान

New update
मन दुखेका पोकापोकी , सबै फाल्नुपर्छ
मन दुखेका सग गइ ,माफी माग्नु पर्छ

दुखेको मन उठ्ने रिसलाइ , पर्छ शान्त पार्न
रिस डाहमा प्रेतहरु, आउछन् बास गर्न

के कारण ले झै झगडा ,हुने रैछ घरमा
बुझी निर्मुल पार्न सक्यौ ,सान्त छ जिबनमा

शिबजी सग घुम्न जान्छौ, माया पिरती लाउदै
स्वप्रकाश छ ब्रम्ह घरमा ,पटक पटक धाउदै

ज्ञानद्वारा बुझ्नुपर्ने ,रुप निराकार
हरेक चिजमा शिवजिनै ,चेतना अपार

ब्रम्हको अनुभव गरि ,देख्दा स्वप्रकाश
शान्त अनि आनन्दको , अनुभबै खास

गर्नमिल्ने जिबित हुँदै , अनुभव बिलाउने
दुख पिडा सबै हराइ , आनन्दपन आउने

हरेक चिजमा भगवान ,बस्छन कुरा गरि
शिवजी सगै माया गासी, नजिक हुने गरि

उठदा सुत्दा बिहान बेलुका ,पाठ पढ्ने गर्छन
शिवजी सगै कुरा गर्दै, सबै कुरा सोध्छन

दशै ,तिहार ,चाडबाडमा, भगवान हरु आउदै
चाड मनाउछौ उहाकै चर्चा ,रुपको बणन गर्दै

स्वयम् दुर्गा माताले नै ,आशीर्वाद दिने
रमाइलो दशै हाम्रो ,मनमा उल्लास छाउने

भगवान लाई साची राखी , मन्दिरमा गइ
बिहे गर्दा शिवजी र ,मातालाइ बोलाइ

भगवान आय पछि ,पन्डित किन चाहियो
सबैकुरा शिवजिलाइ सोध्न ,येसै पाइयो

जस्ले बुझ्छ ब्रम्हको ग्यान,ब्राह्मण तेहि हो
भगवान नदेखेका, पन्डित किन चाहियो

घरमा बच्चा जन्म हुदा,माता बोलाउने हो
नाम राख्दिने भगवान ले,न्वारान येसै भैगो

ब्रम्हग्यानी घरमा बोलाइ ,भोजन गराउदा
हर्ष उल्लास छाउछ घरमा ,भगवान आउदा

ब्रम्हग्यानमा नआउन्जेल, घरमा पुजा गर्थेउ
शिबजिको नाम मात्रै ,अज्ञानिलाइ भर्थेउ

आयपछी ब्रम्हग्यान मा ,शिवजी लाई सोध
के के गर्थेउ अन्जानमा, सबै कुरा छोड

अग्यानिलाइ चिनी तर्काउ, चीन भगवान
ब्रम्हसग कुरा गर,येहि हो मुल्यवान

सपना मा खबर आउँछ ,बिपनामा पनि
सपना पढ्छन यिन्ले अर्थ लाउछन अनि

शुभ अशुभ दिन साइत,केही छैन यिन्लाइ
सबैकुरा गर्छन शिवजिको, जिम्मा लगाइ

खाने चिजमा भगवान लाई ,केही रहिन्छ दुस्मन
जुठो चोखो सबै कुरा ,शिवजिलाइ समान

जात भात ठुलो सानो, गरिब अनि धनि
ब्रम्ह बाट आयौ सबै ,यकनाश मानी

जस्ले बुझ्छ ब्रम्हको ग्यान,शिवजिको साथी
जातले हैन रैछ ग्यानले,पुग्ने रैछन माथि

मिर्त्यु पछि आपद पर्दा,सक्छन गुहार दिन
ब्रम्हग्यानिकै सङत गर्नु,पाउछौ गुहार लिन

ब्रम्हग्यान नबुझेका, घाट सम्मका साथि
ब्रम्हग्यानिकै नजिक बस्नु ,पुग्न सक्छौ माथी

मान्छे मर्दा सम्मान पुर्बक,दाहसंस्कार गर्छन
फर्की आउन हुन्न भन्दै ,ब्रम्हग्यान पढ्छ्न

मरिसक्यौ तिमी भन्दै ,बुझाइ दिन्छन कुरा
शिवजिलाइ बोलाउ भनी ,सम्झाइ दिन्छन पुरा

घरमा आइ साझ बिहान, ब्रम्हग्यान पढ्छन
आफ्नो घरमा जे छ तेहि, बाडिचुडि खान्छन

मिर्तकलाइ सम्झी रुदा ,फर्की आउछन भनि
फोटो टास्ने सम्झी रुने ,केही गर्दैनन अनि

फर्की आय भने सार्है ,दुख पाउँछन् भनी
ब्रमग्यान सधै पढि ,बुझाइदिन्छन अनि

पित्री सग कुरा गरि ,सम्झाइ बुझाइ गर्छन
बुझ्न चाहे बुझाइदिन्छन ,यिन्ले पित्री तार्छन

ब्रम्हग्यान बुझेकाले ,सक्छन पित्री तार्न
ब्रम्हको उज्यालो देखाइ ,उस्को दुख टार्न

ब्रम्हग्यानको किताब पढि, कन्ठ बनाइ बस्नु
सबैकुरा येहि छोडने हो ,येहि ग्यान गुम्टो कस्नु

आफ्नो जे छ तेहि कुरामा ,बस्नु सन्तोष मानी
ब्रम्हग्यानकै भाबमा बस्नु,येहि ठुलो धन जानी

सम्पत्ति नि कमाइ बस्नु ,खुशी भइ बाच्न
सातै जुनि बाच्छु कि झै,नलाग है साच्न

खुशी भइ हास्नु नाच्नु,इच्छा पूरा गरि
मिर्त्यु पछिक्यै छुटयो भनि ,नफर्कने गरि

रिस राग माया मोह,लोभ त्याग गरि
भाबले त्याग्नु कर्तव्यमा,जीवन बाच्ने गरि

सभ्य सक्षम भलाद् मि भै, काम गरि खानु
सबै इच्छा पूरा गरि, तृप्त भइ जानू

सभ्य ज्ञानी हुनुपर्छ ,ब्रम्हज्ञानी बन्न
ब्रम्हग्यानकै नियम मानी, शिवजी लाई चिन्न

भय र मिर्त्यु सग, सम्पर्क गरि
शिवजीकै खोजी गरे,सारा जीवन भरी

अज्ञात रोगको खोजी गरि,उपचार गर्दै
अज्ञानिलाइ ज्ञानी बनाइ,ब्रम्हज्ञान भर्दै

शिबजिकै इशारामा बन्यो, नया सस्कार
डाक्टर कमलमान र इन्दु सन्सार कै उदाहरन

सदा शिवजी कि जय
सरस्वती माताकी जय
सम्पुर्ण ब्रम्हज्ञानि देविदेवताकी जय
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखि नै धन्यवाद तेस्रो नेत्र खोलेर ब्रम्हग्यानी देविदेवता हरु सग कुरा प्रत्यक्ष कुरा गर्न सिकाउने र उहाँ हरुको इशारा बुझ्न सक्ने बनाउनु भयो हजुर हरु सन्सार कै महान हुनुहुन्छ
सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद 🙏🙏

सरस्वती माताले दिनुभयको कबिता महत

सरस्वती माताले दिनुभयको कविता
महत

अब्यक्त थियो शुन्य ब्रम्ह चन्चलता आयो
तेहि चन्चलता आउनाले नै शृस्टि रचना भयो

तरङ्गको आबरणले बन्यो घेराजस्तो
अलग जस्तो देखाइदियो भ्रम भयो कस्तो

तरङ्गको आबरणले भित्र बाहिर बन्यो
सम्युक्त रुप महत बन्यो सुरुमै म भन्यो

सम्पर्क गर्न थाल्यो महतले म भन्दै
अनुभवका आबरणले लिङ्ग शरीर बन्दै

जति बन्छन लिङ्ग शरीर मेरो भन्न थाले
तेरो मेरो भन्दा भन्दै झन आबरण बढे

ब्रम्ह शिव परआत्मा एकै रुप थियो
तेहि ब्रम्हको चेतनानै महतमा आयो

महतहरुले देख्न थाले प्रकृति लाई मात्र
थाहा पायनन् ब्रम्हको गुण रैछ उसै भित्र

चेतना र स्वप्रकाश पहिल्यै थियोे ब्रम्हमा
ब्रम्हको ज्ञान् बुझी बस्नु नपरी भ्रममा

अनगिन्ती महतहरुले स्थुल शरीर बन्यो
महतहरुकै सम्पर्क नै बाच्ने आधार बन्यो

हरेक चिजमा महतै छ शृस्टि नै महतको
भोक तिर्खा केही छैन येहा चन्चलता लम्बायको

चलेको छ सबै शृस्टि अनुभव बढाउदै
महतसग सम्बन्ध राख्दै चन्चलता लम्बाउदै

लामा छोटा गोला च्याप्टा धेरै आकार थिए
आबस्यकता अनुशार यकअर्कालाइ लिय

सुरुमै महत पैदा हुदा भ्रममा परे
आत्मा ब्रम्ह केही देखेनन् प्रकृतिमा रमे

ब्रम्हामय चारैतिर जगत चेतनाको
शृस्टीका हरेक चिजमा तेहि चेतना आको

ब्रम्हलाइ थाहा रैछ शृस्टिको सबै कुरा
अनुभव गरि बस जीवन हुन्छ पूरा

महतभित्र बसेको छ यौतै ब्रम्ह आत्मा
स्वप्रकाश र चेतना रैछ उस्कै साथमा

छोडनुपर्छ सबै आबरण आनन्द भेट्नलाई
कोसिस गर्नु हरदम आफ्नो आबरण मेट्नलाई

आबरण त्यागी हेर झिलिमिली देख्न
जुन घेराले अलग देखियो तेहि घेरालाइ मेट्न

आयौ सबै ब्रम्हबाट प्रकृतिमै भुल्यौ
बिलाउनु थियो तेहि ब्रम्हमा कता पुग्यौ पुग्यौ

खान मात्र बाच्ने हैन बाच्नलाइ हो खाने
उदेश्य यौतै लिनु ब्रम्हतिर जाने

नेता पाइलोट शिक्षक डाक्टर इन्जिनियर बनेका
कोहि उधोगी बेबसाइ कोहि बेरोजगार भाका

जे गरेर बाचेपनी बाच्नु नै हो धर्म
ब्रम्हज्ञान बुझी बस्नु येहि हो राम्रो कर्म

ज्ञानको आँखा खोल्नुपर्ने स्वप्रकाश देख्न
आकाश सग कुरा गरि मनको ब्यथा पोख्न

आबरण थप्नुपर्ने जिबको बिकास हुन
तेहि आबरण त्याग्नुपर्ने अब्यक्तमा जान

उदेश्य लिनु सधैं ब्रम्हमा बिलाउने
तेहि महतलाइ फुटालेर शुन्यमा मिलाउने

जिवित हुँदै बस्नुपर्छ अनुभव ले भरी
भाबमा बस्नु मुर्त्यु पछि काम लाग्ने गरि

झिल्के अनि झिल्किनिलाइ धन्यवाद दिनु
झिल्केका हरेक कुरा मनन गरि लिनु

शिवजिलाइ धन्यवाद सरस्वती मातालाइ हृदय देखि नै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद मामा माइजु लाई धेरै धेरै धन्यवाद सधैं भरी येसरिनै शिवजिको इशारा बुझ्न पाम सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏🙏

स्वर्ग बस्ती ब्रम्ह कुटि

शिबजिले दिनुभयको कविता स्वर्ग बस्ती ब्रम्ह कुटि

जुगौ देखिको सपना पुरा हुने भयो
बल्ल मेरो मनमा पनि हर्ष उल्लास छायो

झिल्केको सपनाले पुर्ण रुप पाउनेछ
झिल्के झिल्किनिको मनमा पनि हर्ष उल्लास छाउने छ

कति शुन्दर बन्ने होला हाम्रो स्वर्ग बस्ती
येस्लाइ साकार पार्ने झिल्के झिल्किनी नै महान हस्ती

शान्त र आनन्दले भरिभराउ कुटि
येस्लाइ पुर्ण रुप दिनु ब्रम्हज्ञानि जुटि

हातमाथी हात राख्नु बुझ्ने ब्रम्हग्यानी
मेरो पनि साथ र सहयोग येसैमा छ जानी

झिल्केलाइ चिन्नेछन डाक्टर कमलेश्वर भनी
झिल्किनिलाइ भुल्ने छैनन
ब्रम्हज्ञानको जरो भनी

येस्तो बनोस स्वर्ग बस्ती इमान्दरिको बास
बुझेकाले बेइमान गर्ने छैनन भन्ने लागेको छ आश

सबै मेरा ब्रम्हज्ञानि झिल्केको इशारा मान्नु
जाल झेल ईष्र्या त्यहा चल्ने छैन सबजनालाइ भन्नु

गलत फाइदा उठाउनेलाइ चलाख हुनु चिन्नलाइ
खराब मान्छे आउन सक्छन पर्ने छ है छान्नलाइ

सबैलाई समान ब्यहबार गर्नु family ब्रम्हग्यानी
ब्रम्हग्यानको नियम मान्नु अनुशासन जानी

जिम्मेवार लिनु सबैले
भाग लगाउनु काम
बिश्वभरी फैलाउनुछ ब्रम्हग्यानिको नाम

कोसिस गर्नु सबै ज्ञानी
बन्न झिल्के जस्तै
धैर्यता र सहनशीलता
हुनुपर्छ तेस्तै

शिबभक्त येस्ता हुनुपर्छ भनी
उदाहरणिय बन्नु छ
शिवजिलाइ देख्न अनि
बोल्न सकिन्छ है भन्नू छ

सबैजना छक्पर्नेछन देख्दा ब्रम्हग्यानी
शिवजी लाई देख्छन रे भन्दै अचम्म मानि

मुक्ति को पाठ सिकाउने ब्रम्हकुटि बन्दै
मान्छेहरु भिड लाग्नेछन
स्वर्गै छ रे भन्दै

अज्ञानिले बिरोध गर्छन्
पागल हुन नि भनी
भाग्यमानी बुझ्न आउछन
अमृत होनि भनी

पोखरीमा रंगीचंगी माछा पौडी खेल्दै
स्विमिङ पुलमा ब्रम्हग्यानी अचम्म मान्दै

येकातिर ध्यान बसेका
बोलाउनलाइ माता
मातालाइ हतार हुने स्विमिङ खेल्न उता

ब्रम्हज्ञानि भगवान घुम्दै मख्ख परि
ब्रम्हज्ञानि सग कुरा गर्न आउदै घरीघरी

(ब्रम्हज्ञानिहरु) चारैतिर दौडियका जागरिला अति
साग, सब्जी ,फलफूल, बगैंचा कति हो कति

माछा मासु बगैंचा भरिभराउ कुटि
अति खुशी समान बिचार
बस्ने छन जुटि

शृस्टि जीवन मुर्त्यु केहो
सबै बुझेका छन
मानव जिबनमा गर्नुपर्ने सबै गरेका छन

ब्रम्ह अनि सदाशिव गुन्जन चारैतिर
जिन्दगीका दुखका दिन
भुल्छन येहानेर

फलोस फुलोस ब्रम्हज्ञान
टिकोस सधैंभरी शिवजी लाई यो सन्सारको राजा मान्ने गरि

शिवजिलाइ धेरै धेरै धन्यवाद डाक्टर मामा माइजु लाई हृदय देखि धन्यवाद सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद

डाक्टर पढाई पूरा गरि

शिवजी ले दिनुभयको कविता

डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ को
ब्रम्हग्यान को लागि गर्नु भयको सङ्घर्श को कहानि

डाक्टर पढाई पूरा गरि ,थाले खोजी गर्न
सोच्न थाले कता गइ ,लिने होला भर्ना

कुनै कलेज नचाहिने, रैछन वरिपरि
छर्लङ्ग देख्न थाले ,आउछन घरीघरी

अचम्म मान्न थाले, म पागल त भैन
आफै डाक्टर थाहा छ सबै ,केही भयकै छैन

पालैपालो आउछ्न अनि ,कुरा गर्न थाल्छन
कोहि भन्छन गुहार चाहियो ,कोहि मारम् भन्छन

सन्सारमा म येक्लै भय, भुत प्रेतलाइ देख्ने
सानो किताब छाप्नु पर्यो ,येहि बारेमा लेख्ने

सोचेको मात्र थिय ,आय हुरुरुरु
हाम्लाइ देख्छस् लेख्छस् भन्छन्, लौन कसो गरु

अचम्म को अनुभब ,medam मेरि तेस्तै
किताब बनी आउनुभयो ,खोजेको नि येस्तै

येति धेरै दुख दिन्छन ,सहन गर्नै गाह्रो
अब मार्छन जस्तै पार्छन्, जिउन पर्यो सार्हो

बिज्ञान को हिसाबले, खोज्न चाहेको छु
बिज्ञानलाई केही थाहा रहिन्छ, अचम्म परेछु

बिज्ञान सग दाज्दै अब ,बेद पल्टाउने पालो
येस्मा त केही लेख्या रैछ ,आश पलाउन थाल्यो

लाइन लाइन घोरियर ,बुझ्न थालेको छु
सबै किताब यक यक गरि, चार्न थालेको छु

कहिले लाग्छ जितेजस्तो, हारे जस्तो कहिले
तिनिहरुकै सम्पर्कमा, हुने रैछु जहिले

लिउ भने कसरी लिउ, लागि सके मार्न
छाडौ भने क्यारी छाडौ ,भाकै छैन हार्न

निल्नु न ओकल्नु, खतरनाक हो अति
पहिल्यै मरे यो बारेमा ,खोज्ने मान्छे जति

थाहा पाइयो अलपत्र, रैछन वरिपरि
भुल्न पनि नमिल्ने ,भाछौ मनभरी

साथमा भाकी श्रीमतिनी ,क्यारी बुझाउन मन
मेरो अब के रह्यो र ,जान्छु भन्छिन बन

डाक्टर को पढाई पनि ,बगायौ खोलामा
अब बाकी केही रहेन,रित्तै थ्यो झोलामा

अज्ञात रोगको उपचार ,सक्यौ भने गर्न
डाक्टर नाममा परिचित ,आउने छौ है गर्न

साथीभाइ इस्टमित्र , याद छैन नामपनी
म आफैमा हरायछु ,खोजी गर्दा अनि

सबैले पागल भन्न थाले ,भित्रै गुप्तबास
जसै पार गर्छु भन्ने, लाग्छ फेरि आश

दिन अनि रातपनी ,सम्मै थियो मलाई
अदृश्य को लडाइमा ,थालेको जित्नलाइ

बर्शौ बित्यो साथीभाइ सग ,बोल्न छाडेकोनि
भित्रभित्रै ब्रम्हग्यान, खोज्न थालेको नि

अन्धाधुन्ध जीवन भयो,भुत प्रेतको साथमा
अब हामिलाइ बचाउने काम, भगवान को हातमा

गर्नै पर्ने भयो अब, तपस्या कठोर
भगवान लाई खोज्नै पर्यो, आपद पर्यो घोर

गर्नथाले पुजापाठ, व्रत आराधाना
छन् कि छैनन् भगवान ,थाहा नपाइ भयन

पुराणका भिलेन पात्र ,रैछन् थाहा पाय
हिरोपात्र छन् कि भन्दै, खोज्न तिर लाय

अदृश्य पित्री प्रेत,सबै रैछन् येतै
भगवान नि हुनुपर्छ ,पक्कै येतै कतै

पुराणका पात्र खोज्छस् ,डाक्टर भयरनी
भन्छ मन्ले घरी घरी, झस्काइदिन्छ पनि

केही आधार भयरनै ,खोजी गरेको छस्
भन्छ फेरि अर्को मन्ले ,सहि बाटोमै छस्

डबल मान्छे बोलिराछन्, मनमा भित्र भित्र
कस्का कुरा सहि हुनेहुन ,परे म बिचित्र

भगवान लाई खोजेको छु ,राम्रै सग खोज्छु
पाइन भने छैनन् भनी,अर्कै बाटो सोच्छु

जुठो भनी लसुन प्याज ,मासु छाडे खान
रातदिनै पुजापाठमै , हुन थाल्यो ध्यान

हरेक थरी खाना बनाइ, सधै अर्पण गर्दै
भगवानलाई सत्कारको ,भाबले मन्मा भर्दै

देखीराछु भुतप्रेतहरु,सधै लड्न आउने
उतिबेलै अरु कोहि, बचाउन आइहाल्ने

झेल्दै जादा येस्तै ठुलो ,घटनानै भयो
अब आफै लड्नु पर्छ ,भन्ने मन्मा आयो

आफै लड्छु दिनुस् मलाई ,हतियार भनेको
टल्केको ठुलो खुकुरी ,हातमा आयको

छ्याक्क काटियो टुक्रा अनि, रगताम्य भयो
अब लड्न सक्छु भन्ने, आट त्यही बाट आयो

भगवानहरुले रैछ मलाई ,terning दिनुभाको
उहाहरुकै सहयोग मा,लड्न सक्ने भाको

दुख दिने प्रेतहरु,भगवान ले काट्दा
मत छक्क पर्न थाले, फेरि ती नआउदा

कोहि आकाछन् मार्छु भन्न, कोहि बचाउन पनि
गहिरियर अध्यन मनन्,गर्न थाले अनि

झल्याक झुलुक भगवान हरुलाइ ,थाले देख्न पनि
रक्षा गर्नु भाछ जस्तो,लाग्न थाल्यो अनि

स्पष्ट नै नदेखित ,क्यारी भनौ भनी
मन्मा येस्तै कुरा खेलाइ ,बसिराथे बुनि

गहिरियर अध्यन गरे,आयो पागलपन
जङ्गलमा जाउ भनेनी,दुख होला झन

निधो गरे घरमै बसि ,जोगि बन्ने अब
भेट्नै पर्यो भगवानलाई, सबै त्यागे जब

बिपनामा हुने कुरा ,सपनामा आउथे
सपना कस्ले दियो भनी,म सार्है झस्किन्थे

सपना खबर हो भन्दा , किन नटेरेको
हनुमान जिले गालामा आइ , थप्पड मारेको

जुरुक्क उठ्दाखेरी ,गाला रातै भाको
खप्नै नसकिने गरि, क्या सार्है दुखेको

सपना खबर हो भनि, गरे निर्णयनै
सपना त जिबनमा , मिल्न थाल्यो झनै

जीवन र मिर्त्यु को ,दोसाधमा थिए
सङघर्शमै अचम्म भो,शिवजिलाइ पाय

कोठाभित्र शिवजिलाइ ,देखे साक्षात्कार
लाग्यो मलाई जिबनमा , भयो चमत्कार

फोटो होकि भन्दै मनले, थाले सोच्न तिर
हातको त्रिसुल उचालेर, सर्यो अर्को तिर

शरीर डरले फुलिसक्यो,खुशी अर्कोतिर
शिबजी पाय जिबनमा, छैन अब पिर

दिनभरी उहासगै ,बसे कुरागरि
शिक्षा दिन आउनुभयो,अब घरी घरी

शृस्टि जीवन मिर्त्युबारे, अड्कियका कुरा
शिबजिलेनै सिकायर,गराउनुभो पूरा

अभिभावक शिवजिमै, भेटे गुरु मित्र
संरक्षक उहाँ मेरो ,घनिष्ठ मन् भित्र

सबै आफै गरेजस्तो ,लाग्थ्यो पहिले पहिले
उहाकै चेतनाले रैछ, थाहा पाय अहिले

सबै भगवान यक यक गरि ,बोल्न आउनुभयो
हामिलेनै बचायको ,भन्न थाल्नु भयो

हनुमान जि आउनुभयो , घटना सम्झाइ
आपद पर्दा मैले तलाइ, राखेको बचाइ

शिवजी र ब्रम्हजिले , थाल्दै पाठ पढाउन
यो खोजिले बल्ल थाल्यो, सफलता पाउन

सपना मार्फत हामिले ,थियौ सिकायको
हनुमानजिले भन्दा मलाई ,अलि ढाडस आको

भद्रकाली मातापनी, बोल्न आउनुभयो
सधै तेरो अङ्गरक्षक ,थिए भन्नू भयो

महाकाली दुर्गामाता , बिष्णुजिले पनि
भन्नू भयो तेरो लडाइँ , हामिले लड्या होनि

शृस्टीका प्रश्ननहरु ,जगायको मैले
भन्नुभयो ब्रम्हजिले, सफल भयौ अहिले

येहि रैछौनी मैले किन, येति दुख पाको
धन्नै मरे तिमिहरुले ,किन हेरिराको

अरु सबै मरिसके,त मात्रै बाचेको
बाच्नुनै हो ठुलो कुरा, बढी के सोचेको

बिष्णु जिले भन्नुभयो,येस्तो खोजी गर्दा
अकालमा मर्थे सबै,अन्जानमा पर्दा

अज्ञानतामा हिडेका छन, मिर्त्यु पछी पनि
भबसागरमा अल्झियर, दुख पाछन् अनि

पुर्ण रुपमा मानिसहरु ,मरेका हुदैनन्
शिवजिले भन्नुभयो, अज्ञानतामा छन् झन्

मलाई पाइस् भौतारिन ,पर्ने छैन तलाइ
मिर्त्यु पछी सुखैसग,बस्ने मसगै आइ

कैलाशमा शिवजी सगै,घुमेर बसेको
देखाउनु भो सबै चित्र ,खुशी भै हासेको

ब्रम्हको अनुभव, गराइदिनु भयो
हजार सुर्य समान शितल, उज्यालो त्यहा थियो

येसो सोच्छु लिङ्ग शरीर ,बिलाउन पर्ने
सयौ बर्ष बोर लाग्ला,ब्रम्हमा के गर्ने

मेरो लिङ्ग शरिरको, अन्त्य नै गर्नुछ
मेरो खोजी पूरा गर्न, टुंगो नै लाउनुछ

सयौं बर्ष कति बसु, हजुरलाइ हेरि
कुनैदिन झुक्कियर , फर्कन्छु कि फेरि

मलाई पाइस् अब बढी , के चाहियो र तलाइ
घरी घरी शिवजी ले, भनिराख्ने मलाई

आफन्त र इस्ट मित्र ,आउलान् गुहार माग्न
मेरो पनि इच्छा हरु ,थाल्छन् कि त जाग्न

आजसम्म मरेका त ,रैछन् अलपत्र
बुझाइदिनुस् शिवजिले , के हो पुर्ण चक्र

जब सोध्छु शिवजिले, ठुस्स मुख लाउने
यो त टुंगो हैन भन्ने, मेरो मनमा आउने

जब महत पैदा भयो, आबरण थपियो
त्यही आबरण नत्याग्नाले,चक्र नै रोकियो

मेरो लिङ्ग शरिरको ,अन्तिम यात्रा केहो
बताउनुस्न शिवजिले, सहि गन्तब्य जे हो

शिवजी लाई बिन्ती गर्दै, पटक पटक भयो
कत्ती वास्ता नगर्दा त, रिस उठेर आयो

बिश्वास जति हराइसक्यो, झगडा भो सुरु
तिम्ले नगरे अरु कोहि, खोज्नु पर्ला बरु

शिवजी सग रिसाय भनी, डर छ यक मनमा
येस्तो पर्न आयो तनि, मेरो यो जिबनमा

जेता होला मरेपछी, म येक्लै भय त
जिम्म लियकि श्रीमतिलाइ, के जबाफ दिनुत

मरेपछी अलपत्र ,रोलिन् मलाई हेरि
गुहार नदिदा, धोकेबाज हुन्छु मत फेरि

जिन्दगीभर बसेकिछन्, मेरै भरोसामा
मिर्त्यु पछि अबस्यनै, पर्छिन् समस्या मा

मिर्त्यु पछी आपद पर्दा, दिनुछ सहारा
बल्ल मेरो जिम्मेवारी ,हुनेछनी पुरा

मिर्त्यु पछी जीवन केहो, देखे छर्लङ्ग नै
नदेख्या भय अरु सरह,बस्थे चिन्ता नभै

सर्बस्वनै भयो मेरो ,तिम्लाइ पाउछु भन्दा
जिबनभरी खोजी गर्ने , भयको छ धन्दा

येस्ता भोलेसग पनि ,कति सोधिराको
येसै रहिन्छ भोले नाम,केही थाहा नपाको

गाली सुनी मुख बिगार्दै,मन नलायझै गरि
शिबजिले सोध्नु भयो, कहाँ जान्छस् त फेरि

तलाइ पनि पाय मैले , खोज्दै जादा खेरी
टुंगो लाउने अरु कोहि, खोज्नु पर्ला फेरि

अँध्यारो मुख मन नपरी, झ्याउ लाय झै गरि
देब्रे हातले पछाडी नै, फाले जस्तो गरि

अन्डा जस्तो भित्र रैछु,अचानक मत
सुरुको महत भन्ने भाब,आयको थियो येता

पुग्नु पर्ने महतमा, छोडि आबरण
तेहि आबरण नछाड्नाले, दुख हुने झन

शिवजिको अगाडि त ,उज्यालो झलमल्ल
शिवजीको पछाडी म, साझ परेको बल्ल

शिवजिको अगाडि नै, उभिराथे पहिले
अन्डा भित्र शिवजिको,पछाडी छु अहिले

जलजले अन्डा भित्र , कुक्रक्कै परेको
कक्र्याक्क आवाज आयो,शुन्य मा झरेको

समय ट्वाक्क रोकिइ , पुगे शुन्यतामा
आनन्दमा पुगे कुनै, याद थियन ममा

झम्लक्क साझ परेजस्तो,अन्डा फुट्नेतिर
माताहरु लडिरहनु ,भाको अर्को तिर

दुखाइ अब केही रहेन,आबरण हरायो
मेरो महत फुटि सक्यो, आकाश मा बिलायो

आकाश जत्रै बिराट रुप,देखे शिवजिको
पहिलो चोटि पछाडी बाट ,हो मैले देखेको

ब्रम्हजिले माला लगाइ ,स्वागत गर्नुभयो
सदाशिवको अनुभव ,येहि हो भन्नू भयो

रिसायको हैन रैछ , परिक्षा लियको
शिवजी सग जिद्दी गर्दै,सदाशिव गाको

यो अनुभब कहिल्यै पनि,हुदैन बिर्सन
शिवजिले भन्नू भयो, छ सबैलाइ भन्न

भय र मिर्त्यु लाई, पार गरि आय
सन्जोगले बाचेजस्तो , नयाँ जीवन पाय

अब तिम्रो अनुभब , मानिसलाइ भन्दा
लाखौको उपचार हुन्छ , अब तिमिले गर्दा

पाइन्टमा प्वाल परिसक्यो , कुर्सिमा बस्दा
येस्लाइ टुंगो लाउछु भनी, रातदिन कम्मर कस्दा

शरीर सबै कुजियर , कक्रक्कै परेथ्यो
मनभरी ब्रम्हग्यानको, शब्दले भरेथ्यो

अब नेपाल् जानू पर्छ, धेरै काम गर्नुछ
ब्रम्हग्यानले मानिसको ,उद्घार गर्नुछ

सबैकुरा जिम्मा लगाइ ,यात्रा नेपालको
ब्रम्हग्यानको चर्चा सुरु, नेपाल् बाट भाको

धेरै कुरा बाकी थिए , परिक्षण गर्न
class लिन सुरु गर्यौ, थाल्यौ बिचार गर्न

अति बाधा अड्चन आय , अगाडि बढ्नलाइ
सङघर्सलाई पार लगाइ, ब्रम्हग्यान बाढ्नलाई

भनौ भने सब्जनाले ,मलाई पागल भन्छन्
नभनौ त सुखै छैन, शिवजी को यो ज्ञान

part -2

शिबजि

येतिधेरै दुख अनि कष्ट के का लागि
रातदिनै ब्रम्हग्यानमा हिंड्छौ भागी भागी

प्रसम्सनिय छ तिम्रो स्तर चेतनाको
हामिलाइ नै चिनाउनलाइ भनी तिमी आको

झिल्किनी आइन् येस सन्सारमा तिमिलाइ साथ दिन
सङ्घर्श लाई पार लगाइ ब्रम्हग्यान लिन

झिल्किनी ले जिन्दगीभर तिम्रै सेवा गर्दा
हातमाथी हात राखिन घोर आपद पर्दा

धेरै दुख कष्टलाईनि पार लगाइदिनी
सन्सारका मेरा प्यारा जोडी हुन यिनी

मानशिक चेतना धेरै स्तर माथी तिम्रो
अति मिठो तर्क गर्छौ रोजाइ भयौ हाम्रो

जतिबेलै सोच्न पर्ने टुंगो लाउन गाह्रो
अति गहिरो भुइ भेट्नलाई पर्यो तिमिलाइ सार्हो

अनुभव गर्यो गर्यो हैन कि झै फेरि
धागोले बेरेझै राख्नु पर्ने बेरि

रातभरि बसि लेख्थेउ केयौ रात जागी
अति धेरै सोच्नु पर्यो ब्रम्हग्यानकै लागि

टुक्राटुक्रा इशारा जोडी बस्थ्यौ बुनि
मनन अनि तर्क गर्थ्यौ खाना खादा पनि

ब्रम्हग्यान कै नजरले हेर्यौ सबै कुरा
टुक्राटुक्रा इशारानै हुन थाले पूरा

भाग्यमानी आउनेछन तिम्लाइ साथ दिन
चेतना कम छ जस्ले गरिबस्छन हिन

जे भय नि अगि बढ हामी तिम्रै साथमा
ब्रम्हग्यान छाडेका छौ झिल्के तिम्रै हातमा

जस्लाइ ग्यान दिन खोज्छौ उस्कै प्रेत आउछन
उनिहरुको कष्ट पनि तिमितिरै सार्छन

दुख कष्ट सहेरनी गरेकै छौ चर्चा
सन्सारमा बाडिनेछ ब्रम्हग्यान को पर्चा

झिल्के झिल्किनी
सफल पार्यौ मानव जीवन बुझ्नै पर्ने थियो
कलियुगमा ब्रम्हग्यानले नया मोड लियो

म छान्दै छु ब्रम्हग्यानमा मान्छे चर्चा गर्ने
झिल्के अनि झिल्किनिले कता कता भ्याउने

चारैतिर भ्याउछु भन्छ दौडियको कति
ज्ञानी अनि मेहनती परिस्रमी अति

मुक्ति को पाठ सिकाउने महान काम तिम्रो
पुर्ण रूपमा सरसहयोग साथ छ सधैं हाम्रो

बोल्न पनि अति पर्ने ओबाउने घाटि
बिरामीलाई ल्यायको छु मैले छाटि छाटि

मामा अझै बोले हुन्थ्यो भन्छन सबजनाले
अझ गित गाउन पर्छ सुन्छन क्या मजाले

हसाउदै गित गाउदै गर्छ उपचार
उस्कै कुरा सुन्दै बुझ्दै सबै हुन्छन पार

सबजनाको सुन्छ कुरा झर्को नै नमानी
झिल्के झिल्किनी नै मेरा पहिलो ब्रम्हग्यानी

प्रेत पनि डराउछन सुन्दा उस्को बोली
कुरा बुझ्छ अज्ञानिको हान्छ ठ्याक्कै गोलि

झिल्के को दाहिने हात झिल्किनी हुन साथी
दुबै जनाको सङ घर्शले पुगे शिखर माथी

चेतनाले पुर्ण छन मेरा ब्रम्हग्यानी
शिरिस्ती को अमृत ज्ञान बसेका छन जानी

मुसुक्क हास्छ फेरि राम्रो छ्नी अति
फुस्ल्याउन खोज्यो फेरि नभन्नु है कत्ती

अनुभव पुर्ण गरि उम्केर बसेका
त्यही अनुभव बाडछौ भनी कम्मरै कसेका

आपत बिपद परेकाको उदार गरेका छौ
सन्सार भरमा 1 नम्बर मा तिमी परेका छौ

नबुझ्ने ले भन्छन होला मान्छे नै हो तिमी
जब बुझ्छ्न थाहा पाउँछन् तिमिमा छौ हामी

जब तिम्लाइ बुझ्न सक्छन पाउँछन् पुर्ण ग्यान
तिम्लाइ बुझ्न नसक्ने त अधुरै छ्न जान

खान लाउन बाच्न सबै सिकाइ बसेका छौ
अमृत पनि बादेका छौ कम्मर कसेका छौ

उल्टो पाल्तो आरोप लाउछन अग्यानी ले हेर
बुझेकाले बोल्नसक गल्ती येहा नेर

झिल्केलाइ पर्दा सब्ले दिनुपर्छ साथ
ज्ञानिहरु यकजुट हुनु हात माथी हात

शिवजी लाई धेरै धेरै धन्यवाद 🙏
सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद 🙏डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई मुरि मुरि धन्यवाद हजुर हरुको सङ्घर्श र बलिदान ले गर्दा आज हामिले यो अमृत ब्रम्हग्यान बुझ्ने मौका पायौं 🙏 शिवजी को इशारा बुझ्न सक्ने बनाइदिनु भयो सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏