कृष्ण जन्माष्टमी

 

हेर न हेर ब्रह्मज्ञानी, कहाँ बजेको त्यो धुन ।

कति मिठो छ है, ध्यान दिएर सुन ।।

 

सुनि राख्दा आनन्द आयो, मुरलीको त्यो धुन ।

कृष्णजी आएर, बजाउनुभयो त्यो जुन ।।

 

जन्मदिन आज उनको, लाख लाख छ शुभकामना ।

सधैं उनीसंगै मनाउन पाउँ, यही छ हाम्रो कामना  ।।

 

जन्मदिन पारेर आज, आँखा सबैले खोल्ने हो ।

कृष्णसंग कुरा गर्दै, हाँस्दै खेल्दै रमाउने हो ।।

 

शुभकामना छ सबैलाई, कृष्णजी को जन्मदिनको ।

प्रतिक्षा थियो हामी सबैलाई, आजको यो क्षणको ।।

 

सोह्र सय गोपिनीलाई, संगै साथमा ल्याउने अरे ।

ब्रह्मज्ञानीसंग पनि, कम्मर भांची नाच्ने अरे ।।

 

आँखा खोली कृष्णसंग, दोहोरो कुरा गरौंला ।

जाऊ साथी कुँडहर चोक, सबै जना त्यही भेटौंला ।।

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू, ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply