२०७४/०७/२५ गते मनकामना दर्शन

यहि कार्तिक २५ गते कमल्स फ्याबुलस परिवार मनकामना माताको निमन्त्रणा स्वीकार गरि दर्शन गर्न गएका थियौं।कमल्स फ्याबुलसको लेखक र अनुसन्धान कर्ता डाक्टर कमल मान श्रेष्ठ ,डाक्टर इन्दु श्रेष्ठ सहित हामी ११० जना ३ वटा पर्यटक बसहरु रिजर्भ गरेर गएका थियौं।बिहान मनकामना माता हाम्रो क्लिनिकमा हामीलाई लिन आउनुभएको थियो र हामीसंगै यात्रा गर्नुभयो।भगवान हुनुहुन्छ,देख्न सकिन्छ र उहाँ संग दोहोरो कुरा पनि गर्न सकिन्छ।यसको लागी मानिसमा एउटा यन्त्र चाहिन्छ त्यो हो स्वस्थ तेस्रो नेत्र।मैले पनि मेरो स्वस्थ तेस्रो नेत्रद्वारा मनकामना माता हामीलाई लिन आउनुभएको देखेको हो।भगवानहरु चेतनाको शरीर हुन्छ। जाँदा बाटोमा बसमा भगवानहरुसंगत रमाइलो कुराकानी गर्दै गयौं।केबुलकार चढ्ने क्याफे नजिक पिक्निक स्थलमा पिक्निक पनि खायौं,नाच्यौ र निकै रमाइलो गरियो। त्यसपछि ३ घन्टा लाइनमा बसेर मनकामना माताको मन्दिरमा पुग्यौ।गएका मध्ये ८० प्रतिशतले तेस्रो नेत्रद्वारा मनकामना मातालाई देखेर दोहोरो कुराकानी गर्नुभयो।त्यस दिन मनकामना माताले रातो साडी ,रातो ब्लाउज,हातमा रातो र सुनको चुराहरु,निधारमा सादा तर अलि ठुलो टीका लगाउनुभएको थियो। Continue reading “२०७४/०७/२५ गते मनकामना दर्शन”

मनकामना माताकाे सन्देश

ब्रह्मज्ञानी शिवजी कि जय । उहाँलार्इ जिम्मा दिदै देख्न सुरू ।

कार्तिक २५ गते २०७४ सालमा पाेखरा बाट सबै ब्रह्मज्ञानी साथीहरू मनकामना माताकाे दर्शन गर्न, मन्दिर परिसरकाे सरसफाइ गर्न र त्यसै माैकामा क्षमता भएकाहरूले माता सँग प्रत्यक्ष कुरा गर्न भनेर अाएका थिए । म पनि अवसरमा सहभागी हुन भनेर मेराे घर चितवन, पदमपूर बाट गएकाे थिएँ ।  त्यस दिन सबै साथीहरू सँग जम्मा भएर माताकाे दर्शन गरियाे  । तर म धेरै बेर बस्न पाइन र म छिटै फर्केँ । घरमा अाए पछि माता सँग कुरा गरेँ र केहि अनुभवहरू लेख्दैछु ।

माताले भन्नु भयाे । Continue reading “मनकामना माताकाे सन्देश”