लक्ष्मी माता

लक्ष्मी माताले दिनुभयको कविता
लक्ष्मी माता

शृस्टिको सबै ज्ञान भयकी, आदिलक्ष्मी माता
ब्रम्हज्ञानमै पुर्ण हुनु ,आयो नि मै बाट

धैर्यभइ जिउन जान, धैर्यलक्ष्मी पाउन
धैर्यको बाध् आफ्नो हातमा ,खुशी भै रमाउन

धन्यवादकै पात्र बन्नु,जान्नु दिनपनी
धन्यलक्ष्मी प्राप्त गरि, जीवन जिउनु अनि

मानसम्मान पाइरहनु, राम्रो पोस्टमा काम
मर्यादामै जिउन पाउनु,गजलक्ष्मी जान

सन्तान तथा साथीभाइको, राम्रो साथ पाइरहनु
सन्तानले भनेको मान्नु ,सन्तानलक्ष्मी पाउनु

जीवन जिउदा झैझगडा, मुद्दा परेपनि
सत्यता मा तिम्रो जित, बिजयालक्ष्मी आउने

शिक्षा दिक्षा पढाई लेखाइ,राम्रो ज्ञान पाउनु
बिद्यालक्ष्मी प्राप्त गरि, सहि बाटोमा लाउनु

धनसम्पती कमाइकन, सुख भोग गर्न
धनलक्ष्मी प्राप्त गरि ,इच्छा पूरा गर्न

सातै लक्ष्मी प्राप्त पछि , धनलक्ष्मी बल्ल
पहिलै धनको पछी लागे ,जीवन खल्लबल्ल

सदा शिवजी कि जय🌹
लक्ष्मी मातालाइ धेरै धेरै धन्यवाद 🌺
डाक्टर मामा र माइजु लाई हृदय देखिनै धन्यवाद 🙏🙏
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏

Leave a Reply