शिवजिको बणन कबिता पुक्क पुक्क गाला

शिवजिको बणन कबिता
शिवजी आउनु भयो पुक्क पुक्क गाला
घाटिमा रुद्राक्ष र सर्पको थियो नि माला

पुरै शरीर निलो रङ्ग मा देखेको थिय मैले
येस्तो रुप राम्रो सग देखिथिइन पहिले

आँखा पनि कति राम्रा हेर्दै पुलुपुलु
मै आफैनी रुप देख्दा परे झुलुमुलु

कानमा चेप्टो मोटो कुण्डल सजायर
हातमा त्रिशुल अनि डमरू झुडायर

मोटा मोटा पाखुरा राम्रा थिय अति
पेटमा पनि six pack रैछन गन्नै मिल्ने जति

कति राम्रो गुलाबी ओठ सजियको कस्तो
मुसुक्क हास्दा खेरी लठ्ठ पार्ने जस्तो

हातमा रुद्राक्षको थियो कङ्गन पनि
कसिलो शरीर कति सार्है राम्रो हो नि

जटामाथी चन्द्रमा क्यारी अडियको
चन्द्रमाको भित्र पनि झलमल्लै भरियको

चन्द्रमाको साइज पनि कति राम्रो मिलेको चत्त
टाढा बाट हेर्दाखेरी मैले टलक्क भरियझै बुत्ता

कपालको जुरो पनि घुमाउरो क्यारी मिलायको
फुल अनि रुद्राक्ष ले ठ्याक्कै क्यारी सजियको

गाजलु राम्रा आँखा झिल्के झै मोहनी लगाउने
ती आखाको बणन गर्ने किन होला शब्दनै नआउने

गाजलु पुल्के आँखा हेरिरहन मन लाग्ने
हजुर को रुप देख्दा मलाई भोक तिर्खा नै भाग्ने

नाक पनि चुच्चो राम्रो अनि मिलेको हो कति
भाग्यमानी यक नम्बरमा परियो हजुरलाइ देख्ने जति

कति माया लाग्ने हो प्यारा हजुर लाई देख्दा
हजुरको रुपको बणन यो कपिमा लेख्दा

कपिमा मात्र हैन शिवजी मनमै लेख्ने बनाइदिनु
हजुरकोअमृSत ब्रम्हग्यान मेरो शिरबाट खन्याइदिनु

हजुरको पुर्ण बणन गर्न सकिन अहिले
पुर्ण बणन गर्ने छु जब छर्लङ्ग मै आउनु हुन्छ जहिले

क्रमश..

शिवजी लाई धेरै धेरै धन्यवाद🙏 डाक्टर मामा माइजुलाइ हृदय बाट नै धेरै धेरै धन्यवाद 🙏🙏शिबजिलाई देखेर उहाको बर्णन गर्न सक्ने बनाइदिनु भयो सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏🙏

Leave a Reply