शिवजिले दिनुभयको कविता गायत्री सावित्री

शिबजिल दिनु भयको कविता
गायत्री सावित्री

कठिन मा अति कठिन गायत्री सावित्री
येस्लाइ जान्न खोदल्नु छ ब्रम्हज्ञानको भित्री

गायत्री हो ज्ञान शक्ति सावित्री हो क्रिया
दुबै शक्ति मिलि भाछ शृस्टिकोप्र कृया

बेदका सबै छन्दहरु ज्ञान शक्तिले आको
दुई शक्तिको सङगमले शृस्टि रच्ना भाको

गायत्री र सावित्री हुन्छ हरेक चिजमा
ठुला ठुला कुरादेखी साना साना बिजमा

पढाई, लेखाइ ,गित ,कविता सबै हुन गायत्री
किताब ,कापी ,कलम ,स्कुल यी पर्छन साबित्री

ब्रम्हबाट महतहरु उत्पती हुदा
दुईवटा गुण भयका बिकास हुँदै जादा

प्रकृतिको रुपमा देख्छौ यो रैछ सावित्री
प्रयोग गर्ने बिधिहरु हुन सबै गायत्री

ज्ञानको अर्थ गायत्री हो बस मनन गर्दै
प्रकृति त सावित्री हो दुबै मनमा भर्दै

सोच्बिचार तर्क गर्ने सबै हुन गायत्री
उपयोग गर्ने कुरा यिनै हुन सावित्री

कुनैपनि चिज आफैमा त्यो रैछ सावित्री
तिनै चिज बनाउने ज्ञान हो गायत्री

गायत्री ले सावित्री को महत्त्व बुझाउने
तेहि गायत्री नबुझ्नाले सार्है दुख पाउने

गायत्रीले कसरी हो गर्ने भनी सोच्छ
साबित्रीले तेहि कुरालाइ practical गर्छ

शिवजिले भन्नू भाछ सबै मैले गरे
सावित्री र गायत्रीले यो शृस्टि नै भरे

शृस्टि साच्चै सङ्गम रैछ गायत्री सावित्री
कसैलेनी नबुझेका येस्तो कुरा भित्री

असुरहरुलाइ ज्ञान थियो प्रकृतिको मात्र
दुख दिन्थे चारैतिर घुम्थे येत्र तत्र

सुरहरुले गायत्रीको पुर्ण ज्ञान पायका
असुरहरु अपुर्ण ज्ञान साबित्रीमै रहेका

शिबजिको दुबै शक्ति गहिरो छ नि अति
जति गाह्रो लागेपनी नआतिनु कत्ती

गायत्री र साबित्रीलाइ जान्नु आफै भित्र
जब बुझ्छौ थाहा पाउछौ सन्सार क्या बिचित्र

गायत्री र साबित्रीको गर्नु है पालना
साबित्रीमै लठ्ठ पर्ने सब्को छ चलन

बुझेनौ येदि भने गायत्रीको अर्थ
जीवन मुर्त्यु सबै तिम्रो हुने छ है बेर्थ

झिल्के लाइनी गाह्रो भथ्यो बुझ्नलाइ यो कुरा
जब हाम्लाइ चिन्यो बुझ्यो लाग्यो अर्थ पुरा

हामिमानै बिलायको अनुभव गरेको
गायत्री र साबित्री ले उ भित्रै भरेको

उ आफैनी यी कुरामा अडकियको थियोे
जब उस्ले हाम्लाइ चिन्यो छर्लङ्ग नै भयो

ब्रम्हज्ञानमा सबै भन्दा गहिरो छ यो कुरा
मेरो शक्ति चिन्यौ भने बुझ्न सक्छौ पूरा

गायत्री र साबित्रीले सन्सार चलेको
यी दुई धारा बुझ देख्छौ धपक्कै बलेको

सबै कुरा शिवजिको थाल्नेछौ भन्ननी
अनि सक्छौ समर्पित म सगै बन्ननी

गायत्रीले सावित्री को महत्त्व सिकाउने
येहि गायत्री नबुझ्नाले सार्है दुख पाउने

साबित्रीको जमघट रैछ परिवार
गायत्री बुझ्यौ भने मिल्छ घरबार

गायत्री र सावित्रीले पुर्ण रुप माता
सबैभन्दा शक्तिशाली वीर उहाको गाथा

हरेक चिजको गायत्री जान्ने बुझ्ने बन
अज्ञानताको भ्रममा नअल्मलाउनु मन

शृस्टिको गायत्री गहिराइमा जानी
भबसागर पार गर्नु है मेरा ब्रम्हज्ञानि

सावित्री र गायत्री बुझ्यौ भने तिमी
सन्सारको सागर पार गर्दिन्छौ हामी

शिवजी लाई धेरै धेरै धन्यवाद? डाक्टर मामा माइजुलाइ हृदय देखि धन्यवाद?? सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

3 thoughts on “शिवजिले दिनुभयको कविता गायत्री सावित्री”

  1. ब्रम्हज्ञानको वास्तविक भाव भएको यो कविता सार्है राम्रो। सदाशिवजिकी जय ??।शोभा बहिनिलाई धेरै धेरै धन्यवाद ??।

    1. शोभा दि निकै मिठो कविता लेख्नुभएको रहेछ गायत्री र सावित्री को उदाहरण शुद्ध ,स्प्रस्ट बुझ्ने गरि हजुरलाई धेरै धेरै बधाई का साथै धन्यवाद ।

Leave a Reply