मेरो अज्ञात रोगको उपचार र कैवल्य मुक्तिको अनुभव

नमस्कार ! मेरो नाम निर्मला हमाल (थापा) हो । मेरो जन्म पोखराको मझेरीपाटन वडा नं. १४ मा भएको हो । जन्म पोखरामा भएपनि कर्म पूर्वको उदयपुर जिल्लाको लेखानी भन्ने ठाउँमा विहे भएर गएँ र केही बर्ष त्यहाँ बिताएर हाल पाेखरामा नै बसाेबास गर्दछु । हुनत म सानैदेखि धेरै रोगबाट पिडित थिएँ । विहे भएको केही वर्षपछि भने मलाई रोगले बढी सताउँदै गयो । रोग पनि अचम्मको थियो । कुनैपनि डाक्टरकोमा गएर जाँच गर्दा केही पनि रोग छैन भन्ने गर्दथ्यो । हस्पिटल धाउँदा धाउँदा पनि धेरै पैसा सकिसकेको थियो । करिब १०–१२ पटक त एमेर्जेन्सि विभागमा भर्ना भएकाे थिएँ । रूने, कराउने, चिच्याउने, परिवारका मानिसहरूसँग रिस उठ्ने हुन्थ्याे । अझ सबै कुराहरू मलार्इ याद हुँदैनथ्याे, कपाल फिजाएर बाटाेमा चिच्याउदै हिड्थेँ रे, श्रीमान सँग सानाे सानाे कुरामा झगडा गरेर सबै थर्कमान हुन्थे रे, तिनीहरूलार्इ थर्काउदै म काम्दिम भन्दै थर्काउथेँ रे । कामकाे कुनै सुर हुँदेनथ्याे । डाक्टरले डिप्रेशन भनेर त्यसकै औषधी दिने गथ्र्यो । ती अाैषधीले कुनै फरक पारेकाे थिएन झन जति खेर पनि निन्द्रा लाग्ने हुन्थ्याे अाैषधीले । केही उपाय नलागेपछि म धामीझाँक्री, माता, हेराउनेहरू कहाँ तिर पनि अाैषधी गर्न भनेर जान लागेँ । त्यहाँ पनि हरेक कुरा चाहियो भन्न थाले । ऋण गरेर जेजे भन्छन् त्यही लिएर जाने गर्थेँ । जति धामी झाँक्री हेराउने लगाए पनि केही उपाय लागेन । मेरो रोग के थियो भने मलाई एक्कासि सास बढेर आउँथ्यो म काम्न थाल्थेँ र मैले होसै पाउँथिनँ । रन्थनिएर कता जान्थेँ के गर्थेँ केही थाहा हुँदैनथ्यो । लाग्थ्यो मर्ने दिन आजै हो कि जस्तो । त्यस्तो पटकपटक हुने गथ्र्यो । कुनै भिडभाडमा जान हुन्थेन त्यहीँ होस हराएर छटपटिन्थे र म भाग्न खोज्थेँ । मलाई कसैले पनि समात्न सक्दैनथे । भीरको डिलमा गएर बस्न मन लाग्ने र त्यहीँबाट हाम फालेर मरुँ जस्तो हुन्थ्यो । सपनामा पनि कसैले “म तँलाई लिन आउँछु” भन्थ्यो । त्यस्तो बिरामी हुँदा र सपना पनि नराम्रो देख्दा साँच्चिकै मर्ने पो हो कि जस्तो लाग्थ्यो । यहाँसम्म कि खाना खाँदा पनि खाना बिचमा गएर अड्किने र आत्तिएर खानाको थाली नै फाल्ने गर्थेँ । यसरी पटकपटक छट्पटिँदा आफन्तहरुले डाक्टरकोमा लाने गर्थे । हस्पिटलमा पुगेपछि त्यहाँका डाक्टर, नर्स, अन्य कर्मचारीलाई पिट्ने कराउने गरेको कुरा होसमा आएपछि आफन्तले मलाई भन्ने गर्थे । केही उपाय नलागेपछि मलाई डाक्टरले डिप्रेशनको औषधी दिन्थे र म त्यही औषधी खाएर बस्ने गर्थेँ भने उता हेराउने माताले माछा मासु केही नखाने, चोखो खाना मात्र खाने, सधैँ नुहाउने गर्नु भनेकाेले त्यस्तै जस्ता कार्यहरु निरन्तर गर्दै बस्थेँ । हेराउने माताले तिम्रो शीरमा देवीको बास छ भनेर भन्ने गर्थे । यी माथिका सबै नित्यकार्यहरु गर्दा पनि केही उपाय लागेको थिएन । म भने अझै उपचारको खोजीमा थिएँ ।

यसै क्रममा मेरो लाेग्नेकाे भान्जा इन्द्र मगरले ब्रह्मज्ञानको बारेमा बुझ्नुभएको रहेछ । एकदिन उहाँले पाेखराकाे महेन्द्र पुल नजिकमा रहेकाे जाेशी पुस्तक पसलमा जाँदा त्यस पसलका छाेरीलार्इ पनि मलार्इ जस्तै लक्षण भएकाे अवस्थामा ब्रह्मज्ञानकाे क्लासमा त्यसकाे उपचार हुँदै गरेकाे भिडियाे अरूले हेर्दै गरेकाे देख्नु भएछ र ब्रह्मज्ञानकाे बारेमा केही चर्चा सुन्नु भएकाे रहेछ र अाएर मलार्इ भन्नुभयाे । मलाई पनि बुझ्दा इच्छा जाग्यो र म त्यो ठाउँमा पुगेँ । सुरुमा त अचम्म लाग्थ्यो त्यहाँको चालचलन बुझ्दा । त्यहाँ म जस्तै जस्तै अरू बिरामीहरूकाे उपचार हुने गरेकाे अनुभवहरू देख्ने सुन्ने माैका पाएँ । साथै डाक्टर साबले केही कुराहरू पढाउनु, सिकाउनु भयाे । पहिलो दिनमा मैले हरेक मानिसमा तेस्रो नेत्र हुन्छ रे भन्ने कुरा बुझेँ । मलाई अर्को दिन पनि छिट्टै गएर अझै धेरै कुरा बुझ्न मन लाग्यो । यसरी पटकपटक त्यस ठाउँमा गएपछि मैले धेरै कुराहरु बुझ्ने मौका पाएँ । ब्रह्मज्ञान कस्तो ज्ञान रहेछ भने सृष्टि जीवन मृत्यु र हरेक मानिसमा तेस्रो नेत्र हुने रहेछ भनेर सिकाउने ज्ञान रहेछ । त्यही कुराहरू मानिसले नबुझेकाे भएर मानिसहरू अस्वस्थ भएर बसेका छन् भनेर सिकाउनु भयाे । मानिसकाे कसैको स्वस्थ रुपमा तेस्रो नेत्र खुलेको र कसैको अस्वस्थ रुपमा खुलेको हुँदो रहेछ । हो, त्यही अस्वस्थ तेस्रो नेत्र मेरो पनि खुलेको रहेछ भन्ने कुरा ब्रह्मज्ञान सिकाउनुहुने मामा (डा.कमलमान श्रेष्ठ) तथा माइजू(डा.इन्दु श्रेष्ठ) मार्फत थाहा पाएँ । त्यसपछि उहाँहरुले मलाई डोर्याउँदै अगाडि लानुभयो । अस्वस्थ तेस्रो नेत्र खुलेको अवस्थामा हाम्रा वरपर भएका भूत, प्रेत, पितृ, पिचाश जस्ता अदृश्य चिजहरुले थाहै नपाइ हाम्रो शरीरमा प्रवेश गरेर बोल्ने, चिच्चाउने, दुःख पोख्ने, तिनीहरुमा भएको स्वभाव देखाउने गर्दा रहेछन् । सोही किसिमका क्रियाकलाप ममा पहिलादेखि नै रहेको कुरा यहाँ आएपछि थाहा पाएँ । यी अदृश्य चिजहरुले मलाई दुःख दिने र सताउने गरेको कुरा पनि प्रष्ट भयो ।

यसैक्रममा मैले भगवान् हुनुहुन्छ भन्ने कुरा पनि थाहा पाएँ । हाम्रो तेस्रो नेत्र मार्फत सम्पूर्ण ब्रह्मज्ञानी भगवानहरुलाई देख्ने र कुरा गर्न सकिने रहेछ । मलाई भगवानलाई देख्ने र भगवानसँग बोल्ने इच्छा जाग्यो । त्यसका लागि पहिला ती नराम्रा अदृश्य चिजहरुलाई हटाउनु पर्दो रहेछ । त्यसपछि मैले मामा मार्फत ती पितृ तथा प्रेतहरुसँग प्रष्ट रुपमा बोल्न र देख्न थालेँ । मैले भगवानसँग कुरा गर्न खोज्दा र देख्न खोज्दा तिनीहरु (अदृश्य चिजहरु) ले छेक्न आउँथे । एक दिन क्लासमा मामाको सहायताले म भगवान शिवजीले डमरु र हातमा त्रिशूल लिएर पहाडको टुप्पोमा बसिरहेको दर्शन पनि पाएँ । यसैगरी म मन्दिर जाँदा पनि ब्रह्मज्ञानी भगवानहरू शिवजी, दुर्गा माता, भद्रकालीमाता, बिन्ध्यबासिनी माता, सीतला देवी माता, ताल बाराही माता, मनकामना मन्दिर जाँदा मनकामना माताहरुलाई देख्ने र उहाँहरुसँग कुरा गर्ने मौका पनि पाएँ । अर्को कुरा ब्रह्म भन्ने ठाउँ हुँदो रहेछ, जहाँ हामी मरेपछि पुग्ने ठाउँ । ती प्रेत तथा पितृहरुलाई ब्रह्म(स्वर्ग) मा पुर्याउन सकिँदो रहेछ । यसरी मलार्इ थाहा भयाे कि मलार्इ दिनहुँ जसो ती प्रेतहरुले मलाई दुःख दिने गर्दा रहेछन् । यसैगरी एकदिन शिवजीको सहायताले ती प्रेतहरुलाई ब्रह्ममा पुर्याएँ र मैले पनि ब्रह्म देखेँ । जहाँ यति आनन्द, स्वच्छ, सुन्दर, उज्यालो थियो । लाग्थ्यो त्यहीँ बसिरहूँ जस्तो । बल्ल थाहा भयो कि मलाई राेग, कष्ट दिने गरेका र घरिघरि मृत्युको मुखमा पुर्याउने अरु केही नभएर ती अदृश्य चिजहरु रहेछन् ।

त्यसपछिका दिनहरुमा मलाई पहिला हुने ती रोगहरु हट्दै गए । अर्को कुरा पनि थाहा भयो कि मानिस मरेपछि पनि पूर्णरूपमा नमरेका हुँदा रहेछन् । हाम्रो शरीर मात्र मरेका हुँदाे रहेछन् भने भित्रको लिङ्ग शरीर त जीवितै हुँदो रहेछ । तिनीहरुले हामीले गरेको हरेक कुराहरु देख्ने र र्इर्ष्या राख्ने गर्दा रहेछन् । त्यो कुराबाट मुक्त पाउनका लागि हामीले जीवित हुँदा नै सदाशिवको अनुभव गरेको हुनु पर्दो रहेछ । क्लासमा जाँदै क्लासकाे कुराहरू बुझ्दै जाँदा सदाशिवकाे अनुभव गर्न सकिन्छ र क्लासमा अरूहरूले त्यस्ताे अनुभव गरेकाे देख्ने माैका पाएकाे थिएँ । त्यस्ताे सदाशिवकाे अनुभव मैले पनि गर्ने माैका पाएँ ।

एकदिन मिति २०७३ मंसिर १६ गते को दिन मामाको क्लास भइरहेको थियो । अचानक मेरो मरेको हजुरमुवा मेरो शरीरमा आउनुभयो । उहाँलाई जुन ठाउँमा दुखेर मर्नुभएको थियो, मलाई पनि त्यही ठाउँमा दुख्यो र भन्नुभयो “मैले दुःख पाएको छु मेरो घाँटी दुखेको छ मलाई पनि स्वर्ग पुर्याइदेऊ म कतै गएको छैन, हस्पिटलमै छु” भनेर भन्नुभयो । ब्रह्मज्ञानीहरू पटक पटक ब्रह्मकाे अनुभव गर्न सक्दा रहेछन् र ब्रह्म जान इच्छा राखेकाहरुलाई सजिलै ब्रह्म पुर्याउन सकिँदो रहेछ । यसरी ब्रह्म पुर्याउन कुनै पूजा तथा श्राद्ध गर्न नपर्ने रहेछ । त्यो कुरा मलाई ब्रह्मज्ञानले सिकाएको थियो । मैले हजुरआमालाई पनि ब्रह्ममा पुर्याएँ । उहाँ खुशीकासाथ त्यहाँ बस्नुभयो । त्यसदिन त्यसरी हजुरअामालार्इ ब्रह्म पठाएपछि मलाई माथिबाट कसैले डोरी फालेर बोलाइरहेको आवास मैले थाहा पाएँ । यसो माथि हेरेको थिएँ, हात मात्र देखेँ । को हो भनी मलाई आश्चर्य लाग्यो र म त्यो डोरी चढ्न थालेँ । यति गाह्रो त्यो डोरी चढ्न । खुट्टाको औँला र हातको सहायताले माथि उक्लिन थालेँ । माथि त उक्लिएँ बिचमा पुगेर न तल न माथि भएँ । तल हेरेको त डरलाग्दो पानीको दह रहेछ । तल झर्न भन्दा त माथि नै चढ्न बेस लागेर माथि नै लागेँ । मेरो हात र खुट्टामा घाउ भइसकेको थियो । जति चढ्न खोज्थेँ त्यति झर्न खोज्थेँ । माथि पुग्ने बेलामा अलि सजिलो भयो । कसैले मलाई तानिरहेको थियो । माथि पुगेपछि यति खुशी भएँ कि मलाई तान्ने अरु कोही नभएर शिवजी हुनुहुँदो रहेछ । उहाँले मेरो परीक्षा लिनुभएको रहेछ । शिवजीले मलाई भन्नुभयो कि, तिमी पास भयौ । उहाँलाई देखेपछि मेरा सारा दुखाइ पनि हरायो । म र शिवजी निकै नै माथि थियौँ । त्यो ठाउँ यति सुन्दर थियो कि, हरियो चौर चारैतिर हिमाल, चाँदी जस्तै टल्केका थिए । लाग्थ्यो हिमाल मेरो वरिपरि नजिकै छ भन्ने । शिवजीले मलाई भन्नुभयो यो ठाउँ कस्तो लाग्यो मैले तिमीलाई देखाउन ल्याएको । मैले भनेँ त्यो ठाउँ असाध्यै सुन्दर लाग्यो मलाई त्यहीँ बसिरहूँ जस्तो भयो । पर हेर भनेर शिवजीले भन्नुभयो । मैले यसो हेरेँ । त्यो हिमालबाट सुनजस्तो टल्किएको घाम निस्किन लागेको थियो । शिवजीले फेरि भन्नुभयो म तिमीलाई त्यहाँ पुर्याउँछु भनेर, हामी बाटो लाग्यौँ । सायद सानोदेखि नै मैले दुःख पाएकोले होला शिवजीले मलाई जंगलको बाटो देखाउँदै म उहाँको पछिपछि लागेँ । त्यतिबेला दायाँ बायाँ जंगल तथा ढुंगाको बाटो थियो र धेरै नै उकालो बाटो थियो तर पनि हामी सजिलोसँगै अगाडि बढेका थियौँ । केहीबेर हिँडेपछि मेरो चप्पल पनि चुट्यो र म खालि खुट्टा हिँड्न थालेँ । यस्तो चसक्क दुख्यो र खुट्टामा हेरेँ काँडा पो भिजेछ । शिवजीले त्यो काँडा निकाल्नुभयो र पातैपातको चप्पल बनाएर जङ्गलमा पाइने टाँस्ने कुराले खुट्टामा टाँसिदिनुभयो । शिवजीले भन्नुभयो कि मानिस भएपछि सबै कुराको भोग गर्न जानेको हुनुपर्छ । त्यसपछि अगाडि बढ्यौँ र केही छिनपछि भोक लाग्यो र शिवजीले भन्नुभयो जङ्गलमा के पाउँछ र जे पाउँछ त्यही खाऔँ है भनेर कटुस टिपेर लिएर आउनुभयो र पातको प्लेटमा राखेर दिनुभयो । त्यो खाएर हामी फेरि अगाडि बढ्यौँ । धेरै समयको हिँडाइपछि धेरै माथि पुग्यौँ । त्यहाँ पनि लामो डोरी राखेको रहेछ पारि तर्नको लागि । त्यो डोरी पनि शिवजीको साथले सजिलै तर्यौँ । पारि पुगेपछि तल हेरेको त झिलिमिलि सहर देखेँ । त्यो सहर सुन्दर थियो । शिवजीले भन्नुभयो ,अब हामी सहर जाने हो अरु कपडा लगाऊ भनेर मलाई स्कर्ट, बुट, ओभरकोट, कालो चस्मा दिनुभयो र हातमा ब्याग लिऊ भन्नुभयो । मैले त्यो सबै पहिरन लगाउँदा म पहिलाको भन्दा फरक देखिएँ । शिवजीले पनि आफ्नो भेष बदल्नुभयो । उहाँले सुट र पाएन्ट लगाउनुभयो । त्यसपछि शिवजीले फिल्म हेर्न जाऔँ भनेर हामी फिल्म हेर्न गयौँ । फिल्म त्यति राम्रो नलागेर हामी बिचबाटै निस्क्यौँ । त्यसपछि कहाँ जान मन छ भनेर सोध्नुभयो मैले अमेरिका जान मन छ भनेँ र ल हिँड भनेर प्लेनको सिँडी चढेर के जान मात्र लागेको थिएँ फेरि शिवजीले मलाई अर्कै ठाउँ लानुभयो । त्यो ठाउँ सजिएको एउटा स्टेज थियो । त्यहाँ लक्ष्मी माता, दुर्गा माता, विन्दवासिनी माता, तालबाराही माता, भद्रकाली माता अनि राधाकृष्ण भगवानहरु नाचेर रमाइलो गरिरहनु भएको थियो । शिवजी र मलाई पनि माताहरुले नाच्नको लागि हात समातेर तान्नुभयो । शिवजी र माताहरुसँग मिलेर नाच्यौँ र धेरै रमाइलो भयो थकित महसुस पनि भयो । त्यसपछि हामीलाई माताहरुले हात हल्लाउँदै विदा दिनुभयो । हामी पनि हात हल्लाउँदै अगाडि बढ्यौँ । मैले शिवजीको हात समातेर हिँड्दा यति आनन्दको महसुस भएको थियो कि शिवजीको त्यो मोटोमोटो नरम हात सधैँ समातेर हिँडिरहूँ जस्तो लागेको थियो । त्यसपछि हामी समुन्द्रको छेउमा गयौँ र हामी त्यहाँ बस्यौँ । त्यहाँ सेतो दुईवटा कुर्ची, माथि छाता र बिचमा गोलो टेबल थियो । शिवजीले केही खाऔँ भन्दै त्यहाँको वाइन ल्याउनुभयो र त्यहाँ खान मन लागेका कुराहरु टेबलमा रेडी थियो । मैले रोष्टसँग वाइन पिउन लागेँ र मैले दुई ग्लास खाएँकी थिएँ फेरि शिवजीले म पनि थप्छु तिमी पनि थप भनेर एक ग्लास थपिदिनुभयो । खालि पेट भएको कारणले मलाई लागेछ र म त्यहीँ एकछिन सुतेँ । तर मलार्इ साँच्चैकै गरेर रक्सि लागेकाे थियाे । अझै पिउने भनेर भन्नुभयो मैले पुग्यो भनेर भनेँ । त्यसपछि शिवजीले मलाई कागती पानी दिनुभयो र धेरै बेर लागेपछि मलाई छोड्यो । त्यसपछि फलफूल खायौँ र शिवजीले भन्नुभयो, तिमी र म पनि छुटिनु पर्छ । साह्रै दुःख लाग्यो र म शिवजीको काखमा पल्टेर रोएँ छुट्टिन मन लागेन । मलाई सम्झाउन थाल्नुभयो । हेर मैले तिमीलाई यही कुरा सिकाउन खोजेको हुँ । जो कोही पनि मरेपछि एक्लै जाने हो । म तिमीलाई पुर्याउन र बाटो देखाउन पो आएको हुँ भनेर भन्नुभयो । मलाई थाहा थिएन आज म कहाँ जाँदै छु । शिवजीले भन्नुभयो मरेपछि पुग्ने ठाउँ म तिमीलाई देखाउँछु । मन नमानी नमानी भएपनि म र शिवजी बाटो लाग्यौँ । हिँड्दै थियौँ एक्कासि शिवजी उता फर्किनुभयो । मैले शिवजीलाई फर्केर हेरेँ । शिवजी उता तिर फर्कनु भयाे र म तिर मैले बाेलाउदा पनि फर्केर हेर्नु भएन । शिवजीले मलाई पनि नहेरी हात हल्लाउँदै बिदा हुनु भयाे त्यसपछि म पनि अगाडिकाे यात्रामा बाटो लागेँ । त्यसपछि म एक्लै जाने क्रममा मेरो खुट्टाको औँलाको मासु झर्न सुरु भयो । मासु पनि झर्यो र एउटा खुट्टा पनि झर्यो । कता कता दुःख पनि लागेको थियो । पछाडि फर्केर हेर्दा आफुले माया गरेका सबै चिजहरु देख्थेँ । ब्रह्मज्ञानमा मलाई मामाले सृष्टि जीवन र मृत्युको बारेमा भन्नुभएको थियो । मृत्यु हुनभन्दा अगाडि सबै कुरा छोड्नुपर्छ भन्ने कुरा बुझेर होला सबै कुरा छोड्दै हिँडेँ । यसरी हिँड्दा हिँड्दा मेरो शरीरका सम्पूर्ण मासुका भागहरु झर्दै गए र म एउटा अस्थिपञ्जर शरीरको रुपमा मात्र रहेँ । त्यो अस्थिपञ्जर पनि घट्दै घट्दै गएर एउटा डल्लो बन्यो । त्यो डल्लो पनि हिँडिरहेको थियो । अचानक त्यो पनि जिलजिल परेको बोक्रा नभएको अण्डा र त्यस भित्र म भन्ने भाव मात्र रह्यो । अरु केही रहेन । त्यसपछि त्यो अण्डा फुट्न ज्यादै मुस्किल भयो । त्यो अण्डा शिवजीले मात्र फुटाउन सक्नुहुँदो रहेछ । शिवजी सोही ठाउँमा उज्यालोतिर फर्किरहनुभएको थियो । म चाहिँ अँध्यारोतिर थिएँ । एक्कासि त्यो अण्डा शिवजीको हातमा पुग्यो र त्यो अण्डालाई शिवजीले अँध्यारोतिर पछाडि नहेरिकन दायाँ हातले फालिदिनुभयो र चुच्चो ढुङ्गामा ठोक्एिर अण्डाले प्याट्ट आवाज निकाली फुट्यो । यसो हेर्दा त्यहाँ केही पनि थिएन । त्यसपछि अण्डा पनि थिएन र म भन्ने भाव पनि थिएन । यसैलाई कैवल्य मुक्ति भनिन्छ भनेर शिवजीले भन्नु भयाे । मैले त्यो कैवल्य मुक्ति अथार्त सदाशिवको अनुभव जीवित हुँदा नै गरेँ । त्यो मुक्तिपछि मलाई केही समयसम्म आनन्द महसुस भयो र अब मलाई कुनै कुराको पनि प्रवाह नभएको जस्तो लाग्यो । शरीर त हावामा उडेको पात जस्तै हल्का भयो । यसरी जीवित हुँदा नै ब्रह्मज्ञान बुझेर मृत्युपछिको अनुभव गर्न पाउँदा ज्यादै खुसी लाग्यो । अन्तमा मलाई उपचार गरेर स्वस्थ बनाइदिनुहुने मामा र माइजूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु । यस ठाउँमासम्म ल्याएर मलाई साथ दिनुहुने भान्जा इन्द्र मगरलाई तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

मैले सदाशिवकाे अनुभव गर्दाखेरिकाे प्रत्यक्ष सचित्र(भिडियाे) यहाँ हेर्न सक्नुहुनेछ ।

भाग १

भाग २

This post is also available in: Nepali

Leave a Reply