अाफ्नै जिन्दगीका पानाहरूबाट

 

मुक्तकः

जिन्दगीले केही कुरा दिए जस्तो लाग्छ ।

विगतले केही कुरा सिकाएर गए जस्तो लाग्छ ।।

 

आफ्नो भन्ने यहाँ कोही, केही रै न छ ।

आफ्नो खुशी आफैले लुकाएर राखे जस्तो लाग्छ ।।

सदाशिवकाे अनुभव

जन्माष्टमीको दिनमा भएको ब्रह्मज्ञानको क्लासमा पुनः ब्रह्मको अनुभव गर्ने र सदाशिवको अनुभव गर्ने मौका मिल्यो । मामा माइजुको साथ र शिक्षा पाएर मलाई त्यस ठाउँमा पुगेको अनुभव गर्ने मौका मिलेको हो । सदाशिवको अनुभव भनेको आफु जीवित हुँदा नै मृत्युपछिको जीवनको पूर्ण यात्रा र लिंगशरीरको बिसर्जजको अनुभव हो । यसलाई वेदशास्त्रमा कैबल्य मुक्ति भनिन्छ ।

यो कविता पनि सदाशिवले लेखाई दिनु भएको हो | यो मेरो जीवनको पहिलो कविता हो |

 

हासी हासी बिदा मागे मैले बुझ्नलाई यो कुरा

पाए मैले बिदा आमाबाबाट, तर दाइले  हान्यो मुटुमा छुरा ।

 

धन्यवाद र छेमा नै थिए मेरा आखिरी दुई शब्द

गरिसकेको थिए धेरै कुराहरू, तर केहि रहे मनमा अव्यक्त । Continue reading “सदाशिवकाे अनुभव”

कृष्ण जन्माष्टमी

 

हेर न हेर ब्रह्मज्ञानी, कहाँ बजेको त्यो धुन ।

कति मिठो छ है, ध्यान दिएर सुन ।।

 

सुनि राख्दा आनन्द आयो, मुरलीको त्यो धुन ।

कृष्णजी आएर, बजाउनुभयो त्यो जुन ।। Continue reading “कृष्ण जन्माष्टमी”

पुकार

पुकार

लेखकः कुमार श्रेष्ठ, हाल अष्ट्रेलिया

शिवजीकी जय ! बज्रंगबलिकी जय ! सम्पूर्ण ब्रम्हज्ञानी देवी देउताहरुलाई मेरो कोटी कोटी ढोग छ |

नमस्ते! मेरो नाम कुमार हो । म अस्ट्रेलियाको सिड्निमा बसोबास गर्ने एउटा ब्रम्हज्ञानी हुँ । म यो पोस्टमा तपाईंहरुलाई मेरो एउटा अचम्मको अनुभव सुनाउँदै छु । यो कुरा पाँच महिना अगाडीको हो । Continue reading “पुकार”

आज तिमी धेरै धनी भएछौ

आज तिमी धेरै धनी भएछौ ।

ब्रह्मज्ञान पढ्ने र बुझ्ने मौका पाएछौ ।।

जति बाडधे पनि नसकिने ज्ञानमा आएछौ ।

बल्ल केही कुरा बुझ्ने मौका पाएछौ ।। Continue reading “आज तिमी धेरै धनी भएछौ”

कैलाश कस्तो छ

कैलाश कस्तो छ भनेकी थियौ ।

त्यहाँ पुग्ने लक्ष्य पनि राखेकी  थियौ ।।

 

पुगेर छाड्छु भनेर कसम खाएकी थियौ ।

कैलाश हेरेर आउंछु भनेकी थियौ ।। Continue reading “कैलाश कस्तो छ”

My thoughts about Lord Shiva

I heard about Lord Shiva when I was very small. At that time I didn’t know who he was and what can he do ? But after longtime, I regularly heard about him a lot. Now about three years has passed and I really understood that who he is and what he can do ? At this time I am learning Brahmagyan and hearing about him by my teacher who is a doctor. He said that he met Shivaji and talked with him many times. It was real and amazing. Now I also got chance to talk with Lord Shiva and see him regularly with my third-eye. Continue reading “My thoughts about Lord Shiva”

शिवजीको अचम्मको छ लिला

संसारमा धेरै राम्रा ठाउँ ।

कोही कहाँ पुग्छन् घुम्न गाउँ ।।

 

शिवजीको अचम्मको छ लिला ।

पालो कसको भन्दाभन्दै अब आयो बेला ।। Continue reading “शिवजीको अचम्मको छ लिला”

शिव सबैमा छन्

मैं ज्ञान हुँ |

मैं इस संसार मे हुँ, मैं इस संसार से परे हुँ |

मैं सृष्टि हुँ, सबसे श्रेष्ठ हुँ |

सब प्राणी मे मैं हुँ, मुझमे सब है |

मैं लौकिक, अलौकिक भि मैं हुँ | Continue reading “शिव सबैमा छन्”

कस्तो हो यो ब्रह्मज्ञान

यो कविता २०७३-५-२ गते शिवजीले मलाई दिनुभएको हो | सबै ब्रह्मज्ञानी साथीहरुले लेख पनि कवितामा, कमेन्ट पनि कवितामा प्रश्न पनि कवितामा र जवाफ पनि कवितामा दिएको देखेर, “शिवजी के गर्नु भएको?” भन्दा जवाफमा शिवजीले भन्नुभयो यसरी …

 

कस्तो हो यो ब्रह्मज्ञान, अचम्म नै हुन थाल्यो

शिवजीले कविताको, वर्षा गर्न थाल्नुभयो || Continue reading “कस्तो हो यो ब्रह्मज्ञान”

कृष्णजीको जन्मदिनमा

यो कविता मलाई २०७३-५-२ गते भगवान कृष्णजीले दिनुभएको हो | म आफ्नो घरको काम सकेर बसीरहेकी थिए र मैले, “भगवान तपाईंको जन्मदिन पनि आयो केहि खबर दिनुहुन्छकी” भनेर सोद्दा यो कविता दिनुभएको हो |

 

कृष्णजीको जन्मदिनमा, नाच्दैं गाउँदै बजाउंदै ।

आउनेछन् अरे ब्रह्मज्ञानी, सिंगार पटारले सजिंदै ।।

कोही गाउने गीत अरे, कोही भन्ने कविता ।

अब हामीलाई पनि चिन्ने भए, ढुक्क भछौं हामी त ।। Continue reading “कृष्णजीको जन्मदिनमा”

तिम्रो नाम जप्दा जप्दै जन जन पार तारे

जय जय कृष्ण, जय जय कृष्ण, जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा जप्दै जन जन पार तारे ।।

 

जय जय कृष्ण, जय जय कृष्ण, जय जय कृष्ण हरे ।

तिम्रो नाम जप्दा  जप्दै भाव भय पार तारे ।। Continue reading “तिम्रो नाम जप्दा जप्दै जन जन पार तारे”

भङ्गेरी र मेरा कुरा

मेराे तेस्राे नेत्रले देखेकाे र मलाइ अाएका कविता ः

 

अचानक अनायासै जाली ढोका खोलेको आवाज  आउँदा ।

मनमा कौतुहल भै  चर्को स्वरमा को हो ? भनेर सोध्दा ।।

 

नानी भित्र पस्ने व्यक्ति मै हुँ नि भनेर सानो स्वरमा  बोल्दा ।

आश्चर्य  मिश्रित सोचमा परी फरक्क फर्केर  हेर्दा  ।। Continue reading “भङ्गेरी र मेरा कुरा”

निर्मल ब्रह्मज्ञान

ब्रह्मज्ञानको   ज्ञान  हामी |

गहिरो गरी बुझ्नु छ ||

 

त्यही ज्ञानमा  लागी हामी  |

चुर्लुम्ब भै डुब्नुछ || Continue reading “निर्मल ब्रह्मज्ञान”

गङ्गा नदी भनेकाे के हाे ?

मैले ब्रह्मज्ञानमा अाएर थुप्रै नयाँ र महत्वपूर्ण कुराहरू सुन्न पढ्न र बुझ्ने माैका पाएकाे छु । त्यस मध्य एक याे कुराहरू पनि हाे ।

आकाशमा बग्ने नदि  सरस्वती नदि हो । Continue reading “गङ्गा नदी भनेकाे के हाे ?”

नाँच्दै गाँउदै मनकामना दर्शन

आयौ ब्रम्हज्ञानी ब्रम्हको गित गाउँदै ।

नाँच्दै गाँउदै बसमा सररह चढ्दै । Continue reading “नाँच्दै गाँउदै मनकामना दर्शन”

भगवान कृष्णजीले दिनुभएको

यो कविता मलाई २०७३ – ४ -३२ को दिनमा भगवान कृष्णजीले दिनुभएको हो । यस कवितामा कृष्णजीले आफ्नो आउने जन्मदिनमा हामी ब्रह्मज्ञानी सबैलाई कसरी मन्दिरमा आउने हो ? के – के गर्ने हो भन्ने बारेमा बताउनुभएको छ । पढनुस है सबै जनाले र उहाँको जन्मदिन मनाउनको लागि तयार भएर बस्नुस ।

कृष्णजीको आउने जन्मदिन भरी ।

आउने छौ तिमीहरु मेरै वरिपरी ।। Continue reading “भगवान कृष्णजीले दिनुभएको”

नत्र जीवन अलपत्र पर्ने नै भयो

सदाशिव पुग्न पर्ने नै भयो ।

नत्र जीवन अलपत्र पर्ने नै भयो।।

 

के गर्ने मेहनत गरेकी नै छु ।

म सदाशिव जान खोजेकी नै छु।। Continue reading “नत्र जीवन अलपत्र पर्ने नै भयो”

मैले पागल कुरा गरेको होइन

सर्ब प्रथम सबैलाइ मेरो नमस्कर !

आज म तपाईंहरुलाइ निकैनै महत्वपूर्ण र आवश्यक कुरा बताउन लागेको छु । भगवान् प्रती त धेरै जसोलाई बिश्वास लाग्छ होला । हामीले आफुले भनेको पुगे भगवान् हुनुहुन्छ नत्र छैन भन्छौ । तर भगवान् हुनुहुन्छ यसकाे प्रमाण के छ भन्नुहुन्छ भने मैले देखेको छु र मेरो अरु साथिहरु पनि हुनुहुन्छ । कसरी भन्दा (कामेर , सपना )मा होइन ;आँखाले नै देखेको छु । Continue reading “मैले पागल कुरा गरेको होइन”

मुक्ति मोक्ष पाइन्छ

यो जीवनमै अनुभव गर्नु छ ।

यो अनुभव, अरुलाई तिमीले भन्नु छ ।

उपचार गर्नलाई खोज्ने, होइन तिमीले अहिले ।

बाटो डोर्याउन, मिलाएर भन पहिले ।। Continue reading “मुक्ति मोक्ष पाइन्छ”

सुन्छु शिवजी छ भनेर देख्छु शिवजी छ भनेर

सुन्छु शिवजी छ भनेर देख्छु शिवजी छ भनेर ।

यो कस्तो बिडम्वना शिवजी पाउँदा पनि भन्न बिर्सन्छु भनेर ।।

एस्तै हो संसारको रितिरिवाज भगवान पाउँछ भनेर ।

भगवान पाउने आसमा भुतप्रेत आउँछ भनेर ।। Continue reading “सुन्छु शिवजी छ भनेर देख्छु शिवजी छ भनेर”

सन्दर्भ -शिवजीसँगकाे कुराकानी

सन्दर्भ -शिवजीसँगकाे कुराकानी

दुई हप्ता जति भयो मेरो ब्रह्मज्ञानी साथीहरुले मसंग केही सहयोग माग्ने गरेका छन् अर्थात विभिन्न किसिमको सहयोग |म आफैलाई थाहा छैन अचानक किन यस्तो भयो भनेर |साथीहरुलाई विभिन्न ठाउँमा मेरो सहयोग चाहिएको अनुभूति गराउनु भएको थियो |मैले जवाफमा सकेको जति म गर्नेछु सबैलाई भनेर भन्न आउँछ तर उहाँहरुलाई मबाट कस्तो सहयोग चाहिन्छ भन्ने कुरा म आफैले बुझेको हुने थिएन |यसै क्रममा एक्लै बस्दा शिवजीलाई यो कुराको गुनासो राखें |किन होला शिवजी साथीहरुले मसंग सहयोग मागेको ? के म सहयोग गर्नको लागि योग्य छु त ? भनेर सोध्दा यस्तो कविता दिनुभयो |

ब्रह्मज्ञानमा आयौ तिमी यसको भाव बुझाएँ ।

म को हो भनेर तिमीलाई मैले सुझाएँ  ।। Continue reading “सन्दर्भ -शिवजीसँगकाे कुराकानी”

वास्तवमा भगवान भनेको को हो ?

हामीलाई भगवान भन्ने शब्द कुनै नयाँ होइन । तर वास्तवमा भगवान भनेको को हो ? कस्तो हुनुहुन्छ ? के गर्नुहुन्छ ? हामीलाई चिन्नुभएको छ या छैन ? उहाँहरु यदि हुनुहुन्छ भने हामीले किन नदेखेको ?यस्तै प्रश्न आउँछ । भगवान हुनु हुँदोरहेछ । उहाँहरुको चेतनाको शरीर हुन्छ र सबै भन्दा उत्तम हुनुहुन्छ । उहाँहरुलाई देख्नको निमित्त स्वस्थ तेस्रो नेत्रको आवश्यक पर्दछ । भगवान भेट्नको लागि ब्रह्मज्ञान पढ्नुपर्छ र उहाँलाई भेटि सकेको मानिसको पछि लाग्नुपर्छ अर्थात जसले शुरुमा भगवानलाई भेट्यो उहाँकोमा गएर उहाँले भगवान भेट्ने तरिका सिकाउनुभयो भने बल्ल भेट्न सकिन्छ ।यसैक्रममा मैले पनि भगवान भेटिसकेको व्यक्तिको पछि लागें र उहाँको क्लासमा गएर धेरै समय धाएर त्यहाँको कुरा बुझेर भगवान देख्न सफल भएँ । अहिले मेरो स्वस्थ तेस्रो नेत्र खुलेको हुनाले म भगवानसंग दोहोरो कुरा गर्छु । म गौरबका साथ भन्नसक्छु कि भगवान हुनुहुन्छ र उहाँहरुसंग कुरा गर्न सकिन्छ ।

भगवानलाई मैले देखेँ

भगवानलाई मैले देखेँ । तपाईहरुले पनि देख्न सक्नु हुन्छ । यति हो चाहना हुनु पर्यो ।

 

साथीहरु आज पनि यो संसारमा भगवान हुनुहुन्छ । यो कुरा सुन्दा तपाईहरु लाई अचम्म लाग्न सक्छ ।त्यो पनि स्वोभावीक हो । मैले पनि सुरुमा पत्याएको थिइन । यति धेरै पूजा, व्रत, जप, ध्यान गर्दा त आजसम्म भगवान देख्न सकेको छैन । हुनुभएको भए अवश्य देखिन्थ्यो भन्ने गर्दथे । तर मेरो यो सोच गलत रहेछ । हामीले त भगवानलाई चिनेकानै रहेनछौ । उहालाई पूजा, ब्रत, ध्यान ले होइनकी ब्रह्मज्ञानले मात्र पाउन सकिने रहेछ । ब्रह्मज्ञान भनेको जीवनको त्यस्तो ज्ञान हो । जुन ज्ञानले भगवान को हो ? मानिस को हो ? जीवन के हो ? मृत्यु के हो र तेस्रो नेत्र के हो भन्ने कुरा बुझाउछ । यहि कुरा बुझाउने ज्ञानलाई नै ब्रह्मज्ञान भनिन्छ ।

ब्रह्मज्ञान सारै कठिन, बुझ्नलाई गारो रैछ

ब्रह्मज्ञान सारै कठिन, बुझ्नलाई गारो  रैछ ।

यो ज्ञान बुझ्छु भन्दा खेरि, छेक्न रोक्न आउदो  रैछ ।।

छेक्ने रोक्नेलाई काट्दै जादा, जीवन पार लाग्दो रैछ ।

आफ्नो जीवन पारलाग्दा, पितृ पनि तर्दो रैछ ।। Continue reading “ब्रह्मज्ञान सारै कठिन, बुझ्नलाई गारो रैछ”

शिवजी पाए भन्दैमा नहोऊ है निर्धक्क

शिवजीको गाउनु छ है महिमा जिन्दगी भरी।

बॉचौ है जिन्दगी एउटा जन्मले नै पुग्ने गरी।।

 

रिसराग गर्ने बानी छोड है आजै बाट।

दुःख दिने लिङ्ग शरीरलाई चिनेर काट।। Continue reading “शिवजी पाए भन्दैमा नहोऊ है निर्धक्क”

पुजा भनेको भगवानको श्रृङ्गार हो

पुजा भनेको भगवानको श्रृङ्गार हो। भगवानको काम गर्दै हिड्ने,भगवानको चर्चा गर्दै हिड्ने पनि श्रृङ्गार नै हो । भगवानको नजिक पुग्ने माध्यम नै श्रृङ्गार हो । भगवान नजिक पुग्न श्रृङ्गार गर्न जान्नु पर्दछ । हाम्रो श्रृङ्गार गर्ने तरीकानै नमिलेको कारणलेनै भगवानको नजिक पुग्न नसकेको हाे । भगवानको नजिक पुग्न सके पो उहाँहरुले हामीलाई चिन्नु र सुन्नु हुन्छ। हामी मन्दिरमा भगवानको पुजा गर्न जाँँदा भगवानलाई त्यस मन्दिरको पुजारीले बिहानै नुहाईधुहाई गरि,बस्त्र लगाई,गरगहना लगाई,फुलमाला,टीका लगाई प्रसाद अर्पण गरि एउटा भाडामा राखी भगवानको श्रृङ्गार गरिएको हुन्छ । तर हामीले के गर्छौ भने श्रृङ्गार गरिसकेको भगवानलाई टाउको माथिबाट जल खनाई सिरमा राखिएको फुल,निधारमा लगाईराखिएको टीका सबै मुखमा नाकमा आउने गरि खनाई दिन्छौँ । प्रसाद पनि एउटा भाडाँँमा नराखी भुईमै राखी दिन्छौं, गणेशजीको नाकमा लड्डु ठोस दिन्छौ,धुपबत्तिहरु बालेर कागजका खोल,फलफुलका बोक्राहरु जताततै फालिदिन्छौ । Continue reading “पुजा भनेको भगवानको श्रृङ्गार हो”

संस्कृतिले भगवान हुन्छ भनेको छ

हामीले परम्परा देखी मान्दैआएको धर्म, संस्कृतिले  भगवान हुन्छ भनेको छ, तर भगवान देखेको कुरा कसैले पनि गरेको थिएन र म यो ब्रह्मज्ञानमा गएपछि हरेक मानिसमा तेस्रो नेत्र हुन्छ र त्यो स्वस्थ अवस्थामा खुलेमा भगवानलाई देख्न र कुरा पनि गर्न सकिन्छ भन्ने कुरा थाहा पाएँ । यसको लागि मैले पनि तेस्रो नेत्र खोलेर भगवानसंग कुरा गर्ने कोशिस गरिराखेकोछु । भगवान देख्नको लागि रिस ,राग, माया, प्रेम आदि छोड्नुपर्छ । ब्रह्मज्ञान पनि राम्रोसंग बुझेर त्यसको मनन गर्नुपर्छ | मैले पनि तेस्रो नेत्र खोल्नको लागि कोशिस गरिरहेकोछु । यो ब्रह्मज्ञानको क्लासमा तेस्रो नेत्र खोलेर भगवानसंग कुरा गर्ने साथीहरु धेरै छन् ।

Just like the world we see, there is another world

Just like the world we see, there is another world which is invisible. There are gods, ghosts, spirits, pitri (dead ancestors), boksi (black magicians) about whom we have heard in various discussions. But no one had talked about seeing them. I have seen them. Not only I have seen them but also I have had dialogues with them. They are invisible but they can be seen too. You cannot see them with your two eyes. To see the invisible world, the third eye is needed and I can see that invisible world by opening my third eye. It is necessary to open the third eye because it is possible to decide with whom to remain in contact and whom to avoid from among the gods, boksis, pitris, ghosts and spirits that are in that invisible world. Because of not understanding these things up to now, our lives have been jeopardized.