मेरो तेस्रो नेत्र खुलेको अनुभव

मानिसको तेस्रो नेत्र हुन्छ भनेर मैले ब्रह्मज्ञानको क्लासमा बुझने अवसर पाएकी थिए । मैले पनि डेढ बर्ष लगाएर मेरो तेँस्रो नेत्र खोले यसै तेस्रो नेत्र मार्फत मैले माता शितला देवीको दर्शन गर्ने मौंका पाए । माता अती नै सुकुमारी र सुन्दर देखिनु भएको थियो । माताले सुनौलो रङ्गको वोर्डर र सुनौलो रङ्गको गोलो बुट्टा भएको हरियो सिल्कको साडी र सुनौलो नै रङ्गको ब्लाउज  लगाउनु भएको थियो ।

सेतो निधारमा रातो ठूलो गोलो टिका लगाउनु भएको थियो । आँखामा एकदम मिलाएर गाजल लगाउनु भएको थियो । ओठमा मिठो रातो रङ्गको लिपिस्टिक लगाउनु भएको थियो ।  कपाल कम्बर भन्दा तल र कपाल छोड्नु भएको थियो शिरमा रातो कलेजी रङ्गको गुलाबको फूल लगाउनु भएको र गलामा  ठूलो ठूलो थुङ्गा भएको तिहारे फूलको माला पहिरिनु भएको थियो । यो फूलको माला म्यामले (डा .इन्दु श्रेष्ठ ) बिहान मातालाई चढाउंनु भएको हाे भनेर माता शितला देवीले भन्नु भएकाे थियाे ।

अन्तिममा साथीहरू सहित हनुमान चालिसा  पढीरहेको बेलामा माता बाघ माथी बिराजमान हुनु हुन्थ्यो । आशिर्वादको मुद्रामा हात उठाउनु भएको थियो । हातमा सुनको च्याप्टो ठुलो चौडा भएको चुरा लगाउनु भएको र पाउमा सुनको पाउजु अनि नङ्गमा बदामे चहकिलो रङ्गको नङ्ग पालिस लगाउनु भएको थियो । नङ्ग U आकारको थियो । यती सुन्दर मातालाई मेरो कोटी कोटो ढोग छ ।

यहाँ सम्म मलाई डोर्याई दिनु हुने हाम्रा आदरणिय सर डा.कमल मान श्रेष्ठ एवं म्याम डा.इन्दु श्रेष्ठलाई कोटी कोटो धन्यवाद टक्रयाउछु । साथै मिना कुँवर एवं सम्पूर्ण  ब्रह्मज्ञानी साथीहरूलाई पनि धन्यवाद छ ।

शितला माताकी जय !!!    धन्यवाद ।

This post is also available in: English

Leave a Reply