हेर न हेर ब्रह्मज्ञानी, कहाँ बजेको त्यो धुन ।
कति मिठो छ है, ध्यान दिएर सुन ।।
सुनि राख्दा आनन्द आयो, मुरलीको त्यो धुन ।
कृष्णजी आएर, बजाउनुभयो त्यो जुन ।।
जन्मदिन आज उनको, लाख लाख छ शुभकामना ।
सधैं उनीसंगै मनाउन पाउँ, यही छ हाम्रो कामना ।।
जन्मदिन पारेर आज, आँखा सबैले खोल्ने हो ।
कृष्णसंग कुरा गर्दै, हाँस्दै खेल्दै रमाउने हो ।।
शुभकामना छ सबैलाई, कृष्णजी को जन्मदिनको ।
प्रतिक्षा थियो हामी सबैलाई, आजको यो क्षणको ।।
सोह्र सय गोपिनीलाई, संगै साथमा ल्याउने अरे ।
ब्रह्मज्ञानीसंग पनि, कम्मर भांची नाच्ने अरे ।।
आँखा खोली कृष्णसंग, दोहोरो कुरा गरौंला ।
जाऊ साथी कुँडहर चोक, सबै जना त्यही भेटौंला ।।
तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू, ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस ।
This post is also available in: Nepali