मन्दिर सरसफाई

 

आजकल मन्दिर सरसफाई कार्य भैरहेको छ । ब्रह्मज्ञानी साथीहरु फुर्सद मिलाएर साथीहरु एकजुट भएर पोखराको विभिन्न मन्दिरहरुमा सरसफाईकार्य गरिरहनु भएको छ । श्रीकृष्ण जन्माष्टमीको बेलामा कुन्डहरको राधाकृष्ण मन्दिरको सरसफाई गर्नु भएको थियो । आजकाल नजिकिदै आएको दशैँ पर्बमा पोखरामा अवस्थित माताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लाग्ने र पर्वको मर्यादा अझै बढोस् र भक्तजनहरुको मनोकामना पुरा हुन् पाओस् भन्ने उद्धेश्यले पोखराका भद्रकाली मन्दिर, तालबाराही मन्दिर,बिन्ध्यबासिनी मन्दिर र शितलादेवी मन्दिरमा ब्रह्मज्ञानीहरुद्वारा सरसफाई कार्य सम्पन्न भएको थियो । सर सफाई कार्यमा मन्दिरका पुजारी र कार्यसमितीहरुको अनुमती र सहभागिता मिलेको थियो ।

मन्दिर सरसफाईका फोटो र भिडिओहरुले सरसफाई गर्न सहभागीहुन पाउनु भएकाहरुको फेसबुक प्रोफाइललाई झन् सुन्दरता र महत्व बढाएको थियो ।  धेरै धेरै धन्यबाद दिन चाहन्छु ति सहभागीहरुलाई । आशा छ यस कार्यले उहाँहरुलाई थकाई होइन झन् जाँगर, जोश ल्यायो होला । यो एक ऐतिहाँसिक क्षणहरु हुन् । भबिस्यमा यस्तै गरेर मन्दिरको सेवा र सरसफाई गर्नेहरुको संख्या बढेर जानेछन् । ब्रह्मज्ञानी साथीहरुले गर्नुभएका कार्यको ठुलो महत्व छ । उहाँहरु भगवानको दर्शन, पुजा र आशिर्वाद माग्ने मात्र उद्धेश्यले मन्दिर जानु भएन की उहाँहरुले माता, मन्दिर र वेदको भावलाई गहिराइमा बुझेर ती मन्दिरमा रहेकी माताको मन जित्न उहाँको दर्शन गर्न आउने भक्तजनहरुको सुबिधा र सुरक्षा तिर लाग्नु भएछ । यस्ता कार्यले माता र मन्दिर प्रतिको भक्ति झन् बढी हुनेरहेछ । यिनै कार्यहरु गरेको फलहरु ती सहभागीहरुले पाएका कुराको विभिन्न अनुभवहरु सुनाउने गरेका छन् ।  यस्तै कार्यहरुका साथै वेदको भाव सहीरुपमा बुझेर माताहरुको भक्ति गरेकाहरुले आफ्नो तेस्रोनेत्र खुलाएर ती भद्रकालीमाता, राधा र कृष्ण, शिवजी पार्वती, शितला देवीमाता, तालबाराही माता, बिन्ध्यबासिनी माताहरु, गणेशजी र हनुमानजीसंग प्रतक्ष्य देखेको र दोहोरो कुराकानी गरेको अनुभवहरु छन् ।

 

This post is also available in: English

Leave a Reply