डाक्टर पढाई पूरा गरि

शिवजी ले दिनुभयको कविता

डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ को
ब्रम्हग्यान को लागि गर्नु भयको सङ्घर्श को कहानि

डाक्टर पढाई पूरा गरि ,थाले खोजी गर्न
सोच्न थाले कता गइ ,लिने होला भर्ना

कुनै कलेज नचाहिने, रैछन वरिपरि
छर्लङ्ग देख्न थाले ,आउछन घरीघरी

अचम्म मान्न थाले, म पागल त भैन
आफै डाक्टर थाहा छ सबै ,केही भयकै छैन

पालैपालो आउछ्न अनि ,कुरा गर्न थाल्छन
कोहि भन्छन गुहार चाहियो ,कोहि मारम् भन्छन

सन्सारमा म येक्लै भय, भुत प्रेतलाइ देख्ने
सानो किताब छाप्नु पर्यो ,येहि बारेमा लेख्ने

सोचेको मात्र थिय ,आय हुरुरुरु
हाम्लाइ देख्छस् लेख्छस् भन्छन्, लौन कसो गरु

अचम्म को अनुभब ,medam मेरि तेस्तै
किताब बनी आउनुभयो ,खोजेको नि येस्तै

येति धेरै दुख दिन्छन ,सहन गर्नै गाह्रो
अब मार्छन जस्तै पार्छन्, जिउन पर्यो सार्हो

बिज्ञान को हिसाबले, खोज्न चाहेको छु
बिज्ञानलाई केही थाहा रहिन्छ, अचम्म परेछु

बिज्ञान सग दाज्दै अब ,बेद पल्टाउने पालो
येस्मा त केही लेख्या रैछ ,आश पलाउन थाल्यो

लाइन लाइन घोरियर ,बुझ्न थालेको छु
सबै किताब यक यक गरि, चार्न थालेको छु

कहिले लाग्छ जितेजस्तो, हारे जस्तो कहिले
तिनिहरुकै सम्पर्कमा, हुने रैछु जहिले

लिउ भने कसरी लिउ, लागि सके मार्न
छाडौ भने क्यारी छाडौ ,भाकै छैन हार्न

निल्नु न ओकल्नु, खतरनाक हो अति
पहिल्यै मरे यो बारेमा ,खोज्ने मान्छे जति

थाहा पाइयो अलपत्र, रैछन वरिपरि
भुल्न पनि नमिल्ने ,भाछौ मनभरी

साथमा भाकी श्रीमतिनी ,क्यारी बुझाउन मन
मेरो अब के रह्यो र ,जान्छु भन्छिन बन

डाक्टर को पढाई पनि ,बगायौ खोलामा
अब बाकी केही रहेन,रित्तै थ्यो झोलामा

अज्ञात रोगको उपचार ,सक्यौ भने गर्न
डाक्टर नाममा परिचित ,आउने छौ है गर्न

साथीभाइ इस्टमित्र , याद छैन नामपनी
म आफैमा हरायछु ,खोजी गर्दा अनि

सबैले पागल भन्न थाले ,भित्रै गुप्तबास
जसै पार गर्छु भन्ने, लाग्छ फेरि आश

दिन अनि रातपनी ,सम्मै थियो मलाई
अदृश्य को लडाइमा ,थालेको जित्नलाइ

बर्शौ बित्यो साथीभाइ सग ,बोल्न छाडेकोनि
भित्रभित्रै ब्रम्हग्यान, खोज्न थालेको नि

अन्धाधुन्ध जीवन भयो,भुत प्रेतको साथमा
अब हामिलाइ बचाउने काम, भगवान को हातमा

गर्नै पर्ने भयो अब, तपस्या कठोर
भगवान लाई खोज्नै पर्यो, आपद पर्यो घोर

गर्नथाले पुजापाठ, व्रत आराधाना
छन् कि छैनन् भगवान ,थाहा नपाइ भयन

पुराणका भिलेन पात्र ,रैछन् थाहा पाय
हिरोपात्र छन् कि भन्दै, खोज्न तिर लाय

अदृश्य पित्री प्रेत,सबै रैछन् येतै
भगवान नि हुनुपर्छ ,पक्कै येतै कतै

पुराणका पात्र खोज्छस् ,डाक्टर भयरनी
भन्छ मन्ले घरी घरी, झस्काइदिन्छ पनि

केही आधार भयरनै ,खोजी गरेको छस्
भन्छ फेरि अर्को मन्ले ,सहि बाटोमै छस्

डबल मान्छे बोलिराछन्, मनमा भित्र भित्र
कस्का कुरा सहि हुनेहुन ,परे म बिचित्र

भगवान लाई खोजेको छु ,राम्रै सग खोज्छु
पाइन भने छैनन् भनी,अर्कै बाटो सोच्छु

जुठो भनी लसुन प्याज ,मासु छाडे खान
रातदिनै पुजापाठमै , हुन थाल्यो ध्यान

हरेक थरी खाना बनाइ, सधै अर्पण गर्दै
भगवानलाई सत्कारको ,भाबले मन्मा भर्दै

देखीराछु भुतप्रेतहरु,सधै लड्न आउने
उतिबेलै अरु कोहि, बचाउन आइहाल्ने

झेल्दै जादा येस्तै ठुलो ,घटनानै भयो
अब आफै लड्नु पर्छ ,भन्ने मन्मा आयो

आफै लड्छु दिनुस् मलाई ,हतियार भनेको
टल्केको ठुलो खुकुरी ,हातमा आयको

छ्याक्क काटियो टुक्रा अनि, रगताम्य भयो
अब लड्न सक्छु भन्ने, आट त्यही बाट आयो

भगवानहरुले रैछ मलाई ,terning दिनुभाको
उहाहरुकै सहयोग मा,लड्न सक्ने भाको

दुख दिने प्रेतहरु,भगवान ले काट्दा
मत छक्क पर्न थाले, फेरि ती नआउदा

कोहि आकाछन् मार्छु भन्न, कोहि बचाउन पनि
गहिरियर अध्यन मनन्,गर्न थाले अनि

झल्याक झुलुक भगवान हरुलाइ ,थाले देख्न पनि
रक्षा गर्नु भाछ जस्तो,लाग्न थाल्यो अनि

स्पष्ट नै नदेखित ,क्यारी भनौ भनी
मन्मा येस्तै कुरा खेलाइ ,बसिराथे बुनि

गहिरियर अध्यन गरे,आयो पागलपन
जङ्गलमा जाउ भनेनी,दुख होला झन

निधो गरे घरमै बसि ,जोगि बन्ने अब
भेट्नै पर्यो भगवानलाई, सबै त्यागे जब

बिपनामा हुने कुरा ,सपनामा आउथे
सपना कस्ले दियो भनी,म सार्है झस्किन्थे

सपना खबर हो भन्दा , किन नटेरेको
हनुमान जिले गालामा आइ , थप्पड मारेको

जुरुक्क उठ्दाखेरी ,गाला रातै भाको
खप्नै नसकिने गरि, क्या सार्है दुखेको

सपना खबर हो भनि, गरे निर्णयनै
सपना त जिबनमा , मिल्न थाल्यो झनै

जीवन र मिर्त्यु को ,दोसाधमा थिए
सङघर्शमै अचम्म भो,शिवजिलाइ पाय

कोठाभित्र शिवजिलाइ ,देखे साक्षात्कार
लाग्यो मलाई जिबनमा , भयो चमत्कार

फोटो होकि भन्दै मनले, थाले सोच्न तिर
हातको त्रिसुल उचालेर, सर्यो अर्को तिर

शरीर डरले फुलिसक्यो,खुशी अर्कोतिर
शिबजी पाय जिबनमा, छैन अब पिर

दिनभरी उहासगै ,बसे कुरागरि
शिक्षा दिन आउनुभयो,अब घरी घरी

शृस्टि जीवन मिर्त्युबारे, अड्कियका कुरा
शिबजिलेनै सिकायर,गराउनुभो पूरा

अभिभावक शिवजिमै, भेटे गुरु मित्र
संरक्षक उहाँ मेरो ,घनिष्ठ मन् भित्र

सबै आफै गरेजस्तो ,लाग्थ्यो पहिले पहिले
उहाकै चेतनाले रैछ, थाहा पाय अहिले

सबै भगवान यक यक गरि ,बोल्न आउनुभयो
हामिलेनै बचायको ,भन्न थाल्नु भयो

हनुमान जि आउनुभयो , घटना सम्झाइ
आपद पर्दा मैले तलाइ, राखेको बचाइ

शिवजी र ब्रम्हजिले , थाल्दै पाठ पढाउन
यो खोजिले बल्ल थाल्यो, सफलता पाउन

सपना मार्फत हामिले ,थियौ सिकायको
हनुमानजिले भन्दा मलाई ,अलि ढाडस आको

भद्रकाली मातापनी, बोल्न आउनुभयो
सधै तेरो अङ्गरक्षक ,थिए भन्नू भयो

महाकाली दुर्गामाता , बिष्णुजिले पनि
भन्नू भयो तेरो लडाइँ , हामिले लड्या होनि

शृस्टीका प्रश्ननहरु ,जगायको मैले
भन्नुभयो ब्रम्हजिले, सफल भयौ अहिले

येहि रैछौनी मैले किन, येति दुख पाको
धन्नै मरे तिमिहरुले ,किन हेरिराको

अरु सबै मरिसके,त मात्रै बाचेको
बाच्नुनै हो ठुलो कुरा, बढी के सोचेको

बिष्णु जिले भन्नुभयो,येस्तो खोजी गर्दा
अकालमा मर्थे सबै,अन्जानमा पर्दा

अज्ञानतामा हिडेका छन, मिर्त्यु पछी पनि
भबसागरमा अल्झियर, दुख पाछन् अनि

पुर्ण रुपमा मानिसहरु ,मरेका हुदैनन्
शिवजिले भन्नुभयो, अज्ञानतामा छन् झन्

मलाई पाइस् भौतारिन ,पर्ने छैन तलाइ
मिर्त्यु पछी सुखैसग,बस्ने मसगै आइ

कैलाशमा शिवजी सगै,घुमेर बसेको
देखाउनु भो सबै चित्र ,खुशी भै हासेको

ब्रम्हको अनुभव, गराइदिनु भयो
हजार सुर्य समान शितल, उज्यालो त्यहा थियो

येसो सोच्छु लिङ्ग शरीर ,बिलाउन पर्ने
सयौ बर्ष बोर लाग्ला,ब्रम्हमा के गर्ने

मेरो लिङ्ग शरिरको, अन्त्य नै गर्नुछ
मेरो खोजी पूरा गर्न, टुंगो नै लाउनुछ

सयौं बर्ष कति बसु, हजुरलाइ हेरि
कुनैदिन झुक्कियर , फर्कन्छु कि फेरि

मलाई पाइस् अब बढी , के चाहियो र तलाइ
घरी घरी शिवजी ले, भनिराख्ने मलाई

आफन्त र इस्ट मित्र ,आउलान् गुहार माग्न
मेरो पनि इच्छा हरु ,थाल्छन् कि त जाग्न

आजसम्म मरेका त ,रैछन् अलपत्र
बुझाइदिनुस् शिवजिले , के हो पुर्ण चक्र

जब सोध्छु शिवजिले, ठुस्स मुख लाउने
यो त टुंगो हैन भन्ने, मेरो मनमा आउने

जब महत पैदा भयो, आबरण थपियो
त्यही आबरण नत्याग्नाले,चक्र नै रोकियो

मेरो लिङ्ग शरिरको ,अन्तिम यात्रा केहो
बताउनुस्न शिवजिले, सहि गन्तब्य जे हो

शिवजी लाई बिन्ती गर्दै, पटक पटक भयो
कत्ती वास्ता नगर्दा त, रिस उठेर आयो

बिश्वास जति हराइसक्यो, झगडा भो सुरु
तिम्ले नगरे अरु कोहि, खोज्नु पर्ला बरु

शिवजी सग रिसाय भनी, डर छ यक मनमा
येस्तो पर्न आयो तनि, मेरो यो जिबनमा

जेता होला मरेपछी, म येक्लै भय त
जिम्म लियकि श्रीमतिलाइ, के जबाफ दिनुत

मरेपछी अलपत्र ,रोलिन् मलाई हेरि
गुहार नदिदा, धोकेबाज हुन्छु मत फेरि

जिन्दगीभर बसेकिछन्, मेरै भरोसामा
मिर्त्यु पछि अबस्यनै, पर्छिन् समस्या मा

मिर्त्यु पछी आपद पर्दा, दिनुछ सहारा
बल्ल मेरो जिम्मेवारी ,हुनेछनी पुरा

मिर्त्यु पछी जीवन केहो, देखे छर्लङ्ग नै
नदेख्या भय अरु सरह,बस्थे चिन्ता नभै

सर्बस्वनै भयो मेरो ,तिम्लाइ पाउछु भन्दा
जिबनभरी खोजी गर्ने , भयको छ धन्दा

येस्ता भोलेसग पनि ,कति सोधिराको
येसै रहिन्छ भोले नाम,केही थाहा नपाको

गाली सुनी मुख बिगार्दै,मन नलायझै गरि
शिबजिले सोध्नु भयो, कहाँ जान्छस् त फेरि

तलाइ पनि पाय मैले , खोज्दै जादा खेरी
टुंगो लाउने अरु कोहि, खोज्नु पर्ला फेरि

अँध्यारो मुख मन नपरी, झ्याउ लाय झै गरि
देब्रे हातले पछाडी नै, फाले जस्तो गरि

अन्डा जस्तो भित्र रैछु,अचानक मत
सुरुको महत भन्ने भाब,आयको थियो येता

पुग्नु पर्ने महतमा, छोडि आबरण
तेहि आबरण नछाड्नाले, दुख हुने झन

शिवजिको अगाडि त ,उज्यालो झलमल्ल
शिवजीको पछाडी म, साझ परेको बल्ल

शिवजिको अगाडि नै, उभिराथे पहिले
अन्डा भित्र शिवजिको,पछाडी छु अहिले

जलजले अन्डा भित्र , कुक्रक्कै परेको
कक्र्याक्क आवाज आयो,शुन्य मा झरेको

समय ट्वाक्क रोकिइ , पुगे शुन्यतामा
आनन्दमा पुगे कुनै, याद थियन ममा

झम्लक्क साझ परेजस्तो,अन्डा फुट्नेतिर
माताहरु लडिरहनु ,भाको अर्को तिर

दुखाइ अब केही रहेन,आबरण हरायो
मेरो महत फुटि सक्यो, आकाश मा बिलायो

आकाश जत्रै बिराट रुप,देखे शिवजिको
पहिलो चोटि पछाडी बाट ,हो मैले देखेको

ब्रम्हजिले माला लगाइ ,स्वागत गर्नुभयो
सदाशिवको अनुभव ,येहि हो भन्नू भयो

रिसायको हैन रैछ , परिक्षा लियको
शिवजी सग जिद्दी गर्दै,सदाशिव गाको

यो अनुभब कहिल्यै पनि,हुदैन बिर्सन
शिवजिले भन्नू भयो, छ सबैलाइ भन्न

भय र मिर्त्यु लाई, पार गरि आय
सन्जोगले बाचेजस्तो , नयाँ जीवन पाय

अब तिम्रो अनुभब , मानिसलाइ भन्दा
लाखौको उपचार हुन्छ , अब तिमिले गर्दा

पाइन्टमा प्वाल परिसक्यो , कुर्सिमा बस्दा
येस्लाइ टुंगो लाउछु भनी, रातदिन कम्मर कस्दा

शरीर सबै कुजियर , कक्रक्कै परेथ्यो
मनभरी ब्रम्हग्यानको, शब्दले भरेथ्यो

अब नेपाल् जानू पर्छ, धेरै काम गर्नुछ
ब्रम्हग्यानले मानिसको ,उद्घार गर्नुछ

सबैकुरा जिम्मा लगाइ ,यात्रा नेपालको
ब्रम्हग्यानको चर्चा सुरु, नेपाल् बाट भाको

धेरै कुरा बाकी थिए , परिक्षण गर्न
class लिन सुरु गर्यौ, थाल्यौ बिचार गर्न

अति बाधा अड्चन आय , अगाडि बढ्नलाइ
सङघर्सलाई पार लगाइ, ब्रम्हग्यान बाढ्नलाई

भनौ भने सब्जनाले ,मलाई पागल भन्छन्
नभनौ त सुखै छैन, शिवजी को यो ज्ञान

part -2

शिबजि

येतिधेरै दुख अनि कष्ट के का लागि
रातदिनै ब्रम्हग्यानमा हिंड्छौ भागी भागी

प्रसम्सनिय छ तिम्रो स्तर चेतनाको
हामिलाइ नै चिनाउनलाइ भनी तिमी आको

झिल्किनी आइन् येस सन्सारमा तिमिलाइ साथ दिन
सङ्घर्श लाई पार लगाइ ब्रम्हग्यान लिन

झिल्किनी ले जिन्दगीभर तिम्रै सेवा गर्दा
हातमाथी हात राखिन घोर आपद पर्दा

धेरै दुख कष्टलाईनि पार लगाइदिनी
सन्सारका मेरा प्यारा जोडी हुन यिनी

मानशिक चेतना धेरै स्तर माथी तिम्रो
अति मिठो तर्क गर्छौ रोजाइ भयौ हाम्रो

जतिबेलै सोच्न पर्ने टुंगो लाउन गाह्रो
अति गहिरो भुइ भेट्नलाई पर्यो तिमिलाइ सार्हो

अनुभव गर्यो गर्यो हैन कि झै फेरि
धागोले बेरेझै राख्नु पर्ने बेरि

रातभरि बसि लेख्थेउ केयौ रात जागी
अति धेरै सोच्नु पर्यो ब्रम्हग्यानकै लागि

टुक्राटुक्रा इशारा जोडी बस्थ्यौ बुनि
मनन अनि तर्क गर्थ्यौ खाना खादा पनि

ब्रम्हग्यान कै नजरले हेर्यौ सबै कुरा
टुक्राटुक्रा इशारानै हुन थाले पूरा

भाग्यमानी आउनेछन तिम्लाइ साथ दिन
चेतना कम छ जस्ले गरिबस्छन हिन

जे भय नि अगि बढ हामी तिम्रै साथमा
ब्रम्हग्यान छाडेका छौ झिल्के तिम्रै हातमा

जस्लाइ ग्यान दिन खोज्छौ उस्कै प्रेत आउछन
उनिहरुको कष्ट पनि तिमितिरै सार्छन

दुख कष्ट सहेरनी गरेकै छौ चर्चा
सन्सारमा बाडिनेछ ब्रम्हग्यान को पर्चा

झिल्के झिल्किनी
सफल पार्यौ मानव जीवन बुझ्नै पर्ने थियो
कलियुगमा ब्रम्हग्यानले नया मोड लियो

म छान्दै छु ब्रम्हग्यानमा मान्छे चर्चा गर्ने
झिल्के अनि झिल्किनिले कता कता भ्याउने

चारैतिर भ्याउछु भन्छ दौडियको कति
ज्ञानी अनि मेहनती परिस्रमी अति

मुक्ति को पाठ सिकाउने महान काम तिम्रो
पुर्ण रूपमा सरसहयोग साथ छ सधैं हाम्रो

बोल्न पनि अति पर्ने ओबाउने घाटि
बिरामीलाई ल्यायको छु मैले छाटि छाटि

मामा अझै बोले हुन्थ्यो भन्छन सबजनाले
अझ गित गाउन पर्छ सुन्छन क्या मजाले

हसाउदै गित गाउदै गर्छ उपचार
उस्कै कुरा सुन्दै बुझ्दै सबै हुन्छन पार

सबजनाको सुन्छ कुरा झर्को नै नमानी
झिल्के झिल्किनी नै मेरा पहिलो ब्रम्हग्यानी

प्रेत पनि डराउछन सुन्दा उस्को बोली
कुरा बुझ्छ अज्ञानिको हान्छ ठ्याक्कै गोलि

झिल्के को दाहिने हात झिल्किनी हुन साथी
दुबै जनाको सङ घर्शले पुगे शिखर माथी

चेतनाले पुर्ण छन मेरा ब्रम्हग्यानी
शिरिस्ती को अमृत ज्ञान बसेका छन जानी

मुसुक्क हास्छ फेरि राम्रो छ्नी अति
फुस्ल्याउन खोज्यो फेरि नभन्नु है कत्ती

अनुभव पुर्ण गरि उम्केर बसेका
त्यही अनुभव बाडछौ भनी कम्मरै कसेका

आपत बिपद परेकाको उदार गरेका छौ
सन्सार भरमा 1 नम्बर मा तिमी परेका छौ

नबुझ्ने ले भन्छन होला मान्छे नै हो तिमी
जब बुझ्छ्न थाहा पाउँछन् तिमिमा छौ हामी

जब तिम्लाइ बुझ्न सक्छन पाउँछन् पुर्ण ग्यान
तिम्लाइ बुझ्न नसक्ने त अधुरै छ्न जान

खान लाउन बाच्न सबै सिकाइ बसेका छौ
अमृत पनि बादेका छौ कम्मर कसेका छौ

उल्टो पाल्तो आरोप लाउछन अग्यानी ले हेर
बुझेकाले बोल्नसक गल्ती येहा नेर

झिल्केलाइ पर्दा सब्ले दिनुपर्छ साथ
ज्ञानिहरु यकजुट हुनु हात माथी हात

शिवजी लाई धेरै धेरै धन्यवाद 🙏
सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद 🙏डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई मुरि मुरि धन्यवाद हजुर हरुको सङ्घर्श र बलिदान ले गर्दा आज हामिले यो अमृत ब्रम्हग्यान बुझ्ने मौका पायौं 🙏 शिवजी को इशारा बुझ्न सक्ने बनाइदिनु भयो सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏

Leave a Reply