हस्पिट्ल बस्दा ब्रह्मज्ञानी देबदेवता हरु सँग को मिठो अनुभब्:

सदा शिब जि कि जय्
दुर्गा माता कि जय्
हनुमान जि कि जय्
सर म्याम हजुर हरु लगायत सम्पूर्ण ब्रम्हज्ञानी साथी हरु लाई नमस्कार
मेरो गएको हप्ता को शुक्रबार अप्रेशन भएको थियो ।त्यो दिन को अनुभब सुनाउन मन लागेको थियो ।तर यो अनुभब लेख्ने मेसो पाएकी थिइन ।आज त्यो मिठो अनुभब सुनाउन चाहन्छु । मेरो अप्रेशन गरेर होस मा आउँदा साडे छ घण्टा भैसकेको थियो र मेरो पेट मा ४ ठाउ मा टाका लगाएको थियो । निकै कम्जोर भएकी थिए ।पिसाब नभएको ले डाक्टर ले मलाई घर जान दिएन र रबी लाई घर पढाइ थियो ।मलाई गाह्रो भएको थियो महिले मनमनै हनुमान चलिसा पढे ।घरि घरि ब्रम्ह्ज्ञान पनि पढे मनमनै सबै ब्रम्ह्ज्ञानी देबदेवता लाई सम्झिए निकै रात भैसकेको थियो ।मेरो ओरिपरी थुप्रै बिरामी थिए ।ति मध्य एकजना बुढिआमा दुखेर निकै चिच्चाएर रोएकी थिइन ।तेही भएर पनि निद्रा लागेको थिएन । निदाउने कोसिश गर्दै थिए घरि रबी को आवाज मा केहि बोले जस्तो गरी आउछ घरि मलाई भेट्न आउनु भएको दिदी को आवाज मा रिसाउदै आउछ ।तर म वास्ता नगरि सुत्ने प्रयास गरिरहे एक्कासी कसैले मलाई माया गरेको अनुभब गरे,सपना होला भनेर वास्ता गरिन फेरी गणेश जि को सुड उढाएर माया गरेर छोए जस्तो लाग्यो तर पनि मेरो भ्रम होला जस्तो लाग्यो र म फेरी निदाउने कोसिस गरिरहे तेही बेला मा हनुमान जि ले अलि हिम्मतिलो निडर अनि बलियो पारामा न आतिउ हामी तिम्रो ओरिपरी छम है भने जस्तो लाग्यो ।र एसो ध्यान दिएर बिचार गरेको त मेरो ओरिपरी सबै ब्रह्मज्ञानी देबदेवता हुनुहुन्थ्यो र मलाई आसिर्बाद दिनुभाको देखे र महिले कोटी कोटी ढोग गरे । र पनि मलाई अजै भ्रम जस्तो लागिरह्यो म द्ङ पर्दै हेरिरहे फेरी भद्रकाली माता ले मेरो टाउको मुसारेर माया गर्दै गार्हो भयो है तिमीलाई न आतिउ सबै ठीक हुन्छ त्यो दुख दिने मासु लाई फालेको होनी अब तिमीलाई पेट दुखाउने त्यो मासु नै छैन भन्दै सानो बच्चा लाई फकाए जस्तै गरेर मेरो आसु पुसेर आफ्नो काख मा लिनु भो घरि आफ्नो छाती मा टास्नु भएको थियो घरि मेरो टाउको मुसारीरहनु भएको थियो ।अनी शिव जि मुसुमुसु मुस्कुराउदै हेर्नु भाको थियो ।अनी महिले शिव जि लाई भने “शिब जि मलाई माया हजुर ले मात्र गर्नु हुन्छ होला त्यो पनि कुन्नी भनेको थिए तर आज मलाई माता ले यती माया गर्नु भयो कि मेरो खुशी को सिमा नै रहेन मलाई खुशी ले एक्दम रुन मन लाग्यो र माता को काख मा टासिएर रोए,माता ले फकाउदै आफ्नो कोमल ओठ ले चुप्प गर्नु भयो उहाले रातो लिबिस्टिक लगाउनु भाको थियो,लिबिस्टिक लगाएको ओठ ले छुदा चिप्लो हुनु पर्ने भनेर माता ले चुप्प गरेको ठाउ मा छोए तर चिप्लो थिएन फेरी माता लाईइ हेरे ,तर माता को ओठ म लिबिस्टिक थियो म छक्क परे,माता मुस्कुराइ रहनु भाको थियो ।एसो बिचार गरेर हेरेको त माता को ओठ नै रातो अनि टल्केको हुदो रहेछ ।म द्ङ पर्दै हेरिरहे घरि हनुमान जि घरि गणेश जि घरि दुर्गा माता मुस्कुराइ रहेको देख्छु ।साच्ची म हजुर हरु लाई देखेको होर ?हजुर साच्चै भद्र्काली माता होर ?यो सपना त होइन नि ? भन्दै अनेक प्रश्न गरिरहे !!! अनि माता ले अहिले कस्तो छ तिमीलाई भन्नु भयो मलाई निकै आराम अनि आनन्द भएको थियो,मैले हनुमान जि तिर हेर्दै थिए अनि हनुमान जि मुस्कुराउदै अब के प्रमाण चाइयो भन्नु भयो ।म तेतिकै ल ल यदी यो सबै सत्य हो सपना होइन भने त्यो बुढिआमा लाईइ रुन कराउन बन्द गर्दिनु बल्ल बिस्वाश हुन्छ भनेको त २ मिनेट मै ति बुडिआमा रुन छोडिन : र एसो ओरिपरी हेर्दा माता लगयत सबै देबदेवता बिदा भैसक्नु भाको थियो ।
मेरो खुशी को सिमा रहेन एक्लै हासी रहे ननिदाउदा सम्म सम्झेर हासिरहे,,,,,
भोली पल्ट खुशी हुँदै रबी लाईइ सुनाएको त राती रबी हनुमान जि सँग कुरा गर्दा सबै हिजो म सँग भएको कुरा देखाइ सक्नु भाको रहेछ । र मेरो अप्रेशन हुने कुरा पनि पहिले नै खबर आएको रहेछ्, साडे ६ घन्टा पछी होस आउछ न आतिउ पनि पहिले नै भन्नु भएको रहेछ्,मेरो पिसाप बन्द भाको अब ठीक हुन्छ भनेर पनि खबर दिनु भएको रहेछ ।यसरि हरेक पल हामीलाई साथ दिइरहनु भएको छ ।यो साथ्, यो माया, यो माता को न्यानो काख्, यो कोमल हात ,यो हमुमान जि ले दिनुभएको हिम्मत अनि निडरता को कमी कहिलै नहोस सधै हजुर ब्रम्हज्ञानी देबदेवता को साथ पाइ रहम । हजुर सम्पुर्ण ब्रह्मज्ञानी देबदेवता लाईइ मेरो कोटी कोटी ढोग अनि धन्यबाद्
धन्यबाद सर कमल मान श्रेस्ठ्,अनी म्याम इन्दु श्रेस्ठ जि हजुर हरु लाई :
भगवान पाउन भन्दा अगाडी को मेरो भगवान हजुर हुनुहुन्छ सर

This post is also available in: Nepali

Leave a Reply