पुकार

पुकार

लेखकः कुमार श्रेष्ठ, हाल अष्ट्रेलिया

शिवजीकी जय ! बज्रंगबलिकी जय ! सम्पूर्ण ब्रम्हज्ञानी देवी देउताहरुलाई मेरो कोटी कोटी ढोग छ |

नमस्ते! मेरो नाम कुमार हो । म अस्ट्रेलियाको सिड्निमा बसोबास गर्ने एउटा ब्रम्हज्ञानी हुँ । म यो पोस्टमा तपाईंहरुलाई मेरो एउटा अचम्मको अनुभव सुनाउँदै छु । यो कुरा पाँच महिना अगाडीको हो ।

मेरो काम कहिले समयमा सकिन्न्थ्यो। समयमै सक्छु भनेर जती कोसिस गर्दा पनि प्राय धिलानै हुन्थ्यो।यो कुराले गर्दा म दिक्क भैसकेको थिए। जब मेरो तेस्रो नेत्र स्वस्थरुपमा खुल्न थाल्यो तब मैले शिवजीलाई पुकारे । शिवजीसँग पहिला पनि मेरो दोहोरो कुराकानी भैसकेको थियो तर यो कुरा मैले शिवजीलाई भनेको थिएन । त्यो दिन अचानक शिवजीलाई मैले यो कुरा सुनाए|हे शिवजी मत काम देखेर दिक्क भैसके समयमै काम कसरी सकाउने होला भनेर मैले प्रशन गरे । यो कुरा सुनेर तिमी कत्ति चिन्ता नग्रनु आजबाट समयमै काम सकाउने हो र उस्तैपरे समयभन्दा अगाडी पनि सकाउने हो भन्नुभयो | शिवजीका कुरा सुनेर मेरो मन अलि हल्का भयो तर फेरी मनमा कताकता शन्का पनि लाग्यो  साचिकै शिवजीले नै भन्नुभएको  हो त भनेर ।शिवजी तपाईंले नै भन्नुभएको  हो  या कसैले मलाई झुक्याउन आएको हो भनेर मैले भने ।मेरो कुरा सुनेर शिवजी मुसुक्क हास्नुभयो ।मेरो अगाडी सबै ब्रम्हज्ञानी  देवीदेउताहरु आउनुभयो र शिवजीले आफ्नो हातमा मामा( डा. कमल मान श्रेष्ठ)र माइजुलाई  (डा. इन्दु श्रेष्ठ) राख्नुभयो । त्यो दृश्य देखेर मलाई भित्रैबाट निकै खुशी र आनन्द महसुस भयो । म ढुक्क भए शिवजीनै आउनुभएको रहेछ भनेर ।

मैले सबै ब्रम्हज्ञानी  देवीदेउताहरुलाई ढोग र नमस्कार गर्दै धन्यबाद दिए । त्यसपछी सबै ब्रम्हज्ञानी  देवीदेउताहरुले मलाई अशिर्वाद दिएर जानुभयो । शिवजी भने म सँगै बस्नुभयो र केहि दिन तिमीसँगै बसेर काम गरी समयमै काम सकाउन  सिकाउँछु भनेर भन्नुभयो । यस्तो कुरा सुनेर साह्रै आनन्द लाग्यो र मैले काम सुरु गरे । शिवजीले कुन कुन कामलाई कति कति समय लाग्छ भनिदिनुभयो । मैले उँहाको कुरा सुन्दै काम गर्दै गए र उँहाले जुन कामलाई जती समय लाग्छ भन्नुभयो त्यो काम थ्याक्कै तेही समयमै सकियो ।त्यो दिन मेरो काम समयमै सकियो र म निकै खुशी पनि भए। काम सकाएर शिवजीलाई मैले ढोग गरे र धन्यवाद दिए । अब सधैँ यसरीनै समयमा काम सकानु है कान्छा भनेर आशिर्वाद दिएर शिवजी जानुभयो । काम सकेर घर फर्किने क्रममा मेरो मनमा धेरै कुरा खेल्न थाले । त्यो दिन एकदम अचम्म लागिराथ्यो र खुशीको कुनै सिमानै थिएन । शिवजीसँग कुरा गर्दै काम गर्न पाउँदा खुशी नहुने त कुरै भएन । उँहाले कुनै कामलाई पाँच मिनट लाग्छ भन्नुहुन्थ्यो र त्यो काम थ्याक्कै पाँच मिनटमै सकिन्थ्यो । साह्रै अचम्म लाग्दो छ यो कुरा  सुन्दा । भागवानको कुरा न हो अचम्मको त हुनेनै भयोनी ।

त्यसैगरी भोलिपल्ट पनि शिवजी आउनुभयो र मैले काम सुरु गरे । उँहाले सिकाउँदै जानुभयो र मैले तेही अनुसार काम गर्दै गए । हिजोझै यो कामलाई यती समयहै भन्नुभयो र त्यो काम उँहाले भनेकै समयमा सकियो । हरेक कामलाई कति समय लाग्छ भन्दिनुहुन्थ्यो र कामहरु पनि उँहाले भनेकै समयमै सकिन्थ्यो । यसरीनै म काम गर्दै गए तर शिवजीले एउटा कामलाई पाँच मिनट लाग्छ भन्नुभयो तर त्यो काम पाँच मिनटमा सकिएन । फेरी पनि अर्को कामलाई दश मिनट लाग्छ भन्नुभयो तर त्यो कामलाई पनि धेरै समय लाग्यो । त्यसपछी म अलि निराश भए । तपाईंले भनेको समयमा सकिएन शिवजी किन यस्तो भयो भनेर मैले सोधेँ । म यहाँ आएको देखेर कति धेरै आकाछन हेर तिमीलाई झुक्याउन भनेर शिवजीले भन्नुभयो । म तिमीलाई काममा सघाउन आएको देखी नसहेर ढाह गर्नेहरुको लाईन लागेको छ तर तिमी कति पनि चिन्ता नगर्नु भनेर भन्नुभयो । त्यो कुरा सुनेर शिवजीलाई मैले धन्यवाद दिए र काम गर्न थाले । तिमी काम गर्दै गर्नु म अरु ब्रम्हज्ञानीहरुको हाल्खबर बुझेर आइहाल्छु भनेर शिवजी जानुभयो । शिवजी जानुभएपछी एकासी मेरो शरीर सिरिङ्ग भयो र मन आत्तिए जस्तो भयो । त्यसपछी पक्कै पनि कोही झुक्याउन आयो भन्ने मलाई लाग्यो । शिवजी आउनु भएको भए त यस्तोनहुन पर्ने भनेर मनमनै  सोचेँ। एही बेलामा मामाले भन्नु भएको एउटा कुरा मलाई याद आयो । मामाले कक्षामा भन्नुहुन्थ्यो भगवानलाई चिन्न भगवानको इशारा पकडिनुपर्छ । देवीदेउताहरु आउँदाको अनुभव र भूतप्रेतहरु आउँदाको अनुभवलाई छुट्याउन सक्नुपर्छ भनेर मामाले सिकाउनु भएको थियो । यो कुरा सम्झेर मैले के महसुस गरे भन्दा शिवजी म सँग हुँदा मन कति खुशी थियो र शरिर हलुका पनि भएको थियो । शिवजी एकैछिनको लागि मात्र के जानुभएको  थियो झुक्याउनेहरु आइहाले । को आएको होला मलाई झुक्याउन भनि  मैले शिवजी आउनु अघिनै उँहालाई बोलाए । मैले बोलाउने बित्तिकै शिवजी आउनुभयो । तपाईं एकछिन ब्रम्हज्ञानीहरुको हाल्खबर बुझ्नजान्छु भन्दा मलाई किन यस्तो भयो र को आएका थिए जस्को कारणले मेरो शरिर सिरिङ्ग भयो भनेर मैले शिवजीसँग प्रश्न गरे । उँहाले मेरो स्वर्गिय बुवा र स्वर्गिय हजुरआमालाई देखाउनुभयो । तिमीलाई दु:ख दिन आएका थिए त्यी पिर्तृहरु तर तिमी वास्ता नगर्नु है म छँदै छु तिमी चिन्ता नगर्नु भनेर मलाई भन्नुभयो । शिवजीका कुरा सुनेर फेरी मेरो मन खुशी भयो र बाँकी काम गर्न थाले । दोस्रो दिन पनि काम समयमै सकियो । यसैगरी एक हप्तासम्म शिवजी मेरो काममा आउनुभएर मलाई समयमै काम सकाउन सिकाउनुभयो । कहिले काम समयमै त कहिले अलि छिटो पनि सकिन्थ्यो । एक हप्तासम्म काम गर्न सिकाउनु भएपछी तरिका यही हो अब सधैँ यसरी काम गर्नु म बेलाबेलामा तिमीलाई भेट्न आउँछु भनेर भन्नुभयो ।शिवजीसँग काम गर्दा काम गर्न असाध्यै सजिलो भएको थियो र मनमा साह्रै आनन्दको अनुभुती हुन्थ्यो । उँहासँग कुरा गर्दै काम गर्दा समय बितेको पत्तोनै हुन्थिएन । काम गर्दा बेलाबेलामा दु:खदिनेहरु आइरहन्थे । कहिले खुट्टा दुखाइदिन्थे त कहिले पेट दुखाइदिन्थे । त्यस्ता दु:खदिनेहरु आउँदा शिवजीले लात हानेर धपाइदिनुहुन्थ्यो । तिमी चिन्ता नलिउ कान्छा सबै ब्रह्म्ज्ञानी देवीदेउताहरु तिम्रो साथमा हुनुहुन्छ भनेर भन्नुहुन्थ्यो र सबै ब्रह्म्ज्ञानी देवीदेउताहरु आउनुभएर मलाई आशिर्वाद दिएर जानुहुन्थ्यो । म खुशी हुँदै उँहाहरुलाई ढोग गर्थे र धन्यवाद दिन्थे ।

यो थियो मेरो अचम्म्लाग्दो अनुभव । मैले देखेको र भोगेको कुराहरु तपाईंहरुलाई सुनाउन पाउँदा निकै खुशी लागेको छ । तपाईंहरु पनि मैले जस्तै भगवान देख्न सक्नुहुन्छ र उँहाहरुसँग दोहोरो कुराकानी गर्न सक्नुहुन्छ । यो कुरा त्यती सजिलो छैन र यहाँ मैले लेखेको कतिपय कुराहरु बुझ्न गाह्रो छ । यी सबैकुराहरु बुझ्न ब्रम्हज्ञान चाहिन्छ । ब्रम्हज्ञान  सिकेर आफ्नो तेस्रो नेत्र खुलाएर तपाईंहरुपनी भगवानहरुको प्रतक्ष दर्शन गर्न सक्नुहुन्छ । ब्रम्हज्ञान  भनेको मानिसलाई जिवनमा नभैइ नहुने एकदमै महत्तोपूर्ण कुरा हो । यो ज्ञान बिना हाम्रो जिवन अधुरो छ ।

This post is also available in: English

Leave a Reply