शिवजीसंग प्रश्न उत्तर कविता मार्फत

अजालाई नमस्कार !अजीलाई नमस्कार !!र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई पनि मेरो नमस्कार!!!यो कविता मलाई शिवजीले दिनुभएको हो।जुन कवितामार्फत शिवजीको र मेरो प्रश्न उत्तर भएको छ ।शिवजीले अजालाई जिम्मेवार सुम्पिनु भएको छ।  झिल्के तिमीले डोर्‍याईदियौ भने अगाडि बढ्छ ।यसको पिर नगर है भन्न खोज्नुभएको छ।मलाई धेरै कुराहरु सम्झाउनु भएको छ ।मलाई जिवन साथी कस्तो रोज्ने भन्ने कुरा समेत शिवजीले भन्नुभएको छ । तिमीले जहिले, जुन बेलामा बोलाउंछौ म त्यही बेला तिम्रो सामु हाजिर हुन आउँछु भन्नु भएको छ ।हाम्रो घर किन्ने बेलामा पनि शिवजीले आफै हेर्न गएर घर रोज्दिनु भएको हो। घर किन्ने बेलामा पनि मैलै शिवजीसँग शिवजी घर किन्ने पैसा पुग्दैन होला जग्गा बेचिदिनु भनेको  थिए उहाँले हुन्छ भन्नुभयो र पछि शिवजीले भनेको मुल्यमा जग्गा बिक्री पनि भयो। यिनै कुराहरुलाई नै कवितामा प्रस्तुत गरेकी छु।

शिवजी: ब्रह्मज्ञानको बाटो राम्रो संग डोर्याइदियौ भने,अगाडि बढ्न सक्छ ।

किन पिर गर्छौ र झिल्के यसको, एउटा न एउटा लुठाले त लगीहाल्छ ।।

 

एम. ए. पास भएको मात्र होइन सजना, समान बिचारको रोज्ने गर ।

कहिल्यै पनि पछाडि नफर्किए है सजना,सधैं अगाडि बढ्ने गर ।।

 

ब्रह्मज्ञानलाई माटो सँग मिलाउने काम, नगर है कहिल्यै पनि ।

जहाँ बोलाउंछौ, जुन बेला-जस्तो अवस्थामा बोलाउंछौ, आउंछु जहिले पनि ।।

 

ब्रह्मज्ञानी जस्तो साथी खोज्न गए ,अरु कहाँ पाईन्छ र ।

अनुशासनमा हिड्ने गरन सजना तिमीलाई , लाइसेन्स किन चाहिन्छ र ।।

 

अस्ति कुरा कोटाएकी थियौ, कस्तो खालको लाइसेन्स खोज्यौ ।

टेम्पोररी हो कि परमानेन्ट हो, कि घरजम बसाल्ने केटो रोज्यौ ।।

 

सजना: अजा ले नै भन्नुभथ्यो, एम. ए. पल्स समान विचार को रोज्ने गर्नु ।

पाँच ओटा नियम हजुरलाई थाहा नै छ शिवजी, त्यहि भित्रको खोज्ने गर्नु ।।

 

शिवजी: कहिले सम्म चाहिएको हो सजना, त्यो मलाई भन्दै गर ।

पाँच ओटा नियम भित्र को केटा पाइएन भने, म सँग माया लगाउने विचार छ र ?

 

सजना: हजुरको साथ पाएपछि, अरुको साथ किन चाहियो ।

अब भने ढुक्क भए, शिवजीको साथ सधैं पाइयो ।।

 

शिवजी: अरु प्रश्न केही छ र सजना, सोध्न मन छ भने सोध्ने गर ।

त्यो घर किन रोजेकी हौ, त्यो मलाई भन्ने गर ।।

 

मै गएको थिए त्यो घर हेर्न, ढुक्क भए हेरेपछि ।

थाहा पायौ हुँदो रहेछ नि त प्रगति, सधैं मेहनत गरेपछि ।।

 

सजना: हजुरकै त हो त्यो घर सधैं, रेख देख गर्ने गर्नु ।

जग्गा बिक्री गर्नुपर्ने छ शिवजी, अब मेसो मिलाउंदै गर्नु ।।

 

शिवजी: हुन्छ सजना हरेश नखाऊ, मान्छे लगाउंछु दिन आएपछि ।

घरमा भुत पालेर बसेकी छौ, मिलाउंछु मेसो त्यसलाई पाठए पछि ।।

 

सजना: कता पठाउने हो शिवजी, ब्रह्म पठाउन नपाई फर्किहाल्छ ।

जिउंदो छदा त कहिल्यै सुख दिएन शिवजी, अझै पिछा लाईरहन्छ ।।

 

शिवजी: यहि कुरा त बुजाउन खोजेको छु, कस्ती लाटी भएकी तिमी ।

ब्रह्मज्ञानको कुन अंश भित्र छैन र, भुत प्रेतहरुले दु:ख दिन्नन भन्नी ।।

 

नागहरुले दु:ख दिई, मृत्युको मुख बाट फर्केकी हौ ।

मैले र झिल्केले भनेको मान्ने भित्र, एक नम्बरमा नै परेकी हौ ।।

 

समाजको बन्धनबाट मुक्त हुन, तिमीले बोइज़ कट गरेकी हौ ।

त्यहि कारणले गर्दा सधैं, सजना डिसकाउन्टमा नै परेकी हौ ।।

 

सजना: हजुर हुनुहुन्छ भनेर चिनाउने, मेरो कुन पोस्टमा छ नाम ।

के गर्नु पर्ने हो, सदाशिव हुनुहुन्छ भनेर भन्ने हो त मेरो काम ।।

 

शिवजी: कसैको कुरा काट्दिनौं सजना, कसैलाई नराम्रो भन्दिनौं ।

यहाँ भन्दा धेरै काम गराए भने मैले, मान्छौ की मान्दिनौ ।।

 

मलाई पनि तिमी चाहिंन्छौ ,झिल्केलाई पनि तिमी ।

जोश्नालाई पनि तिमी चाहिंन्छौ र सुशिलालाई पनि तिमी ।।

This post is also available in: English

Leave a Reply