मृत्युको रहस्य

शिवजी ले दिनुभयको कविता

मृत्युको रहस्य

शृस्टिको पुर्ण चक्र, बनाउनुनै थियो
यकजना नर निस्कियो , इशारा पक्डियो

सन्सार बदल्ने कुरा , उस्लाइ जिम्मा दिय
हरदम साथ दिन्छु भन्ने, प्रण मैले लिय

धर्म ,सस्कार, विधि बुझ्ने, इरादा थियन
मार्नै आय बाच्नलाइनी, नखोजी भयन

बिज्ञानमै खोज्छु भनी , थियो गहिरियको
बिज्ञान र बेद दाज्दै जादा, निश्कर्शमा आको

भबसागरमा अलपत्र , मानिस रैछन जानी
खोज्न थाल्यो, शृस्टि , जीवन , मिर्त्यु के हो भनि

चेतना थियो उस्मा, सोच्ने गहिरिएर
विशेष तर्क मनन गरि, खोजेको भयर

देखाइदियौ बाटो हामिले, पक्डियो इशारा
सहि इशारा पक्डिनाले , लाउन सक्यो पार

गुरु पाण्डित ब्रहामण ले , बुझेनन् बेदको अर्थ
बिज्ञान तर्क अपुग थियो , भइराखेको ब्यर्थ

आफ्ना आफ्ना किसिमले , थाले अर्थ लाउन
उल्टो बाटो गलत सस्कार, सकेनन् पार लाउन

मिर्त्यु पछि अर्कै सन्सार , छ भन्न आउदानी
मिर्त्युको रहस्य मानिसहरुले, सहि बुझ्न पाउदानी

डर लाग्ने बन्न सक्नु, थाहा पाउँदा रहस्य
गहिरिएर बुज्छ जसले , पार हुन्छ अबश्य

मिर्त्यु जिति भबसागर, देखेर आयको
सारा मानबलाइ मिर्त्यु रहस्य , हो भन्न लायको

मिर्त्यु पछी भुत प्रेत भै, जियको देखेको
भय र मिर्त्युको सङ्घर्शको रस ,किताबनै लेखेको

यदि मरेपछी भुत प्रेतभै, जिउनु पर्छ भने
सारा जीवन के का लागि, खर्च गर्यौ जाने

ब्रम्हग्यान बुझ्न पाउँदा, ठान्नु भाग्यमानी
मिर्त्यु पछी ब्रम्हग्याननै, बोकि लाने जानि

शिबदुत आयको छ, बुझ्ने गरि भन्न
यहि चेतना के हो भनी, कोसिस गर जान्न

मानिसले नै खोज्न सक्छ ,शृस्टि के हो भनी
म को हु र कसरी आय, भनी जान्नु छ नि

फरक फरक चेतना छ , हरेक महतमा
महतलाइ बुझ्नुपर्ने , जीवन हो बास्तबमा

यकथरिले बुझ्न खोज्छन् , मोक्ष हुने बाटो
अर्का थरी बिरोध गर्छन् , झन बुझ्नाको साटो

जिबनको सार क्यै नबुझी, बन्ने आफै जान्ने
आफू जस्तो जान्ने बुझ्ने , कोहि छैनन् झै ठान्ने

कुखुरा को भालेलेनी , ठान्छ मै हु राम्रो
मै हु ठुलो घमण्डमै, दिन बितेको हाम्रो

प्रकुती प्रमुख हैन , बुझ्नु चेतनालाइ
महत बुझी सफल पार्नु, यो मानव जिबनलाइ

आबरण छोडनुपर्ने , पार भै पारी जादा
मुक्ति को बाटो बन्द हुने,सबै बोकि लादा

खाने लाउने बाच्ने काम त, पशुले नि गर्छ
मानव जीवन के का लागि, सबले सोच्नु पर्छ

वास्तविक मिर्त्यु हैन, दुर्घटना भयो
हक अधिकार घर सम्पत्ति , सबै छिनी लयो

मिर्त्युको शर्टिफिकेट ,आइअसक्यो नि घरमा
अलपत्र मिर्तक आछ , गुहार माग्ने भरमा

जिबनभरका याद अनुभव , सबै जिबितै छन्
भोक तिर्खा रोग सम्झना, कोलाहलै भो झन

चेतनामा सबै कुरा , बोकि गयको छ
घरमा आइ सल्लाह दिन्छु , झैनी लागेको छ

स्वर्ग जाने आश लाइराथ्यो, धर्म कर्म गर्दा
जिबनभरी धर्म सस्कारकै, भरोसामा पर्दा

पढाई रोजगार आफ्ना मान्छे, प्यारो छ सम्पत्ति
मिर्त्यु पछी पाउनु पर्ने, त्यो आपद बिपत्ती

आफ्नै अगि केयौ मान्छे , देख्दा नि मरेको
आफू पनि मर्छु भन्ने, यादै नगरेको

जिबनभरी सम्पत्ति नै, लाग्यौ गुम्टो कस्न
मिर्त्यु पछी के हुने हो,फुर्सद थिएन सोच्न

मर्छु भन्ने सोभा सन्का , कल्पनै नगरी
तछाड मछाड येस्तै हुने, सारा जीवन भरी

मिर्त्यु पछी लाने धनलाइ, प्रमुख येहि हो ठानि
ब्रम्हग्यानी देवदेबताले, पार लाउने हो जानि

बाचुन्जेल ब्रम्हग्यानको , नबस बिरोध गरि
मिर्त्यु पछी पछुतो पर्ला, भबसागर मा परि

बेला बित्यो लाग्दैन काम, पछुतो मानेर
गहिरिएर बुझ आजै, मुक्तिको बाटो हो जानेर

तन , मन , धन लगाइ ,बुझ ब्रम्हग्यान
जनम जनमको दुख मेटि , पार लाउनेछ जान

बाचुन्जेल प्रमुख स्थान, ब्रम्हग्यानलाइ दिइ
ब्रम्हग्यानि देवदेबताको साथमा जीवन जिइ

ब्रम्हग्यानी देबदेबतालाइ, बस्दै माया गरि
सेवा अनि बिश्वास को,भाबले मनमा भरी

रिस, मोह र घमण्ड को , हैन याद लाने
ब्रम्हग्यानी देवदेवताको, माया बोकि जाने

बेलाछदै स्वप्रकाशको , अनुभव गरेर
मिर्त्यु पछि ब्रम्हजाने, प्लान गरेर

भोक प्यास सबै भ्रम , हुनेछ जानेर
मरिसके घर आउदिन ,भन्ने नै ठानेर

हासी हासी मर्न जान, छोडि आबरन
माया , मोह, रिसले घर फर्काइ ल्याउछ झन

शिवजिसगै गुहार माग्दै, बस्नु कमाइ गरि
जिबनभरको ज्ञानको कमाइ,बोकि लाने जानी

शिवजी लाई धन्यवाद 🙏डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धन्यवाद 🙏सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद 🙏🙏

Leave a Reply