शिवजीलाई धन्यवाद दिएँ

यो अनुभव मैले २०७०-२-७ गते गरेको हो | मेरो तेस्रो नेत्र भर्खर खुलेको थियो | म हनुमान चालिसा पढेर सबै ब्रह्मज्ञानी भगवानहरुको जय जयकार गरेर हात जोडी बसेको थिए |

शिवजी आउनु भयो र मैले  मलाई हजुरको कैलास हेर्न मन छ मात्र भनेको थिए शिवजीले जाने हो त भनि मेरो हात समाउनु  मात्र के भएको थियो,  मलाई शिवजीले सगरमाथाको चुचुरोमा पुर्याउनु भयो र भन्नु भयो यहाँ अहिले सम्म कोहि पनि आएका छैनन् तिमि आएउ | मैले शिवजीलाई भने होइन शिवजी सगरमाथा त धेरै जना आई चडी सकेको हो फेरी हजुरले के भन्नु भएको भनि सोद्धा शिवजीले हेरत भनि तल देखाउनु भयो | त्यहाबाट अलि तल ३/४ जना मानिसहरु मोटो मोटो ज्याकेट लगाएको र सगरमाथा चड्यौ भनि खुशी भै कुरा गर्दै गरेको देखाउनु भयो | म अचम्ममा परे खुशी पनि लाग्यो |त्यति बेला मेरो सरीर फुर्ति, मन चङ्गा थियो | तै पनि मलाई सगरमाथा धेरैले चढे मलाई शिवजीले तिमि आएउ यो भन्दा अगाडी कोहि आएका छैनन् भन्दा कताकता होकी होइन जस्तो लागि रहेको थियो र कहिले भोलि होला र मामालाई भनुला भै रहेको थियो | बोलि पल्ट म मामाकोमा गए र यो अनुभव सुनाए र भने केहो मैलेत बुझिन भन्दा मामाले हो, सगरमाथाको त्यो चुचुरोमा हाम्रो भगवान छन् भनेर त्यहाका बासिन्दाले त्यो चुचुरोमाकसिलाई पनि जान दिदैनन् | आज सम्मका आरोहीहरु केहि मिटर तल सम्म मात्र पुगेका छन् भन्नु भयो | बल्ल म ढुक्क भए र शिवजीलाई धन्यवाद दिएँ |

यस्ता अनुभव अनुभूतिहरु धेरै छन् | शिवजी संगका कुराकानी, उहाँले दिनु भएको कविता हेर्न सकिन्छ ।

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू, ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply