सदाशिवकाे अनुभव

जन्माष्टमीको दिनमा भएको ब्रह्मज्ञानको क्लासमा पुनः ब्रह्मको अनुभव गर्ने र सदाशिवको अनुभव गर्ने मौका मिल्यो । मामा माइजुको साथ र शिक्षा पाएर मलाई त्यस ठाउँमा पुगेको अनुभव गर्ने मौका मिलेको हो । सदाशिवको अनुभव भनेको आफु जीवित हुँदा नै मृत्युपछिको जीवनको पूर्ण यात्रा र लिंगशरीरको बिसर्जजको अनुभव हो । यसलाई वेदशास्त्रमा कैबल्य मुक्ति भनिन्छ ।

यो कविता पनि सदाशिवले लेखाई दिनु भएको हो | यो मेरो जीवनको पहिलो कविता हो |

 

हासी हासी बिदा मागे मैले बुझ्नलाई यो कुरा

पाए मैले बिदा आमाबाबाट, तर दाइले  हान्यो मुटुमा छुरा ।

 

धन्यवाद र छेमा नै थिए मेरा आखिरी दुई शब्द

गरिसकेको थिए धेरै कुराहरू, तर केहि रहे मनमा अव्यक्त ।

 

मृत्यु अघिनै मृत्युको अनुभव गर्न पाउनु भाग्यले दियो मलाई ठुलो भोग

सुरुदेखि अन्त्यसम्म शिवजीको साथ् पाउदा, मैले गरे निहुरेर ढोग ।

 

शिवजिको पाएँ साथ तर हिड्नु पर्दो रहेछ एक्लै

कुरो बुझ्न थाले पछि, आध्यारोमा पनि आउदो रहेछ मजा बेग्लै ।

 

थिएनन् साथमा साथीभाई, हातमा लालपुर्जा नत सुन

गन्तब्यसम्म पुराउन साथ बन्यो सुर्य तारा र जुन ।

 

त्यहाँ बस्नु थियो शान्त, एक्लै भएपनि मनमा ल्याई उत्साह र उमंग

अभ्यास गराउनु भयो संसारनै  रित्तो देखाई, शिवजीको लीला देखि म त भए दंग ।

 

भन्ठान्थिएं आमाबालाई छोड्दा हुन्छ होला निकै गाह्रो

तर मनमा मेरो रहेछ, दाई पो निकै प्यारो ।

 

फर्केर हेर्न आउन मन लाग्यो, कति भएको छ उसको प्रगति

सायद यस्तै भएर होला, पितृले आफन्तलाई दिदो रहेछ दुख र आपत्ति ।

 

यो कुरा बुझी म फर्के एकान्तमै, पौडिए निकै ठुलो भेल सागर

चेतनाले आफुलाई बाधनु पो रहेछ जीवनमा सिक्नुपर्ने ठुलो मूल तात्पर्य ।

 

कहिले सुस्तरी हिड्थे, कहिले आफै भाग  लिन्थे दौडमा

शिवजी भागे जस्तो गर्नुहुदो रहेछ, हामीलेनै खोज्नु पर्ने रहेछ हरेक मोडमा ।

 

देखे मैले शिवजीमा ब्रह्मज्ञानी देवीदेउता सबै  स्वरूप भएको चित्र

एस्तो नवआकृति देखाई दिदा लाग्यो उहा पो  रहेछ मेरो निकट मित्र ।

 

सानोनानीलाई स्कूल छाड्न जसरी मलाई सदाशिव छोड्न आउनुभयो

ढोकामा पुगि जीवनको समाप्ति बिलीनता छ भन्ने बुझाउनु भयो ।

 

म त्यहाँ उभिए, फर्केर  हेर्दा उहा फर्कनु भयो उज्यालो तिर

म पनि बिलीनता तिर लागे, बाइ बाइ गरि भुलेर सबै दुख कस्ट र पीर ।

 

भएछु म त सानो अन्डा, सबै आवरणलाई भुलि

पछाडीबाट टक्क फुटाउन भयो, बिलिन भए थाहा पाए सदाशिवको चुली ।

 

म बिलाउदा लाग्यो मलाई अमृत खाएको स्वाद जस्तो मिठो

घमण्ड कहिले नलिनु सब हुने हो माटोमा मिसि  धुलो र पिठो ।

 

जीवनलाई सुनौलो पारि बाच्न ब्रह्मज्ञान सिकाई दिनुभयो

मरे पछि पुग्ने ठाउँ सदाशिव आज पुर्याई दिनु भयो |

 

अलि विस्तृत विवरणमा :

 

सदाशिवको अनुभव निकै पृथक हुदो रहेछ | मरेपछि कता गएर बिलाईन्छ भन्ने अनुभव नै सदाशिवको अनुभव हो |

मेरो यात्रा सुरु गर्नु अघि मैले मेरो तेस्रो नेत्र र शिव जीको साथले आफ्नो पितृ सबैलाई तारेर ब्रहममा पुराएर बाटो खोलि सदशिवको यात्रा थालना गरें |

सुरुमा मलाई झरना देखाउनु भयो | हामी पानीको झरनामा पानी बनि झर्नु पर्छ अनि डुंगामा ठोकिदा छरिएर बिलिन हुनुपर्छ भनेर देखाउनु भयो |

ठुलो चित्रकला देखाउनु भयो त्यहाँ करौड़ो रंगहरुले रंगेको त्यस  तस्बिरमा मेरो आवरणलाई एउटा रंग बनाई मलाई मिसाई दिनु भयो | म आफु कुनचाही रंग हो छुट्याउन  सकिन |

मैले मनबाट  सबै सँग आमाबा, साथीभाई, मामा माइजु, ब्रह्मज्ञानी साथीहरूसँग पनि बिदा लिएं |

मैले बिदा लिदा निकै मन् दुखेको अबुभव भएको थियो | मैले म सँग मिल्ने दिदी जयासंग छुटिन गाह्रो भएर हात नछोडेको अनुभव भैराखेको थियो | दाई संग छुटिने बेलामा मैले दाईलाई फर्केर हेरेको हेरई थिएं | दाईले पनि मलाई निकै मायाले हेरेको अबुभव भएको थियो | ढोकाबाट बाहिर निस्किएर मैले दाईलाई  बाई गरें  तर उसले त्यहिं उभिएर हेरिराख्यो । यो देखेर म अगाडी बढ्न  सकिराखेको थिइन | माया गर्नेहरूलाई छोड्न कति गाह्रो हुँदोरहेछ मलाई भित्रैबाट अनुभव गराई दिनु भयो ।

मलाई शिवजीले म्याजिक कार्पेटमा हालेर घुमाईराख्नु भएको अनुभव पनि भइराखेको थियो | मैले सुर्य तारा र जुन देखीराखेको थिएं | एक्लै हुदा साथ् दिएर गन्तव्बसम्म पुराउने साथी जसरि साथ दिए शिवजीले | मैले बिदा माग्दा सबैलाई धन्यवाद दिएं र मेरा गल्लतीहरूको लागि माफी मागें | मलाई मृत्यु अघि नै आफु बिलिन हुने ठाउँमा पुराउनु भएको र सुरु देखी अन्त सम्म शिवजीको साथ पाएकोमा शिवजीलाई निहुरेर ढोगेको थिएं |

शिवजी सँग हिड्दै म अघि बढें | म निरन्तर  बढीरहेको थिएं | कहिले एक्लै हिडेको महसुस गर्थें, कहिले शिवजी सँग काधमा काध मिलाई सँगै पाइला सार्थें | बाटो निकै लामो थियो, कह्योऊ माइल हिडे जस्तो अनुभव भैरहेको थियो | कहिले theme पार्कको कुनै slide खेलेर छिटो अगाडी बढेको अनुभव भैरहेको थियो |

धेरै हिडेपछि त्यहि एउटा transit जस्तो point आयो | त्यहाँबाट अगाडी बढ्न, एक्लोपनमा बानी गर्नु  पर्थ्यो | त्यहाँ पुगेका जति एकदम सीरिएस भएर हेडफोन लगाएर silent थिएं | मैले आफुलाई हेडफोन लगाएर नाचिरहेको देखें | सायद मेरो बानी त्यस्तै भएको भएर शिवजीले मलाई यस्तो देखाउनु भएको जस्तो लाग्यो | म नाच्दानाच्दै छेउ तिर फर्केर हेरें | कोहि कोहि येत्रो यात्रा  गरेर पनि त्यहाँबाट वापस फर्कदै थिए | उनीहरूले नाता तृष्णाहरूलाई भुल्न सकेका थिएनन् |

हामी मरेर एकान्तमा बिलाउने क्रममा फर्कने पटक पटक चान्स हुने भएकोले जीवनमा नै एक्लै बस्न सक्नु पर्ने रहेछ र यो अति बुज्नुपर्ने कुरा हो रहेछ |

मैले सबै ब्रहमज्ञानी देवी देउतालाई शिवजीको  शरिरमा बस्नु भएको र शिवजी भित्र सबै Universe रहेको amazing चित्र देखें  | मलाई स्कुलमा छोड्न जसरी शिवजी सदशिवमा छोड्न आउनुभयो | ढोकामा  पुगी मलाई जिवन र मरणको बारेमा बुझाउनु भयो | जिवनको समाप्ति बिलीनतामा छ भनेर कानमा सुटुक्क भन्नु भयो | मैले ढोकामा पुगेर फर्केर हेर्दा शिवजी मलाई त्यहीं छोडेर फर्किदै हुनुहुन्थ्यो | मलाई bye bye गरेर उज्यालो तिर फर्कनु भयो |

म त्यसपछि अन्डा भएछु | आफ्नो आवरणलाई बिर्सेर झन् झन् ट्रांस्परेंत जेल्ली (transparent jelly )जस्तै  भएको आफुलाई देखें | अचानक शिवजीको पछाडी कतैबाट म भएको अण्डा ट्वाक्क फुटाउनु भयो | अण्डा फुटेको ट्वाक्क गरेर सानो आवाज आएको थियो । त्यसपछि त्यहाँ  फुटेको अण्डाको खोल मात्रै बाँकी थियो | अण्डा भित्रको भाग केहि थिएन  | अण्डाको भित्रको भाग त बिलिन भएछ | त्यस बखत मलाई संसार टक्क अडिए जस्तो भयो, शरीरमा कुनै वोज़न थिएन | म मा कुनै दुख थिएन, न त खुशि थियो, न त कुनै कुरा को सम्झना नै थियो |

म को हुँ र मेरा को को हुन् एक छिन्को लागि बिर्सेको थिएं |

यो मेरो सदाशिवको अथवा मृत्यपछिको यात्राको बिसर्जनको अनुभव हो |

त्यस पछि मेरो आखा  खुल्यो अनि मैले क्लास हलमा वोरी परि भएको मानिसहरूलाई हेर्दा नचिनेको जस्तो लाग्यो | त्यहाँ मेरो मामा, माइजु, आमाहरूलाई देख्दा को हो को नचिनेको जस्तो लाग्यो | तिनीहरू प्रतिको माया र स्नेह म मा थिएन |

नजिकको साथीहरू पनि नचिनेको जस्तो लाग्यो |

यसरी मेरो सदाशिवको यात्रा सम्पन्न भयो | मैले आखा खोल्दा नौलो संसारमा फर्के जस्तो भयो | मलाई सदाशिवको अनुभव गर्न छेउमा बसेर सिकाईरहनु भएको मामाको अनुहार नै नौलो मान्छेको जस्तै अनुभव भएको थियो एकैछिन | म निकै शान्त र आनन्द महसुस गरीरहेको थिएं, यात्रा गर्दा र सम्पन्न भए पछि पनि |

आज ४-५ दिन बिती सक्यो तर पनि म मा ति पुराना ममता स्नेहहरू पहिलाको जस्तो रुपमा आउन सकेको छैन | मामाले मलाई त्यस अदृस्य सदाशिवसंग फेरी फेरी पटक पटक कुरा गर्न सिकाउनु भयो | म छिन् छिन्मा बिभिन्न सन्दर्भमा सदाशिव संग कुरा गर्ने र सहि जवाफ पाउने गरेको अनुभव थपेको छु | मेरो जीवन त्यस भन्दा अगाडीको र पछाडीकोमा फरक भएको छ | संधै यस्तै अनुभव र अनुभवका यादहरू संगै बाँकी जीवन बिताउनु पर्छ भनेर मामा माइजु र अन्य सदाशिवका अनुभवी सिनियरहरूको सुझाब छ | म संधै यस्तै भावना सहित बाच्न सकूँ भन्ने मेरो कामना छ | सम्पूर्ण ब्रहमज्ञानी देवीदेवताहरूको  र सदाशिवको ममा संधै कृपा र आशिर्बाद रहिरहोस् |

प्रत्यक्ष भिडियोको लागी यहाँ जानु होला ।

भाग १

भाग २

 

 

This post is also available in: English

Leave a Reply