यो कविता २०७३-५-२ गते शिवजीले मलाई दिनुभएको हो | सबै ब्रह्मज्ञानी साथीहरुले लेख पनि कवितामा, कमेन्ट पनि कवितामा प्रश्न पनि कवितामा र जवाफ पनि कवितामा दिएको देखेर, “शिवजी के गर्नु भएको?” भन्दा जवाफमा शिवजीले भन्नुभयो यसरी …
कस्तो हो यो ब्रह्मज्ञान, अचम्म नै हुन थाल्यो
शिवजीले कविताको, वर्षा गर्न थाल्नुभयो ||
प्रमाण प्रष्ट भेटिएछ, पुकार सबको सुन्नुभएछ
नबोल्नेले कविता मै, दोहोरी पो खेल्न लाएछ ||
कविता दिनु भनि सबले, माग्ने बेला अब आएछ
वर्षा कालको भेल जस्तै, कविताको वर्षा भएछ ||
रुपै राम्रो शिवजीको, जटाले झन् सुहाएको
कविताको झटारोले, ब्रह्मज्ञानीलाई ठटाएको ||
ऋण, रोग, अकाल मृत्यु, सबको अब टर्ने भयो
शिवजीलाई देखेपछि समस्या, अन्तैतिर सर्ने भयो ||
हामीले पुज्ने शिवजीलाई प्रश्न सोद्धा यसरी जवाफ दिनुहुन्छ | तपाईं पनि यस्तो शिवजीलाई पाउन चाहनुहुन्छ भने अ रू लेख पाठहरू, ब्रह्मज्ञानकाे किताब पढ्नुहाेला । साइटमा शिवजीसंग गरेको कुराहरु सुन्न र बुझ्न सक्नुहुन्छ |
धन्यवाद !!
तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here
This post is also available in: Nepali