सुझाब र सचेतना

दुर्गा माताले दिनुभयको कबिता
सुझाब र सचेतना
सम्पुर्ण मानबजातिको लागि

नेता ,शिक्षक डाक्टर अनि, बैज्ञानिक बनी
बिज्ञान हेर्छौ धार्मिकमा केही, आधार छैन भनी

जिबनभरी भौतिकबादी ,हिंड्छौ नास्तिक बनी
बुढेसकालमा धाउछौ , मन्दिर ,चर्च र गुम्बा अनि

तिम्रा कुरा अपुण छन् , येहि प्रमाणित भयो
बुढेसकालमा आइ भगवान त ,छन् कि जस्तै लाग्यो

मिर्त्यु पछी पिन्ड खाने ,प्रबन्ध मिलाउछौ
दिमाख लगाउ त्यो पिन्डले , के तिमी अघाउछौ

मिर्त्यु पछि पिन्ड खान, आउनै पर्ने भयो
किन भन्छौ मिर्त्यु पछि , अस्तित्व सकियो

अस्तित्व सकियो भने ,किन खान दिन्छौ
यो कुरालाइ गहिरो रुपमा , कहिले मनमा लिन्छौ

जिबनभरी नास्तिक बनी , झुटो अडान लियौ
बुढेसकालमा किन तनि, दिमाख बदल्दियौ

खानै आउन पर्ने भय , पिन्ड अनि पानी
त्यो पिन्डले साच्चै तिमी , शन्तोस हुन्छौ तनि

ज्ञान दिनलाइ गुरु अनि, बस्यौ शिस्य बनी
अपुण ज्ञान दिलाइ बस्यौ , पार लाउनेछौ भनी

गुरुलाइ नै थाहा छैन , कसरी पार लाउने
शिस्यहरु भर परि, गुरुकै पछि लाउने

तिम्रा गुरु मिर्त्यु पछि , तरेकी तरेनन्
बुझ येता भबसागरमा , परेकी परेनन्

धार्मिक गुरु पन्डित आइ , हामिसग बोले
मिर्त्यु पछि दु:ख पाछौ , भनी पोल खोले

धर्मगुरु , बैज्ञानिक , डाक्टर अनि नेता
मिर्त्यु पछि बेजोग छ है , अर्कै जीवन त्यता

बिश्व भरिका धर्म गुरु , सुन राम्रो गरि
ढुक्क भाछौ आ- आफ्नो सस्कारको भर परि

आजसम्म मरेका कोहि , छैनन् पार् भयका
मिर्त्यु पछि पित्री अनि , प्रेत भइ जियका

बिश्व भरिका मानिसलाइ , भन्न खोजेका छौ
मिर्त्यु पछी अर्कै जीवन , छ है भनेका छौ

धन , सम्पती , मान , पदबी , जीवन सुखै होला
मिर्त्यु पछि आपदमा , रित्तै छ है झोला

तिनशरिरको मानव शरीर , हुन्छ भनेका छौ
लिङ्ग शरीरले चलायको , अनुभव गरेका छौ

अति धेरै पित्री सग, हामी बोलेका छौ
गुहार माग्ने जतिलाइ हामिले ,उद्वार गरेका छौ

राजा ,नेता सैनिकहरु, रुदै रुदै आय
हाम्रो कुरा बुझ्नेहरु , सबै पार लाय

अति दु:ख पायका रहेछन् ,गुहार माग्न आउने
यिनिहरुको सम्पर्कमा ,मानिसलाइ रोग लाउने

अदुर्स्य पित्री प्रेत, रैछन् वरिपरि
मानिसहरुको सम्पर्क मा , आउने चाहना गरि

काम्ने अनि बर्बराउने , डिप्रेसन हुने
आजिबन औषधि खानुपर्ने , स्थितिमा आउने

सम्पुर्ण मानबजाती, प्रभाबित भयका छन्
केयौ मानिस अकालमा , मरि गयका छन्

भगवान हुनुहुन्छ ,भेट्यौ भनेका छौ
आकाशको नि चेतना छ , हामी बोलेका छौ

ब्रम्हग्यानी भगवानसग ,कुरा गरेका छौ
उहाहरुको सगुन रुपको , बणन गरेका छौ

केही रिसिबी छैन हामिलाइ , कोहि को धर्ममाथी
भगवान हुनुहुन्छ सबैको धर्म ,सस्कार भन्दा माथि

जोसुकै ले जे भनेर, पुकार गरेपनी
शृश्टि चलेको त्यही ब्रम्हको , चेतनाले होनि

शान्त अनि आनन्द को , अनुभव गरेका छौ
हजार सुर्य स्वप्रकाश देखि , अचम्म परेकाछौ

शुन्यताको चेतना छ , ब्रम्ह चिनेका छौ
ब्रम्हको गुण गहिरिएर , बुझ्न हिडेका छौ

ढुङ्गामा नि चेतना छ ,बोल्छ फुल पनि
सजिब निर्जीव सारा चिजमा, चेतना छ अनि

कोहिमा धेरै कोहिमा थोरै , चेतना सबैको
शृस्टि रहेछ सबैकुरा , महत नै महतको

हामिपनी महत रहेछौ , ब्रम्हबाट आयका
त्यही ब्रम्हको चेतनाले ,पुर्ण भइ चलेका

नाता सम्पत्ति भौतिक चिजमा , उता सुख पाइयो
उतै भुल्दा चेतनामा , यता बिर्को लाइयो

रिस ,झगडा , ईर्ष्या ,मोह, सबै त्यागेका छौ
मिर्त्यु पछि मोक्ष हुने , अभ्यास गरेका छौ

धार्मिक सघ सस्थाहरु , सबैको सम्मान गर्छौ
यथार्थ बुझी सचेत हुन,अनुरोध गर्छौ

पहिला हाम्रो किताब पढ, एक एक लाइन गरि
दशौ पटक पढेपछी , बोल अघिसरी

शदा शिवजिकी जय💐
ब्रम्हग्यानी दुर्गामाताकी जय🌹🌹
बज्रङगबलि हनुमान जि कि जय🌷🌷
सम्पुर्ण ब्रम्हग्यानी देबिदेबता कि जय💐🌺🌷🌱
डाक्टर कमलमा श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏उहाहरुको 30 औ बर्शको अध्ययन र बैज्ञानिक खोजको सफलता को अमृत रस को अनुभव गर्ने मौका दिनुभयो सम्पुर्ण मानबजातिको लागि अत्यावश्यक ब्रम्हग्यान बुझ्ने मौका पाइयो
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏

Leave a Reply