सरस्वती माताले दिनुभयको कबिता महत

सरस्वती माताले दिनुभयको कविता
महत

अब्यक्त थियो शुन्य ब्रम्ह चन्चलता आयो
तेहि चन्चलता आउनाले नै शृस्टि रचना भयो

तरङ्गको आबरणले बन्यो घेराजस्तो
अलग जस्तो देखाइदियो भ्रम भयो कस्तो

तरङ्गको आबरणले भित्र बाहिर बन्यो
सम्युक्त रुप महत बन्यो सुरुमै म भन्यो

सम्पर्क गर्न थाल्यो महतले म भन्दै
अनुभवका आबरणले लिङ्ग शरीर बन्दै

जति बन्छन लिङ्ग शरीर मेरो भन्न थाले
तेरो मेरो भन्दा भन्दै झन आबरण बढे

ब्रम्ह शिव परआत्मा एकै रुप थियो
तेहि ब्रम्हको चेतनानै महतमा आयो

महतहरुले देख्न थाले प्रकृति लाई मात्र
थाहा पायनन् ब्रम्हको गुण रैछ उसै भित्र

चेतना र स्वप्रकाश पहिल्यै थियोे ब्रम्हमा
ब्रम्हको ज्ञान् बुझी बस्नु नपरी भ्रममा

अनगिन्ती महतहरुले स्थुल शरीर बन्यो
महतहरुकै सम्पर्क नै बाच्ने आधार बन्यो

हरेक चिजमा महतै छ शृस्टि नै महतको
भोक तिर्खा केही छैन येहा चन्चलता लम्बायको

चलेको छ सबै शृस्टि अनुभव बढाउदै
महतसग सम्बन्ध राख्दै चन्चलता लम्बाउदै

लामा छोटा गोला च्याप्टा धेरै आकार थिए
आबस्यकता अनुशार यकअर्कालाइ लिय

सुरुमै महत पैदा हुदा भ्रममा परे
आत्मा ब्रम्ह केही देखेनन् प्रकृतिमा रमे

ब्रम्हामय चारैतिर जगत चेतनाको
शृस्टीका हरेक चिजमा तेहि चेतना आको

ब्रम्हलाइ थाहा रैछ शृस्टिको सबै कुरा
अनुभव गरि बस जीवन हुन्छ पूरा

महतभित्र बसेको छ यौतै ब्रम्ह आत्मा
स्वप्रकाश र चेतना रैछ उस्कै साथमा

छोडनुपर्छ सबै आबरण आनन्द भेट्नलाई
कोसिस गर्नु हरदम आफ्नो आबरण मेट्नलाई

आबरण त्यागी हेर झिलिमिली देख्न
जुन घेराले अलग देखियो तेहि घेरालाइ मेट्न

आयौ सबै ब्रम्हबाट प्रकृतिमै भुल्यौ
बिलाउनु थियो तेहि ब्रम्हमा कता पुग्यौ पुग्यौ

खान मात्र बाच्ने हैन बाच्नलाइ हो खाने
उदेश्य यौतै लिनु ब्रम्हतिर जाने

नेता पाइलोट शिक्षक डाक्टर इन्जिनियर बनेका
कोहि उधोगी बेबसाइ कोहि बेरोजगार भाका

जे गरेर बाचेपनी बाच्नु नै हो धर्म
ब्रम्हज्ञान बुझी बस्नु येहि हो राम्रो कर्म

ज्ञानको आँखा खोल्नुपर्ने स्वप्रकाश देख्न
आकाश सग कुरा गरि मनको ब्यथा पोख्न

आबरण थप्नुपर्ने जिबको बिकास हुन
तेहि आबरण त्याग्नुपर्ने अब्यक्तमा जान

उदेश्य लिनु सधैं ब्रम्हमा बिलाउने
तेहि महतलाइ फुटालेर शुन्यमा मिलाउने

जिवित हुँदै बस्नुपर्छ अनुभव ले भरी
भाबमा बस्नु मुर्त्यु पछि काम लाग्ने गरि

झिल्के अनि झिल्किनिलाइ धन्यवाद दिनु
झिल्केका हरेक कुरा मनन गरि लिनु

शिवजिलाइ धन्यवाद सरस्वती मातालाइ हृदय देखि नै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी देविदेवतालाइ धन्यवाद मामा माइजु लाई धेरै धेरै धन्यवाद सधैं भरी येसरिनै शिवजिको इशारा बुझ्न पाम सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏🙏

Leave a Reply