ब्रह्मज्ञानीको तिहार

लेखक : डा. कमल मान श्रेष्ठ , पाेखरा २०७३

तिहार एक पौराणिक कथामा आधारित र पौराणिक काल देखि चल्दै आएको चलन र संस्कार हो । त्यही अवसरमा दिदी बहिनीहरु दाजुभाइसंग भेटघाट गर्ने अवसर हो । बडा दशैँको केही हप्ता पछि सुरु हुने यस पर्बले लामो समय सम्म चाड पर्बको रौनकलाई ताजा गराई दिएको हुन्छ । तिहारको शुभ अवसर पारेर विभिन्न अन्य पर्ब, परम्परा, चलनहरु जोडिएका छन् । कसैले यस अबसरलाई ब्यापारिक शुभ अवसरको रुपमा पर्खेर बसेका हुन्छन्, कसै कसैको लागी मिठो खाने राम्रो लाउने, रमाइलो मनोरंजन गर्ने, पिंग खेल्ने, जुवा तास खेल्ने, जित्ने मौका र हार्ने दुर्घटनाको अवसर हो । देउसी खेल्ने, पैसा उठाएर मनोरंजन गर्ने वा सामुहिक हितका कामहरुका लागि पैसा उठाउने नयाँ संस्कार आजकाल थपिएर चलेको छ ।

तिहारको संस्कारमा घर घरमा कसरी मनाउ छन् यो समुदाय ठाउँ अनुसार फरक छन् । यो एक हिन्दुहरुको पौराणिक पर्ब भए पनि धेरै लामो समय देखि चल्दै आएको भएर त्यस अवसरमा नजिक छिमेकमा भएका विभिन्न अन्य धर्म र संस्कारका मानिसहरुमा पनि केही खुसियाली जोडेर यस पर्बलाई मनाउने चलन छ ।

तिहारको संस्कार भित्र थुप्रै तिहारहरुको उल्लेख छ । यम पन्चक भनेर यमराजको दुतहरुको पुजा आजा गर्ने चलन छ । त्यही दिनहरु मध्य एक दिनमा लक्ष्मी माताको पुजा र आराधना गर्ने पर्व लक्ष्मी पुजा पर्दछ । भाइ टिका भनेको दाजु  भाइलाई यमराजको दुतबाट दिदी बहिनीले छुटाएको नाटक र अभिनय हो । भाइ टिकाको एक दिन अगी नेवारहरुको मह पुजा गर्ने र नेवारी नयाँ बर्ष मनाउने चलन छ । घर घरमा बत्ति बालेर दिपावली गरिन्छ ।

ती माथी उल्लेखित चलनहरु कहाँबाट आए कसले सुरु गर्यो र के को लागी गरिएको हो भनेर खोजी गर्ने चलन छैन । मौका मिलेमा पर्वको उपलब्धि र खुसियाली मनाउन सबै उत्सुक र आतुर हुन्छन् ।

ब्रह्मज्ञानको परिभाषा अनुसार देवी देवताहरु दुइ प्रकारका हुन्छन् । ब्रह्मको ज्ञान भएको देवी देवता भनेको शिवजी, दुर्गा माता, दुर्गा माताका विभिन्न रुपहरु, सरस्वती, लक्ष्मी, पार्वती, राधा, सीतला देवी, भद्रकाली, बिन्द्यबासिनी, ताल बाराही माता, मनकामना माता, हनुमानजी, गणेशजी, कृष्णजी,  रामचन्द्रजी, आदी हुन् । ब्रह्मको ज्ञान नभएका देवी देवताहरुमा पितृ, भुत, प्रेत, यमराज, आदीहरु  पर्दछन्

देवी देवताहरुसंग सम्पर्क हुँदा उनीहरुको क्षमता र गुण अनुसारको नै असर र फल मिल्ने होला । आफुसंग नभएको चिज दिने क्षमता कसैको हुँदैन र त्यसको आशा राख्नु ब्यर्थ छ । सृष्टि ,जीवन र मृत्युको अर्थ बुझ्न नपाएका, मरेर पनि मृत्यु पछिको अवस्थाको बोध पूर्ण रुपमा नभएका र भवसागरको भुमरीमा परेर विभिन्न दु:ख कष्ट पाईरहेका,  त्यस अवस्थामा कुनै उपाए नजानेर विभिन्न मानिस र अन्य देविदेवताहरु संग गुहार माग्ने, त्यसै गुहार माग्ने अवसरमा अरुलाई विभिन्न दु:ख कष्ट पुर्याई रहेकाहरुलाई बोलाएर तिनीहरुसंग लिएको आशिर्वाद कतिक लाग्ला वा कस्तो आशिर्वाद पाइएला आफै सोच्नु होला ।

आज  ब्रह्मज्ञानीहरु यसै ज्ञानको भावलाई बुझेर ब्रह्मज्ञानले दिन खोजेको तेस्रो नेत्रको क्षमता प्राप्त गरेर अथवा त्यस तेस्रो नेत्रको क्षमता प्राप्त गरिसकेकाहरुको सहयोगमा ब्रह्मज्ञानी देवी देवताहरुसंग सम्पर्क र सम्बन्ध राखी पर्व मनाउन सक्दछन् । तेस्रो नेत्र स्वस्थ भइ सकेकाहरु देवी देवताहरुसंग हरेक दिन वा आवश्यकता अनुसार भेटेर कुराकानी गरिरहेका हुन्छन् । त्यसैले यस तिहारको वरपरको पर्वको शुभअवसरमा ब्रह्मज्ञानीहरु, सबै ब्रह्मज्ञानी देवी देवताहरुसंग भेटेर उहाँहरुबाट आशिर्वाद लिएर पर्व मनाउने गर्छन् ।

ब्रह्मज्ञानीहरु तिहारको अवसरमा दाजु भाइलाई भेट्ने, दाजु भाइलाई बधाई दिने र ब्रह्मज्ञानी बनोस्, तेस्रो नेत्र खुलोस्, ब्रह्मज्ञानी देवी देवताहरू पावोस् भनेर आशिर्बाद शुभकामना दिन्छन्, मन्दिरमा गएर ल्याएको अथवा आफैले तयार गरेको टिको फुल मालाहरु लगाई दिन्छन्  र दाजु भाइहरुले  दिदी  बहिनीहरुलाई पनि त्यस्तै प्रकारको बधाई र शुभकामना दिन्छन्, घरमा पाकेको, मिठो खाने कुरा हैसियतको कोसेली दिदी बहिनीलाई दिन्छन् । संधै भरि यस्तै मेलमिलाप, सम्बन्ध राखेर जीवन काट्न पाम, जीवनको अति कठिन कठिन घडीहरुमा एक आपसमा सहयोग आदान प्रदान गर्न पाम भनेर बचन र शुभकामना दिने हो तिहारमा । ब्रह्मज्ञानको भाव गहिराइ बुझेकाहरुले टिको, फुल माला आदीको सृंगार प्रयोग गरे पनि नगरे पनि त्यस्तै आनन्द र फल मिल्दछ ।

केही दिन अगाडी ब्रह्मज्ञानको क्लासमा ब्रह्मज्ञानी देवी देवताहरुसंग कुराकानी भएको थियो । शिवजी, दुर्गा माता र उहाँका रुपहरु प्रकट हुनु भएर तिहारको शुभकामना दिनु भएको थियो र तिहारको अवसरमा तिमीहरु रमाइलो गर, देउसी भैलो खेल, हामीहरु पनि तिमीहरु संगै संगै देउसी भैलो खेल्न आउने छौँ भनेर भन्नु भएको छ । देउसी भैलो कार्यक्रम गर्न कामको बाँड फांड गरिदिनु भएको थियो । निर्मला र दिपालाई नांच तयार गर्ने निर्देशन दिनु भयो, ज्योत्सना र सुशिलालाई सबै ब्रह्मज्ञानीहरुलाई सम्हाल्ने जिम्मा, दिपेन्द्रलाई ट्रान्सपोर्ट, नवराजलाई क्यामेरा, गोबिन्द र अनिललाई बाध्यबादन, प्रतिक र रमेशलाई म्युजिक तथा गीत संचालनको जिम्मा दिनु भयो र अन्य सबै ब्रह्मज्ञानीहरु भैली खेल्न आउनु भनेर निमंत्रना दिनु भएको थियो ।

पौराणिक काल तिर अन्य समाचारका साधन थिएनन् र गन्धर्वहरु घर घरमा गएर नाच गान गर्ने भएर यिनीहरुको मार्फत देवी देवताको संदेश र प्रचार गर्ने चलन थियो । ब्रह्मज्ञानीहरुको क्षमता भनेको देवी देवताहरुसंग सम्पर्क गर्न सक्ने भएको भएर ती ब्रह्मज्ञानीहरु घरमा आए भने देवी देवताहरु पनि संग संगै आउने भएको भएर ब्रह्मज्ञानीहरुलाई घरमा बोलाउने, संमान गर्ने, खाना खुलाउने, दक्षिना दिने चलन वेदशास्त्रहरुमा उल्लेख छ । १००० जना ब्राह्मणलाई खाना खुलाएको बरावर एक जना ब्रह्मज्ञानीलाई खाना खुलाएको हुनेछ । सदाशिव पुगेकाहरु तिनै ब्रह्मज्ञानीहरु हुन् । तिनीहरु घरमा आउदा त्यस घर पबित्र हुन्छ रे र त्यस्तै भएको नभएको मानिसहरुले ब्रह्मज्ञानीहरु घरमा आउदा अनुभव गरेका होलान् ।

तिनै ब्रह्मज्ञानीहरु मिलेर यस बर्ष पनि तिहारमा देउसी भैलो खेल्ने र ब्रह्मज्ञान र ब्रह्मज्ञानी देवी देवताहरुको महिमा र चर्चा गर्ने योजना छ । सबै ब्रह्मज्ञानी देवी देवताहरु शिवजी, हनुमानजी, कृष्णजी, रामचन्द्रजी, दुर्गा माता, पार्वती माता, लक्ष्मी माता, सरस्वती माता, भद्रकाली माता, सीताला देवी माता, बिन्द्यबासिनी माता, तालबाराही माता, गोर्खाको मनकामना माताहरु पनि भैलोमा आएर नाच्नेछौं भनेर आस्वासन दिनु भएको छ । लक्ष्मी पुजाको दिन देखी तिहार सम्म गरेर तीन दिन सम्म गरेर करिब १० -१२ वटा घरमा देउसी भैलो खेल्ने योजना छ ।

पत्याउनुस नपत्याउनुस आफ्नो खुसि हो तर प्रत्यक्ष देख्ने र सहभागी हुन् मन भएमा तपाईहरुलाई पनि हामी स्वागत गर्दछौं ।

देवी देवताको पुजा र आराधना तिनीहरु साच्चै कै छन् भनेर गर्न सिकाईएको हो र हामीले पनि त्यही मनसाय राखेर गरेको हुनु पर्दछ । तर अज्ञानताले गर्दा ती देवी देवताहरु साच्चै  कै छन् भनेर देखेका, सुनेका र देखाई दिने, उहाँहरु सम्म पुर्याई दिने मार्ग निर्देशन पाएका थिएनौं । त्यसैले हामीलाई के भ्रम परिसक्यो भने देवी देवताको पुजा भनेको मन्दिरको मुर्तिलाई पुज्ने र ढोग्ने मात्रै हो जस्तो लाग्न थाल्यो । त्यसो होइन रहेछ । देवी देवताहरु प्रत्यक्ष छन् र तिनीहरुलाई देख्न, बोल्न, छुन, कुराकानी गर्न, तिनीसंग माग्न तिनीलाई केही दिन पाईन्छ । त्यसको लागी ब्रह्मज्ञानीको संगत र सहयोग चाहिन्छ । अब मानिसहरुको लागी देवी देवताको नाममा मुर्तिमा मात्र पुजा नगरेर प्रत्यक्ष भेट्न सकिने पुजा गर्न मिल्दछ ।

यस्तो कुरा बिश्वास नलाग्नु स्वाभाविक हो तर जांच गरेर, उपस्थित भएर प्रत्यक्ष अनुभव गरेर हो कि होइन भनेर आफ्नो अनुभवको निस्कर्ष दिन हरेकलाई अनुमती छ ।

This post is also available in: English

Leave a Reply