सस्कार भ्रमको

सरस्वती माताले दिनुभयको कबिता
सस्कार भ्रमको

धन्यवाद छ मठ मन्दिर, मुर्तिनी बनायौ
भगवान लाई मान्नुपर्छ ,भनेर चिनायौ

अग्रजहरुलाइ दोष हैन , धन्यवाद दिन्छौ
सहि सत्य कुरा बुझुन् , भन्ने आश लिन्छौ

बेद भनेको शास्त्र रहेछ , अध्यन गर्नुपर्ने
बुझ्नुपर्ने पुज्न थाले , उल्टो भो के गर्ने

हजुरबाले जे गर्याथे ,बाउले नि तेहि गरि
नातिलेनी गर्नथाले , उनैका भर परि

ब्रम्हको अध्यान गरेकालाइ , ब्राह्मण भनिन्छ
अध्यनका साथ अनुभव लाई , प्रमुख ठानिन्छ

सारा मानबले बुझ्नुपर्ने ,बेदको सहि अर्थ
जातभातमै सिमित हुदा, हुन गयो बेर्थ

जातभातमै कुरा अड्कियो , भगवान चिनेनन्
गरि खाने पेशा बनाय ,वास्तविक बुझेनन्

तिमिले पुज्ने देविदेवता ,छन् नि दुइथरिका
ब्रम्हग्यानी अग्यानी स्तर , भिन्नै छन् तरिका

चिन्न सक्छौ ब्रम्हग्यानमा , ज्ञानी र अज्ञानी
अज्ञानी तर्काइ ज्ञानी तिरै,ध्यान दिने हो मानि

तेतिसकोटि देविदेवतामा , रहेछन् अज्ञानी
ब्रम्हज्ञानी देविदेवता,ज्ञानी हुन् भन्ने जानी

चोखोनिस्ट ब्रतपुजा,अज्ञानिले खोज्ने
ब्रम्हज्ञानी देविदेवताले , ब्रम्हज्ञानी रोज्ने

भगवान को रुप लिइ , झुक्याउने अग्यानी
पुजाआजामा सामेल भइ , भ्रम पार्ने बानी

चौतारामा बस्ने अनि , नाग र कुल नाम भन्दै
पुज्ने गर्थ्यौ यकै ठाँउमा,बास्तबिक नजान्दै

अज्ञानी आयको ठाँउमा ,आउदैनन है ज्ञानि
पुजा गर्नु बास्तबमा , ब्रम्हग्यान जानी

सक्यौ भने यथार्थमा , दुईथरी छुट्याउन
जीवन सुखी मुर्त्यु पछि, सक्नेछौ पार लाउन

ब्रम्हको ज्ञान नभयका , छन् है खतरनाक
अकाल मिर्त्यु , जिबनमा पार्छन् यिन्ले घात

ब्रम्हको ज्ञान भयका हरु , छन् नि साक्षात्कार
ब्रम्हरुपी गुण उहाहरुको,रुप निराकार

भगवान नचिनेका ,पुजारी मन्दिरमा
दक्षिणा र प्रसादमै ध्यान, मनै छैन थिरमा

गुरु पन्डित महाराजा, भन्दै मै हु ज्ञानी
खुट्टा ढोगाइ मख्ख भाछन्,वास्तविक नजानी

ब्रम्हग्यानी शिवजिको , मानसम्मान भयन
साक्षात्कार नै हुनुहुन्थ्यो, छन् जस्तै लागेन

नाकमा बदाम ट्वाक्क राखी ,खुट्टामा धुप बाल्दै
टाउका बाट दुध खन्याइ , अबिर मुखमा दल्दै

दिनभरी भोकै बसि ,लाइन मन्दिरमा
,रिस, डाह, कुरा काट्दै,मनजती घरमा

खाटि दुधमा पानी राखी ,दुधमा पानी हाली
शिवजी को टाउकोमा लै,खन्याइदिने खालि

फुल टीका अबिरले ,मुखैमा हानेर
आटेको सबैकुरा ,पुर्याउनु भनेर

चर्को बोल्ने , मन दुखाउने ,लोभ गर्ने घरी
भित्री मनमा राम्रो छैन , मुखले ठिक्क पारी

के चिन्नु र शिवजिलाइ, आफ्नै मन कालो
ब्रम्हग्यानको भाब बुझ , आउन सक्छ पालो

माध्यम थिए पुजापाठ , भगवान मान्ने
निराकार शिवजिलाइ ,ब्रम्हग्यानमै चिन्ने

मिर्त्यु पछि दाहसंस्कार , गय लास लियर
बाटोमा काडो राखे , नफर्कोस भनेर

बाटोमा काडो लगाइ, उल्टो भर्र्याङ् गरि
फर्की आउदैन कि भन्दै , ढुक्क मन गरि

किरिया बस्न सुरु भयो,थाले यकछाक खान
घरबाहिर नमिठो खाइ ,पितृलाइ तर्काउन

भन्न त खोजकै हुन् , फर्की नआउ भनी
खाना चढाइ सम्झी बस्छन् , कता जाने तनि

पितृलाइ तार्न भनी , सराद्द गर्न थाल्छन्
मिठो टन्न आफू खान्छन् , पिन्ड मात्र दिन्छन्

डाडाले छेकेका र ,घामले देखेका
सबै पित्री आउ है भन्दै ,पत्रनै लेखेका

साच्चै पित्री आउछन् भनी , थाहा नपायका
खान आउ घरमा भनी , सधै झुक्यायका

पित्री आउने आश गरि , हुरुरुरु घरमा
के पाउनु र सयौ आउछन् , तेहि पिन्डको भरमा

पित्री मात्र आयत ,के हुन्थ्यो र बरु
पित्री सगै पछि लागि , आउछन् प्रेतहरु

घरमा बोलाइ झुक्याउदा, रिसाउने रैछन्
सार्है दुखी हुन्छन् घरमा , अया आछु पार्छन्

सातैदिन पुराड लगाइ , बोलाउथे खान
पितृले पाउछन् भन्दै , दिने गर्थे दान

आश देखाउने काम भयछ ,पित्री बोलाइ घरमा
तार्न खोज्थे तेहि पिन्ड र, दान दियको भरमा

दान लाने पन्डित पनि , थियनन तरेका
हजुरबाले जे गरेथे , पेशा तेहि मानेका

बर्सेनि पन्डित बोलाइ , पित्री तार्न भनी
कहाँ पुगेत पित्री भनी , भन्ने नै नजानी

पितृको नाम पारी ,पन्डितलाई दिने
पितृलेनि हात थाप्दै छ, कस्ले बुझिलिने

पन्डितको घरमा पनि , अ या आछु भाछ
के थाहा उस्लाइ पित्री रिसाइ , पछि पछि आछ

चाहेका त सबैले थिए , पित्री तार्न भनी
अपुण सस्कार भ्रम फैलियो , वास्तविक नजानी

ब्रम्हग्यान बुझ्नुपर्छ , वास्तविक थाहा पाउन
मिर्त्यु पछि पर्ने छैन , रुदै घर आउन

डाक्टर कमलमा श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठ लाई हृदय देखिनै धेरै धेरै धन्यवाद उहाहरुको 30 औ बर्सको बैज्ञानिक खोजको निचोड अमृत ब्रम्हग्यान बुझ्ने मौका दिनुभयो
सदा शिवजी कि जय
सरस्वती माताकी जय
दुर्गा माताकी जय
बज्रङबली हनुमान जि कि जय
लक्ष्मी नारायण भगवान कि जय
राधा कृष्ण भगवान कि जय
गणेश जिकि जय
सीता राम जि कि जय
सम्पुर्ण ब्रम्हग्यानी देविदेवता हरुकी जय
सदा शिवजी कि जय

Leave a Reply