काम गाह्राे छ

काम गाह्राे छ । क्लासमा उल्टाे पाल्टाे कुरागरेर बस्नु पर्ने परिस्थिती अाइपर्छ । भर्खरै नयाँ अाएकाहरूले के साेच्लान् भन्ने डर लाग्छ । तरवारकाे धारमा हिडे जस्ताे छ । नबुझिकन बिराेध गर्नेहरूले कुनै कसुर बाँकी राख्दैनन् । हाम्रा बारेका भन्नु सम्म भनिसके । कसै ले त पुलिस पठाउन पनि भ्याए । ब्रह्मज्ञान एकातिर छ भने क्लासमा घरव्यवहार कुरा सुनेर बस्नु पर्छ । घर व्यवहार कुरा नसुन्ने हाे भने ब्रह्मज्ञान सिक्न काेहि अाउने वाला छैनन् र व्यवहार नमिले कसैले ब्रह्मज्ञान बुझ्ने सम्भव छैन । क्लासमा समय हुँदैन । तर पनि यस्तै जानी नजानी गरेका कामले पनि रिजल्ट दिएकाे हुन्छ । ति रिजल्टले खुसि लाग्छ र अझै अगाडि बढ्न हाैसला मिल्दछ । नत्र भने हैट यस्ताे कुरा सुन्ने काम गरेर बस्नु हुँदैन भन्ने लाग्छ कहिले कहिले । अाफुले गरेका कामहरू सफल भएकाे देखेर खुसि लाग्छ र सबै दुःखहरू बिर्सन मन लाग्छ । केहि दिनकाे रिजल्ट अनुसार रेइनाले स्पेनमा विरामी हुँदा भए पनि स्वस्थ तेस्राे नेत्र खुलेकाे र सबै भगवानहरूकाे दर्शन पाएकाे र रबिले पनि भगवान देखेकाे भन्ने सुनेर खुसि लाग्याे, सबै दुःख बिर्सियाे र रबिले गरेकाे झगडाबाट पाएकाे पिडा पनि केहि कम हुँदाे रहेछ । नत्र मलार्इ सँधै राधा र सारदा, बिष्णुलाइ देख्दा रबि काे याद अाउँछ र भित्र भित्र लाज लाग्छ । रबिकाे कारणले रबि रेइना दुबैलार्इ बस्ने ठाउकाे समस्या पर्याे ।  रेइनाले बस्ने ठाउकाे कुरा गरे पछि माइजुकाे मन पग्लिएछ र  माइजु ले म सँग पनि  सुशिला कहाँ बस्न मिल्छ कि भन्ने चर्चा चलाउनु भयाे । सुशिला, अमृतले पनि महान भएर रबिकाे कार्यलार्इ बिर्सिदिए  । रेइना र रबि त्यहाँ बस्न थाले । त्यसै ले गर्दा रेइना र रबिले गहिरिएर बुझ्ने माैका पाएका थिए । कहिले कहिले ब्रह्मज्ञान मलाइ निल्नु न अाेकाल्नु भएकाे अनुभव हुन्थ्याे । तर पनि रेइनाकाे, रबिकाे सफलताले खुसि लागेकाे छ । हिजाेकाे क्लासमा रति श्रेष्ठ ले पनि  भगवान देखेर गणेश जी सँग नाचिन्, खुसि भइन् । हामी सबै खुसि भयाैँ । म त झनै खुसि छु, अझै म जस्तै पागलहरू थपिदैछन् भनेर । सृष्टिकाे लुकेर बसेकाे रहस्य, मानव जातिकाे लुकेर बसेकाे क्षमतालाइ यति स्पष्ठ गरेर देखाउन सफल भइयाे । कहिले कहिले इर्स्या लाग्छ । मैले गरेकाे अनुभव भन्दा पनि बढि गरेकि भनेर । हुन पनि मैले तेस्राे नेत्र खुलाउदा यसरी नाचेर बस्ने फुर्सद थिएन । चारै तिर भुत प्रेतले घेरेर दुःख दिइरहेकाे वेलामा भगवान देखेकाे थिएँ । सुन्तला खान दिनुस भन्ने त यादै भएन । मत झन झगडा गर्न तिर लागेँ । तँ यहि रहिछस् त तलाँइ खाेज्न यति वेर लाग्याे, यस्ताे गाह्राे भयाे, धन्नै मरेकाे थिएँ भनेर गुनासाे गर्न तिर लागेकाे थिएँ । जे हाेस तिनै मेरा अतितका दुःखका क्षणहरूले अाज सजिलै सँग भगवान भेट्न पाइने हुन थाल्याे । यस्तै अनुभव गर्न पाइयाेस् भन्नेहरू थपिन थाले । ब्रह्मकाे र सदाशिवकाे अनुभव गर्ने चाहना २ दिन अाएका हरूले पनि गर्न पाम भन्न थालेछन् । खुसि लागेकाे छ ।

This post is also available in: Nepali

Leave a Reply