लेखक: डा. कमल मान श्रेष्ठ, पोखरा
October 7 2016 (दशैँको अवसरमा ) कविता
खैला बैला भइराखेछ तेस्रो नेत्र खोल्नको ।
पछि नपरम् है पछि पछि लाग्ने हो ।।
ब्रह्मज्ञानी साथी बनाइ मन्दिर तिर जाने हो ।
सेवा सरसफाइ गर्दै गर्दै मातासँग बोल्ने हो ।।
साच्चै रहेछ ब्रह्मज्ञानी भगवान भक्तसंग बोल्दा रहेछन् ।
तिनै देवी देवताको सहारा पाए तेस्रो नेत्र खुल्दा रहेछन् ।।
कहाँ होलान् ती ब्रह्मज्ञानी खोज्नु छ तेस्रो नेत्र खोल्नलाई ।
स्वस्थ तेस्रो नेत्र चाहिने रहेछ भवसागर तर्नलाई ।।
यही रहोस् जीवनमा भरी मनमा सँधै भावना ।
पुरा होस् यस्ता चाहना सबैलाई दशैँको हाम्राे शुभकामना ।।
(यो कविता मलाई आए पछि करिब २० जनाको नयाँ ब्रह्मज्ञानीहरुको तेस्रो नेत्र खुलेको थियो र १२ जना पुराना नयाँ तेस्रो नेत्र खुलेकाहरुले सदाशिवको अनुभव गरेका छन् करिब तीन महिनाको अवधिमा)
This post is also available in: Nepali