मनकामना माताकाे सन्देश

ब्रह्मज्ञानी शिवजी कि जय । उहाँलार्इ जिम्मा दिदै देख्न सुरू ।

कार्तिक २५ गते २०७४ सालमा पाेखरा बाट सबै ब्रह्मज्ञानी साथीहरू मनकामना माताकाे दर्शन गर्न, मन्दिर परिसरकाे सरसफाइ गर्न र त्यसै माैकामा क्षमता भएकाहरूले माता सँग प्रत्यक्ष कुरा गर्न भनेर अाएका थिए । म पनि अवसरमा सहभागी हुन भनेर मेराे घर चितवन, पदमपूर बाट गएकाे थिएँ ।  त्यस दिन सबै साथीहरू सँग जम्मा भएर माताकाे दर्शन गरियाे  । तर म धेरै बेर बस्न पाइन र म छिटै फर्केँ । घरमा अाए पछि माता सँग कुरा गरेँ र केहि अनुभवहरू लेख्दैछु ।

माताले भन्नु भयाे ।

म मनकामना माता हुँ । मलाई सबैले मनको इच्छा पूरा गराई दिएको भएर मेरो नाम मनकामना राखिएको हो ।  ब्रह्मज्ञानीहरु यस मन्दिरमा आएर मेरो चर्चा गर्दा म ज्यादै खुसि छु । आज सम्म मेरो पुजा गरे तर मेरो वर्णन गर्न सकेका थिएनन् । तर जति सक्दो ब्रह्मज्ञानलाई अगाडी बढाउन हामी भगवानहरु लागी परेका छम् ।

ब्रह्मज्ञानीले मेरो रुपको वर्णन गर्दा हामी भगवानहरु अत्येंत खुसिले रमाई रहेका छम् । यसरी ब्रह्मज्ञानीहरु वेलावेलामा आउनमा मन मनकामना  माताले आग्रह गर्दछु । ब्रह्मज्ञानको चर्चा भनेको गोर्खा जिल्लावासीलाई आवश्यक छ । आतंककारी गोर्खाबाट निस्केको थियो भने अन्त्य पनि गोर्खाबाट गर्नु पर्नेछ । त्यसैले म त्यस मनकामना मन्दिरमा ब्रह्मज्ञानीहरु आएको देख्न चाहन्छु  । झिल्केलाई मेरो यो संदेश हो । झिल्केले आफु संग जो admission हुन्छ, तिनीहरु लाई मेरो पनि दर्शन गर्न जाऊ भन्ने हो । कृष्ण तिमीले यो message झिल्के लाई सुनाई देऊ ।

ब्रह्मज्ञानीहरु संग खुसि छु र साथमा हुनेछु र रहने छु झिल्के  ।

सबै ब्रह्म ज्ञानी हरु लाई मेरो आशिर्वाद ।

 

This post is also available in: Nepali

2 thoughts on “मनकामना माताकाे सन्देश”

  1. मनकामना माताकी जय जय जय हजुरलाइ धेरै धेरै धन्यवाद माताको खबर ल्याइदिनु भयको मा

  2. मनकामना माताको मन्दिरमा गयर उहाँलाई प्रत्यक्ष देखेर दोहोरो कुरा गर्न पाउदा म पनि अति खुशी छु।कृष्ण दिदि मार्फत केहि खबर भन्नुभएकोमा मातालाई कोटि कोटि ढोग छ।दिदिलाई धन्यवाद।यहाँसम्म दोहोराउनु हुने सर र म्याडमलाई हृदयदेखी धन्यवाद।
    मनकामना माताकी जय!!

Leave a Reply