ब्रह्मज्ञानी भगवानहरूसँग भेटघाट

पोखरा, नमस्ते  सबै जनालाई । आज मिति  २०७३/०६/१४ म राधाकृष्ण मन्दिर र भद्रकाली मन्दिरमा दर्शन गर्न गएको थिए । त्यहि दर्शन  गर्ने क्रममा मेरो र ब्रम्हज्ञानी भगवानहरुसंगको भेटघाट र दोहोरो कुराहरु गरेको अनुभव तपाईंहरुलाई भन्न चाहन्छु ।

केही दिन अगाडी ब्रह्मज्ञानको क्लासमा मेरो अलि अलि मात्र खुलेर रहेको तेस्रो नेत्रलाई स्वस्थ बनाउने शिक्षा, तरिका र अभ्यास गर्ने मौका पाएको थिए । त्यति खेर मैले तेस्रो नेत्रको अभ्यास गर्दा शिवजी, दुर्गा माता, ताल बाराही मातासंग कुराकानी गर्ने, उहाँसंग गुम्ने र उहाँले दिनु भएको खानेकुराहरु खाने सुनौलो अवसर पाएको थिएँ । त्यति खेर मैले ब्रह्मको अनुभव पनि गरेको थिएँ ।

त्यसको केही दिन पछि मेरो तेस्रो नेत्रको अनुभवलाई ताजा बनाउन र थप अनुभवहरु गर्न  मन्दिरमा दर्शन गर्न गएको थिएँ ।

कुन्डहरमा रहेको  राधाकृष्ण मन्दिर जादा – मैले राधाकृष्ण भगवानलाई टाढाबाट म तिर आउदै गर्नु भएको देखें । राधा र कृष्ण भगवानले एकआपसमा हात समातेर आउनु भएको थियो अनि मेरो नजिक आउनु भयो र मलाई दुबैजनाले आशिर्वाद दिनु भयो र मुसुक्क हास्नु भएर म माथी फुल बर्साइदिनु भयो । अनि मैले धन्यवाद माता भनेर बिदा भए ।

त्यस पछि म  पोखरामा रहेको भद्रकाली मन्दिरमा जान भनेर हिंडें । म मन्दिरको डाँडाको तल सिंडी निर पुगेर नमस्ते गरेर माता मआएँ मात्र के भनेको थिएं भद्रकाली माता रातो सारीमा माथीबाट तल मलाई लिन आउनु भयो र त्यस पछी माताले मेरो हात समाउनु भयो अनि संगै सिंडीबाट माथि उक्लिदै थिएं । माताले भन्नू भयो मलाई सारीमा हिंड्न गाह्रो भयो प्रतिक म अर्को कपडा लगाउछु है अनि मैले हुन्छ भनें । माताले सारीको सट्टा blue pant, white shirt, black coat and black  heels  लगाउनु भयो । अनि माता संगै म माथी उक्लिएं । हामी माथी उक्लिदा सिडी भरि साचैको फुलैफुल थियो म त अचम्म परे त्यस्तो देखेर अनि आनन्द पनि भयो मलाई । अनि म हनुमानजीको मुर्तीमा नमस्ते गरेर दर्शन गर्दै थिएं हनुमानजीले मलाई तलबाट माथी आउँदा थाकेको र मलाई गर्मी भएको देख्नु भएर मलाई उहाँले पंखा हम्काइदिनुभयो । मैले भगवान मैले पो हो हजुरको सेवा गर्ने भनेको त हनुमानजीले तैले पो हामीलाई देखेको छस् र हामीसंग दोहोरो कुरा गर्न सक्छस् कहिले काइ हामीले पनि गर्न त पाइयो नि हैन र प्रतिक भन्नू भयो अनि मैले धन्यवाद भगवान हजुरलाइ मेरो धोग छ भनें । अनि हनुमानजीले मेरो टाउकोमा आफ्नो हाथ राखेर आशिर्वाद दिनु भयो । त्यस पछी म भद्रकाली माताकोमा गएं । त्यहा पनि हात जोडेर नमस्ते गरेको थिएं । माता मेरो साइडमा अगिकै कपडा लगाउनु भएर बस्नु भएको देखें । मैले हजुरलाई नमस्ते भनें अनि माताले मेरो काधमा हात राख्नु भएर आशिर्वाद दिनु भयो त्यस पछी माता धन्यवाद भनें । अनि माताले हिंड् म पनि जान्छु तँसंग भन्नू भयो र म संग मन्दिरबाट बाहिर आउनु भयो । म त्यस पछी शिवजीकोमा पुगें । शिवजीले मलाई हेरेर हास्नु भयो अनि म घाममा उभिएर नमस्ते गरेको देख्नु भएर शिवजीले आफ्नो जटाबाट पानीले मलाई भिजाइदिनुभयो त्यस पछी म घाममा भए पनि सितलो भयो । अनि मैले शिवजीलाई धन्यवाद भनेर हिंड्न थालको मात्र थिए  शिवजीले फुल बर्साइदिनु भयो अनि म त्यहाँबाट गणेशजीको मन्दिरमा पुगें । गणेशजीले मलाई सेतो रसबरि दिनुभयो र मैले खाएं अनि आफ्नो सुंड मेरो टाउकोमा राख्नु भएर आशिर्वाद दिनु भयो । अनि त्यहाँबाट म लक्ष्मी नारायण भगवानको मान्दिरमा पुगें । त्यहाँ पुगेपछि लक्ष्मी माता र नारायण भगवान ठुलो सागरमा पन्चमुखी नागको छाहारी बस्नु भएर आउनु भयो अनि त्यो नागको बीचको टाउकोमा सुनको अौठीको माथी हिरा थियो टलक्क टल्केको ।अनि मैले नमस्ते गरें त्यस पछी मलाई दुबैजनाले फुल बर्साइ दिनु भएर आशिर्वाद छ भन्नूभयो । अनि सबै ब्रम्हज्ञानीहरुलाई पनि मेरो आशिर्वाद छ भनेर भन्नूभयो  अनि लक्ष्मी माताले आफ्नो कलिलो हात मेरो टाउकोमा राख्नु भयो । माताले आफ्नो हातमा सुनको चुरा र सुनको औंठी लगाउनु भएको र त्यो अौठीबाट चेन निस्केर चुरासंग जोडीएको थियो अनि मैले धन्यवाद भनेर बिदा मागें र भद्रकाली माताले मलाई तल मेरो स्कुटर सम्म पुर्याउन आउनु भयो अनि मैले बिदा मागेर घर फर्किए  धन्यवाद  ।।।।

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू, ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply