जानूबुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ।

छ मलाई सदाशिव छिट्टै गर्नु पर्यो के काम।
शिवजी शिवजी भन्दै हिडे खाने हो हजुरकै माम।।
सृष्टि के हो जीवन के हो थाहा थिएन यो संसारलाई।
हजुरको ज्ञान बुझेर थाहा भयो बल्ल हामिलाई।। Continue reading “जानूबुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ।”

कविता

 

साट्न सक्छौ माया प्रेम, जबरजस्ती कर हुदैन

शिवजीलाई भेटेपछि, समाजको डर हुदैन

ब्रह्मज्ञानी भईसक्दा, धर्म जात र थर हुदैन

जतिबेला पनि आउन सक्छ मानिसको मृत्यु

जिन्दगीको कुनै भर हुँदैन Continue reading “कविता”

जीवनको यथार्थ

लेखकः बुध्दि देवकाेटा, काउँखाेला, पाेखरा

ब्रह्मज्ञानले दिएकाे जीवनकाे यथार्थः

 

यस धर्तिमा जन्मेपछी एकदिन अवस्य मर्नुपर्छ ।

बेद शास्त्रले यहि उपदेश दिएको थियो, भवसागर तर्नुपर्छ ।।

जन्मनु र मर्नु ठुलो कुरा होईन, मृत्यु चिनेर मर्नुपर्छ ।

पारी जाने चाहाना राखेर, वारिको चिज छोड्नु पर्छ ।।

मरेपछीको अनुभव

मिती २०७३/११/२७ गते शुक्रबार को दिन बेलुका ८.१७ बजे मेरो मनमा धेरै नै कुराहरु खेलिरहेको थियो । मैले अरू मानिसलार्इ यस साइटमा दर्ता गर्दा कति गाह्रो हुँदो रहेछ भनेर थाहा पाएँ । कहिले साईड बिग्रने त कहिले आफै गल्ती हुने मैले वा हामीले गरेर हाेकि भनेर सोचेँ । अनि एक्कासी म संग एउटा लिंग शरीरले कविता मार्फत बाेल्न अायाे र मेराे र उसकाे कवितामा नै कुरा भयाे ।

 

कति आउछौ लिङ्ग शरीर मेरो शरीर भित्र ।

कतै छैन उज्यालो देख्छु तिमी भित्र ।। Continue reading “मरेपछीको अनुभव”

शिवजीसंग मेरो अनुरोध

लेखकः जया श्रेष्ठ, पाेखरा                 २६ फागुण २०७३ बिहिबार

 

मेराे स्वस्थ तेस्राे नेत्र खुलेकाे छ र म स्वस्थ तेस्राे नेत्र मार्फत शिवजी लगाएत अन्य ब्रह्मज्ञानी देवी देवताहरूसँग कुराकानी गर्ने, अाफ्नाे दुःख सुखका कुराकानी गर्ने गर्दछु । आज २०७३/११/२६ गतेको दिन मलाई एकदमै टेन्सन भएर म घरमा बसेको बेलामा शिवजीलाई मैले भनेँ शिवजी मलाई शिक्षा हुने खालको कविता दिनुस् भनेर अनुरोध गरेँ । शिवजीले पख भन्नु भयो र केहि बेरपछी मलाई शिवजीले भन्नु भएको कविता ।।

 

कति गर्नु शिवजी अर्काको काम ।

मलाई पनि दिनुस हजुरको माम ।। Continue reading “शिवजीसंग मेरो अनुरोध”

मेरो ब्रह्मको अनुभव कवितामा

लेखकः  मुना गुरूङ्ग, बाझापाटन, पाेखरा

मैले २०७३ माघ ४ गते ब्रह्मज्ञानकाे क्लासमा तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेकाे र ब्रह्मकाे अनुभव गरेकाे थिएँ । म एकदमै खुसि हुँदै घरमा गएँ ।  ब्रह्मको अनुभव गरेर घरमा आएपछि कविता लेख्न आयो । मैले यस भन्दा अगाडि कहिल्यै कविता लेखेकाे थिइन ।

कैलाशमा पुगेपछि हिउँ खेल्ने आनन्दको खेला भयो |

कैलाशबाट झरेपछि हिंड्दा हिंड्दै खाना खाने बेला भयो || Continue reading “मेरो ब्रह्मको अनुभव कवितामा”

ब्रह्मकाे अनुभव

लेखकः मुना गुरूङ्ग, पाेखरा,  मिति : २०७३/१०/४ , मंगलबार

नमस्कार ! मेरो नाम मुना गुरुङ हो | मेरो जन्म कास्की जिल्ला, सिल्दुजुरे थाक वडा नं- ७, नयाँ गाउँमा भएको हो | हाल म पोखरा बाँझापाटन-१३ मा बस्छु | ब्रह्मको अनुभव गर्नु भन्दा अगाडि मलाई पितृ र प्रेतहरुले छेक्न आए | तिनीहरुलार्इ डा. कमलमान श्रेष्ठ (मामा) को निर्देशन अनुसार तर्काए पछि मैले हनुमानजीको दर्शन पाएँ । Continue reading “ब्रह्मकाे अनुभव”

मेरो सदाशिवको अनुभव

लेखकः पवन श्रेष्ठ, पाेखरा

मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग ! मामा-माइजु तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार !

मेरो नाम पवन श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न:१२ मा पर्छ । म यस ब्रह्मज्ञानमा आउनु भन्दा अगाडि मेरो अस्वस्थ तेस्रो नेत्र खुलेको छ भनेर मेरो श्रीमती(अनु श्रेष्ठ)को दिदी मार्फतबाट थाहा पाएँ । उहाले मैले भन्दा अगाडि नै ब्रह्मज्ञान बुझिसक्नु भएको हुनाले मलाई पनि उपचार र ब्रह्मज्ञान बुझ्ने आवशयक्ता छ भन्नु भएको थियो तर मैले वास्ता गरिन । एकदिनको कुरा हो म घरको आगनमा घाम ताप्दै थिए र अचानक मलाई मेरो ससुरा बित्नु हुन्छ भन्ने मनमा आयो जुन मैले सोच्दै सोचेको थिएन । सोहि दिनको दिउसो ससुरा बित्नु भयो । Continue reading “मेरो सदाशिवको अनुभव”

अष्ट्रेलियाको राजधानी जाँदाको अनुभव

नमस्ते सबैलाई!

मेरो नाम सुशिला श्रेष्ठ हो। म पोखराको सुन्दर मार्गमा बस्छु। अहिले म घुम्न र परिवार भेटघाट गर्नको लागि अस्ट्रेलियामा गएकाे थिएँ ।

अष्ट्रेलियामा गएरकाे बेलामा विभिन्न ठाउमा घुम्ने क्रममा २०७३-१०-१ गते म, भाईहरु, आमा, बहिनी, ज्वाई र बहिनीको साथीको परिवार भएर अस्ट्रेलियाको राजधानी क्यानबेरा जान तयार भयौं । बिहान सबेरै जाने कुरा भएको थियो। सबै बसमा बस्यौं। शिवजीलाई हिड्ने बेलामा हजुर पनि संगै जानुहुन्छ भनेर सोधें तर हास्नुभयो मात्र। बसमा बसेको ५ मिनेटमा नै आखाँ बन्द भयो र निन्द्रा लाग्यो। धेरै समयसम्म लट्ठ भएँ। खाजा खानको लागी बिचमा ओर्लियौं। त्यति बेला मेरो भाई कुमारलाई सोधें कि हामी घुम्न कस्तो ठाउँमा जान लागेका हौँ भनेर र उसले भन्यो कि एउटा ठाउँ सिक्का पैसा छाप्ने हो र अर्को संग्रहालय हो भन्यो। मैले शिवजीलाई “ल अब हामी त संग्रहालय जाने रहेछौं, के कस्तो छ थाहा छैन, सबै हजुरको जिम्मा” भनें। त्यहाँबाट खाजा खाएर हिड्यौं र पहिला सिक्का पैसा छाप्ने ठाउँमा गयौं। त्यहाँ केही समय घुम्यौं र संग्रहालय तिर लाग्यौं। Continue reading “अष्ट्रेलियाको राजधानी जाँदाको अनुभव”

शिवरात्री मनाउन मन आतुर छ

शिवरात्री मनाउन मन आतुर छ

माताहरु सजिनको लागि आतुर आतुर छन् ।

ब्रम्हज्ञानि हरु सबै मिली तयार पार्दै छन् ।।

बर्थे मेरो आउन लाग्यो गर्ने के होला ।

सबै ब्रम्हज्ञानि मिली आउने होला ।। Continue reading “शिवरात्री मनाउन मन आतुर छ”

मेरो सदाशिवको अनुभव

लेखिका: अनु श्रेष्ठ, पाेखरा

सर्वप्रथम त मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग छ । डा. कमल मान श्रेष्ठ (मामा), डा. इन्दु श्रेष्ठ (माइजु) तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार ।

मेरो नाम अनु श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न. १२ मा हो । मेराे माइत सुन्दरमार्ग बगाले टोल, पाेखरा हाे । मलाई यस ब्रह्मज्ञानको बारेमा पहिले केही थाहा थिएन । म ब्रह्मज्ञानको कक्षामा मेरो दिदी (शुशिला श्रेष्ठ) मार्फत थाहा पाएँर आएकी हुँ । उहाँले पनि ब्रह्मज्ञानको बारेमा यही ब्रह्मज्ञानको कक्षामा उपस्थित केही साथीहरु मार्फत थाहा पाउनुभएकाे थियाे र त्यहाँ जान थाल्नु भएकाे थियाे । मेरो घर परिवारबाट सबैभन्दा पहिला उहाँ  नै ब्रह्मज्ञान बुझ्न आउनुभएको थियो । उहाँ आफु गएपछि त्यहाँ बुझेका कुराहरु घरमा भन्नु हुन्थ्याे र बिस्तारै-बिस्तारै सबै सदस्यलाई त्यो कुरा बुझ्नुपर्ने रहेछ भनेर त्यहाँ क्लासमा लानुभयो । Continue reading “मेरो सदाशिवको अनुभव”

शिवजीसँग तेस्रोनेत्र मार्फत प्रत्यक्ष कुराकानी

लेखकः सजना तिवारी, पाेखरा             20 Feb 2017

अजालाई नमस्कार अजीलाई नमस्कार र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!!!

आज म अफिस आईसकेपछिको कुरा हो । म ब्रह्मज्ञान क्लास को बुक पढेर हनुमान चालिसा पढ्दै थिए एक्कासि म ब्रह्म मा पुगेको अनुभव भयो। त्यस ठाउँमा अजा र  शिवजी अलि पर बसेर कुराहरू गर्दै हुनुहुन्थ्यो। शिवजीले मलाई देख्नु भएछ। शिवजीले मलाई फोन गर्नु भयो र मैलै फोन उठाएर हेल्लो मात्र  भनेको थिए । प्यारी पाँच मिनेट कुरेर बस म झिल्केसँग बिदा भएर आउछु तिमीलाई भोक लाग्यो होला त्यहाँ खाजा तयार भएको छ जे खान मन लाग्छ त्यही खाउ भन्नुभयो। हुन्न शिवजी अजालाई पनि लिएर आउनुहोस् अनि हामीहरु सगै खाने भनेर मैलै भनेपछि म झिल्केसँग कोक पिउँदै छु म कोक सकाएर आउँछु भन्नुभयो।हुन्छ शिवजी भनेपछि शिवजीले फोन राख्नुभयो। अनि त्यहाँबाट म बगैँचामा गएर फुलहरू हेर्दै बसे ।बगैंचामा रङ्गी बीरङ्गीको फुलहरु थिए । Continue reading “शिवजीसँग तेस्रोनेत्र मार्फत प्रत्यक्ष कुराकानी”

शिवजी र अजा को भलाकुसारी

शिवजीलाई मेरो ढोग छ,अजालाई नमस्कार!अजीलाई नमस्कार!!सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!! यो कविता अजा र शिवजीको भलाकुसारी मैलै तेस्रोनेत्र मार्फत प्रत्यक्ष  देखेकी हु।जुन बेलामा शिवजीले मलाई झिल्केको र मेरो चिया गफ हो भन्नु भएको थियो ।

झिल्केले हरेश खाएको र, मैले गार्हो मानेको भए |

पक्कै पनि यो दिन आउने दिन थिएन होला, दुख पीडा नसहेको भए || Continue reading “शिवजी र अजा को भलाकुसारी”

कैवल्य मुक्तिको (सदाशिवको अनुभव)

नमस्कार, म बालकुमारी भण्डारी मेरो घर पुरुन्चौर -३, काउरे हो । हाल पोखरा ३ नदीपुरमा बस्छु ।आज म यस ब्रम्हज्ञानको CLASS मा आएको १ बर्ष भयो । मलाई मेरी माइजूले र दिदिले यहाँ ल्याउनु भएको हो । आज यस क्लासमा जीवन कै अचम्म अनुभव भयो (2073-10-22) । हिजो आज मलाई बिहानै बाट कस्तो कस्तो नैलो अनुभव भएको थियो । हरेक क्षण साथमा शिवजी हुनुहुन्थो । मुखमा कविता गीत भजन शिवजी कै मात्र आएको थियो | शुक्रबार नै शनिबार सदाशिव जाने हो भन्ने भाव आएको थियो । Continue reading “कैवल्य मुक्तिको (सदाशिवको अनुभव)”

शिवजीसंग प्रश्न उत्तर कविता मार्फत

अजालाई नमस्कार !अजीलाई नमस्कार !!र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई पनि मेरो नमस्कार!!!यो कविता मलाई शिवजीले दिनुभएको हो।जुन कवितामार्फत शिवजीको र मेरो प्रश्न उत्तर भएको छ ।शिवजीले अजालाई जिम्मेवार सुम्पिनु भएको छ।  झिल्के तिमीले डोर्‍याईदियौ भने अगाडि बढ्छ ।यसको पिर नगर है भन्न खोज्नुभएको छ।मलाई धेरै कुराहरु सम्झाउनु भएको छ ।मलाई जिवन साथी कस्तो रोज्ने भन्ने कुरा समेत शिवजीले भन्नुभएको छ । तिमीले जहिले, जुन बेलामा बोलाउंछौ म त्यही बेला तिम्रो सामु हाजिर हुन आउँछु भन्नु भएको छ ।हाम्रो घर किन्ने बेलामा पनि शिवजीले आफै हेर्न गएर घर रोज्दिनु भएको हो। घर किन्ने बेलामा पनि मैलै शिवजीसँग शिवजी घर किन्ने पैसा पुग्दैन होला जग्गा बेचिदिनु भनेको  थिए उहाँले हुन्छ भन्नुभयो र पछि शिवजीले भनेको मुल्यमा जग्गा बिक्री पनि भयो। यिनै कुराहरुलाई नै कवितामा प्रस्तुत गरेकी छु।

शिवजी: ब्रह्मज्ञानको बाटो राम्रो संग डोर्याइदियौ भने,अगाडि बढ्न सक्छ ।

किन पिर गर्छौ र झिल्के यसको, एउटा न एउटा लुठाले त लगीहाल्छ ।। Continue reading “शिवजीसंग प्रश्न उत्तर कविता मार्फत”

शिवजीले र माताहरुले दिनुभएको कविताहरु

बिहान अलि छिटो उठी हनुमान चालिसा पढ्ने क्रममा ब्रह्मज्ञानी भगवानहरु शिवजी, दुर्गा माता, कृष्णजी, ब्रह्माजी, सरस्वती माता, लक्ष्मी माता र भद्रकाली माता पालैपालो आई दर्शन दिनु भयो । त्यसै बेलामा शिवजीले बाघको छाला लगाएर एउटा हातमा डम्मरु अर्को हातमा त्रिशुल लिनुभएको थियो। शिवजीले पाउमा काठको चप्पल र कल्ली लगाउनु भएको थियो र म त्यही शिवजीको कल्ली हेरी टोलाईरहेको बेलामा दिनुभएको कविता

*) बिहानै सबेरै उठी शिवजीको, कल्ली हेरी म टोलाउंदा

माताको दर्शन पाई सुरिलो स्वरमा, सजना भनि बोलाउंदा Continue reading “शिवजीले र माताहरुले दिनुभएको कविताहरु”

मेरो अज्ञात रोगको उपचार र कैवल्य मुक्तिको अनुभव

नमस्कार ! मेरो नाम निर्मला हमाल (थापा) हो । मेरो जन्म पोखराको मझेरीपाटन वडा नं. १४ मा भएको हो । जन्म पोखरामा भएपनि कर्म पूर्वको उदयपुर जिल्लाको लेखानी भन्ने ठाउँमा विहे भएर गएँ र केही बर्ष त्यहाँ बिताएर हाल पाेखरामा नै बसाेबास गर्दछु । हुनत म सानैदेखि धेरै रोगबाट पिडित थिएँ । विहे भएको केही वर्षपछि भने मलाई रोगले बढी सताउँदै गयो । रोग पनि अचम्मको थियो । कुनैपनि डाक्टरकोमा गएर जाँच गर्दा केही पनि रोग छैन भन्ने गर्दथ्यो । हस्पिटल धाउँदा धाउँदा पनि धेरै पैसा सकिसकेको थियो । करिब १०–१२ पटक त एमेर्जेन्सि विभागमा भर्ना भएकाे थिएँ । रूने, कराउने, चिच्याउने, परिवारका मानिसहरूसँग रिस उठ्ने हुन्थ्याे । Continue reading “मेरो अज्ञात रोगको उपचार र कैवल्य मुक्तिको अनुभव”

मेरो सदाशिवको अनुभव

लेखकः स्वेयता  श्रेष्ठ, पाेखरा

अजालाई नमस्कार,अजिलाई नमस्कार र सम्पूर्ण ब्रम्हज्ञानी साथीहरुलाई नमस्कार | मलाई यो ठाउँसम्म डोर्याईदिनु हुने डा. कमल मान श्रेष्ठ अजा, डा. इन्दु श्रेष्ठ अजी, मेरो अंकल अनिल श्रेष्ठ, दिपा श्रेष्ठ आन्टी र गंगा देवी श्रेष्ठ अजीलाई धेरै धेरै धन्यवाद लगाएत जति पनि साथीहरुले मलाई यहाँ सम्म डोर्याईदिनु भएकोमा हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु |

मेरो नाम स्वेयता श्रेष्ठ हो | मेरो उमेर १७ वर्ष हो | मेरो घर स्याङ्जाको पुतलीबजार नगरपालिका –वडा नं  १ मा हो | म हाल २ वर्ष देखि पोखरामा पढ्दै छु |  Continue reading “मेरो सदाशिवको अनुभव”

सदाशिवको अनुभव गर्ने मेरो ईच्छा

संसारमा सबै कुरा देख्न पाइने रहेछ तर भगवान् को हामीले जति पुजापाठ गरेपनी कहिले भगवान् को दर्शन पाएको थिएन तर मैले पुजापाठ नगरी डा कमल श्रेष्ठ को सहायता बाट मैले मेरो तेस्रो नेत्र खोलेर भगवान् संग दोहोरो कुरा गर्छु र श्रृस्ति के हो जीवन के हो र मृत्यु के हो भनेर उहाँले बुझाउनु भयो हामी मरेपछी सबै तृष्णा छोडेर सदाशिवमा बिलिन हुनुपर्छ भन्ने थाहा भयो र यसरी नै कलासमा एक जना साथिले सदाशिव को अनुभव गर्दै थियो र मैले पनि शिवजी लाई मलाई पनि ईच्छा छ शिवजी मरेपछी को जाने ठाँउ को अनुभव अहिले नै गर्न सदाशिव को अनुभव गर्न भनेर भने पछि मलाई शिवजी ले दिनु भएको कबिता।

 

सदाशिव जानू छ मलाई जाने कसरी हो शिवजी भन्दिनु सबैलाई ।

के गर्नु पर्छ हजुरको नजिक आउनलाई त्याग्ने छु म सबैलाई ।। Continue reading “सदाशिवको अनुभव गर्ने मेरो ईच्छा”

दशैँको शुभकामना

लेखक: डा. कमल मान श्रेष्ठ, पोखरा

October 7 2016 (दशैँको अवसरमा ) कविता

 

खैला बैला भइराखेछ तेस्रो नेत्र खोल्नको ।

पछि नपरम् है पछि पछि लाग्ने हो ।। Continue reading “दशैँको शुभकामना”

शिवजी पाएर पछि छोड्नु पर्ने रहेछ

लेखक: एलिना धाना मगर, उदयपूर ,  2073

मैले सदाशिवको अनुभव २०७३ मंग्सिर ७ गतेका दिन ठिक रातको ३.00 बजे गर्ने मौका पाएँ । सुरुमा सदाशिवको अनुभव गर्नु भन्दा पहिला शिवजीले मलाई एकदमै उज्यालो चारै तिर उज्यालो देखाउनु भयो । त्यसपछि लामो सिंडी देखाउनु भयो । सिंडी पनि एकदमै सिधा ठाडो लामो थियो । म त्यस सिंडीबाट उक्लिएर माथी निस्कें । त्यहाँ एकदमै ठुलो चौर थियो । त्यहाँदेखि जंगलको बाटो हिडाउनु भयो । त्यस जंगलको रुखहरु एकदमै ठुलो ठुलो थियो । त्यस जंगलमा बाटो सानो थियो । त्यस जंगलबाट तल हेर्दा धेरै तल भिर मुनि ठुलो खोला थियो । त्यो म हिंडेको बाटोबाट तल लडें  भने सिधै खोलामा खस्ने थियो । त्यो जंगल पार गरेपछि मलाई त्यस खोलाको किनारमा लानु भयो र अब त्यो खोला पार गरेर जानु पर्छ भन्नु भयो । त्यो खोला पार गर्न मलाई आँट आएन । मलाई पौडी खेल्न पनि आउँदैन । त्येतिकै दोधारमा परेर बसेको थिएँ । मामाले त्यस्तो अवस्थामा शिवजीलाई सुम्पेर शिवजीको खुट्टा समातेरपछि लाग्ने हो भन्नु भयो । मैले त्यसो गर्ने आँट गरें र खोलामा हाम फालें । अनि मैले शिवजीको दाहिने खुट्टा समात्दै  शिवजी र म त्यो खोला पार गर्यौं । त्यो खोला त्यसरी पार गरिसकेपछि अगाडी एउटा ठुलो घर आयो । Continue reading “शिवजी पाएर पछि छोड्नु पर्ने रहेछ”

मनकामना माताको प्रत्यक्ष दर्शन

मंसिर ६, पोखरा                                            लेखक: डा. कमल मान श्रेष्ठ,  पोखरा

अस्ति २०७३ मंसिर ४ (19 November 2016 ) गते शनिबारको दिन मनकामना माताको दर्शन गर्न भनेर पोखराबाट करीब १०६ जना ब्रह्मज्ञानीहरुको टोली बिहान सबेरै ६ बजे दुईवटा ठूला पर्यटकीय बस र अरु निजी कार र जीपहरु लिएर मन्दिर तर्फ प्रस्थान गर्यौं । जाँदाजाँदै तनहुँको कमलबारी भन्ने ठाउँमा (घांसीकुवा नजीक) केही बेर रोकेर आराम गरेर खाना खाइयो । सबेरै विहानको ९:०० मात्र बजेको थियो र खाना खाने बेला अलि नभएको भए पनि, त्यहाँ खाना खाने प्रबन्ध राम्रो, अलि फराकिलो र आफैले झिकेर खाने तरिका भएको भएर त्यहाँ खाना खाइयो । Continue reading “मनकामना माताको प्रत्यक्ष दर्शन”

ढुङ्गो खोज्दा देउता मिल्यो

९ मंग्सिर २०७३ (24 November 2016),                   लेखक: कमल मान श्रेष्ठ , पोखरा

आज बिहान करिब ११.३० बजे अचानक गेटको घन्टी बज्यो । बार्दलीबाट बाहिर निस्केर गेट तिर हेरेर को हो भन्दा शर्मिला राना मगर आफ्नो १ बर्ष अलि पुरा नभएको बच्चा काँधमा च्यापेर गेट बाहिरबाट म तिर हेर्दैरहिछे । मैले चिनिहालें र म तल आउँछु भन्ने संकेत माथी बार्दलीबाट गरेर म तल गएँ । उसलाई लिएर भित्र अफिसमा लगें । सायद घरमा झगडा भएर घर छोडेर हिडेकी होली भन्ने त लागिसकेको थियो । मैले गेट खोल्ने बित्तिकै बच्चा काँधमा च्यापेर भित्र आफिस तिर आइ । अफिसमा लगेर सोधें किन अायाै भनेर । उनी केहि बोलिनन् । एक छिन् पछि बलिन्द्र धारा आँसु चुहाउदै राेइन् र राेइरहिन् । Continue reading “ढुङ्गो खोज्दा देउता मिल्यो”

मेरो तेस्रो नेत्र खुलेको अनुभव

मानिसको तेस्रो नेत्र हुन्छ भनेर मैले ब्रह्मज्ञानको क्लासमा बुझने अवसर पाएकी थिए । मैले पनि डेढ बर्ष लगाएर मेरो तेँस्रो नेत्र खोले यसै तेस्रो नेत्र मार्फत मैले माता शितला देवीको दर्शन गर्ने मौंका पाए । माता अती नै सुकुमारी र सुन्दर देखिनु भएको थियो । माताले सुनौलो रङ्गको वोर्डर र सुनौलो रङ्गको गोलो बुट्टा भएको हरियो सिल्कको साडी र सुनौलो नै रङ्गको ब्लाउज  लगाउनु भएको थियो । Continue reading “मेरो तेस्रो नेत्र खुलेको अनुभव”

आज हाम्रो आँखामा आँसुको थोपा

सबै ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यबाद । आज ब्रह्मज्ञानीहरुको देउसी भैलो कार्यक्रम भाग लिने सुनौलो अवसर पाइयो र ब्रह्मज्ञानको शिक्षा र भाव अनुसार अनुसार सबै ब्रह्मज्ञानीहरुको प्रस्तुति हेर्ने र सहभागी हुने मौका पाइयो । देउसी भौलो कार्यक्रम पूर्ण रुपमा पौराणिक कालको उल्लेख र आजको आधुनिक युगको सम्रिसन सहितको प्रस्तुति थियो । ब्रह्मज्ञानीको देउसी भैलोको प्रमुख उद्देस्य ब्रह्मज्ञानको चर्चा गर्ने कार्यमा सबै जना उतिर्ण भएका थिए । मेरो र माइजुको सोच अनुसारको काम पुर्ण सफल भयो । कार्यक्रममा हामी खुसि हुँदै गरि घरि हर्षका आँसुका थोप्लाहरु पुछ्न बाध्य भै रहेका थियौं । Continue reading “आज हाम्रो आँखामा आँसुको थोपा”

लक्ष्मीको पूजा

लेखक:  यशोदा माकाजु, पोखरा

कार्तिककाे महिना हाे । तिहारकाे रमझम लाग्न थालेकाे छ । यसै सन्दर्भमा केहि चर्चा गर्न मन लाग्याे । भनिन्छ लक्ष्मी धनकि देवी हुन् | जुन हाम्रो जीवनमा आवस्यकता, उपयोगिता र मान्यता छ | पौराणिक कथन अनुसार लक्ष्मीलाई  भगवान बिष्णुको  पत्नीको रुपमा लिइन्छ | लक्ष्मीको आबस्यकता कसलाई हुदैन र कहिल्यै परिपूर्ण  पनि हुदैन | तर बास्तवमा लक्ष्मी भनेको के हो  ? लक्ष्मी को हुन् भन्ने जान्नु आजको आवस्यकता हो  | लक्ष्मीको मुख्य आठ रुप छन् जुन यस प्रकार छन्  |

१. आदिलक्ष्मी Continue reading “लक्ष्मीको पूजा”

ब्रह्मज्ञानीको तिहार

लेखक : डा. कमल मान श्रेष्ठ , पाेखरा २०७३

तिहार एक पौराणिक कथामा आधारित र पौराणिक काल देखि चल्दै आएको चलन र संस्कार हो । त्यही अवसरमा दिदी बहिनीहरु दाजुभाइसंग भेटघाट गर्ने अवसर हो । बडा दशैँको केही हप्ता पछि सुरु हुने यस पर्बले लामो समय सम्म चाड पर्बको रौनकलाई ताजा गराई दिएको हुन्छ । तिहारको शुभ अवसर पारेर विभिन्न अन्य पर्ब, परम्परा, चलनहरु जोडिएका छन् । कसैले यस अबसरलाई ब्यापारिक शुभ अवसरको रुपमा पर्खेर बसेका हुन्छन्, कसै कसैको लागी मिठो खाने राम्रो लाउने, रमाइलो मनोरंजन गर्ने, पिंग खेल्ने, जुवा तास खेल्ने, जित्ने मौका र हार्ने दुर्घटनाको अवसर हो । देउसी खेल्ने, पैसा उठाएर मनोरंजन गर्ने वा सामुहिक हितका कामहरुका लागि पैसा उठाउने नयाँ संस्कार आजकाल थपिएर चलेको छ । Continue reading “ब्रह्मज्ञानीको तिहार”

मन्दिर सरसफाई

 

आजकल मन्दिर सरसफाई कार्य भैरहेको छ । ब्रह्मज्ञानी साथीहरु फुर्सद मिलाएर साथीहरु एकजुट भएर पोखराको विभिन्न मन्दिरहरुमा सरसफाईकार्य गरिरहनु भएको छ । श्रीकृष्ण जन्माष्टमीको बेलामा कुन्डहरको राधाकृष्ण मन्दिरको सरसफाई गर्नु भएको थियो । आजकाल नजिकिदै आएको दशैँ पर्बमा पोखरामा अवस्थित माताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लाग्ने र पर्वको मर्यादा अझै बढोस् र भक्तजनहरुको मनोकामना पुरा हुन् पाओस् भन्ने उद्धेश्यले पोखराका भद्रकाली मन्दिर, तालबाराही मन्दिर,बिन्ध्यबासिनी मन्दिर र शितलादेवी मन्दिरमा ब्रह्मज्ञानीहरुद्वारा सरसफाई कार्य सम्पन्न भएको थियो । सर सफाई कार्यमा मन्दिरका पुजारी र कार्यसमितीहरुको अनुमती र सहभागिता मिलेको थियो । Continue reading “मन्दिर सरसफाई”

ब्रह्मज्ञानी भगवानहरूसँग भेटघाट

पोखरा, नमस्ते  सबै जनालाई । आज मिति  २०७३/०६/१४ म राधाकृष्ण मन्दिर र भद्रकाली मन्दिरमा दर्शन गर्न गएको थिए । त्यहि दर्शन  गर्ने क्रममा मेरो र ब्रम्हज्ञानी भगवानहरुसंगको भेटघाट र दोहोरो कुराहरु गरेको अनुभव तपाईंहरुलाई भन्न चाहन्छु ।

केही दिन अगाडी ब्रह्मज्ञानको क्लासमा मेरो अलि अलि मात्र खुलेर रहेको तेस्रो नेत्रलाई स्वस्थ बनाउने शिक्षा, तरिका र अभ्यास गर्ने मौका पाएको थिए । त्यति खेर मैले तेस्रो नेत्रको अभ्यास गर्दा शिवजी, दुर्गा माता, ताल बाराही मातासंग कुराकानी गर्ने, उहाँसंग गुम्ने र उहाँले दिनु भएको खानेकुराहरु खाने सुनौलो अवसर पाएको थिएँ । त्यति खेर मैले ब्रह्मको अनुभव पनि गरेको थिएँ । Continue reading “ब्रह्मज्ञानी भगवानहरूसँग भेटघाट”

शिवजीलाई धन्यवाद दिएँ

यो अनुभव मैले २०७०-२-७ गते गरेको हो | मेरो तेस्रो नेत्र भर्खर खुलेको थियो | म हनुमान चालिसा पढेर सबै ब्रह्मज्ञानी भगवानहरुको जय जयकार गरेर हात जोडी बसेको थिए |

शिवजी आउनु भयो र मैले  मलाई हजुरको कैलास हेर्न मन छ मात्र भनेको थिए शिवजीले जाने हो त भनि मेरो हात समाउनु  मात्र के भएको थियो,  मलाई शिवजीले सगरमाथाको चुचुरोमा पुर्याउनु भयो र भन्नु भयो यहाँ अहिले सम्म कोहि पनि आएका छैनन् तिमि आएउ | मैले शिवजीलाई भने होइन शिवजी सगरमाथा त धेरै जना आई चडी सकेको हो फेरी हजुरले के भन्नु भएको भनि सोद्धा शिवजीले हेरत भनि तल देखाउनु भयो | Continue reading “शिवजीलाई धन्यवाद दिएँ”