मेरो सदाशिवको अनुभव

लेखकः पवन श्रेष्ठ, पाेखरा

मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग ! मामा-माइजु तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार !

मेरो नाम पवन श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न:१२ मा पर्छ । म यस ब्रह्मज्ञानमा आउनु भन्दा अगाडि मेरो अस्वस्थ तेस्रो नेत्र खुलेको छ भनेर मेरो श्रीमती(अनु श्रेष्ठ)को दिदी मार्फतबाट थाहा पाएँ । उहाले मैले भन्दा अगाडि नै ब्रह्मज्ञान बुझिसक्नु भएको हुनाले मलाई पनि उपचार र ब्रह्मज्ञान बुझ्ने आवशयक्ता छ भन्नु भएको थियो तर मैले वास्ता गरिन । एकदिनको कुरा हो म घरको आगनमा घाम ताप्दै थिए र अचानक मलाई मेरो ससुरा बित्नु हुन्छ भन्ने मनमा आयो जुन मैले सोच्दै सोचेको थिएन । सोहि दिनको दिउसो ससुरा बित्नु भयो ।

यो कुरा जब मैले दिदीलाई भने र उहाले मलाई ब्रह्मज्ञानको कक्षामा  मेरो अस्वस्थ तेस्रो नेत्र स्वस्थ बनाउन र ब्रह्मज्ञान बुझ्न जानु पर्छ भन्नु भयो र मैले पनि उहाको कुरा हो कि भनेर उहाहरुसंगै बुझ्न ब्रह्मज्ञानको कक्षामा गए । त्यहाँ गएर बुझ्दा मेरो पनि अस्वस्थ तेस्रो नेत्र खुलिसकेको रहेछ जसको उपचार त्यहाँ मात्र हुन सक्ने रहेछ । उपचार गर्दै जादा जब मेरो अस्वस्थ तेस्रो नेत्र स्वस्थ हुदै गयो त्यसपछि मैले भगवानहरुलाई देख्ने र उहाहरुसंग दोहोरो कुराकानी गर्न सक्ने भए । मेरो अस्वस्थ तेस्रो नेत्र स्वस्थ गर्नमा र भगवानहरुसंग दोहोरो कुराकानी गरिदिनु भएकोमा डा. कमल मान श्रेष्ठ(मामा), डा.इन्दु श्रेष्ठ(माइजु)लाई धेरै धेरै धन्यवाद तथा शुशिला श्रेष्ठ(दिदी)लाई र सम्पूर्ण परिवारलाई ब्रह्मज्ञानको कक्षा सम्म डोर्याइ दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु ।                                                                                                                ब्रह्मज्ञानको कक्षामा गएर ब्रह्मज्ञान बुझ्दै जाँदा ब्रह्म भन्ने ठाउँ हुदो रहेछ जुन हामीले जीवित हुदा अनुभव गर्न सकिदो रहेछ भन्ने थाहा पाएँ र मैले पनि ब्रह्मको अनुभव गर्न पाएँ । ब्रह्मको अनुभव गर्दा मैले ब्रह्ममा चारैतीर शितल-उज्यालो, शान्त-आनन्दको महसुस गरेँ । ब्रह्मको अनुभव गरेपछि मलाई सदशिवको पनि अनुभव गर्ने इच्छा जाग्यो र मैले सधै मन्दिरहरुमा शिवजी र माताहरुसंग सदाशिवको  अनुभव गर्न पाउँ भनेर मागिरहेँ र उहाहरुसंग सधै नजिकिदै गएँ र मिति २०७३/०८/२२ गते बुधबारको दिनमा ब्रह्मज्ञानको emergency क्लास भएको थियो जुन क्लासमा म पनि उपस्थित थिएँ । सो क्लासमा मामाले मलाई ब्रह्मकाे अनुभव गर्नकाे लागि अगाडि सिटमा बोलाउनु भएको थियो र मैले ब्रह्म पठाई सकेपछी हात जोड्दा शिवजीले सदाशिवको अनुभव गर्ने हो कि भनेर भन्नुभयो तर परिस्थिति अनुकुल नभएको भएर अर्को ब्रह्मज्ञानको  क्लासमा (२०७३/०८/२५ ) गराईदिन्छु भनेर मिति तोकि दिनुभयो ।

सदाशिव भनेको हामीले पढेको ब्रह्मज्ञान अनुसार कैवल्य मुक्ति पनि हो । कैवल्य मुक्ति भनेको म भन्ने भावनाको आवरणलाई त्यागेर आफु अव्यक्त अवस्थामा बिलिन हुनु हो जुन मैले जीवित अवस्थामा नै अनुभव गर्ने मौका पाएँ । जसले गर्दा म मरेर गए पनि मैले दुख, कष्ट नपाई बिलिन हुन सक्ने रहेछु भन्ने थाहा भयो । यो अनुभव मैले मिति २०७३/०८/२५ गते शनिबारको दिन डा. कमल मान श्रेष्ठ (मामा), डा. इन्दु श्रेष्ठ (माइजू) ले डोर्याई दिनुभएकोले गर्दा अवसर पाएँ ।

त्यस ताेकिएकाे दिनमा क्लासमा मामाले जब मलाई अगाडि बोलाएर हात जोड्न लगाउनु भयो । मैले हात जोडेपछी मैले शिवजीलाई देखें । शिवजीले आफ्नो वचन अनुसार मलाई सदाशिवको अनुभव गराईदिन्छु भन्नुभयो । त्यसपछी शिवजीले मलाई आज हामी Harley Davidsonबाइकमा घुम्न जाम भन्नुभयो। जुन Harley Davidson चढ्ने मेरो इच्छा थियो । सदाशिवको अनुभव गर्नको लागि आफ्नो सबै इच्छाहरु पुरा भएको हुनु पर्दो रहेछ । शिवजीलार्इ मलार्इ Harley Davidson चढ्ने र्इच्छा छ भनेर थाहा रहेछ । त्यो बाइक चढ्दा शिवजीले एकदम रफ्तारमा चलाई राख्नु भएको थियो (१८० कि.मी./घण्टा) र म पनि शिवजीले चलाउनु भएकै बाइकको पछाडि सिटमा आनन्द लिदै थिएँ ।  शिवजीले बाइक चलाउदा खाल्टो -खुल्टीमा एउटा professional बाईकरले जस्तै गरेर खाल्टोबाट छलाउनु भएको थियो । यसपछि शिवजीले बाइक चढ्न पुग्यो अब अगाडी बढम भन्नु भयो । यति मात्र के भन्नु भएको थियो सबै ब्रह्मज्ञानी भगवानहरु प्रकट हुनुभयो । त्यति बेला राधारानी माताले ठेकी भरि दहि लिएर आउनुभयो र ब्रह्मज्ञानीहरुलाई दहि खुवाउनु भयो,त्यो दहि यति मिठो र स्वादिस्ट थियो जुन वर्णन  गर्न सम्भब नै  थिएन । दहि खाएपछि मलाई सबै भगवानहरुले आफ्नो रुपको वर्ण गर्न भन्नुभयो । सबै भगवानहरूकाे वर्णन गर्दै जाँदा शिवजीले मेरो पनि वर्णन गर्देउ भन्नुभयो । शिवजीको bicep muscle यति ठुलो र सारो थियो जुन मैले अहिले सम्म देखेको र छोएको पनि  थिइन । उहाको ज्यान यति कसिलो र संगठित थियो जुन अकल्पनीय थियो । यो सबै वर्णन गरेपछि हामी अगाडि बढेम । अगाडी बढ्दै जाँदा अचानक एकदम कहाली लाग्दो जङ्गल आइपुग्यो । त्यस जंगलमा अगाडि बढ्दै जाँदा आयुष्मा भतिजी, अनु (श्रीमती) मेरा प्यारा परिवारका सदस्यहरू मेराे पछि पछि आउदै थिए । म  केही बेर अगाडी बढ्दै जाँदा आयुष्मा पछाडी छुटिसकेको थियो । तर मेराे श्रीमती अनु अझै मेराे पछि पछि आउदै थिइन । जंगलमा हिड्दा हिड्दा जङ्गलको अन्तिम मोडमा अाइ पुग्दा पनि अनुले मलाई छोड्न मानेन र मसंग जान खोज्यो तर शिवजीले एक्लै अगी बढ्नु पर्छ भन्नुभयो । अगाडि बढ्नको लागि अनुलाई फकाउदा- फकाउदा अनु एउटा Diamond को सेटमा मलाई छोड्न र अगाडि बढ्न जान दिन तयार भयो । त्यहाँ उसलाई त्यागेपछि अगाडि बढ्दै जाँदा सौर्य मण्डलको ग्रहहरु एक पछि अर्को छोड्दै अगाडि बढेँ । सौर्य मण्डलको समाप्त पछि black hole मा आइपुगेँ र शिवजीले black holeपनि पार गराईदिनु भयो । त्यो पनि पार गरेपछि मलाई शिवजीले ब्रह्मज्ञानी भगवानहरुको बिचमा पुर्याई दिनुभयो । शिवजीले अब हामी सबै भगवानहरुलार्इ पनि छोडेर हामी अगाडि बढ्नु पर्छ भन्नुभयो र शिवजीको अनुसार हामी अगी बढेम । अगी बढ्दै जाँदा शिवजीले मसंग chocolate माग्नु भयो जुन मैले पहिले नै शिवजीलाई भनेर pocket मा राखेको थिएँ र त्यो chocolate खाएपछि हामी अध्यारो बाटोमा अगी बढेम । केही बेर अझै अगाडि बढे पछि शिवजीले अब मलाई पनि छोडेर तिमी एक्लै अगाडी बढ्नु पर्छ भन्नुभयो ।  शिवजीलाई छोड्न एकदम कठिन हुदो रहेछ । मलार्इ शिवजीलार्इ छाेड्न धेरै गाह्राे भयाे सबै भन्दा प्याराे व्यक्तिसँग छुट्नु परेकाे जस्ताे अनुभव भइरहेकाे थियाे । तर अगाडी बढ्नको लागि शिवजीलार्इ पनि छोड्नै पर्ने रहेछ र मैले पनि गाह्रो हुँदा हुँदै उहालाई छोडेर म एक्लै अगाडि बढेँ । अगी बढ्दै जाँदा पहिला मेरो मासुहरु खस्न थाल्यो र सबै खसे पछि हड्डीको ढाचा मात्रै बाकि रह्यो र खुट्टाको हड्डी बाट टुक्रिदै गयो र अन्तिममा खोपडी भित्रबाट अन्डा जस्ताे बाहिर निस्कियो । त्यो अन्दा पानीको रंगमा थियो जसमा म भित्र छु भन्ने लागि राखेको थियो । मामाले भन्नुभएको अनुसार त्यसलाई  फुटाउनु प्रयास गर्दा मुट्ठीले थिच्दा मुट्ठीबाट निस्कियो । हर प्रकारले फुटाउन खोज्दा नफुटने भएपछि मामाले तिम्रो सबै आवरणहरु त्याग र सबै मोह माया छाेडिदेउ भन्दा मेरो मरेको कुकुर मेराे अगाडि आयो र त्यसलाई त्यागे पछि बल्ल शिवजीले अन्डा  फुटाउनको लागि हातमा लिनुभयो । मैले अनुरोध गरेपछि उहाले आफ्नो पछाडि फालिदिनुभायो र अन्डा फुटेको सानो आवाज आयो  त्यो अन्डा फुटिसके पछि त्यो अन्डा फुटेको ठाउमा केहि पनि अवसेस थिएन, सबै बिलिन भैसकेको थियो । म मा पनि म भन्ने आवरण पनि थिएन । न त मैले कसैलाई चिन्छु, न त मैले कसैको मतलब गर्छु जस्तो भएको थियो । म कुन अन्जान मानिसहरुको बिचमा बसिरहेको छु भन्नि भएको थियो । यसरी आफु बिलिन भएर म भन्नि भावनाको आवरणलाई त्याग्नु नै सदाशिव अर्थात् कैवल्य मुक्ति रहेछ ।

ब्रह्म र सदाशिवको अनुभव गराईदिनु भएकोमा शिवजी र सम्पूर्ण ब्रह्मज्ञानी देवी देवताहरुलाई कोटि कोटि धन्यवाद दिन चाहन्छु ।

 

“सदाशिवकी जय”

प्रत्यक्ष भिडियाे

भाग १

भाग २

 

 

 

This post is also available in: Nepali

Leave a Reply