ढुङ्गो खोज्दा देउता मिल्यो

९ मंग्सिर २०७३ (24 November 2016),                   लेखक: कमल मान श्रेष्ठ , पोखरा

आज बिहान करिब ११.३० बजे अचानक गेटको घन्टी बज्यो । बार्दलीबाट बाहिर निस्केर गेट तिर हेरेर को हो भन्दा शर्मिला राना मगर आफ्नो १ बर्ष अलि पुरा नभएको बच्चा काँधमा च्यापेर गेट बाहिरबाट म तिर हेर्दैरहिछे । मैले चिनिहालें र म तल आउँछु भन्ने संकेत माथी बार्दलीबाट गरेर म तल गएँ । उसलाई लिएर भित्र अफिसमा लगें । सायद घरमा झगडा भएर घर छोडेर हिडेकी होली भन्ने त लागिसकेको थियो । मैले गेट खोल्ने बित्तिकै बच्चा काँधमा च्यापेर भित्र आफिस तिर आइ । अफिसमा लगेर सोधें किन अायाै भनेर । उनी केहि बोलिनन् । एक छिन् पछि बलिन्द्र धारा आँसु चुहाउदै राेइन् र राेइरहिन् । मैले नेपकिन पेपर ल्याएर दिएँ आँसु पुछ्न भनेर । उनी आँसु पुछ्दै रोइरहिन् केहि भनिनन् । अनि मैले कुरा कोट्याएर सोध्न थालें । किन अायाै ? किन रोयाै ? के घरमा झगडा भयो ? भन्दा टाउको हल्लाएर हो भनिन् । लोग्नेले फेरी पिट्यो ? भनेर सोध्दा लोग्नेसंग होइन सासुसंग झगडा भएको हो भनेर भनिन् । अनि के कुरामा झगडा भयो ? भनेर सोध्दा त्यसै घरायसी कुरामा हो तर अति भयो मैले अब बढी सुन्न र सहन सकिन त्यसैले म अब बस्दिन भनेर हिडेकी हुँ, मलाई यो बच्चा हेरिदिने मान्छे भए म कुनै काम गरेर खाने थिएँ । तर म त्यहाँ बस्न सक्दिन भनिन् । अनि मैले सोधें लोग्नेले पनि झगडा गर्यो ? भन्दा होइन भनिन्, ससुराले पनि झगडा गर्यो ? भन्दा होइन भनिन् । अनि मैले सोधें सबै कुरा भन के कुरामा झगडा भयो भन्दा सबै कुरा तपाईलाई भन्न मिल्दैन सासुले भनेको कुरा भनिन् । कुरा नलुकाई सबै भन भन्दा फोहोर कुरा भनेको पनि भनम् भनेर सोधिन् । मैले हुन्छ सबै कुरा जस्ताको तस्तै भन भन्दा मलाई सासुले यो रन्डी हो फुंडी हो भन्छिन्  संधै, हरेक दिन भन्छिन्  म यो सुन्नै सक्दिन । म अब पागल हुन् लागें त्यसैले म निस्केर हिडेकी हुँ । यो बच्चाले एकछिन् छोड्दैन, केहि काम गर्न दिंदैन, लोग्नेलाई एकैछिन् बच्चा हेर्देउ भन्दा उसले पनि हेर्दिन्न । मैले के गरूँ मैले यो बच्चाको गु मुत सोर्दा फुर्सद पाएको छैन । घरको काम  बेलामा गरिदिएन भनेर त्यस्तो बचन लाउँछन् भन्दै फेरी रुन थालिन् । मैले सोधें बच्चा राख्ने कोर्का छ घरमा भनेर सोधें ।  छैन काखमा लिएर बस्ने हो । २४ सै घण्टा फुर्सद दिंदैन यसले भनेर भनिन् । उनीकाे याे पहिलो बच्चा भएको भएर बच्चा खेलाउने, स्याहार गर्ने अनुभव अलि कम छ जस्तो छ । अरु बेलामा पनि अरु पाका आइमाईहरुले तिमीले बच्चा लिएको मिलेन, कपडा बेरेको मिलेन भन्ने खालका टिप्पणीहरु उनीलार्इ गरेकाे सुनेको थिएँ । उनीले घरायसी समस्याले घर छोडेर हिड्नु परेको यो दोस्रो पटक हो । यस भन्दा अगाडी पनि यही बच्चा १ महिने काखमा लिएर घर छोडेर हिडेर अमृत र सुशिलाको सम्रक्षणमा १ हप्ता उनीहरुको घरमा बसेकिथिइन् । पछी सासु आएर लिएर गएकी हुन् । त्यस पछि मेल मिलाप जस्तो देखिन्थ्यो । यस्ता थिए उनीका आँसु झार्ने कारणहरु ।

मैले यसो गर्नु हुँदैन । घरमा दुख सुख हुँदै जान्छन् । त्यो तिम्रो घर हो भनेको मात्र थिएँ त्यो मेरो घर होइन, सासुले यो उसको मात्र घर हो, उसको पोइ को पनि अधिकार छैन भन्छिन् र मलाई पनि एक रति त्यो घर मेरो हो जस्तो लाग्दैन भनेर भनिन् । यो सम्पती खाम्ला भनेका होलान् बरु म अनाथालयलाई दिन्छु भन्छिन् मलाई यस्तो कुरा सुन्ने मन छैन भनिन् । मैले आफ्नो मात्रै दुख हेरेर चित्त बुझ्दैन मानिसहरुको त्यसैले अरु मानिसहरुकाे दुख पनि हेर्नुपर्छ अनि बल्ल जीवन के हाे भनेर चिन्न सकिन्छ भनेर भनें । अनि केहि मैले र उनीले चिनेका जानेकाहरुको उदाहरणहरु सुनाएँ । सपना, जया, बालकुमारीहरुको समस्याहरुलाई हेर । यिनीहरुलाई त झन् तिमीलाई भन्दा बढी चोट छ । यिनीहरु बाहिर मात्रै हाँसेका हुन् । भित्र यिनहरुको मनमा कहिल्यै नभरिने घाउ छ । मर्ने उपाय नजानेर बाँचेका हुन् यिनीहरु । यिनीहरुलाई पोइले धाेका दिएका, घर परिवारले अन्याय गरेर निकाली दिएका हुन् । कसैको बच्चा छिनेर लगिदिए ।  कसैकाे घरमा खान नपाएको कथा थियो । तिम्रो त्यस्तो समस्या छ त ? तिमीलाई त ससुराले च्यापेको छ, लोग्नेले कमाएर नल्याए पनि समर्थन गरेको छ, घरमा पाकेको खान पाएकी छाै भन्दा हुन् त हो भन्न थालिन् । तिम्रो पनि गल्तिहरु होलान् केलाएर हेर, सुधारेर हेर भन्दा हो हुन् त मेरा पनि गल्तिहरु छन् सुधार्दै छु । मेरो सबै भन्दा ठुलो कमजोरी भनेको म बोल्न सक्दिन, मलाई बोल्नै आउँदैन, दोहोरो कुरा गरेर बस्न जान्दिन भन्न थालिन् । केहि बेर यसरी म संग कुरा गर्दा गर्दै अहिले मलाई सन्चो भयो, मेरा आँसुहरु हरायो, हल्का भयो भन्न थालिन् ।

मैले अब तिमी घर फर्कनु पर्छ भन्दा कसरी फर्कम् छोडेर आइसकें भनिन् । मैले भने केहि छोडेकी छैनौ । घर जाऊ सबै ठिक हुन्छ । सासु रिसाइन, कराइन भने पनि तिमी नरिसाउ भनेर सम्झाएँ ।

अनि कुरा मोडेर अस्ति मनकामना मन्दिर जाँदाको अनुभवहरु सुनाउ भनें । अनि त उनी कस्सिन थालिन् र आफ्नो अनुभवहरू भन्न थालिन् । मनकामना मन्दिर जाँदा शिवजीलाई देखें, माता मनकामनालाई देखें, कुरा पनि गरें भन्न थालिन् । म र सुष्मिता संगै थियौँ । उनीले मेरो खबर भन्ने मैले उनीको खबर भन्ने गरेर कति मज्जा आएको थियो भन्न थालिन् ।

त्यसो भए आज पनि कुरा गरौँ शिवजीसंग भनेर हात जोडेर सोध्न लगाएँ । सुरुमा केहि देखिन खाली अँधेरो मात्रै छ आँखा अगाडी भनेर भनिन । मैले मन नदुखाऊ, सासुसंग नि माफ माग यहिँबाट र सासुलाई पनि माफ गरिदेउ भनेर सिकाएँ । हुन् त अहिले केहि मन दुखेको छैन, रुन मन पनि लागेको छैन अलि डर र अप्ठ्यारो लागि राखेको छ कसरी घर फर्केर जाने होला, घरकाले केहि भन्छन् कि भन्ने डर छ भनिन् । मैले भने त्यो कुराको चिन्ता नगर म सबै मिलाई दिन्छु भनेँ । अनि शिवजीलाई हात जोडेर भन शिवजी म अापद परेर घर छोडेर आकीछु मलाई दर्शन दिनुस् भन भनेँ ।  उनीले अर्को चोटी हात जोड्ने बित्तिकै शिवजीलाई देखें, शिवजी यहाँ निर शोफामा उपरखुट्टी लाएर हामी तिर हेरेर बस्नु भएकोछ भनिन् । अनि भनिन् अब त मैले आँखा चिम्म नगरी पनि शिवजीलाई देखिराखेको छु, उहाँ हामी तिर हेरेर हाँसी राख्नु भएकोछ भनिन् । मैले सोध्न लगाएँ मैले अघि गरेका कुराहरु सुन्नु भयो ? भनेर सोध्न लगाएँ । उहाँले सुनिराखेको थिएँ लाटी भन्नुभएछ । अनि त्यस पछि मैले केहि सिकाउनु परेन, शिवजी आफैले मनमा प्रश्न जगाएर आफै  जवाफ आएको अाएै  छ भन्न थालिन् । अनि म आज समस्या परेर आएको हुँ के गरम कता जाम् भनेर शिवजीसँग मैले सोध्न लगाएँ । उहाँले घर फर्केर जाऊ भन्नु भयो । घरमा जाँदा पस्न दिन्नन् कि मलाई भनेर सोध्न लगाउँदा धत्तेरी म हुँदा हुँदा के डराएकि, मै हात समाएर तिमीलाई लैजान्छु भन्नुभएछ । अरु थुप्रै कुरा र अनुभवहरु छन् उनी आफैले लेख्नेछिन् । facebook मा पनि यो कुरा लेख है भनेर उनीलाई शिवजीले भन्नुभयो । अनि दुर्गा माता आउनु भयो, काली माता, सरस्वती माता, हनुमानजी आउनु भयो भनिन् ।

शिवजीले म तिमीलाई घर सम्म छोड्न जान्छु, बाटोमा कुरा गर्दै जाउँला भन्नुभएको थियो । त्यस पछि शिवजीसंग लगातार कुरा गर्न थालिन् र मसंग बिदा भएर घर तिर लागिन् ।

आज अचानक यस्तो सन्दर्भ र घटना घट्यो । रोएर हिंडेको भनेको शिवजी देख्ने क्षमता लिएर घर फर्किन् शर्मिला । किन यस्तो हुन्छ मलाई थाहा छैन । सोझो तरिकाले मान्छेले नबुझ्ने भएर होकी ? यस्तो घुमाउनु परेको । मलाई पनि पछि याद आयो अाज मैले एउटा सपना देखेको थिएँ तर पुरा याद र अर्थ थाहा थिएन । सपनामा म क्लासमा कुनै एक जना भर्खरको १८ देखी २० बर्षकाे जस्ताे तर बिहे भैसकेको अाइमाइसँग कुरा गर्दै थिएँ । उनी राम्री गोरी तर साधारण कपडामा थिइन् । उनीको गालामा डण्डीफोरहरु ४-५ वटा थिए र कुनै कुनै रातो भएर पाकेका थिए, निचार्ने बेला भएको जस्तो थियो । ती आइमाईसंग म नजिकको चिनेको जस्तो गरेर बोल्दै हगी भाउजु, हगी भाउजु भन्दै कुरोमा कुरो मिलाउदै कुरा गर्दै थिएँ र उनीले आज पाठ बुझाउने कुरो थियो । म बिउझिदा सपना अलि अलि मात्र याद आएको तर अर्थ केरी नलागेको जस्तो थियो । सपना सम्झन खोज्दा टाउको दुख्न थाले जस्तो भयो र मैले वास्ता गर्न छोडें । अाज शर्मिला आएर अनि गइसके पछि बल्ल मलाई सपनाको कुरा पुरा याद आयो र अर्थ पनि आयो । यो त त्यहि भाउजु पो हो जाे सपनामा देखेको थिएँ, पाठ बुझाएको भनेको तेस्रो नेत्रको अनुभव गरेर गइन्, डण्डीफोर पाकेको भनेको याे अाजकाे समस्या भनेको उनीको तरुनी बैंसको वेलामा रोजेकी ठिटाको घरको समस्या हो । समस्यालाई निचोरेर फाल्ने बेला आएछ क्यार । सपनामा हाँसि खुसि थिइन् भने शर्मिला जाने वेलामा हाँसेर गइन् । बिहान मेरो टाउको दुखेको थियो सम्झन खोझ्दा भने वास्तबमा याे कुराले मेरो टाउको दुखेको थियो । यस्तो कुरा सुनेर बस्न मन त अवस्य छैन मलार्इ ।

ढुङ्गो खोज्दा देउता मिलेछ । रुँदै निस्केकि शर्मिला शिवजीसंग कुराकानी गर्दै घर फर्की । शिवजी हुनुहुन्छ । यो कुरा देख्नेलाई मात्र विश्वास हुन्छ जस्तै: आजबाट शर्मिलाले पनि आफैले देखेर बोलेर विश्वास गर्न थाली ।

जीवनका यस्तै दुख सुखलाई चिनेर अघि बढ्दै सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्र के हो भन्ने कुरा बुझाउने, चिनाउने र अनुभव गर्न सक्ने बनाउने क्षमता हामीमा रहिरहोस ।

फोटोमा एक सानो झलक

This post is also available in: English

Leave a Reply