ब्रह्मज्ञानमा मैले बुझेकाे

आज सम्म हामीले जीवन भनेको खाने,लगाउने,सम्पती कमाउने,घर घडेरी जोड्ने,बिबाह गर्ने,छोराछोरी पाउने,हुर्काउने,पढाउने,ठूलो मानिस बनाउने,समाजमा ईज्जत् कमाउने र नाम कमाउने यी सबै कुरालाई नै जीवन हो भन्नतिर लाग्यौं।हुन त जीवनको यात्रालाई अगाडि बढाउन यी कुराहरूको आवस्यकता पर्दछ तर यो आवश्यकताले जीवनलाई पुर्ण भने बनाउदैन । त्यसैले यो जीवन र जीवनको यात्रा अपुर्ण छ ।

मानिसले यो जीवनलाई मात्रै जीवन हो मरेपछी सबै सकियो भन्ठानेका छन । तर वास्तवमा मरेपछिको जीवनपनि हुँदा रहेछन् । मानिसको शरीर तीन शरीर तीन शरीर मिलेर बनेका हुँदारहेछन । (१)स्थुल शरीर(२)लिङ्ग र (३)आत्मा शरीर । मानिसको मृत्युुमा स्थुल शरीर(हाड,रगत,नसा र मासुले बनेको)को मात्र  त्याग भएको हुन्छ तर लिङ्ग शरीर र आत्मा शरीर भने जिबितै हुन्छ । मरे पछिको जीवन झनै खतरनाक,डरलाग्दो र दु:खकष्टले भरिएको हुँँदोरहेछ । यो दु:खकष्टको जीवनलाई हाम्रो शास्त्रमा भवसागर भनेर भनिएको छ । अब यो भवसागरबाट पार कसरी लाग्ने भनेर हामीले जीवितै रहेको अवस्थामा बुझ्न अति आवश्यक छ । त्यसैले हाम्रो जीवनको प्रमुख उद्देश्य नै मरेपछिको जीवनबाट कसरी पार लाग्ने हो भन्ने तिर लाग्नु पर्दछ । हामीले खाने,लगाउने,कमाउने र रमाउने मात्रै नभै यो जीवन जीउनुको प्रमुख उद्देश्य भवसागर बारेमा जान्नु र बुझ्नु हो।जानेर बुझेर मर्नु नै जीवनको पुर्ण यात्रा हो ।

This post is also available in: English

Leave a Reply