ब्रह्मज्ञानमा मैले बुझेकाे

आज सम्म हामीले जीवन भनेको खाने,लगाउने,सम्पती कमाउने,घर घडेरी जोड्ने,बिबाह गर्ने,छोराछोरी पाउने,हुर्काउने,पढाउने,ठूलो मानिस बनाउने,समाजमा ईज्जत् कमाउने र नाम कमाउने यी सबै कुरालाई नै जीवन हो भन्नतिर लाग्यौं।हुन त जीवनको यात्रालाई अगाडि बढाउन यी कुराहरूको आवस्यकता पर्दछ तर यो आवश्यकताले जीवनलाई पुर्ण भने बनाउदैन । त्यसैले यो जीवन र जीवनको यात्रा अपुर्ण छ ।

मानिसले यो जीवनलाई मात्रै जीवन हो मरेपछी सबै सकियो भन्ठानेका छन । तर वास्तवमा मरेपछिको जीवनपनि हुँदा रहेछन् । मानिसको शरीर तीन शरीर तीन शरीर मिलेर बनेका हुँदारहेछन । (१)स्थुल शरीर(२)लिङ्ग र (३)आत्मा शरीर । मानिसको मृत्युुमा स्थुल शरीर(हाड,रगत,नसा र मासुले बनेको)को मात्र  त्याग भएको हुन्छ तर लिङ्ग शरीर र आत्मा शरीर भने जिबितै हुन्छ । मरे पछिको जीवन झनै खतरनाक,डरलाग्दो र दु:खकष्टले भरिएको हुँँदोरहेछ । यो दु:खकष्टको जीवनलाई हाम्रो शास्त्रमा भवसागर भनेर भनिएको छ । अब यो भवसागरबाट पार कसरी लाग्ने भनेर हामीले जीवितै रहेको अवस्थामा बुझ्न अति आवश्यक छ । त्यसैले हाम्रो जीवनको प्रमुख उद्देश्य नै मरेपछिको जीवनबाट कसरी पार लाग्ने हो भन्ने तिर लाग्नु पर्दछ । हामीले खाने,लगाउने,कमाउने र रमाउने मात्रै नभै यो जीवन जीउनुको प्रमुख उद्देश्य भवसागर बारेमा जान्नु र बुझ्नु हो।जानेर बुझेर मर्नु नै जीवनको पुर्ण यात्रा हो ।

शिवजी भेट्ने रहर

शिवजीलाई भेट्ने रहर सबैलाई हुँँदोरहेछ ।

यसको लागि शिवजी को हो चिन्नु पर्दोरहेछ ।।

शिवजीलाई भेट्न जस्ले शिवजी भेटिसकेको छ,

उसको पछि लाग्नु पर्दोरहेछ ।

शिवजी नचिनेका को पछि लागे खाल्टामा पर्दोरहेछ ।।

कविता ब्रह्मज्ञानको बाटो

मेरो तेस्रो नेत्र खुलेको छ। म शिवजी संग दोहोरो कुरा गर्छु। म यो ज्ञानमा आउनु भन्दा पहिला मृत्युको मुखमा पुगिसकेको रहेछु। यो ज्ञानमा आईसकेपछी थाहा पाए र आज शिवजीले अकाल मृत्यु बाट बचेको भएर आज २०७३-०४-२२ गते दिनु भएको कबिता।।

जिन्दगी को सहि बाटोहरु हिंड्न बिर्सिसकेको थिए मैले।

यो ज्ञानको बाटो पाएर संन्चो भैसकेको छ अहिले।।

सहि बाटो खोज्दा खोज्दै मृत्युको मुखमा पुगेको थिए पहिले।

तर यो ज्ञानको बाटोमा लागेर हाँस्दै छु अहिले।। Continue reading “कविता ब्रह्मज्ञानको बाटो”

कविता सुशिलाकाे

मेरो तेस्रो नेत्र खुलेको छ |म ब्रह्मज्ञानी भगवानहरुसँग दोहोरो कुरा गर्छु |आज म एउटा कविता पोस्ट गर्न    लागेकीछु |यो कविता शिवजीले मेरो जन्म दिनको दिनमा २०७३ -४ -३ गते दिनुभएको थियो |भगवान हुनुहुन्छ भन्ने कुरा सत्य हो र यस दिन मलाई धेरै साथ दिनुभएको थियो |

 

शिवजी हुने भए सबैका पासा |

अब कोही पनि नहोऊ निरासा ||

अतितका कुरालाई राख टाढा |

अब कम्मर कस सबै गाढा || Continue reading “कविता सुशिलाकाे”

मेरो तेस्रो नेत्र खुलेको छ

मेरो तेस्रो नेत्र खुलेको छ । म देवी देवताहरुसँग कुरा गर्न सक्दछु । मलाई कविता लेख्न आउदैन थियो । अरु साथीहरुले कविताहरु लेख्न थालेपछि मलाई पनि कविता दिनुस भनेर शिवजीसँग मागें ।अनि मलाई कविता आउन थाल्यो । आज कृष्णजीले पनि कविता दिनुभयो ।

कति पढ्छौ कविता लेख्ने पनी गर ।

कति हाँस्छौ तिमी व्यथा पोख्ने पनी गर ।।

मरेर जानू छ एक दिन गर्छन् तेरो र मेरो ।

मरेर लानु छैन केही बाँचुन्जेल सबै मेरो ।। Continue reading “मेरो तेस्रो नेत्र खुलेको छ”

जया श्रेष्ठ मार्फत

on 20160801 Jaya Shrestha

आज बिहान मेरो ममीलाई दाँत बनाउन जाने प्लान थियो तर एक्कासी राधाकृष्ण मन्दिरको याद आयो । अनि म दिउँसो दाँत बनाएर राधाकृष्णको मन्दिर गए । त्यहाँ जाँदा लाखे बनाएर राखेको रहेछ किन कि आज घन्टाकर्ण रहेछ जुन दिन नेवार समुदायको लुतो फ्याँक्ने दिन हो अनि म र ममी मन्दिर भित्र गएर दर्शन गरे अनि कृष्णजीले आशिर्वाद छ भन्नू भयो र तिमीहरू यहाँ धेरै बेर नबस भनेर भन्नू भयो र मैले ममीलाई भनेर त्यहाँबाट निस्केर स्कुटर चलाएर घर तर्फ फर्कदै गर्दा स्कुटरमा भन्नू भयो मैले तिमीलाई आज किन बोलाएको थाहा छ भनेर सोध्नु भयो । मैले अह भनेर भने । उहाँले भन्नू भयो यो संस्कार मान्छेले बनाएको हो जुन कुरा भुत प्रेतलाई बोलाउनु हुदैन भनेर भनेको छु तर यो संस्कारमा भुत प्रेत बोलाएर रोग पन्छाउने भनेर मानेको छ । तर यो संस्कारमा भुत प्रेतलाई बोलाई राखेको छ र रोग निम्त्याएको छ । यदि कसैले मलाई चिनेको छ भने म उसकाे साथ दिन्छु हैन भने जो यस्तो संस्कार मान्छ र यस्तो संस्कारको पछि लागेर हिँड्छ भने मेरो पनी केही उपाय लाग्दैन र अकाल मृत्युलाई रोक्न सक्दैन।।

धन्यवाद ।।

तपाईंहरुलाई यस बारेमा बुझ्न मन भएमा यहाँ गएर क्लिक गर्नु होला ।।

यो ज्ञानको झोली

किताब निकाल्ने झिल्केले, ब्रह्मज्ञानीको छ ताल यस्तो ।

कोहि अझै अाँखा बटार्ने,भएन है तयारी भनेको जस्तो ।।

जानू छ धेरै टाढा फर्कने बाटो बिर्सने गरी ।

माया मोह सब त्यागी सदाशिव पुग्ने गरी ।।

अाऊ ब्रह्मज्ञानी ब्रम्हको किताब खोली ।

बुझौ ब्रह्मको सन्देश भरौं यो ज्ञानको झोली ।।

Click here

 

 

 

 

शिवजीलाई पाछौ शिवजीलाई अझै कोट्याएर चिन

म ब्रह्मज्ञानमा अाएर अध्ययन र अभ्यास गर्न थाले पछि मेराे पनि तेस्राे नेत्र खुल्न थाल्याे । म हरेक दिन देवीदेवताहरू सँग कुराकानी गर्न थालेँ । एक देन शिवजी सँग कुराकानी गर्ने थाल्दा यस्ताे भन्नु भयाे ।

१. सुरूमा तिमीहरु आउदा कस्तो थियौ र अहिले  कस्तो छौ ऐना हेरेर त्यो छुट्याउन  सक्छौ |

२. हरेकमा बसेर मैले संसार चलाको तर मैले घमण्ड गर्न मिल्दैन |

३. शिवजीलाई पाछौ शिवजीलाई अझै कोट्याएर चिन |

४.तिमीहरुले यसरी चिन्दिएकोले मसँग अहिले बोल्न पाछौ तर तिमीहरुले मलाई नचिन्दा तेती बेला       मलाई पनि गाह्रो थियो |

 

म देवीदेवताहरुसँग कुरा गर्न सक्दछु

मेरो तेस्रो नेत्र खुलेको छ । म त्यस तेस्रो नेत्र मार्फत म देवीदेवताहरुसँग कुरा गर्न सक्दछु । आज मलाई शिवजीले एउटा कविता दिनु भएको छ र मलाई शिक्षा दिनु भएको छ । यो सबैलाई बाड्न चाहन्छु 

 हेर न हेर हे कान्छी, गुराँस फुल्यो वनैमा । 

तिम्रो र हाम्रो भेट भयो, झिल्केको आगनैमा ।। 

कतिहो रमाईलो, जीवनको रस यो । 

पिउनलाई कस है, तिमी अब कम्मर यो ।।  Continue reading “म देवीदेवताहरुसँग कुरा गर्न सक्दछु”

मलाई शिवजीले दिनु भएको

माया, प्रेम, तृष्णालाई आजैबाट छोडी देऊ | 

पार लाग्छ जीवन तिम्रो, मोहबन्धन तोडिदेउ || 

कल्याण हुन्छ जीवनको, सदाशिव पुगेपछि | 

भवसागर पारलाग्छ, सदाशिव बुझे पछि  ||

 यो मलाई शिवजीले दिनुभयको अझै अरू हेर्नुहाेला ।

शिवजी सधै २२ बर्षको हुनुहुन्छ

शिवजी सधै २२ बर्षको हुनुहुन्छ । यस्तो शिवजिलाई देख्न सकिन्छ। शिवजिलाई प्रत्क्षय देख्नको लागि मानिसको तेस्रो नेत्र हुन्छ । जस्लाई खोल्न सकिन्छ। सुरुमा तेस्रो नेत्र अस्वस्थ हुन्छ। त्यसलाई उपचार गरेर स्वस्थ बनाउन सकिन्छ र स्वस्थ तेस्रो नेत्र मार्फत हामीले प्रत्क्षय शिवजीको दर्शन गर्न सकिन्छ।। Continue reading “शिवजी सधै २२ बर्षको हुनुहुन्छ”