कृष्णजीको जन्मदिनमा

यो कविता मलाई २०७३-५-२ गते भगवान कृष्णजीले दिनुभएको हो | म आफ्नो घरको काम सकेर बसीरहेकी थिए र मैले, “भगवान तपाईंको जन्मदिन पनि आयो केहि खबर दिनुहुन्छकी” भनेर सोद्दा यो कविता दिनुभएको हो |

 

कृष्णजीको जन्मदिनमा, नाच्दैं गाउँदै बजाउंदै ।

आउनेछन् अरे ब्रह्मज्ञानी, सिंगार पटारले सजिंदै ।।

कोही गाउने गीत अरे, कोही भन्ने कविता ।

अब हामीलाई पनि चिन्ने भए, ढुक्क भछौं हामी त ।।

 

संग संगै नाच्ने हामी, गाउने पनि संगै हो ।

गीतमा मात्र कहाँ हो, कवितामा पनि नाच्ने हो ।।

कवितामै ब्रह्मज्ञानलाई, संसारमा चिनाउने हो ।

के अचम्म हो भन्ने सबलाई, हामीले अब पार्ने हो ।।

 

सबै ब्रह्मज्ञानी भगवानहरु, पनि त्यहाँ आउंछन् रे ।

झिल्केको त्यो आँगनमा, सबै साथ नाच्ने रे ।।

विगुल फुक्न पनि, कुँडहरबाटै सुरु गर्ने रे ।

यही विगुल फुक्नलाई, ब्रह्मज्ञानी तयार परेका रे ।।

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply