शिव राज्य

शिवजिले दिनुभयको कबिता
शिवराज्य

एक कान दोकान मैदान हुँदै , पुग्छ सबैको कानमा
सत्य युगको सुरु हुन्छ ,शिवराज्यको नाममा

सबैजनाले बुझ्न पाय , शृस्टि को रहस्य
सन्सार बदलिनेछ , सत्यमा अबस्य

घरमा शान्ती हुन थाल्यो , गाउँ अनि समाज
देशमै शान्ती छाउन थाल्यो, उदाहरण विश्व माझ

हत्या हिसा आतंक सबै,हुनेछन् निर्मुल
ब्रम्हग्यानिले जानिजानी, गर्नेछैनन् केही भुल

चोर फटाहा नाम कोहि , रहनेछैनन् बलात्कारी
आफ्नो गरि खान्छन् सबैले,हुन्नन भ्रष्टाचारि

धार्मिक ,आर्थिक ,राजनीतिक,हुदैन झगडा
थाहा पाउनेछन् , शृस्टिकर्ता अगाडि नै खडा

हुनेछैन एक अर्का ,माथी अत्याचार
अन्यायमा पर्दैनन् कोहि, समाज शिस्टाचार

दुखी अनि दरिद्र कोहि , छैन हुनुपर्ने
कोहि हुदैनन् अकालमा , आत्महत्या गर्ने

आणबिक बम बन्ने छैनन् , सन्सार ध्वस्त पार्ने
मन लाग्नेछ एक अर्काको, सुरक्षा गर्न

हुनेछैनन् बाटोमा कोहि ,पागल भइ हिडेका
दिमाग घुमाउने लिङ्ग शरीर , सबैले चिनेका

काम्दै अनि बर्बराउदै, छैन हिंड्नुपर्ने
मनमा चिन्ता पिर बोकि , हरेस खानुपर्ने

परिवारमै शत्रुतता ,बदलाको भाब लिने
बिना गल्ती अन्यायमा , पारी दुख दिने

लुछाचुडि हुनेछैन , अम्शबन्डा लाउदा
सबै खुशी आफ्नो भागमा , जे छ तेहि पाउँदा

एक अर्कालाइ हेप् ने अनि ,देखाउने प्रवृत्ति
अन्त्य हुन्छ अन्धबिश्वास , सामाजिक कुरिती

धनिबनी गरिबलाइ , हेलचक्राइ गर्ने
ठुलो बनी जातभातमा ,पक्षपात गर्ने

भगवान नचिनेर ,फैलियो बिकृती
स्वार्थी भय हेप्ने बने ,फैलियो कुरिती

भगवान चिनेपछी ,सबैको बिचार समान
न फैलिन्छ बिकृती यहाँ , न हुन्छ तानातान

सबै रहेछ शिवजिको , बुझ्लान् सन्सारले
तछाड मछाड लुछाचुडि , नगर्लान् कसैले

मानिसमा भेदभाब हैन, सब्लाइ समान ठान्छन्
ब्रम्हबाट आयका सबै , महत हौ नि भन्छन्

परिवारमा माया बढ्ला , दुख साटासाट
सारा धोका पूरा गरि , जाने हो यहाँ बाट

बुडा बाबा आमा येहा , छैन रुनुपर्ने
ब्रम्हग्यानी छोराछोरी ले , अन्याय नगर्ने

हरेक बुर्द्ध आश्रममा , पढ्दै ब्रम्हग्यान
आबरण छोड्दै छोड्दै ,बिलाउनमै ध्यान

कोहिले कसैमाथी ,अन्याय गर्नेछैन
डिभोर्स भइ घरपरिवार ,छुट्टीन पर्ने छैन

सबैजना जागरिला ,आफ्नो गरिखाने
बुझी आफ्नो काम गर्नेछन् , छैन केही लाने

आफन्तले हत्या गर्ने, मार्ने आफन्तलाई
ब्रम्हग्यानमै बुझ्नेछन् अर्कैले , दिमाख चलाइ

रिस अनि क्रोधले , घटना घटाउने
बितिसक्यो बल्ल पछि , पछुतो लगाउने

स्कुलहरुमा सुरु हुन्छ , ब्रम्हग्यान पढाउन
बच्चै देखि थालिनेछ, शृस्टिको रहस्य बुझाउन

गलत बाटो लाग्नेछैनन् , बुझी ब्रम्हग्यान
हरेक कुरा भगवान लाई , सोध्नै तिर ध्यान

भौतारिन दुख पाउन, पर्ने छैन यिन्लाइ
हरेक कुरा बुझ्ने होलान् , स्वच्छ नेत्र खुलाइ

पागलखाना बन्द होलान् , कोहि छैनन् त्यहा जाने
ब्रम्हग्यानमै उपचार भो , किन त्यहा लाने

हस्पिटलमा डाक्टर सगै ,हुन्छन् ब्रम्हग्यानी
तीन शरीरमा कुन को रोग हो , छुट्याउने छन् जानी

कोहि फर्कन पर्ने छैन, उपचार नपाइ
थाक्नेछैनन् जिबनभर , दीर्घ औषधिखाइ

हेराउने र फुक्नेहरुले ,पाउनेछन् उपचार
रोग रहेछ बुझी थाहा , पाउछन् जिबनको सार

पर्नेछैन भोकै बस्न , खानेकुरा बार्न
मनलागेको खान पाउलान् , जिबन रक्षा गर्न

हरेक घरमा भगवानकै , बस्छन् चर्चा गरि
भगवान सग कुरा गर्लान् , शिव राज्य भरी

हरेक मठमन्दिरमा , पन्डित ब्रम्हग्यानी
भक्तजनलाइ भन्दिनेछन् , माताको खबर जानी

मन्दिरमा सफा सुग्घर , गर्नेहरुको घुइँचो
भगवानसगै आत्मियता बढ्यो, हरायो अदुर्स्यको सुइँको

सबै पढ्ने ब्रम्हग्यान, बस्ने मनन गरि
ढुक्क छ मन् शिवजिकै , इशारा जिबनभरी

रिस , राग , माया ,मोह , आबरण ठान्लान्
नरिसाउ है परिक्षानी , हुन सक्छ भन्लान्

हरेक धर्म समाज अनि, अन्य देशकालाइ
अधिकार छ ब्रम्हग्यान बुझ्न , चाहना भयकालाइ

अर्कै धर्म भन्ने सोच्लान् , धर्ममै पर्दैन
बिज्ञान हो यो किहि कसैको , बिरोध गर्दैन

बाध्यतानै हैन यो त , बुझ्न छ आबस्यक्
मर्नुनै छ सारा मानब् , बुझन भरसक

अप्रिय केही हुनेछैन , शिव राज्री शान्त
कोहि डराउन पर्नेछैन, अतिनै आनन्द

मानिसहरु अकालमा, छैन मर्नुपर्ने
मिर्त्यु पछि भुत प्रेतभै , छैन हिड्नुपर्ने

शिवजी र माताहरुको , आँसु गहभरी
सन्सार शिव राज्य भाकोहेर्ने , धोका पूरा गरि

झिल्के झिल्किनिनै हाम्रो , प्यारा ब्रम्हग्यानी
शिव राज्यको प्रमुख श्रेय , यिनै दुइलाइ जाने

शदा शिवजी कि जय

मलाई पनि कौतुहलता , जागेर आयो
शिवजी सग बार्तालाप , गर्न मन लाग्यो

शोभा ब्रहग्यानी -हामिले देख्न पाउलाकी नपाउला , सन्सार शिवराज्य भाको
ब्रम्हग्यानले सारा सन्सारमा , परिबर्तन आको

धेरै थोरै जे होस् शिवजी , देख्न मन छ अति
मामा माइजू हामी सबैलाइ , खुशी लाग्ला कति

शिबजी -अबश्यनै लाग्छ time ,सन्सार बदलिन
ब्रम्हग्यानलाइ सारा मानबले , सहि रुपमा लिन

शोभा -सारा मानव महतहरुमा , हुनुहुन्छ आफै
बदल्दिनुस सबैको दिमाख , हुन्छ कुरा साफै

शिवजी -पहिला आफै पुर्ण बुझ्नु , सन्सार बदल्नलाइ
तिमी जस्ता केयौ आउछन् दिमाख बदल्नलाइ

मैले मात्र गरेर हुनेभय , पहिल्यै गर्थे कति
भौतारिन पर्नेथियन ,झिल्के खोज्न अति

शदा शिवजिकी जय
दुर्गामाताकी जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवताकी जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏
सम्पुर्ण bg साथीहरू धन्यवाद 🙏🙏

Leave a Reply