जया श्रेष्ठ मार्फत

on 20160801 Jaya Shrestha

आज बिहान मेरो ममीलाई दाँत बनाउन जाने प्लान थियो तर एक्कासी राधाकृष्ण मन्दिरको याद आयो । अनि म दिउँसो दाँत बनाएर राधाकृष्णको मन्दिर गए । त्यहाँ जाँदा लाखे बनाएर राखेको रहेछ किन कि आज घन्टाकर्ण रहेछ जुन दिन नेवार समुदायको लुतो फ्याँक्ने दिन हो अनि म र ममी मन्दिर भित्र गएर दर्शन गरे अनि कृष्णजीले आशिर्वाद छ भन्नू भयो र तिमीहरू यहाँ धेरै बेर नबस भनेर भन्नू भयो र मैले ममीलाई भनेर त्यहाँबाट निस्केर स्कुटर चलाएर घर तर्फ फर्कदै गर्दा स्कुटरमा भन्नू भयो मैले तिमीलाई आज किन बोलाएको थाहा छ भनेर सोध्नु भयो । मैले अह भनेर भने । उहाँले भन्नू भयो यो संस्कार मान्छेले बनाएको हो जुन कुरा भुत प्रेतलाई बोलाउनु हुदैन भनेर भनेको छु तर यो संस्कारमा भुत प्रेत बोलाएर रोग पन्छाउने भनेर मानेको छ । तर यो संस्कारमा भुत प्रेतलाई बोलाई राखेको छ र रोग निम्त्याएको छ । यदि कसैले मलाई चिनेको छ भने म उसकाे साथ दिन्छु हैन भने जो यस्तो संस्कार मान्छ र यस्तो संस्कारको पछि लागेर हिँड्छ भने मेरो पनी केही उपाय लाग्दैन र अकाल मृत्युलाई रोक्न सक्दैन।।

धन्यवाद ।।

तपाईंहरुलाई यस बारेमा बुझ्न मन भएमा यहाँ गएर क्लिक गर्नु होला ।।

This post is also available in: English

Leave a Reply