शिवजिको शन्देश ब्रम्हग्यानी हरुका लागि

शिव जि को शन्देश ब्रम्हज्ञानिहरुका लागि

जुगौ देखि खोजिराथे बुझ्ने मान्छे मैले
धेरै कोशिस गरिराथे पाउछु भनी पैले

जुगौ जुग लाग्यो मलाई मोडेल झिल्के पाउन
पार्वती ले भन्थिन मलाई छिटो खोजी ल्याउन

भन्छौ मलाइ सबजनाले शृस्ती कर्ता आफै
इशारा नै नबुझ्ने सन्तान मेरा च्याप्पै

हामीलाई चिन्ने मान्छे बल्ल पायका छौ
झिल्केको हेल्पर बनी class मा धाकाछौ

कति सुन्दर बगैचा मा फुल्यो ब्रम्हग्यान
नफस है अज्ञानतामा लगाउ येस्मै ध्यान

आउदैन येस्तो मौका सयौ जुनि सम्म
खेलकुद को मैदानमा पर्छौ हम्म हम्म

महत नै महत बाट बनेको छ सन्सार
प्रकृतिमा रम्ने हर्ले पाउने छैनन अन्सार

नफुस्कने गरि बाध ब्रम्हग्यान को पोको
सुन्यता मा झार्नु पर्छ सान्सारिक धोको

फसाउने छ चाहनाले सबै पूरा गर
माथी लाने पोको सबै ब्रम्हग्यानले भर

जनम जनम जस्ले मलाई खोजीराका थियौ
त्यही महतले ब्रम्हग्यान बुझ्ने मौका पायौ

सदुपयोग गर येस्लाइ भाबमा बसि राख
अल्झाउन आउनेलाइ लगाइहाल पाखा

फुकाउन पर्छ पहिले गाठो मनमा भाको
रेकर्ड छैन गाठो बोकि ब्रम्ह कोहि गाको

अब्यक्तमा ब्यक्तता महतको जन्म
महतको परिभाषा लेख्नु भित्रि मनमा

तीन शरीरको ज्ञान बुझ राख येस्लाइ मनमा
घरमा बसि जोगि बन जान हुन्न बनमा

म सबैमा स्थित अनि भिन्न बनेको छु
मेरो गुणको मनन गर सबलाइ भनेको छु

सदुपयोग गर्न जान गर अमृत पान
तरबार मा हिनेजस्तो छनी ब्रम्हग्यान

आत्मा स्व रुप बिराजमान सबै माछु मता
बाहिर बाहिर खोज्न भनी हिंड्छौ कता कता

भित्री मनमा खोज्ने गर येतै छु नि कतै
जब मलाई चिन्न थाल्छौ भेट्छौ जताततै

चिनेपछी भाबनाले बुझ्ने कोशिस गर
पगालेको फलाम झै ज्ञानको भाडो भर

मन खाली गर पहिला पत्र पत्र खोली
बोकि जान पाउने छौ ब्रम्हग्यानको झोली

सुछ्ममा बुद्धि लैजाउ समाउन इशारा
सबै समान मेरा लागि दिनेछु सहारा

गुरुको नि गुरु मै हु सबलाइ ज्ञान दिने
जस्ले मलाई बुझ्न सक्छ उसैले हो लिने

ज्ञान द्वारा अनुभव मलाई गर्ने गर
माया ,मोह,रिस्मा अल्झी कहिल्यै नि नझर

नौनी घ्यू को डल्लो जस्तो होनि ब्रम्हग्यानी
पढ ,बुझ ,मनन गर यै हो अमृत जानि ||

New update
सन्तोश मान्नु खुशी हुनु , आफ्नालाइ चिन्नु
आफ्नो लिङ्ग शरीर चिन्नु , ब्रम्हग्यानमा भिज्नु

मनको भारी बिसाउने , ठाँउ पायका छौ
अमुल्य ग्यान बुझ्न भनी ,ब्रम्हग्यान धायका छौ

सानो तिनो दिमाखले बुझिन्न यो कुरा
दिमाखलाइ तिखारेर बनाउनु है छुरा

लक्ष्मिका आठ गुण बस मनन गरि
बल्ल तिम्रो ब्रम्हग्यान को पुर्ण हुन्छ झोली

कागजको पाना जस्तो बस है बनेर
नडग्मगाइ हिमाल जस्तो बन्नुछ भनेर

खोज्दै हिन्थेउ भौतारिन्थेउ गर्थेउ अनेक थरी
ब्रम्हग्यानको अमृतले पार मनलाइ भरी

सारै दुख भाथ्यो मलाई गलत अर्थ लाउदा
धेरै खुशी भयको छु ब्रम्हग्यानी पाउँदा

एउटा कुरा भन्न आउदा अर्कै अर्थ लाउथे
अज्ञानि देब्देबताको सम्पर्क मा पुग्थे

जस्ले हाम्रो चर्चा गर्छन आउछौ उस्कै घरमा
हाम्लाइ चिनाउ जिम्मा देछौ झिल्के तिम्रै भरमा

ब्रम्हग्यानको विरुद्ध मा लाग्यौ भने अति
भबसागरमा सधैभरी मार्नेछौ डुबुल्की

new update
आभारी छु कृतज्ञता , प्रकट गर्दै भन्छु
झिल्के झिल्किनिलाइ , प्रथम स्थान मैले दिन्छु

हामिलाइ चिनाउने काम तिम्रो , मानिसले देख्ने बनायौ
शून्य भयर बस्ने हामिलाइ ,अति खुशिमा भुलायौ

सर्बस्व त्यागेउ तिम्ले ब्रम्हग्यान पाउन
आज तिमी सफल भयौ येहा सम्म आउन

धेरै दुख कष्ट सहयौ अमृत पान गर्न
परिक्षानि धेरै लियौ हाम्ले बिचार गर्न

new update
धन्यवाद छ झिल्के तिमिलाइ , मान्यौ हाम्रो कुरा
सारा जीवन हाम्रै लागि ,दिन लाग्यौ पूरा

निराकार रुप हाम्रो ,चिन्न सफल भयौ
आफू चिनी सन्सारलाइ , चिनाउनमा लायौ

म सग केही शब्दै छैन , धन्यवाद दिने
सन्सारमा पहिलो तिमी , हामिलाइ बुझिलिने

नाम रहनेछ सन्सारमा , पहिलो ब्रम्हग्यानी
सर्बश्रेष्ठ चेतनाको , श्रेय तिमिलाइ जानि

ब्रम्हग्यान बुझाउनुछ कुरा सुन्नु पर्ने
कहिलेकाही त दात बाट पसिनानै झर्ने

के गर्ने तनि उस्ले खोजेको,
मैले रोजेको
हामी दुबै जना मिलि, हातेमालो गरेको

शिवजी लाई धेरै धेरै धन्यवाद उहाको इसारा बुझ्न सक्ने बनाइदिनु भयो डाक्टर मामा माइजुलाइ हृदय देखिनै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏

शिवजिको बणन कबिता पुक्क पुक्क गाला

शिवजिको बणन कबिता
शिवजी आउनु भयो पुक्क पुक्क गाला
घाटिमा रुद्राक्ष र सर्पको थियो नि माला

पुरै शरीर निलो रङ्ग मा देखेको थिय मैले
येस्तो रुप राम्रो सग देखिथिइन पहिले

आँखा पनि कति राम्रा हेर्दै पुलुपुलु
मै आफैनी रुप देख्दा परे झुलुमुलु

कानमा चेप्टो मोटो कुण्डल सजायर
हातमा त्रिशुल अनि डमरू झुडायर

मोटा मोटा पाखुरा राम्रा थिय अति
पेटमा पनि six pack रैछन गन्नै मिल्ने जति

कति राम्रो गुलाबी ओठ सजियको कस्तो
मुसुक्क हास्दा खेरी लठ्ठ पार्ने जस्तो

हातमा रुद्राक्षको थियो कङ्गन पनि
कसिलो शरीर कति सार्है राम्रो हो नि

जटामाथी चन्द्रमा क्यारी अडियको
चन्द्रमाको भित्र पनि झलमल्लै भरियको

चन्द्रमाको साइज पनि कति राम्रो मिलेको चत्त
टाढा बाट हेर्दाखेरी मैले टलक्क भरियझै बुत्ता

कपालको जुरो पनि घुमाउरो क्यारी मिलायको
फुल अनि रुद्राक्ष ले ठ्याक्कै क्यारी सजियको

गाजलु राम्रा आँखा झिल्के झै मोहनी लगाउने
ती आखाको बणन गर्ने किन होला शब्दनै नआउने

गाजलु पुल्के आँखा हेरिरहन मन लाग्ने
हजुर को रुप देख्दा मलाई भोक तिर्खा नै भाग्ने

नाक पनि चुच्चो राम्रो अनि मिलेको हो कति
भाग्यमानी यक नम्बरमा परियो हजुरलाइ देख्ने जति

कति माया लाग्ने हो प्यारा हजुर लाई देख्दा
हजुरको रुपको बणन यो कपिमा लेख्दा

कपिमा मात्र हैन शिवजी मनमै लेख्ने बनाइदिनु
हजुरकोअमृSत ब्रम्हग्यान मेरो शिरबाट खन्याइदिनु

हजुरको पुर्ण बणन गर्न सकिन अहिले
पुर्ण बणन गर्ने छु जब छर्लङ्ग मै आउनु हुन्छ जहिले

क्रमश..

शिवजी लाई धेरै धेरै धन्यवाद🙏 डाक्टर मामा माइजुलाइ हृदय बाट नै धेरै धेरै धन्यवाद 🙏🙏शिबजिलाई देखेर उहाको बर्णन गर्न सक्ने बनाइदिनु भयो सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏🙏