शिवजिले दिनुभयको कविता
शदाशिव पछिको जिबनको यात्रा
ब्रम्हग्यानको उच्च शिखर, पुगि शदाशिव
जिबनभरी जोगाउनलाइ, के गर्ने त अब
पाउन जति कठिन थियो ,गाह्रो झन् जोगाउन
ब्रम्हग्यानकै भाबमा बस्नु, मिर्त्यु पछि याद आउन
आकाश पाताल पहिले अहिले ,जीवन फरक भयो
पहिलाको सोच् केही आउदैन ,कता गयो गयो
ब्रम्हग्यानको मिठो अमृत पिइ जीवन सफल पारेको
राम्रो लाउने मिठो खाने , सम्पत्ती कमाउने
घर बनाउने जग्गा जोडी , यसैमा रमाउने
समाजमा सबैलाइ देखाइ ,मै ठुलो हु भनी
गहना र कपडा ले , सजिउला झै ठाँनि
देखावटी गरगहना त ,नचाहिने भयछु
ब्रम्हग्यानको बहुमुल्य , गहना पो लायछु
ब्रम्हग्यानको मिर्त्यु पछि पार लगाउने अभ्यास गरेको
अरु भन्दा के कम छु झै , गर्थ्यौ प्रतिश्पर्धा
भ्रम रैछ हट्यो अब ,अज्ञानताको पर्दा
सबै मेरो भन्ने सोच्थियौ , केहिनी रहेनछ
सारा सन्सार आफ्नो ठान्ने , भ्रम पो रहेछ
पहिल्यै येहि थिए सबै कुरा , यहि छन् अहिलेपनी
पछि पनि यहि हुनेछन् , याद मात्रै हो लाने
ब्रम्हग्यानमा बिलाउदा आनन्द थियो शदाशिवमा
आफन्त र इश्टमित्र ,समाजलाई भनी
सबैभन्दा नजिक मेरा , बसेका थियौ ठानि
मिठो अमृत आफन्तलाई , बाड्छु जसैगरी
सबैलाइ भन्नू पर्छ भन्ने , थियो मनभरी
आफन्त त तिम्रा कुरा ,नचाहिने भयछन्
तिमिलाइ छोडि अर्कैतिर , यकजुट पो भयछन्
ब्रम्हग्यानको भाबलाइ कहिल्यै नबिर्सनु शदाशिबको
समाजमा फर्किदा त ,आफन्त टेडिय
समान् बिचार खोजी बस , नबुझ्ने छोडिय
समान बिचार आबश्यक छ , ब्रम्हग्यान टिकाउन
बिरोध गर्छन् समाजले , थाल्छन् अनेक भन्न
येकान्तनै प्यारो लाग्छ , आनन्द गहिरो थियो
समाजमा फर्कियपछी , बोल्नैपर्ने भयो
ब्रम्हग्यानको मनन गरि भाबमा बस्नु शदाशिवको
आबेगमा नआउनुहै ,बोल्नु सभ्य बनी
पक्ष विपक्ष कतै नलाइ ,निस्वार्थ छु जानी
निस्वार्थ भाब राख्नु ,बिचलित नहुन
कर्तव्य पूरा गरि, ब्रम्हग्यानी जोगि हुन
सारा धोका पूरा गरि , जोगिपन ल्याइ
भित्री भाबमा जोगि बनी, बाहिर मोडेल भइ
ब्रम्हग्यानको मनन गरि भाबमा बस्नु शदा शिबको
स्वतन्त्र भइ बाच्न सिक्नु , लाग्नु नित्य धनमा
अर्काको भर नपरी,जागर निकाल्नु मनमा
सेवाको आश नगर्नु है, कोहिको भर नपरी
आफै सक्षम भइ बाच्नु , खुशी मन गरि
नित्य धनको आर्जन गरि, जीवन बिताउनु छ
सादा जीवन चेतनालाइ , उच्च बनाउनुछ
ब्रम्हग्यानमा बिलायको अनुभव गरे शदाशिवमा
जीवन जिउदा नित्य धनले , अपुग होला भनी
सादा जीवन बिताउनु है , भबिस्यलाइ जानी
आफुसग जे छ तेहि , बाडिचुडि खानु
मन सानो नगर्नु है , छैन केहिनी लानु
पायका छौ अमृत रस , बुझ्नेलाइ भन्नू
नबुझ्नेले उल्टो सोच्लान , केही झै नि नमान्नु
ब्रम्हग्यानको भाबलाइ कहिल्यै नबिर्सनु शदाशिवको
जतिबेलै तेहि ब्रम्ह र , शदा शिवको कुरा
ब्रम्हग्यानकै किताबको भाब, कन्ठ पार्नु पूरा
माथी पुग्छौ समाजले , हुन्छ हेरिराको
हरेक चिजमा तिमी छुट्टै , स्पेसल भाको
कुनैदिन गुहार माग्न , आउनेछन अबस्य
खुशी बन्नु बुझ्न पायौ , शृस्टिको रहस्य
हातमा खेलाइ शिवजिले फुटाल्नु भो जल्जले अन्डालाई
शदा शिवजी कि जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद