आज हाम्रो आँखामा आँसुको थोपा

सबै ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यबाद । आज ब्रह्मज्ञानीहरुको देउसी भैलो कार्यक्रम भाग लिने सुनौलो अवसर पाइयो र ब्रह्मज्ञानको शिक्षा र भाव अनुसार अनुसार सबै ब्रह्मज्ञानीहरुको प्रस्तुति हेर्ने र सहभागी हुने मौका पाइयो । देउसी भौलो कार्यक्रम पूर्ण रुपमा पौराणिक कालको उल्लेख र आजको आधुनिक युगको सम्रिसन सहितको प्रस्तुति थियो । ब्रह्मज्ञानीको देउसी भैलोको प्रमुख उद्देस्य ब्रह्मज्ञानको चर्चा गर्ने कार्यमा सबै जना उतिर्ण भएका थिए । मेरो र माइजुको सोच अनुसारको काम पुर्ण सफल भयो । कार्यक्रममा हामी खुसि हुँदै गरि घरि हर्षका आँसुका थोप्लाहरु पुछ्न बाध्य भै रहेका थियौं । ब्रह्मज्ञानको गहिराइमा पुग्न र त्यहाँबाट निस्कन यतिका बर्ष भुमिगत जस्तै रहेर काम गरियो ।ब्रह्मज्ञान अति महत्वपूर्ण, गहन, कठिन, संघर्ष, चुनौतीले भरिपूर्ण थियो । यो सत्यतालाई समाजमा पुर्याउनु नै ठुलो कठिन चुनौतीपूर्ण थियो । ब्रह्मज्ञानको गहिराईमा पुगेर आउदा धेरै दिन बिती सकेछ । फर्केर आउदा समाजको रितिथितिहरुसंग आफु अब नमिल्ने भइसकेको थियो भने शारीरिक सिथिलता, मानसिक सिथिलता, आर्थिक कठिनाई, सामाजिक भिन्नताहरुले आफुलाई झनै एक्लो बनाइसकेको थियो । समाजमा कतिपय कुराहरु फेरी जीरोबाट सिक्नु परेको जस्तो भएको थियो । तर पनि हामीले त्यस गहिराईबाट ल्याएको फल ब्रह्मज्ञान जुन सबै मानवजातीको लागि अमृत सरह हो भनेर समाजलाई चिनाउनु थियो । जुन दिन यो कुरा समाज भन्ने छौँ त्यस बखत हाम्रो कुराको प्रमाण, सहमती जनाउने र समाजमा बोलेर भन्न सक्ने मानिसहरु नजिक होअोस् भन्ने चाहना र अावश्यकता लागेको थियो । त्यसैले सम्पर्कमा आउने हरेक व्यक्तिलाई ब्रह्मज्ञानको महत्वका साथै व्यक्तिगत, सामाजिक कुराहरु पनि सिकाउन अघि सर्दथ्यौँ । अाजको देउसी भैलोको कार्यक्रमको दिन पारेर हामीले ल्याएको ब्रह्मज्ञानलाई समाजमा भन्न निस्केको पहिलो दिन थियो । यसै पहिलो दिन ब्रह्मज्ञानको आवस्यकताका कति छ भनेर अनुभव गर्ने मौका मिल्यो । आजको देउसी भैलो खेल्ने क्रममा अनिल श्रेष्ठ र दीपा श्रेष्ठको निमंत्रनामा उहाँहरुको घर आँगनमा देउसी भैलो खेलियो । कार्यक्रमको अन्त्य तिर आइपुग्दा नया ब्रह्म ज्ञानी तर उपचारको क्रममा रहेका स्वस्तिका मल्ल र जुना क्षैत्रिलाई प्रेत र पितृहरुले शरीरमा प्रवेश गरेर दु:ख दिएको प्रतक्ष्य लक्षणहरु देखियो । हामी लेखकहरु देउसी भैलोको रमाइलो नसिध्याई उपचार कार्यमा जुट्नु पर्यो । ठुलो होहल्ला, कल, झगडा फैलाउने प्रयास गरेका थिए ति प्रेत पितृहरुले तर ब्रह्मज्ञानीहरु सचेत थिए र त्यस प्रेत पितृको बहकाउमा नआउने र तिनीहरुको इशारा र भाषा बुझ्ने भइसकेका रहेछन् । करिब दुइ घण्टाको घम्सा घम्सी लडाई पछि प्रेत पितृहरु कोही भागेर गए कोही हामीलाई ब्रह्म पठाईदेउ भन्न थाले र तिनीहरुलाई ब्रह्मज्ञानीद्वारा ब्रह्म पुर्याइयो । अनि ती बेहोसमा दुइ घण्टा बोल्ने बिरामीहरु होसमा आए । त्यस बखत त्यहाँ सयौँ मानिसहरुको उपस्थिति थियो । यस अाजको होहल्लामा मलाइ चिन्ने, बुझ्ने, सहयोग गर्न सक्ने र सहयोग गर्न चाहना राख्नेहरु थुप्रै थिए । अाज हामी मामा माइजु साह्रै खुसि थियौँ । यत्रो भयानक चिजको चर्चा क्लास भन्दा बाहिर पनि गरेर ब्रह्म पठाइयो र स्थितीलाई शान्त पारियो । ब्रह्मज्ञानीहरु अाजको कार्यमा 100% ले पास भएका छन् ।

यहाँ सम्म ब्रह्मज्ञानीहरुलाई ल्याउन पुराना धेरै ब्रह्मज्ञानीहरुको सहयोग पाएको छु । अझ सुरुमा आएकाहरुको झनै ठुलो देन छ । मेरो भान्जी ज्योत्सना श्रेष्ठ सहित हामीलाई ममा माइजु भन्दै पछि लाग्ने, सर भन्दै पछि लाग्नेहरुको ठुलो योगदान छ । तिनीहरुको सहयोग र योगदान मैले कहिल्यै बिर्सने छैन । हुँदा हुँदा समयको अभावले तिनीहरुसंग पहिला पहिलाको जस्तो गरेर धेरै बेर बोलेर हाँस खेल ठट्टा गर्न नभ्याउने भएँ । आजकल तिनीहरुको नमस्कार फर्काउन नभ्याउदा मन सारै नरमाइलो लागेर आउछ । तर मैले तिमीहरुसंग बोल्न नभ्याए पनि तिमीहरुको माया बिर्सेको छैन र बिर्सने छैन । तिमीहरुले पनि मैले सिकाउन भ्याएको ज्ञानका कुराहरु नबिर्सीदेउ । त्यो ज्ञानका  कुराहरु तिमीहरुलाई जीवन भर र मृत्युपछि पनि चाहिने छ।

मलाई संधै डर थियो कतै म एक्लो हुन्छु कि भनेर । भगवान शिवजी, बिष्णुजी, गणेशजी, हनुमानजी र दुर्गा माताहरुसंग मैले भेट्ने र कुरा गर्न सक्ने मेरो क्षमता आयो । उनीहरुसंग मैले सृष्टि, जीवन र मृत्युको बारेमा हजारौं प्रश्नहरु सोधें र उत्तर संकलन गरें । तर त्यति बेला सम्म म सबै कुरा र शक्ति बिहिन भै सकेको थिएँ । भगवान बिष्णु र शिवजीले पटक पटक तैले हामीलाई देखिस् अब हामी छम भनेर अरुलाई पनि भनिदे भन्दा सुरुमा गर्दिन भनेर मैले इन्कार गरें । कता कता यो कुरा महत्वपूर्ण भए पनि अति कठिन भएको भएर नसकुँला भनेर इन्कार गरें । मलाई मेरो अवस्था र भगवानले लगाउनु भएको जिम्मेबारी हेर्दा नमिल्ने जस्तो लाग्यो । मैले नसक्ने जस्तो लागेर भगवानहरुलाई  पटक इन्कार गरेर विभिन्न अपशब्दहरु बोलें । त्यो मेरो शिथिल हालतको अवस्था थियो तर भगवानले लगाउनु भएको काम मैले टार्न सक्ने होइन रहेछ । भगवानले मलाई आपद परेको बेलामा चाहिएको बेलामा गुहार र सहरोग गर्लान नगर्लान ठुलो संख्खा थियो । तँ सुरु मात्रै गर अरु सब हामी गर्छम् भनेर भगवानहरुले भन्नु हुन्थ्यो तर मेरो असफल हुने ठाउँ थिएन । भगवान छन् भनेर सिकाउदा भगवान देखाउन सकिन भने यो संसारमा म लुक्ने ठाउं कतै थिएन ।

डराई डराई साबधान हुँदै मेरा कुराहरु समाजमा भन्न थालें । हरेक दिन हरेक मिनट भगवानहरुसंग लगातार सम्पर्क र सल्लाह लिंदै गरें । उहाँहरुले मैले भनेको मानेर काम गरिदिनु हुन्थ्यो मैले उहाँहरुको काम गरिदिन थालें । मानिसको स्वस्थ तेस्रो नेत्र खुलाएर भगवान देखाउने कार्य सफल हुन् थाल्यो । हरेर दिन हप्ता महिना प्रगति हुन् थाल्यो  । मैले जस्तै भगवान देख्न सक्नेहरुको संख्या बढ्दै गयो । भगवान देख्न चाहनेहरु, भगवान देखेर भगवानको गुणहरु बुझेर जीवनमा सदुपयोग गर्नेहरु आजकाल थुप्रै छन् ।

आशा छ भगवानले लगाउनु भएको कार्य सफल पर्दै अगाडी बढ्न सकूँ । अन्जानमा भएका केही गल्तिहरुमा सबै सहभागी, सहयात्रीहरुसंग माफी माग्न चाहन्छु । आज हामी सफल भएको महसुस भएको छ । यो कठीन कार्यको सफलताका बारेमा यी कुराहरु लेख्दा कहिले अतितका दु :खलाई सम्झेर त कहिले सफलताको हर्षले होला आँखा रसाएर निरन्तर आँसु बगिरह्यो ।

This post is also available in: English

Leave a Reply