कस्तो हो यो ब्रह्मज्ञान

यो कविता २०७३-५-२ गते शिवजीले मलाई दिनुभएको हो | सबै ब्रह्मज्ञानी साथीहरुले लेख पनि कवितामा, कमेन्ट पनि कवितामा प्रश्न पनि कवितामा र जवाफ पनि कवितामा दिएको देखेर, “शिवजी के गर्नु भएको?” भन्दा जवाफमा शिवजीले भन्नुभयो यसरी …

 

कस्तो हो यो ब्रह्मज्ञान, अचम्म नै हुन थाल्यो

शिवजीले कविताको, वर्षा गर्न थाल्नुभयो ||

 

प्रमाण प्रष्ट भेटिएछ, पुकार सबको सुन्नुभएछ

नबोल्नेले कविता मै, दोहोरी पो खेल्न लाएछ ||

 

कविता दिनु भनि सबले, माग्ने बेला अब आएछ

वर्षा कालको भेल जस्तै, कविताको वर्षा भएछ ||

 

रुपै राम्रो शिवजीको, जटाले झन् सुहाएको

कविताको झटारोले, ब्रह्मज्ञानीलाई ठटाएको ||

 

ऋण, रोग, अकाल मृत्यु, सबको अब टर्ने भयो

शिवजीलाई देखेपछि समस्या, अन्तैतिर सर्ने भयो ||

 

हामीले पुज्ने शिवजीलाई प्रश्न सोद्धा यसरी जवाफ दिनुहुन्छ | तपाईं पनि यस्तो शिवजीलाई पाउन चाहनुहुन्छ भने अ रू लेख पाठहरू, ब्रह्मज्ञानकाे किताब पढ्नुहाेला ।  साइटमा  शिवजीसंग गरेको कुराहरु सुन्न र बुझ्न सक्नुहुन्छ  |

धन्यवाद !!

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply