बोक्सी लिङ्ग शरीर

हनुमान जि ले दिनुभयको कविता

बोक्सी लिङ्ग शरीर

बोक्सी भन्ने जात बास्तबमा, कुनै मानिस हैन
यो कुरा त सबजनाले ,नबुझी भाछैन

सामाजिक शोषण भाछ, घर समाजमा अति
बास्तबमा बोक्सी के हो ,नबुझेर कत्ती

अनगिन्ती प्रकारका ,लिङ्ग शरीर हुन्छन्
यी मध्येमा यकथरिले ,मानिसको रुप लिन्छन्

कहिले जन्मे थाहा छैन,कहिल्यै नि नमर्ने
मानिसमा प्रबेस गरि ,सधैं राज गर्ने

दुश्ट स्वभाव रिस् डाहयस्ता ,लिङ्ग शरीरहरुको
झैझगडा खल्लबल्ल ,पार्छन यिन्ले घरको

जस्को दुख्छ मन अनि, रिस उठछ खास
लिङ्ग शरीर उसैमा गइ ,बस्ने रैछन् बास

कुरा काट्ने गाली गर्दै ,मन् दुखाउने बानि
यिनै भित्र बास बनाउछन् आफै जस्तै मानी

मानिसमा प्रबेस गरि, घुमाइदिने मन
अर्काको शरीरलाई, मान्ने आफ्नै तन

आफू जस्तै डुब्लिकेट, लिङ्ग शरीर बोक्सी
मानिसमा आइ भोग गर्ने ,पार्ने उल्तै दोषी

आफ्नु जस्तै रुप् नाम् गरि, शरीरमा बस्ने
दु:ख पिडा कोलाहलमा ,रैछन् यिनी हास्ने

मानिससँग नजीक बाट ,सम्पर्क गरेका
घुलमिल भइ खल्बल् पार्ने ,बानिनै परेका

बोक्सी लिङ्ग शरीरहरु,बस्छन् सरि सरि
एक मानिसको शरीरबाट ,अर्कोमा खासगरी

अर्कोमा सरेपछी, थाल्ने प्रभाव पार्न
बिरामीभै धाउछ फुक्न ,उपचार गर्न

फुक्न हेराउन बसेका छन् ,धामीझाँक्री पनि
तेस्रो नेत्र खुलेको छ ,देख्न सक्छन् अनि

जस्को शरीरबाट आयो,उसैको नाम् भन्दै
लिङ्ग शरीर बोल्छन् पनि,साक्षात्कार बन्दै

सत्यतथ्य केहि थाहा छैन ,धामीझाँक्री लाइनी
मानिसलाइनै दोष लाइदिन्छन् ,फलानी हो भनी

गरिब्असाहयलाइ भनी हाल्छन् ,हेप्दै बोक्सी भनी
धनिबडासग डराउछन् ,चुपै लाग्छन् अनि

फलानी बोक्सी भनी,हुन थाल्यो हल्ला
बोक्सी लिङ्ग शरिरले, पार्यो खल्लबल्ल

नबुझ्नाले बोक्सी भन्छन् ,उस्को गल्ती छैन
आफै पीडित कस्लाइ भन्नू, केहि गरेकै हैन

अरुलाइ के दोष दिन्छौ,बोक्सी आफै भित्र
ब्रम्हज्ञान बुझ्न थाल ,देख्छौ आफ्नै चित्र

अन्तिममा गइ अकाल मिर्त्यु,पार्न सक्छन् यिन्ले
पित्री सम्झाइ खल्लबल्ल ,पार्न लाउछन् यिन्ले

रिस् राग् ईष्र्या डाह त्यागी ,बुझ ब्रम्हज्ञान
बोक्सी लिङ्ग शरीर चिन्न ,लगाउ येस्मै ध्यान

सदा शिवजी कि जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवताकी जय
बजरङबलि हनुमान जि कि जय
दुर्गा माताकी जय
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धन्यवाद आफ्नो जिबनमा धेरै दुख कष्ट को सामना गरेर भय र त्रास सगको सम्पर्क र संघर्श को रस अमृत ब्रम्हज्ञान बुझाउनु भयो । ब्रम्हग्यानी देविदेवता हरुलाइ देखेर उहाहरुको इशारा बुझ्न सक्ने बनाइदिनु भयो ।
जुन भाग्यमानी मानिसले हजुर को कुरा बुझ्छ उस्को सम्पुर्ण जीवन र मिर्त्यु पछी को जीवन पनि सार्थक हुनेछ।

Leave a Reply