बिहान अलि छिटो उठी हनुमान चालिसा पढ्ने क्रममा ब्रह्मज्ञानी भगवानहरु शिवजी, दुर्गा माता, कृष्णजी, ब्रह्माजी, सरस्वती माता, लक्ष्मी माता र भद्रकाली माता पालैपालो आई दर्शन दिनु भयो । त्यसै बेलामा शिवजीले बाघको छाला लगाएर एउटा हातमा डम्मरु अर्को हातमा त्रिशुल लिनुभएको थियो। शिवजीले पाउमा काठको चप्पल र कल्ली लगाउनु भएको थियो र म त्यही शिवजीको कल्ली हेरी टोलाईरहेको बेलामा दिनुभएको कविता
*) बिहानै सबेरै उठी शिवजीको, कल्ली हेरी म टोलाउंदा
माताको दर्शन पाई सुरिलो स्वरमा, सजना भनि बोलाउंदा
कति आनन्दको रहेछ जिवन कृष्णजीको, मुरलीको धुनसँग रमाउंदा
अनौठो आभास हुँदो रहेछ ब्रह्माजीले, ताते ताते भन्दै हात समाउंदा
*)सरस्वती माता आई लेख भनि, केही कुरा लेख्न लगाउंदा
मसँग भएको वीणा र पुस्तक तिम्लाई हो भनि, हातमा थमाउंदा
अष्टलक्ष्मी आएकी हुँ भनि, विजयको माला लगाईदिँदा
सधैं तिम्रो लागि खुल्ला छ है मन्दिर भनि, भद्रकाली माताआई भनिदिँदा
# शिवजी म को हुँ र मेरो जात के हो ? भनेर सोध्दा शिवजीले कविता मार्फत दिनुभएको उत्तर
मान्छे हेर्दा बाहुनी भन्छन्, फेशन हेर्दा लन्डनबाट आकी अरे
मन्थन गरी निकालिएकी, त्यही दुध र दहिकी नौनी हो रे
मान्छे हेर्दा बच्चै लाग्छ, ब्रह्माज्ञानको खानी छ रे
त्यही ब्रह्माज्ञान सिक्नकै लागि, ध्यान अनि मनन् चाहिन्छ रे
# २०७३ मङ्सिर ११ गते शनिबारको दिनमा ब्रह्मज्ञानको क्लासमा सैब्या जोशी बैनीले सदाशिव र कैवल्य मुक्तीको अनुभव गर्ने बेलामा शिवजी,दुर्गामाता र अन्य ब्रह्मज्ञानी देवीदेवताहरुसंग आखा बन्द नगरीकन प्रत्यक्ष दर्शन,कुराकानी र छोएर गरेको अनुभब देखेर मलाई पनि तेस्तै अनुभब गर्न मन लगेर केही भावहरु कवितामार्फत ब्यक्त गरेको छु ।
न धर्मले बताउंछ, न बिज्ञानले बताउंछ
मुटुभित्र शिवकै प्यार छ, कसले पत्याउंछ
साच्चै यो दुनियाँमा रैछन, ब्रह्मज्ञानी शिव
भनिदिनुन ए मनकामना माता, हजुरको यादले किन सताउंछ
रहर लाग्छ अधुरा यी, सपनाहरु पुरा गर्न
हजुरको नै चर्चा गरी, हुन्थ्यो शिव पाए मर्न
ब्रह्मज्ञान उब्जाउनलाई, मन छ शिव बिउ छर्न
जे गर्ने हो गर्नुस प्रभु, लागे मत भर पर्न
तिम्रो न्यानो अंगालोमा, सधै भरि रम्ने मन छ
अघिपछि हात समाई, तिमी सँगै घुम्ने मन छ
ब्रह्मज्ञानकै चर्चा गरी, संसार भरि डुल्ने मन छ
सदाशिव प्रत्यक्ष हुनुहुन्छ भनि, ज्ञानको बिगुल फुक्ने मन छ
साट्न सक्छौ माया प्रेम, तर जबरजस्ती कर हुँदैन
शिवजीलाई भेटेपछि, समाजको डर हुँदैन
ब्रह्मज्ञानी भैसक्दा, धर्म जात र थर हुँदैन
जति बेला पनि आउन सक्छ मृत्यु, जिन्दगीको कुनै भर हुँदैन
दुईदिन बाच्ने जिन्दगी हो, हासीखुशी बाच्न सिकौँ
ब्रह्मज्ञानले खान दिन्छ, ज्ञानकै भण्डार साच्न सिकौँ
शिवजीलाई मन पर्छ रे, गाउन अनि नाच्न सिकौँ
झुक्याउनलाई आउन सक्छन्, मै भगवान हुँ भन्दै
काटकुट गरी तिनीहरुलाई, भगवान को हो भनि जाच्न सिकौँ
न त यो ज्ञान घटाउन मिल्छ, न त यो ज्ञान हटाउन मिल्छ
ब्रह्मज्ञान पढेर नै, दिनरात कटाउन मिल्छ
ब्रह्म भन्ने ठाउँ पनि, अचम्मैको रैछ शिव
आफूलाई दु:ख दिने, भुत प्रेत पितृ सबै
तेस्रोनेत्र खोलेकाहरुबाट ब्रह्म पठाउन मिल्छ
कुटुकुटु खान्छ मुटु, तिमी टाढा हुँदा खेरी
खिस्स हाँसी टारीदिन्छौ, बलिन्धरा रुँदा खेरी
अर्कै संसारमा पुग्दो रैछु, शिव म त
त्यो तिम्रो कोमल पाउ समाई, ढोग्न पाउंदा खेरी
This post is also available in: English