कविता सुशिलाकाे

मेरो तेस्रो नेत्र खुलेको छ |म ब्रह्मज्ञानी भगवानहरुसँग दोहोरो कुरा गर्छु |आज म एउटा कविता पोस्ट गर्न    लागेकीछु |यो कविता शिवजीले मेरो जन्म दिनको दिनमा २०७३ -४ -३ गते दिनुभएको थियो |भगवान हुनुहुन्छ भन्ने कुरा सत्य हो र यस दिन मलाई धेरै साथ दिनुभएको थियो |

 

शिवजी हुने भए सबैका पासा |

अब कोही पनि नहोऊ निरासा ||

अतितका कुरालाई राख टाढा |

अब कम्मर कस सबै गाढा ||

ब्रह्मज्ञानको ज्योति उज्यालो पार |

भवसागर बुझी पितृ तार ||

ओझेलमा नपर आउ साथ |

शिवजीको नजिक होऊ पाथ ||

आफन्तले मुन्टो फर्काएर गए |

राम्रो भन तिमी झन् मतिर आए ||

तिमी मेरो बाटोमा लाग्यौ |

यसको प्रमाण राम्रोसंग दियौ ||

अब बढ अगाडी आएर |

साथ मैले सधैं तिमीलाई दिएर ||

चटक्क परि हिंड तिमी सधैं |

त्यही मौकामा म हुन्छु सम्मै ||

 

 

This post is also available in: English

Leave a Reply